Showing posts with label लेख/मुख्य. Show all posts
Showing posts with label लेख/मुख्य. Show all posts

Wednesday, January 12, 2011

माङ्फुनको कायाकल्पमा बसेर सुस्ताउँदाका अनुभूति सगुनलाई
-डा. गोविन्दराज भट्टराई
-------------------------------------------------------

दुई वर्ष कटिसकेछन् । बारीमा मकैका बोट सुक्न थालेका थिए । कोदोबारी पसाउँदै थियो । छानामा फर्सी घिरौँला झुन्डिरहेका थिए । त्यस्तो एकदिन दसैँअघि म फिदिमबजार पुगेको थिएँ । त्यहाँ पाँचथर पुस्तकालयले आयोजना गरेको एक भव्य साहित्यिक कार्यक्रममा सगुन सुसाराको ‘माङ्फुनको कायाकल्प’ को विमोचन गर्ने सुयोग मिलेको थियो ।

माङ्फुनको कायाकल्प एक कवितासङ्ग्रह । यो आकारमा ससानै छ, तर यसमा अलिकति घोषणा, अलिककति सैद्धान्तिक स्वरूप र अलिकति प्रयोग भएकाले यो एकप्रकारको अपरम्परितता बोकेर आएको डिपार्चर हुन गएको छ । त्यसैले यसको पठनसँग कठिनाइ जोडिएको छ । यसको बोध परम्परित सरल रेखामा छैन ।

यो शीर्षक (माङ्फुनको कायाकल्प) नै अनौठो छ । अनेकमध्ये एउटा डा. टंक न्यौपानेको शब्दमा ‘नेपालेली’ भाषाबाट आएका कवि सुसारा । उनले आफ्नो मातृ–राई भाषाबाट यो शब्द शीर्षकमा राखेकाले यस्तो लागेको हो । माङफुन एउटा हंश, आत्मा, कल्पित अस्तित्व, मिथकीय स्वरूप । त्यसको कायाकल्प कस्तो होला ? वास्तवमा यो शीर्षक पढ्दा काफ्काको लघु उपन्यास कायाकल्प (मेटामर्फोसिस) को सम्झना हुन्छ । रामचन्द्र केसीद्वारा अनूदित कायाकल्प हेर्नु— ग्रेगोरी साम्जा हिजो राति सद्दे सुतेको थियो भोलिपल्ट एउटा कीरामा परिणत भएको छ; त्यो कायाकल्प थियो । काफ्काले मिथकीय अस्तित्वहरू रूपान्तरित हुने विश्वासलाई मानवमा आरोपित गरेका थिए । यद्यपि, यस्ता रूपान्तरणका कुरा पुराकथाका मिथकीय पात्रमा मात्र हुन्थ्यो । मानव कहिले पशुमा, कहिले कीटपतङ्गमा वा पत्थरमा बद्लिएका छन् । यता सगुनको माङ्फुन काफ्काको झैँ आख्यानमा स्वैरकल्पनाले कायाकल्पित नभएर अघि नै राई किराती मुन्धुम र मिथकले स्थापना गरेको कायकल्पित स्वरूप हो । यस्ता कायाकल्पहरू हरेक जातजातिका अद्यकथामा हुन्छन् ।

यता नरेश सुनुवारले कविता सङ्ग्रहको शीर्षक जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक्सेलेले रहेको छ । यो सुनुवार संस्कृतिबोधक शब्दध्वनि; त्यसमा आधारित शीर्षकको एक कविता पनि रहेको छ । यसरी हेर्दा नेपाली कविले आफ्ना संस्कृतिका गम्भीर सङ्केतहरू अन्य भाषीसमक्ष पु¥याउन थालेका छन्, अन्य संस्कृतिमा मिसाउन थालेका छन् । यतिखेर धेरै एथ्निक लेखकमा त्यो चेतना पाइन्छ । त्यसले नेपाली साहित्यको विस्तार गर्दैछ । तर, सगुनको कृतिमा माङ्फुन शीर्षक कविता वा बोधक हरफ छैनन् । एउटा आकृति कविता छ— ग्लोबलाइजेसन माङफुन चक्रव्यूहको नजिर ।

â


सगुन सुराराको पूर्वबाट भएको उदयलाई म धेरै प्रकारले अर्थपूर्ण ठान्दछु । यताबाट उत्तरवर्ती सोच नामक एक साहित्यिक आन्दोलन प्रस्तावित भएको थियो । उत्तरवर्ती सोच ल्याउने पाँचथरले अरू पनि अनेक सोच विचार आन्दोलन ल्याइरहेको छ । बैरागी काइँला समूहको आयामेली यताका सिर्जनशील अराजकता, रङ्गवाद हुँदै आएर एक सामयिक अनुकृति लाग्ने उत्तरवर्तीको जन्म पनि यहीँ भएको छ । मैले कृति विमोचनका बेला भनेको सम्झिन्छु— यही पाँचथरबाट आज अर्को पनि सैद्धान्तिक अवधारणाको जन्म भएको छ, त्यो हो ‘उत्तरबत्र्ती सोच’ । भवानी तावा, सगुन सुसाराहरूले प्रयोग गरेको ‘उत्तरवर्ती’ पद ‘पोष्टस्ट्रक्चरल’ को समानार्थी लाग्न सक्छ । यसबारे पुष्प सुब्बा थाम्मुहाङका केही अवधारणाहरू सार्वजनिक भइसकेका छन् । तर, शब्दान्तरमा भन्नु पर्दा यो पनि ‘रङ्गवाद’ जस्तै एउटा उत्तरआधुनिक प्रयत्न नै हो, त्यैतर्फको यात्रा हो; एक सहयात्रा । यी पदावली फरकफरक भएतापनि सिद्धान्तको मर्म त्यति फरक छैन । सगुनले आफ्नो कृतिमा उत्तरवर्तीको लागि प्रस्तावित गरेका चारवटा सिद्धान्त छन्—

स्व–स्वायत्तता विकल्प

बहुलता सार्वभौमिक सत्य

अनुपस्थितिको उपस्थिति

खण्डनको खण्डन

लागिका लागि भनेर ‘भूमिका’ बस्ने ठाउँमा आएको एउटा ससानो अलिक अमूर्त त्याग्ने प्रस्तावना छ । सूत्रको सिरानमा राखिएको लागिका लागि सूत्रको पृष्ठभूमि हो; त्यसलाई यस रचना पाठको अन्त्यमा प्रस्तुत गरेको छु ।१

म धेरै बोल्न चाहन्न । यिनै उत्तरवर्ती सूत्रबारे अलिकति लागेको कुरा भन्दछु । त्यसले कृतिभित्र प्रवेश गर्ने आधार प्राप्त होला भन्ने लाग्दछ ।

स्वस्वायत्तता विकल्प ः यसले व्यक्तिगत स्वतन्त्रतालाई, आफ्नो विचारको वा निर्णयको अधिकारलाई जनाउँछ; आफ्नै निर्णय गर्ने अधिकारलाई । यसमा व्यक्ति वा समूह एकहदसम्म विस्तार हुनसक्छ । वास्तवमा यतिखेर विश्वले नै व्यक्तिगत स्वतन्त्रतालाई स्थापित गराउँदै आएको छ । अन्य प्रकारका स्वतन्त्रताको आधार यही हुन्छ । यो सूत्र त्यस्तै अनुगुञ्जन हो ।

दोस्रो धारणा छ— वहुलता सार्वभौमिक सत्य । पनि वहुलता र विविधतापूर्ण स्थितिको स्थापना नहुञ्जेल एकाधिकारको अन्त्य हुँदैन, निरङ्कुशताले मान्छेलाई अँचोटिरहन्छ । ऊ मुक्त हुँदैन । व्यक्तिको मुक्तिले पुग्दैन । त्यो सबै समूहलाई आवश्यक छ । अनेक प्रकारका भाषिकताहरू, विविध सांस्कृतिकताहरू, विविधतापूर्ण भौगोलिकताहरू, विविधतापूर्ण विचारहरू, विविधतापूर्ण दर्शनहरू, धर्महरू अनेक छन् । सबैको अस्तित्वलाई स्वीकार्नु पर्दछ । सानो बिरुवा पनि ठूलो हुने आकाङ्क्षाले बढिरहोस्, सानो खोल्सो पनि नदीमा परिणत हुने इच्छाले बगिरहोस् । सबै प्रकारका एकाधिकार समाप्त होउन् । प्रकृतिले त्यही भन्छ, वनस्पति, प्राणी जगत्, जलवायू भूगोल विश्व नै विविधायुक्त छ, प्रकृतिको अनन्त स्वरूपले त्यो भन्दैछ, मानव मस्तिष्कले त्यो भन्दैछ । जैविक जस्तै, प्राकृतिक जस्तै मानव सोचमा, विचारमा दर्शनमा आएका विविधतापूर्ण स्थितिप्रति असहिष्णु हुँदा तिनीहरूलाई एकाम्मे पार्ने प्रयत्न गर्दा फेरि एक केन्द्रीयता यथावत रहन्छ, फेरि परिस्थिति विनिर्मित नभई रहन्छ । यो चेतना वर्तमान विश्वको केन्द्रीय सिद्धान्त हो । यसले उत्तरआधुनिक सिद्धान्तलाई चलाउँछ । यसरी हेर्दा उत्तरआधुनिकलाई उत्तरवर्ती नाम दिनु पनि उचित लाग्दछ । किनभने संरचनावादी तगारो नाघ्नु उत्तरवर्तिता हो— पोस्टस्ट्रक्चरलिजम् । यसले गर्दा नवीनताले महत्व पाउँछ, अपरम्परितताले पनि केन्द्र बनाउँछ, नत्र हिजोको सबै दोहो¥याउनुमा नवीतना कहाँ छ, प्रगति कहाँ छ ?

तेस्रो कुरा छ— अनुपस्थितिको उपस्थिति । यो डेरिडिअन मतको रिक्तता र अनुपस्थिति (ग्याप्स र एब्सेन्जेज) को चेतना हो । विद्यमान ज्ञानमा, सूचनामा, अध्ययनमा, अभ्यासमा भएका रिक्तताहरू अनन्त छन् । हाम्रो ज्ञान यति नै होला भन्छौं, त्यो भोलि थपिन्छ, हाम्रा सिद्धान्त यी भन्दा हुने छैनन् भन्दछौं, त्यसले भोलिलाई पुग्दैन, कुनै कुरा हिजोको काम लागेन । सोचमा, विचारमा, मान्यतामा, सिद्धान्तमा सधैँ निरन्तर परिष्कार भइरह्यो । हामीले यो कुरा हुन असम्भव छ भने पनि पछि सम्भव हुँदै आए, समाजले वर्जना गरेका कतिपय परम्पराहरू त्रुटीपूर्ण थिए आज तिनको करेक्सन हुँदैछ । हामीले गल्ती गरेका रहेछौँ— मानिस यता लगाउँदै जान्छन् । यसो पो गर्नु रहेछ थाहा पाउँदै जान्छन् । त्यसैले छोपिएको कर्म, अभ्यास, सम्भावनालाई पाखा आउन दिनुपर्छ । हरेक व्यक्तिको र समूहको आवाजभित्र केही सत्य लुकेको हुन्छ । आज राजनीतिक, भाषिक, सामाजिक अधिकारहरू यसरी नै थपिँदै गएका हुन् । सगुनका आधी रचना कविता जस्ता छैनन्, तर कविता हुन् भनेर पढ्दा मात्रै केही नयाँ आविष्कार हुन्छ । त्यसको उपयोगिताचाहिँ समाजले नै ठहर गर्छ । यसरी हरेक नवीनता स्वीकार्य छ, पुरानो सधैँ प्रतिस्थापित अथवा निरन्तर विनिर्मित ।

चौथो कुरा छ— खण्डनको खण्डन । सायद यो संवादको निरन्तर चक्र हो । बोलीको विमर्शको, सत्य निरूपणको अनन्तता । कतै स्थिर भएर पोखरी भएर जम्ने होइन, निरन्तर चलिरहने । एक विचारलाई, एक अभ्यासलाई, एक परम्परालाई अपरिवर्तनीय र अन्तिम सत्य ठान्ने होइन । त्यसको पनि खण्डन हुनसक्छ, त्यसको पनि खण्डन हुनसक्छ, त्यसको पनि खण्डन हुनसक्छ, फेरि त्यही नयाँ थपिन पनि । यस्तो निरन्तर यात्राले सत्यलाई अघि बढाइरहन्छ । तर, कहिल्यै फाइनलमा पुग्न दिँदैन । केन्द्रलाई भत्काइरहन्छ, अर्को बन्छ, फेरि भत्किन्छ । यो कुरा सत्यझैँ लाग्छ, भोलि त्यो छलिएर पुरिन्छ । यसले पनि स्वतन्त्रतालाई आवश्यक आधार भन्छ । प्रश्न गर्ने, सोध्ने, खोजी गर्ने, असन्तुष्टि प्रकट गर्ने अवसर चाहिन्छ, स्वतन्त्रता चाहिन्छ । नत्र विज्ञान रोकिन्छ, कला साहित्य रोकिन्छ, राजनीति जड बन्छ सबै कुराले निरन्तरता खोज्छ । अघिको पुरानो अस्वीकार गर्न पाउनु प¥यो, नयाँ खोज्न पनि । यसको विपरीत स्थिरत्वमा विश्वास गर्नेहरू जडत्वलाई पक्रिरहेका हुन्छन् । समय भविष्यमा पुगेको हुन्छ उनीहरू भूतमा हुन्छन् । त्यसो जडतालाई सत्यात्त मान्नेहरूको उत्तरआधुनिकता अलिक अरूचिकर लाग्छ । उत्तरवर्ती झैँ नयाँ सिद्धान्तलाई पनि अस्वीकार गर्दछन्, किनभने उनीहरूलाई कुनै प्रकारको प्रतिस्थापना र प्रगति अवाञ्छनीय लाग्छ । तर पनि समयलाई सबै जडत्वका सहारा फोरेकै छ ।

अघि कृति विमोचनको दिनमा उत्तरवर्ती आजको प्रसङ्गमा भवानी तावाले आफ्नो मन्तव्य प्रकाशनको क्रममा थपेको एउटा कुरा ‘ग्लोबलाइजेशनको विरोध गर्दछौँ’ भन्ने पद छ, त्यो विचारणीय छ । एकातिर साइबर कल्चरले हामीलाई विश्वसित जोडेर अभिन्न पारेको छ, र हामी उत्तरआधुनिक आँगनतिर धकेलिएका छौँ भने यस अवस्थामा ग्लोबल परिस्थितिबाट हामी मात्र भिन्न अलग र टाढा हुने कुरा व्यवहारमा कठिन हुनसक्छ । खुला समाजमा टेक्नु र ग्लोबलाइजेशनबाट टाढिनु अन्तरविरोधी धारणा छन्, यद्यपि यसले ल्याएको विकृतिको हामी तिरस्कार गर्दछौँ ।

भवानीको कार्यपत्रको दोश्रो कुरा हामी आफैँतिर फिरौँ, आफ्नै मूल मान्यता, चिन्तन र मिथकलाई साहित्यमा हुलौँ भन्ने तर्कको म प्रशंसा गर्दछु । अहिलेको एथ्निक स्टडिजले त्यही भन्छ ।

विमोचनको घडीमा मैले यति बोलेको सम्झिन्छु— सगुनको कृतिलाई सम्पूर्ण उत्तरआधुनिक सिद्धान्तले हेर्न बुझ्न प्रयत्न गर्नु पर्दछ । यसमा भुटानी शरणार्थी, आङसाङ सुकी, युद्ध र द्वन्द्व आदिको प्रसङ्गले उन्मुक्तिको बाटो खोज्दछ । फेरि कवितामा नयाँ आकृति र प्रयोगले पनि परम्परा तोडेर विद्रोह गर्दछ, नयाँ स्थापना गर्न खोज्छ । यसमा प्रयुक्त जातीय÷स्थानीय मिथकले पनि परिचय माग्दछन्, ती कुरा राष्ट्रिय साहित्यमा पुग्दछन् । विचार र शिल्प दुवैमा नवीनता बोकेको यो कृतिले पाँचथरलाई अरू चिनाउनेछ, फिदिमको चर्चा राजधानीमा हुनेछ, मेरो शुभकामना सगुनलाई । यस कृतिको विमोचन गरेर यति बोल्न पाउँदा म आज कति खुशी भएको छु । म चाहन्छु, युवा पुस्ताले यसको गम्भीर अध्ययन गरोस् ।’


माङ्फुनको कायाकल्प माथिका चारवटै सिद्धान्तमा राखेर हेर्नु पर्ने । भवानीले भनेका आधार पुस्तकमा प्रकाशित घोषणापत्रमा छैनन् ।

यो किरात–राई भाषा संस्कृतिमा भिजेको कृति हो ।

यी नवीन शब्दहरू— टोङमा र सिम्मा, थुथुरीवेद, फुङ्लोतिहाङमा, कोङपि, चासोक, सुङ्सा, लेक्सिबोक्ताङ् आदि । यस्तो नवीन शब्दबेगरको कुनै पृष्ठ छैन, छ भने फेरि अरू स्थानीय ऐतिहासिक सन्दर्भ आउँछन् जस्तै काङसोरे, रावा, गोल्मे, नेगियार, डाबे, घङ्गरु, साकेला, पोङ आदि । यसले गर्दा कविता विविध प्रकारका लोकल इमेजले भरिएको छ, परन्तु कतै कहीँ फुटनोट, सन्दर्भ नहुँदा यसको बोधमा अवरोध आउँछ । पाठक प्रयोग हेर्न रुचाउँछ, तर बोध हराएको पाठ क्रमशः मधुरो हुँदै जान्छ ।

अत्यन्तै अमूर्त इमेजको घनत्वले गर्दा कवित्वले अर्कै रूप लिन्छ । पङ्क्तिहारभन्दा शब्दहरू गह्रौँ भएका छन् । किनभने ती विम्बात्मक उद्देश्यका उपस्थिति हुन् ।

अविभाज्य सम्बोधन, राता सेता आरेखदेखि अन्त्यसम्मका कविता चित्रात्मक, दृश्यात्मक, विम्बात्मक प्रस्तुति हुन् । परम्परित कविताका विकल्प हुन् । यस्ता कविता लिएर अघि फ्रान्सेली कवि प्लूबेर र मोलियर आएका थिए । ती आकृति कवितालाई उसबेला मोडर्निस्ट ट्रेन्ड भन्थे । आज सय वर्षपछि ती पोस्टमोडर्न भए । उसबेला साहसले ती बँचेका थिए । आज ती सिद्धान्तले बचेका छन् । नवीनता, विविधता, बहुलता, अपरम्परितता— यस्ता विचारले मात्र तिनको रक्षा गर्छ । उत्तरसंरचनात्मकताले मात्र नवीन संरचना भित्रिन दिन्छ ।

यसप्रकारको चित्र–दृश्य कविता विम्बबारेमा नेपाली साहित्यमा बैरागी काइँलादेखि रङ्गवादीसमूहमा आइपुग्दा अनेक अभ्यास र प्रयोग भइसकेका छन् । तिनको विस्तृत चर्चा भएको छ । सगुन एक निरन्तरता हुन् ।

सगुनका सिर्जना विचारका छन्, विचार माग्छन् । निरन्तरताको निमित्त, जीवनको निमित्त लेखिएका छन् । उनी भन्छन्— बग्नु मेरो वैचारिक अराजकता हो । हो पनि ‘बग्नु’ ले सबै उत्तरवर्ति सोचलाई पक्रिन्छ, अर्थ दिन्छ । चेतनाका कविता भएको एक प्रमाण छ—

चेतको रेविजबाट

उदेक बौल्हाएर

सांस्कृतिक बन्चरोसँग

अपनत्वको कठघरामा

सम्पूर्णताको उद्घोषमा

झोँकले टाउको म उभिएको छु ।

धेरै ठाउँमा त बढी अमूर्तताको कारण अत्यन्तै भिन्न व्यक्तिबोलीको कारण अर्थ खोल्नु हम्मे पर्छ । त्यसबेला अनर्थ पनि कविता हो अर्थ पनि भन्नुपर्छ, जस्तो कि—

भालेका मुन्टाहरू निमोठिँदा

झुल्के घामको स्पर्शबाट

थुमहरूमा इतिहास लेख्न

बामपुडको कुँदिएको

जबर्जस्ती

घङ्गरु नियतिले बाध्य गराएको म ।

यहाँ ‘भालेका मुन्टा’ निमिठिने अवसर, समय सङ्केत, ‘घङ्गरुको नियति’ को सङ्केत, ‘थुम’ र ‘बामपुड्के’ को सङ्केत बुझ्न कठीन छ । लेखकको व्यक्तिबोली भएको छ । त्यसो भएता पनि सगुन उद्देश्यपूर्ण छन् । उत्तरवर्ति चार सूत्रले सबै अर्थिन्छ । सबै विचार डेरिडाको लागि शब्दखेलमा बनिन्छ, भत्किन्छ पनि । अर्थहरूको अन्तिम टुङ्गो नलाग्ने र भ्रान्ति उत्पन्न गरिरहने कारण त्यो पनि हो । सगुनले शब्दखेलको घना प्रयोग गरेका छन्, धर्मेन्द्र, स्वप्नील, विमिलि, चन्द्रवीरले झैँ, चन्द्र योङ्याले झैँ । अहिले प्रकाशित विजयबोधको लावतीको आत्मा एटमको खिचडी त्यसको निरन्तरता हो । सगुनको एक नमूना यस्तो छ—


त्यसैलाई पो–कोपार्न

किनेको रुमाल दिन सक्दिन

नमागेकी हौली

बे–बिलोन–कोह्याङ–गीङ्गा–डन

ताजम–हलको न जिकिर

बरु कस्तो सुन्दर नाटक ?


अन्त्यका क्भ्एत्भ्ःद्यभ्च् ज्ञज्ञ को सिरिजका कविताले मानव आकाङ्क्षाका उत्थान र पतनका कथालाई सङ्केत गर्छ । तेस्रो 11 मा कविता–विचारभित्र लुकेको सम्पूर्ण दर्शन अभिलिखित छ—


विनिर्माणको अर्को निर्मित अस्तित्व ।

विसंरचनाको अर्को संरचनात्मक अस्तित्व

आख्यानको अर्को पराख्यानात्मक अस्तित्व

विसङ्घटनको अर्को सङ्घटक अस्तित्व


अप्रकट धेरै छन्, अर्थ पर्खिरहेका धेरै छन् । चित्रमा दृश्यमा कविता हेर्नेमा धेरै छन् ।

नेपाली कविताको अपरम्परित मोडलाई सगुनले अझ पर पु¥याएका छन् । पोस्टमोडर्न दर्शन र चिन्तन कविता प्रयोगमा उत्रेको पढ्नेले सगुनलाई बिर्सनु अन्याय हुनेछ । दुर्गम पहाडको पल्लो छेउमा बसेर पनि विकल्प चेतनालाई आह्वान गर्ने साहसी सगुनलाई बधाइ छ । उत्तरवर्तिता नेपाली साहित्यमा लेखिइसकेको छ ।


१७ मङ्सिर २०६६

ट्याङ्लाफाँट, कीर्तिपुर त्रिभुवन विश्वविद्यालय

tu.govinda@gmail.com काठमाडौं, नेपाल



१. अन्तिम टिप्पणी

लागिका लागि

विकेन्द्रीयता आउँछ– विचार । उपस्थितिको यो सर्वमान्य अस्तित्व स्वीकार । अझ सजिलो खण्डनको खण्डन मात्तै । भएपछि चेतनाको जगत्ले आयौँ– भाग उत्तिकै ।

यथार्थबोधले चिमोट्छ– स्वयं । विस्तृतिको लहरा फैलन्छ नै । त्यो एउटा सत्य— कारणहरूको जरा खोतलेपछि, सार्वभौमिक असत्य । समयान्तर– जातीयान्तर– वर्गान्तर ।

अनुपस्थितिको उपस्थिति– लागि । चेतनाले म को समूल झेल खेल्छ । स्वतन्त्रताको तुरूङ हाल्छ । र, भोग्नुले ओकल्छ– दाउ । वैचारिक, चेतनिक जोहोले– मान्नु ।

उपस्थितिहरूबाटै जम्मै मान्दैनन्– एकलकाँटे । आजको सोचले मानेको सर्वव्यापकता– एत्ति । एत्ति बनाऔँ– बोधले । उत्तरवर्तीको भाग मान्छौँ हामी, खण्डनको खण्डन ।

स्व–स्वयत्तता हुनु– बहुलता । उत्तरवर्ती संरचना आइपुग्नु तेत्ति । यद्यपि, जातीय मिथकको प्रयोगले बनाएको वैभवशाली साहित्यलाई ‘जातीयता लादे’ – भन्नु बासी विचार, वैचारिक दरिद्रता र सङ्कीर्ण चेतना– मात्तै ।


ले उत्तरवर्ती सोच

स्व–स्वायत्तता विकल्प ।
बहुलता सार्वभौमिक सत्य ।
अनुपस्थितिको उपस्थिति ।
खण्डनको खण्डन ।

Thursday, May 20, 2010

परिहासका गजलहरु
-बद्री पालिखे

----------------------------------------------------------------------------
पान्थर यासक ४ सुब्जनी बाट २०६४ सालमा परिहास नेपाली साहित्यमा सूत्र-मंगल-धुन गजल संग्रह लिएर देखा परेका छन । यो संग्रह पढ्दा परिहास गजल बिधामा जुनकिरिको पिर्लिक पिर्लिक उज्यालो र्छर्दै हाम्रा सामु गजलको शुयाङमा उडिरहे झैं लाग्छ । सूत्र-मंगल-धुन कलिला ठिटोको पाको गजल संग्रह हो । यस संग्रहमा परिहासका ६५ वटा गजलहरु छन् ।
संग्रहमा परेका गजलहरुमा सामयिक चिन्तन छ । जीवनको भोगाई छ । सामाजिकता छ । बर्तमान समयको प्रतिबिम्ब छ । माया छ । आग्रह छ । अपेक्षा छ । देश दुख्छ । समय पीडा छ । जीवन दृष्टि छ । मुलुकमा घट्दो साम्प्रदायिकता , भाषा, धर्म, जाति र भूगोलका लागी द्घन्द र आहत छ ।
मैले परिहासका गजलहरु पढें । सुन्दर भावनाहरु तुलनात्मक र लयात्मक प्रस्तुति स्वतस्फुर्त मनको लहर बाट कोका खोलो झै लाग्छ । म आफू परिहासको गजलगङ्गामा डुबुल्की मार्दै सूर्यस्नान गर्दा आनन्दानुभूति भएको अनुभव भयो । परिहासको गजलमा स्नान गर्दा भावनाको सरोवरमा राजहंशको जोडी तैरिरहेको पाएँ । कमलको फूलको परागमा भँमराको भुँ भूँ सुनें ।
परिहासका गजलहरुमा जीवनको लय छ । संगीत सरगम छ । त्यसैले पढ्दा आनन्द लाग्छ । संक्षेपमा परिहासका गजलहरुमा जीवनको गीत छ । संगीत छ । लय, अनुप्रास, शब्द, वाक्य,भाषामा सौर्न्दर्यबोध छ । कहिंकतै पनि गाँठो छैन । सजिलै पढ्न सकिन्छ । सहजै बुझ्न सकिन्छ ।
उनका गजलहरुमा माटोको सुबास छ । समाजको अभिब्यक्ति भनौं मनोभाव देखिन्छ । एैनाको अगाडी उभिदा आफ्नो अनुहार देखिए भैं जीवनको प्रतिबिम्ब देखिन्छ ।
पहाड सबै तर्राई बनोस् आलापालो सबैलाई
तर्राईको सम्म मैदान पहाडमा झैं डिल बनोस्
पृष्ठ- २

परिहासका गजलहरु सुन्तला छोडाएर खाए झैं रसिलो लाग्यो । मह झै मीठो, गनिलो लाग्यो । जति पढ्यो त्यति पढ्न मन लाग्ने । जति गायो उति मार्मिक लाग्ने छ ।
परिहासका गजल मा यहाँनिर पहाड र तराइ जोडिन्छ । राष्ट्रियता बोल्छ । म प्रस्तुत गजलहरुमा बिधि र बिधान खोज्दिनँ । गजलमा चाहिने नालीबेली हेर्दिन । गजलमा भेटिनु पर्ने रङ्गरोगन हेर्दिन । म गजल मा भावको सुन्दरता, मधुरता, माधुर्यता र अर्थहरु खोज्छु । गजल जीवनको लय हो । परिहासका गजलहरुमा नेपाली मन छ ।
उकालीमा थाक्छु होला ओह्रालोमा गल्छु होला
ढाकर संगै सयौं जंघार मेचीकाली तर्छु म त
पृष्ठ -४

परिहासको अर्थ हास्यबिनोद हो तर परिहासका गजल मा हास्यबिनोद छैन । भाव गम्भिरता छ । सूत्र-मंगल-धुन संग्रहको बिषेश छनौट मिलेको जस्तो लागेन । रातको प्रतिक कालो पृष्ठभुमिमा सुर्योदयको आशा भएको आएन लोभलाग्दो छ । दुर्गाप्रसाद लाओतीको साहित्यिक नाम परिहास राखिएको छ । नेपाली साहित्यमा यस्ता उपनामबाट परिचित थुप्रै स्रष्टाहरु छन् । गोबर्द्धन पूजा, हरिमञ्जुश्री, श्यामल, राजब आदि इत्यादी छन् ।
परिहासको मन र तनको मिलनबाट उत्पन्न प्रयोब्यक्ति मलाइ मिठो लाग्यो ।
छाँया खस्ने आँगनमा, माँया छरे कसो होला
मन मिले आधा रातमै मोदी तरे कसो होला
पृष्ठ- ५

परिहासका गजलहरु पढ्दा उनको हृदयको उर्वर माटोमा लहलह बाली सुसेली खेले झैं लाग्यो । उनका गजलहरुमा डुबुल्की मार्दा उनका प्रतिभा मिर्मिरे उज्यालो झैं लाग्यो । यस संग्रहको प्रकाशकियमा गजल संग्रहको सटिक मुल्याङ्कन भएको छ । धिरज गिरी कल्पित को भूमिका मनजयोग्य छ यसमा थप्नु पर्ने देख्दिनँ । स्व. स्वप्नील स्मृतिले नेपाली साहित्यमा गजलको बाढी उर्लिएको बेला परिहास एक भङ्गालो हुन् भनी टिप्पणी गरेका छन् । त्यस टिप्पणीमा मेरो पनि र्समर्थन छ । जीवन मोहमा परिहासको मिठो प्रतिक्रिया छ, एउटा टुक्रा प्रस्तुत छः
तिम्ले दे को बास भित्र एउटा आश देखें
त्यस्मा स्वप्नील जिन्दगीको मधुमाश देखें
पृष्ठ -१५

परिहासका गजलहरुमा प्रयोग भएका भाषाहरु बोलीने खालका छन् । लेखिने खालका छैनन् । मलाई यस्तै भाषा मन पर्छ । यहाँ गजल बाईस को अन्तिम हरफ बिसंगत लाग्यो । मलाई मन परेन । यसले राम्रो सन्देश दिंदैन ।
खोई कस्तो मोहनी हो,हरेक दृष्टि लट्ठै पार्ने
घरमा भा को स्वास्नी समेत छोडुँ छोडुँ लाग्छ

परिहासका कतिपय गजलहरुलाई संगीतमा ढालेर गाउन सकिने खालका छन् भने कतिपय वाचन मात्र गरिने छन् । सबै गजलहरु पढुँ पढुँ लाग्छ । पढ्दै गयो झन् झन् नशाले छोए झैं लाग्छ । तर गजल पैतिस् र छत्तिस् के हो - गजलको नाममा गजल हो की फजुल हो छुट्योनै सकिन ।
यत्ता ले
छिटो दे

गजल-पैतिस
ए त्यो त
त्यसो पो
-
गजल-छत्तिस्
गीतमा ढालेर गाउन सकिने गजल अड्तिसका उनका यी गजलहरफले जिन्दगीलाई भरोसा दिने खालका छन् ।
संघर्ष मा कहिल्यै पनि नझूकोस साहस्हरुर्
गर्जन सुन्दा झयास्झूस्मा नलुकोस साहस्हरु

परिहासले नेपाली समाजमा खासगरी गाउँघर, रुदोबुदो घरमा घटित जाग्दो घटनालाई छुवाई यसरी चिन्तन गरेका छन् । जसले उत्पिडनको तस्विर देखाउँछ ।
उनको जीउमा डामै डाम देखी सोध्दा थाहा पाएँ
सासु, नन्द, पति बाट गोरु चुर्टाई खा की रै छिन्
गजल सत्र
परिहासको गजलहरुमा जीवन छ । जीवनको धुन छ । गजलको लामो यात्रामा परिहास एउटा यात्री हो । चौतारीमा आईपुगेको छ । गन्तब्यमा पुग्न सफल होस यहि कामना छ ।
अन्त्यमा, समाजमा ब्याप्त उनकै गजलहरुमा कटु तितो सत्य पनि छ, परिहास आफैंमा परिपक्व छन्, आफैं भूक्तभोगी लाग्छन् ।
हिजो आज मान्छे सबै आफ्नै मात्र जीत खोज्छन्
अच्चम्म छ जो कोहि पनि आफ्नै मात्र हित खोज्छन्


कृतिः सूत्र-मंगल-धुन
बिधाः गजल संग्रह
प्रकाशकः कुम्मायक कुस्सायक क्लब, यासोक - ४ सुब्जनी , पान्थर
प्रथम संस्करणः २०६४
पृष्ठः ६±६५
मुल्य रुः ७५


Saturday, April 10, 2010

'काछुप-गजल':प्रस्तावित नयाँ ढाँचाको गजल लेखन

'काछुप-गजल':यो एउटा सोच, खोज, बिचार, ....समर्थन असमर्थन तपाँइको जिम्मामा...
यसलाई काछुप-गजल किन को सन्दर्भ:
... संरचनात्मक ढाँचाले यो गजलमा शुरुको हरफमा एउटा मात्र काफिया (पुर्ण) लेखिएको हुन्छ र बाकी काफिया सबै लुकाइएका हुन्छन वा काफियाको ठाउँमा ब्ल्यांक स्पेश वा काफियाको पहिलो अक्षर पाठकलाइ सजिलोको लागी राखिएको हुन्छ। काफिया लुकाइएको कारणले नै का=काफिया, छुप=छुपाइएको भन्न खोजिएको हो । सम्मपुर्ण रुपले गजल नै आयातित वा गजलका हरेक अंगहरु अरवी हिन्दी उर्दु बाट लिइएको हुँदा 'छुप' आयातित शब्द समायोजन गर्न खोजिएको छ।

काछुप-गजल को प्रकृती:
...गजल गाउन र बाचन गर्नको लागी मात्र होईन, पढ्नको लागी पनि हो। हामीले लेखेका सबै गजल हरु वाचन गर्न र गाउन कै लागी लेखिएका छैनन् यी पत्रपत्रिकामा पब्लिश हुन्छन, पाठक द्धारा पढिन्छन।यो गजल पढ्य मात्र हो त्यो पनि मनमनै, वाचन गर्न र गाउनको लागी होईन, यसमा सबै काफिया नै नलेखिने हुनाले वाचन गर्नु र गाउनु संभबै छैन।

काछुप-गजल को उपयोगीता:
...सर्ब प्रथम त यसले पाठकलाइ एउटा चुनौति दिन्छ बाँकि काफिया आफैं पत्तालगाउने। यसले अलिकति पाठकलाइ बौद्धिक अभ्यासको फाइदा को अपेक्षा गर्न सकिन्छ। र कुनै ठाउँमा ब्याबहारिक भएर हेर्दा, कतिपय शब्दहरु हामी समय, ठाउ, वाताबरण, परिस्थीती अनुसार स्वतन्त्रताका साथ प्रयोग गर्न सक्दैनौ भने उहि शब्द अनुकुल ठाउँमा मज्जाले निर्धक्क बोलीरहेका हुन्छौं, जस्तो की केहि अश्लिल शब्दहरु, हाम्रा गुप्तांगका नामहरु। र यी शब्दहरु हामीलाइ कुनै पाठशालामा सिकाइएका हुँदैनौ न त अभिभावक बाट नै तर आफैं सिक्छौं। जुन शब्दहरु हामीले र्सार्बजनकि रुपमा लेख्न र बोल्न हाम्रो नैतिकताले दिदैन। त्यस्ता शब्दहरु सिधै लेख्दा अशोभनिय देखिन्छन त्यसैले यी शब्दहरुलाइ यसरी लुकाएर काछुप-गजल मा प्रयोग गर्न सकिन्छ,।

प्रस्तुत छ उदाहरण स्वरुप एक काछुप-गजल :

काछुप-गजल

ऋषि म त प्रेमको मेरो, भत्काइदिईन कुटी उनले
त्यतिले नि नभएर, त्यहि हगी .... उनले

पबित्र त्यो आँगन थियो, उस्तै राखें उनलाइ पनि
आज सुन्छु उत्तिखेरै, कति संग .... उनले

मेरो कुटी भत्काउँदा, घुर्की लाएँ मैले पनि
सरम बेगर उघारेर, देखाई दिइन .... उनले

तिमी बिना मर्छु भन्थी, चोखो दिलले राम्रै साचें
त्यहि फाइदा उठाएर, लुट्न सम्म .... उनले

अथवा यसरि काफियाको पहिलो अक्षर उल्लेख गर्न सकिन्छ:-

ऋषि म त प्रेमको मेरो, भत्काइदिईन कुटी उनले
त्यतिले नि नभएर, त्यहि हगी, मु... उनले

पबित्र त्यो आँगन थियो, उस्तै राखें उनलाइ पनि
आज सुन्छु उत्तिखेरै, कति संग सु... उनले

मेरो कुटी भत्काउँदा, घुर्की लाएँ मैले पनि
सरम बेगर उघारेर, देखाई दिइन पू...उनले

तिमी बिना मर्छु भन्थी, चोखो दिलले राम्रै साचें
त्यहि फाइदा उठाएर, लुट्न सम्म लु...उनले


गजलप्रेमी मित्रहरु मैले गजल लाई अपमान गरेको नठान्नु होला, म पनि गजल लाइ अति नै माया गर्छु। र मेरो नैतिकता माथी शंका गर्नु भएमा त्यो मेरो दुर्भाग्य हुनेछ। समग्रमा यो एउटा सोच हो, खोज हो बिचार हो बश।
****तपाँइहरुमा पर्न गएको अप्ठ्यारोपनाको लागी हदैसम्म क्षमा प्रार्थी छु।*****

Friday, February 12, 2010

गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र
-केशु बिरही
-------------------------------------------------------
अरवीक माटोमा जन्मिएर उर्दु, हिन्दी भाषा हुदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो काल खण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवी रौदकीले जन्माएको विस्वास गरिएको यो विधालाई नेपाली माटोमा भित्र्याउने श्रेय मोतिराम भट्टलाई जान्छ । मोतिरामले भारतबाट यो विधालाई भित्र्याएको मानिन्छ । यसरी नेपाली मोटोमा भित्रिएर सवा शयको भन्दा लामो काल खण्ड विताइसकेको नेपाली गजलले ठुला ठुला हाँक र चुनौतिका सामना गर्दै आएको छ । लामो समय सम्म सुसुप्त अवस्थामा वसेको यो विधाले तीसको दशक पछि मात्र मौलाउने अवसर पायो । वि. स. २०३६ -जसलाई गजलको आधुनिक काल मानिन्छ) साल पछि भने गजलले व्यापक रुप नै लिन पुग्यो । त्यस पछि भने गजल लेखनको एउटा लहर नै चलेको छ । के बुढा के तन्नेरी आज सवै गजल लेख्नमा तम्सिएका पाइन्छन । आफ्नो पनि गजलमा छाप छोड्न वा आफ्नो प्रभावलाई कायमै राख्न हत्तारिरहेका देखिन्छन । यति सम्म कि हिजो गजल केही होइन । यो कनिष्ट एवम् तुच्छ विधा हो भन्नेहरु पनि आज चोरी चोरीकन भए पनि गजल लेख्न थालेका छन । उनीहरुलाई डर छ कही कतै यो विधामा आफ्नो नाम नआउने पो होकि । कतै आफू पछि परिने पो हा कि भनेर । त्यसैले उनीहरु हत्तारिएका हुन । यो नेपाली गजलका लागि । हामी गजल प्रेमीहरुका लागि सफलताको कुरा पनि हो । यो हाम्रो लागि खुसीको कुरा पनि हो । अझ भन्दा यसलाई एउटा जीतको कुरा हो भन्दन अत्युक्ती नहोला ।
हुन त यति भएर मात्र गजलको विकाश भएको मानिदैन । यदि यतिलाई नै गजलको प्रगति भएको हामीले ठान्यौ भने त्यो किमार्थ सत्य हुदैन । त्यो हाम्रो भुल हुने छ । नेपाली गजललाई माथि उठाउन थुप्रै कामहरु वाकी छन । थुप्रै चुनौतिहरुको सामना गनर्ुर्ेे । नेपाली गजलमा आज थुप्रै अवरोधहरु छन । थुप्रै चुनौतिहरु छन । तिनीहरुलाई पन्छाउदै जानु नै आजको आवस्यकता हो । गजलमा देखिएका वाधा अवरोधहरुको निराकरण गर्दै जानु हाम्रोर् तव्य पनि हो । हो आज त्यही समय आएको छ । गजलमा आज वाहृय मात्र होइन आन्तरिक रुपमा पनि आक्रमण भैरहेका छन । प्रयोगको नाममा होस या पमिार्जनको नममा होस गजललाई आज विकृत वनाउदै लगिएको छ । गजलललाई गेय विधाको रुपबाट अलग्याइदै एक पाठ्य विधाको रुपमा वदल्ने प्रयासहरु भैरहेका छन । अर्थात बहरबाट टाढा पारिदै छ । अर्थात गजललाई लयबाट टाढा पर्ने काम भैरहृको छ । यो राम्रो लक्षण होइन । यसको वारेमा सचेत हुनु पर्ने वेला आएको छ । यसका वारेमा गजल प्रेमीहरु एक जुट हुनु पर्ने वेला आएको छ ।
गजल नेपाली माटोमा भित्रिएको यतिका साल भै सक्दा पनि । गजलले यति धेरै प्रगति गरिसक्दा पनि आज सम्म गजललाई एउटा छुट्टै विधाको रुपामा स्वीकार्न कन्जुस्याई भैरहेको छ । आज पनि केही मानिसहरु गजललाई कविताको संज्ञा दिन र त्यही अनुसारको व्यबहार गर्न पनि पछि परिरहेका छैनन । आफ्नो पुरातन एवम् अग्रगमन विरोधी सोचलाई परिवर्तन गर्न चाहिरहेका छैनन । त्यसैले कहि गजललाई कविता र कही गीतकै श्रेणीमा राखिरहेका छन । हुन त त्यसो हुनुमा हाम्रो पनि एउटा कमजोरी रहेको छ । हामी हाम्रो रचना प्रकाशन मात्र भए होस भन्ठान्छौ तर यसको अस्तित्व के छ । यसले के प्रभाप कस्तो पर्छ भन्ने कुरामा ध्यान दिदैनौ । अर्थात हामीलाई मात्र हाम्रो रचना छापिए पुग्छ । त्यो गीतको नाममा छापियोस या कविताको नाममा । तर यो गलत हो । रचना छापिनु नै सवै थोक होइन । एक पटक सोच्नु होस त यदि कसैले तपाइलाई अरु नै कसैको नमा लिएर वोलायो भने कस्तो होला । के त्यो तपाईलाई पाच्य हुन्छ - के तपाई त्यसलाई सहज मान्नु हुन्छ - त्यस्तै गजललाई गजल नभनेर कविता वा गीत वा मुक्तक भन्दा कस्तो होला - कस्तो लाग्ला - के तपाईलाई यो चित वुज्छ - के यो गजलको अपमान भएन र - अनि गजलको अपमान भए पछि तपाई गजलकारको चाही के मान भयो र - तपाईलाई आफ्नै अपमान भएको मन पर्छ र - हो यसको लागि अव सोच्नु पर्ने वेला आएको छ । यसबाट वच्न के गर्नु पर्ला भन्ने जिज्ञासा आउनु स्वभाविक नै हो । यसको एउटा मात्र उपाय हुन्छ त्यो हो तिरस्कार । हामी त्यस्ता गजलको अस्तीत्व नस्वीकार्ने पत्र पत्रिकालाई वा संचार माध्यमलाई हामी हाम्रा रचनाहरु नदिन सक्नु पर्छ । र नदिनु नै वेश हुन्छ ।
हामी कलम चलाउछौ र चलाउदै आएका छौ पनि । तर किन हाम्रो कलम त्यस वारेमा चल्दैन - त्यस्ता गल्ती जस्ले सुकै गरोस । ती पकिाहरु मधर्ुपर्क होस या गरिमा जुन सुकै हुन तिनीहरुको कमजोरीको वारेमा लेख्नु पर्यो नि । -यहा आएका मधर्ुपर्क वा गरिमा एउटा दृष्टान्त मात्र हुन) आफ्ना रचनाहरु प्रकाशित नगरिदेलान कि भनेर हामी कमजोरीलाई पनि कमजोरी भनेर भन्न डराउ छौ ।
अर्को कुरा भनृको हामी हामी विचमा पनि एकता छैन । नेपाली राजनीतिको प्रभाव गजलमा पनि नराम्ररी छिरेको छ । हामी पर्ुवमा वस्ने पर्ुर्वेली पश्चिममा वस्ने पश्चिमेली । हामी झापाली भापाली एक हुनु पर्द छ । हामी काठमाण्डौ वस्ने एक हुनु पर्द छ । भनेर गुट उप गुटमा विभाजित छौ । -यहा काठमाण्डौ, झापाली एउटा दृष्टान्तको रुपमा मात्र प्रयोग भएका छन) अनि यही अनुसार हामी व्यवहार गर्र्छौ पनि । नेपाली गजलका हामी पुजारी भएर पनि राजनीतिमा प्रभावित भएर व्यवहार गर्र्छौ । अनि कहा गजलको विकाश हुन्छ त । एउटाले ल्याएको सही कुरा नै भए पनि हामी विरोध जनाइहाल्छौ त्यही क्षत्रीयता र जातीयतामा अडिएर । त्यही अघिल्लो र पछिल्लो पुस्ताको संज्ञा दिएर ।
अनि हामी वीच श्रेय कस्ले लिने भन्ने वारेमा लडाइै नै हुन्छ । होड नै चल्छ । यदि मैले उस्को कुरामा सहमती जनाएँ भने त उसले श्रेय लिईजान्छ । उस्लाई सवैले चिनिजान्छन । म त पछि परि जान्छु नि भन्ने सोचेर हामी असहयागी वन्न पुग्छौ । असहमती जनाउन पुग्छौ । यही गजल संग संवन्धी बहस मै हेरौ न । सवैलाई थाहा छ यो आवस्यक्ता हो । गजलमा बहस चाहिएको छ । तर जुँगााको लर्डाईले गर्दा असहयोग पनि हुन सक्छ । अनामण्डली एवम् पल्लव लगायतका समुह तथा व्यक्तीहरुले गजलमा बहर आन्दोलन नै छेडेका छन । उनीहरुलाई नेपाली गजलको चिन्ता छ । गजललाई सही बाटोमा लैजान पाए हुन्थ्यो भन्ने सोच छ र हुनु पनि पर्छ । तर भित्र भित्रै बहर विरोधीहरु, जस्लाई गजलविरोधीहरु भने पनि गाह्रो नहोला । तिनीहरु नै आज खुट्टा तान्न तल्लीत छन । कसरी यिनीहरुलाई पर्छार्न पाए हुन्थ्यो भनेर हेरिरहेका छन । त्यस्तै यो स्तम्भकारले पनि गजलमा बहरको आवस्यक्ता छ । बहरको प्रयोगले गजललाई विगार्ने होइन अझ सुन्दर वनाउछ । यस तर्फसोच्नु पर्छ । बहरको वारेमा अध्ययन गर्नु पर्छ कि भन्ने के आवाज मात्र निकालेको थियो । धेरैले यो त बहरवादी भयो । यो समयमा आएर बहरको कुरा गर्नु भनेको गजललाई पुरानै अवस्थामा पुर्याउनु हो । पुनः राजामहाराजाको कोटीमा छिराउनु हो भनेर विरोध गर्न थाले ।
नेपाली गजललाई अगाडि वड्न नदिने । अर्थात गजलको विकाश भएको हर्ेन नचाहाने एउटा समुह छ । त्यो समुह शिक्षित छ तर साह्रै अज्ञानी छ । किन भने उनीहरुले हिजो गजलको वारेमा जानेनन वा जान्नै चाहेनन । अर्थात गजलको भविष्यनै देखेनन त्यतिखेर । त्यसैले उनीहरुले त्यो जान्न नचाहाएका पनि हुन सक्छन । उनीहरुले यस्तो सोचेको पनि थिएनन कि गजलले यति चाँडै प्रगति गर्ने छ । गजल यति चााडै लोकप्रीय विधाको रुपमा उदाउने छ भनेर । यी सवै उनीहरुका कल्पना भन्दा वाहिरका कुरा थिए । त्यसैले यो सव पचाउन कठिन भैरहृको छ । त्यस्ता व्यक्तीहरुको पहुच पनि कम छैन । उनीहरु जता ततै छन । आफूलाई र्सवव्यापी तथा र्सवशक्तीमान पनि ठान्दछन उनीहरु । त्यसैले उनीहरु जस्तो सुकै हत्कण्डा अपाएरै भए पनि गजललाई पाखा लगाउन चाहन्छन । गजलको अस्तीत्व समाप्ता गर्न चाहन्छन । त्यसैले कहिले गजल भनेको यो भेल हो । यस्मा कुनै दम छैन । यो त एउटा किर्ने काँडाको झार मात्र हो भन्ने अभिव्यक्ती दिन्छन । हो आज यही कुरालाई चिर्न आवस्यक्ता देखिएको छ । नेपाली गजल आजको यो अवस्थामा आई पुग्नमा तपाईहरु जस्ता तमाम गजल प्रेमीहरुको ठूलो योगदान रहेको छ । हाम्रा अग्रजहरुको अथक प्रयासले नेपाली गजल आजको यो अवस्थामा आइपुगेको हो । यस क्रममा गजलले थुप्रै आरोह अवरोहहरु झेल्नु पर्यो । थुप्रै चुनौतीहरुको सामना गर्नु पर्यो । हाम्रा अग्रजहरुले ती चुनौतीहरुको डटेर सामना गरे । हामीले पनि होष्टेमा हैसे लगायौ । र लगाइरहेका छौ पनि । फलत आज गजल गजल भनेर चिनिन सफल भएको छ । गजल गजलको रुपमा स्थापित हुन सफल भएको छ । यस्ले आज आफ्नो छुट्टै आकास निर्माण गरिसकेको छ । हुनत अझै पनि गजललाई देखिनसहने हरुले यसको विरोधमा आफ्ना अभिमतहरु निमार्ण्र्ाारिरहेका छन । गजललाई किर्ने काडाको संज्ञा दिन पनि पछि परेका छैनन । तर हामीले वुझेका छौ गजल कुनै कमजोर किर्ने काँडा जस्तै होइन र हुने वाला पनि छैन । गजल एक सशक्त विधा हो । यसले अन्य विधाका हजारौ पेजमा लेखिएको ग्रन्थ या महा ग्रनथले पनि उठाउन नसकेका वा वर्ण्र्ाागर्न नसकेका विषय वस्तुहरु पनि एउटा शेरले वर्ण्र्ाागर्न सक्छ । त्यसेले उनीहरुका वीचारमा कुनै दम देखिदैन । दम विनाको विचार लामो समय सम्म टिक्न सक्दैन । तर हामीले यस तर्फभने सोच्नै पर्ने वेला आएको छ । गजललाई फाल्तु एवम् किर्ने काडाको संज्ञा दिनेहरु संग डटेर लड्नु पर्ने वेला आएको छ । कहि अस्तित्वको लागि लड्नु पर्ने वेला आएको छ भने कहि सुद्धीकरणको लागि । त्यसको लागि हामीले वोलरे होइन सिर्जनामा ध्यान दिनु पर्ने हुन्छ । संख्यात्मकता भन्दा पनि गुणात्मकता तिर ध्यान दिन सकेमा नै गजलको अस्तित्व नस्विकार्नेहरु र गजललाई किर्ने झारको संज्ञा दिनेहरुका ती धारणाहरु आफ्से आफ हटेर जाने छन । गलत सावित भएर जाने छन । आज पनि गजलमा त्यस्ता थुप्रै दुविधाहरु रहदै आएका छन । प्रयोगका नाममा होस या अन्य नाममा होस आज गजललाई क्लिष्ट एवम जटिल वनाइदै छ । यस्को लागि पनि हो यो अन लाइन गजल संवन्धी बहस आउनु परेको । आउनु होस हामी एक जुट भएर नेपाली गजल संवन्धी अन लाइन बहसमा भाग लिऔ । अनलाईन बहस संवन्धीको अवधारणाको वारेमा तल उल्लेख गरिएको छ ।
यो बहसको उद्देष्य भनेको ः
-१) यो बहसको मुख्य उद्देस्य भनेको नेपाली गजलको प्रचार प्रसार गर्नु । नयाँ तथा सिकारु गजलकारका लागि गजलको सिद्धान्त र संरचनाको वारेमा जानाकारी गराउनुका साथै गजललाई शिष्ट तथा मर्यादित वनाउन एउटा अभियान संचालन गर्नु पनि हो ।
-२) नेपाली गजल स्थापना कालको यती लामो समय वितिसक्दा पनि यसमा थुप्रै दुविधाहरु विध्यमान छन । जस्को कारणले गजलको स्तर वृद्धि हुन सकेको छैन । यो बहसले ती तमाम दुविधाहरुको खोजी गरी तिनीहरुको निराकरणको वाटो पहिल्याउने प्रयाश गर्ने छ ।
-३) गजल संवन्धी प्रचार प्रसार गरी सकारात्मक धारणाको विकाश गरिने छ । बहसको क्रममा आएका तमाम जिज्ञासाहरुलाई गजलका विज्ञ सामु प्रस्तुत गरिने छ र बहसको क्रममा आउने र आउन सक्ने विवादित कुराहरुलाई सामूहिक रुपमा बिज्ञहरुसंग छलफल गरी त्यसको निचोड निकाल्न प्रयास गरिने छ । साथै विज्ञहरुवाट प्राप्त उत्तरलाई वा सामधानहरुलाई अनलाइनमा राखिने छ ।
-४) यस बहसले नेपाली गजलमा कलम चलाउने वा गजललाई माया गर्नेहरु वीचमा एउटा पुलको काम गर्ने छ । गजललाई माया गर्नेहरुलाई एउटा पारिवारिक संवन्ध वनाउनमा सहयोग पुर्याउने छ । नेपालमा मात्र नभएर नेपाल वाहिर छरिएर रहेका नेपाली गजलकारलाई एउटै सुत्रमा वाध्न प्रयाश गर्ने पनि यस्को लक्ष रहनेे छ । देश विदेशमा छरिएर रहेका तमाम गजलकारलाई एउटै मालामा उनी गजल विरुद्ध हुने आक्रमणमा एक जुछ भई डटेर सामना गर्न अभ्रि्रेरित गर्ने छ ।
-५) यस बहसको मुख्य उद्देस्य भनेको नेपाली गजलको उत्थान तथा सर्ंवर्धनमा तपाइकै धारणा स्थापित गरी सवै सामु पुर्याउनु पनि हो । अनलाइनको माध्यमबाट तपाईका धारणा साटा साट गराउन तथा ती तपाईका धारणाहरु सवै सामु पुर्याउन यो अभियान लागि पर्ने छ ।
-६) बहसमा पुराना तथा स्थापित गजलकारहलाई स्वागत तथा उहाहरुको योगदानको उच्च मुल्याङ्कन गर्दै नयाँ गजलकार तथा सिकारुका लागि चाहिने सैद्धान्तिक खुराक पनि उपव्ध गराइनुका साथै उनीहरुलाई नेपाली गजल तर्फअभ्रि्रेरित गरिने छ ।
-७) नेपाली गजल संवन्धी बहस संचालन गर्दै आएका संघ संस्था, व्यक्ती तथा पत्र पत्रिकाहरु वीच सहकार्य गरिने छ । र सह- अस्तित्वको भावनाका साथ अगागि वढिने छ ।
बहसमा भाग लिने प्रावधानहरु ः
-क) बहसमा सवै गजल प्रेमीहरुले भाग लिन पाउने छन । त्यसको लागि नेटको सुविधा भने हुनु पर्ने छ । आफू संग नेटको सुविधा नभएका महानु भावहरुको खण्डमा भने यो सुविधा प्राप्त हुने छैन । तर उनीहरुले नेटको सुविधा भएको ठाउमा गएर पनि बहसमा भाग लिन सक्ने छन ।
-ख) हुन त बहसको उद्देस्य भनेको बहसकै क्रममा उव्जीएका जिज्ञासा हरुको आधारमा बहसलाई अगाडि वढाइनु हो तर सहभागी -पाठक)को सुविधालाई ध्यानमा राखेर बहसका आएका र आउन सक्ने सवालहरु एक मुष्ट रुपमा पनि उपलव्ध गराइने छ तर यो सुविधा सवैलाई प्राप्त हुने छैन । यो सुविधा नेटको सुविधा नभएका तर बहसमा भाग लिन चाहाने महानु भावले मात्र पाउने छन । त्यसको लागि भने त्यस्ता सहभागीले आफ्नो इमेल ठेगाना उपलव्ध गराउनु पर्ने छ ।
-ग) सहभागीबाट प्राप्त हुने सवै खाले जानकारी -पत्रहरु, जिज्ञासा एवम् वीचार) हरु बहसको क्रममा प्रयोग गरिन सकिने हुनाले सहभागीहरुलाई नकारात्मक एवम् व्यक्तीगत आक्षेप लाग्ने खाल्का सामाग्रीहरु नपठाउन अनुरोध गरिन्छ । त्यस्ता वीचार वा लेखहरु बहसमा सामेल गरिने छैन ।
-घ) यो बहसलाई क्रमैसग वुँदागत रुपमा अगाडि वढाइने छ । बहसका क्रममा आएका जिज्ञासा र जिज्ञासाका क्रममा उव्जिएका विषय वस्तुहरुलाई पनि क्रमै संग राखिने छन । त्यसरी बहसमा आएका विषय वस्तुमा आधारित भएर एउटा बहसको मुल ड्राफ्ट तयार गरिने छन । र त्यसरी वनेका ड्राफ्टहरु अनलाइनमा राखिनुका साथै विभन्न विद्धुतीय तथा छापाका माध्यमबाट प्रकाशन गरिने छ । सहभागीहरुलाई ती ड्राफ्टहरु कपी गरेर लिन सक्ने व्यवस्था मिलाइने छ ।
बहसमा भाग लिन चाहने संपर्ूण्ा गजल प्रेमीहरुले आफ्नो विचार सोझै लेखक वा अभियान कर्ताको इमेल ठेगाना keshubirahi2008@yahoo.com वा birahikeshu@gmail.com मा पठाउन सक्ने छन । साथै http//www.nepaligazal.com// अथवा http/www.srasta.blogspot.com मार्फ गएर वा सिधै http://www.dobato.webs.com मा गएर त्यहा रहेको दोवाटो वेभ पत्रिकाको भित्र रहेको गजल संवन्धी छलफलमा गएर फाइलमा भएको Reply to Author मार्फ वा Sent Your Comment (You must join this group first) मार्फ पनि पठाउन सक्नु हुने छ । अथवा मा तर त्यहा बहसका एक एक वुँदा मात्र राखिने हुनाले जुन वुँदा राखिएको छ त्यही वुँदामा मात्र भाग लिन सक्नु हुने छ । तर सिधै इमेल मार्फ भने संपर्ूण्ा विचार पनि राखन सक्नु हुनेछ । बहसमा आएका वुँदाहरु म्ाथि उल्लेखित अनलाइन पत्रिकाका साथै http://www.sahityaghar.com//, http://www.majheri.com लगायतका पत्रिकामा राखिने छ । साथै फेसवुकमा रहनु हुने महानु भावले सवै जानाकारी फेसवुक मार्फ पनि पाउनु हुने छ । पनि तर इमेल गर्दा युनिकोर्डमा नलगी -प्रिति फन्टमा लेखेर) पठाउन अनुरोध गरिन्छ ।

अवधारणा अर्थात अभियान कर्ता
केशु बिरही
नेपाल गजल प्रतिष्ठान
आउनुहोस गजल संवन्धी अनलाइन बहशमा भाग लिऔ
-केशु बिरही
--------------------------------------------------------------------------
आदरणीय गजल प्रेमी महानुभावहरुमा कलमी अभिवादन । नेपाली गजल आजको यो अवस्थामा आई पुग्नमा तपाईहरु जस्ता तमाम गजल प्रेमीहरुको ठूलो योगदान रहेको छ । हाम्रा अग्रजहरुको अथक प्रयास र तपाईहरुको माया ममता पाएरै नेपाली गजल आजको यो अवस्थामा आइपुगेको हो । यस क्रममा गजलले थुप्रै आरोह अवरोहहरु झेल्नु पर्यो । थुप्रै चुनौतीहरुको सामना गर्नु पर्यो । हाम्रा अग्रजहरुले ती चुनौतीहरुको डटेर सामना गरे । हामीले पनि होष्टेमा हैसे लगायौ । र लगाइरहेका छौ पनि । फलत आज गजल गजल भनेर चिनिन सफल भएको छ । गजल गजलको रुपमा स्थापित हुन सफल भएको छ । यस्ले आज आफ्नो छुट्टै आकास निर्माण गरिसकेको छ । हुनत अझै पनि गजललाई देखिनसहने हरुले यसको विरोधमा आफ्ना अभिमतहरु निमार्ण्र्ाारिरहेका छन । गजललाई किर्ने काडाको संज्ञा दिन पनि पछि परेका छैनन । तर हामीले वुझेका छौ गजल कुनै कमजोर किर्ने काँडा जस्तै छैन । गजल एक सशक्त विधा हो । यसले अन्य विधाले, हजारौ पेजमा लेखिएको ग्रन्थ या महा ग्रनथले पनि उठाउन नसकेको वा वर्ण्र्ाागर्न नसकेको विषय वस्तु पनि एउटा शेरले वर्ण्र्ाागर्न सक्छ । त्यसेले उनीहरुका वीचारमा कुनै दम छैन । दम विनाको विचार लामो समय सम्म टिक्न सक्दैन । तर हामीले यस तर्फभने सोच्नै पर्ने वेला आएको छ । गजललाई पाल्तु एवम् किर्ने काडाको संज्ञा दिनेहरु संग डटेर लड्नु पर्ने वेला आएको छ । कहि अस्तित्वको लागि लड्नु पर्ने वेला आएको छ भने कहि सुद्धीकरणको लागि । त्यसको लागि हामीले वोलरे होइन सिर्जनामा ध्यान दिनु पर्ने हुन्छ । संख्यात्मकता भन्दा पनि गुणात्मकता तिर ध्यान दिन सकेमा नै गजलको अस्तित्व नस्विकार्नेहरु र गजललाई किर्ने झारको संज्ञा दिनेहरुका ती धारणाहरु आफ्से आफ हटेर जाने छन । गलत सावित भएर जाने छन । आज पनि गजलमा त्यस्ता थुप्रै दुविधाहरु रहदै आएका छन । प्रयोगका नाममा होस या अन्य नाममा होस आज गजललाई क्लिष्ट एवम जटिल वनाइदै छ । गजललाई बहरवाट अलग्याइदै छ । अर्थात गजललाई लयबाट अलग्याइदै छ । गजल गेय विधा हुदा हुदै पनि यसलाई पाठ्य विधाको रुपमा लैजाने काम हुदै छ । यो राम्रो लक्षण होइन । जुन कुराहरुको वारेमा हाीले सोच्नु पर्ने वेला आएको छ । हो । आज यिनै विषयमा आवाज वुलन्द गर्नु पर्ने वेला आएको छ । कलम तिखार्नु पने वेला आएको छ । आज यही विषयमा अधारित भएर बहस छेड्नु पर्ने आस्यकता देखिएको छ । आज मैले त्यही कुरामा आधारित चलाइएको बहसलाई निरन्तरता दिने विचार गरेको छु ।
कमजोरी सवैमा हुन्छ ती कमजोरीलाई हटाएर अघि वड्नु नै आजको आवस्यक्ता हो । आज म गजलको तपाईहरु संग परिभाषा दिन होइन तपाईहरुकै धारणा -विचार) वुझ्ने जमर्कोमा छु । यो मेरो एउटा अभियान नै हो । यसमा तपाईहरुले मलाई सहयोग पुर्याउनु पर्ने हुन्छ । हुनत यही अभियान मैले पहिला देखि नै चलाउदै आएको हु । पहिला यो छापा माध्यममा मात्र सिमित थियो तर आज यसलाई म इन्टरनेट मार्फ अगाडि वढाइरहेको छु । आसा छ तपाईहरुले मेरो यो अभियानलाई सहयोग पुर्याउनु हुने छ ।
यसमा तपाई आफ्नो गजल संवन्धी धारणा राख्न सक्नु हुने छ । तपाईका सवैखाले विचारहरु स्वीकार्य हुने छन । तर सकारात्मक विचारहरुलाई मात्र गजल संवन्धी विभिन्न लेखमा राखिने छ । वाकी सवै धारणाहरु पनि बहस अर्न्तर्गत आउने नै छन । मलाई लाग्छ यसले तपाईलाई आफ्नो धारणा अरु सामु राख्ने अवसर मिल्ने छ । तपाईको धारणा सिद्धहस्त गजलकारहरुका साथै लाखौ पाठकले पनि वुझ्न पाउने छन । यो एउटा बहस पनि हो । यस बहसलाई वुदागत रुपमा प्रस्तुत गरिने छ र पर्ूण्ा भए पछि एउटैमा समायित गरिने छ । सवै सहभागीहरुले पर्ूण्ा लेख -विचार वा बहसको लेख) उपलव्ध गराइने छ । साथै संभव भएमा यो वहसलाई विभिन्न विद्धुतीय तथा छापा मिडिया मार्फ प्रसारण तथा प्रकाशन गराइने छ । बुदागत रुपमा तल हेनुहोस । हुनत यो एउटा जानाकारीका लागि मात्र हो तपाईहरुले पछि पुनः आ-आफ्नो इमेलमा बहसका वुदाहरु पाउनु हुने नै छ । साथै भविष्यमा यही बहसमा आधारित रहेर एउटा कृति पनि प्रकाशन हुने आसा लिएको छु । तर यसको लागि भने पहिला तपाइले मलाई आफ्नो इमेलमा राख्नु पर्ने हुन्छ ।
१ संपर्ूण्ा गजलप्रेमीहरुले आ-आफ्नो धारणा राख्न सक्ने छन । साथै आफूलाई मन परेका अन्य स्थापित श्रस्ठाहरुको विचार पनि पठाउन सकिने छ । तर त्यस्तो धारणा वा विचारको लागि कहाबाट उधृत गरिएको हो त्यो भने उल्लेख गर्न जरुरी हुन्छ ।
२ उत्कृष्ट विचारहरुलाई मुल लेखमा समागित गरिने छ । साथै वाकी सवै विचारहरुलाई पनि बहसमा भने समावेस गरिने छ ।
३ नकारात्मक विचारलाई मुल लेखमा समावेस गरिने छैन ।
४ बहसलाई अलग अलग वुदामा प्रस्तुत गरिने छ । सवै वुदा पुरा भए पछि एउटा मुल लेख वा बहसमा समायोजन गरिने छ । अर्थात सवैलाई एकै ठाउँमा राखिने छ ।
५ यस बहसको मुख्य उदेस्य भनेको नेपाली गजल उत्थान तथा सर्ंवर्धनमा तपाइकै धारणाहरुलाई स्थापित गरी सवै सामु पुर्याउनु नै हो । साथै तपाईको यो धारणा सवै सामु पुर्याउनु नै हो ।
६ यो कार्य पुरा भए पछि विभिन्न वेभ पत्रिकामा राख्नुका साथै छापा तथा विद्धुतीय मिडियामा प्रकाशन तथा प्रसारण गराइने उदेस्य राखिएको छ । साथै विचार पठाउने सवैलाई उपलव्ध गराउने प्रयास गरिने छ ।
-७) बहसमा भाग लिन चाहने संपर्ूण्ा गजल प्रेमीहरुले आफ्नो विचार सोझै लेखकको इमेल ठेगाना keshubirahi2008@yahoo.com वा मा">mailto:birahikeshu@gmail.com%20मा पठाउन सक्नु हुने छ । साथै http//www.nepaligazal.com//, http//www.majheri.com//, http//www.sahityghar.com// अथवा http/http://www.srasta.blogspot.com/ मार्फt गएर वा सिधै http://www.dobato.webs.com/ ma गएर त्यहा रहेको दोवाटो वेभ पत्रिकाको भित्र रहेको गजल संवन्धी छलफलमा गएर फाइलमा भएको Reply to Author मार्फ वा Send Your Comments (Before you do comments, you must join the GROUP then only you can participate) मार्फ पनि पठाउन सक्नु हुने छ । अथवा मा तर त्यहा बहशका एक एक वुँदा मात्र राखिने हुनाले जुन वुँदा राखिएको छ त्यही वुँदामा मात्र भाग लिन सक्नु हुने छ । तर सिधै इमेल मार्फ भने संपर्ूण्ा विचार पनि राखन सक्नु हुनेछ । तर इमेल गर्दा युनिकोर्डमा नलगी -प्रिति फण्टमा लेखेर) पठाउन अनुरोध गरिन्छ ।
-क) तपाईको गजल संवन्धी धारणा वा विचार के रहेको छ ?
................. ............... .........................
................. ............... .......................
-नोटः यहा तपाई गजल संवन्धी आफ्ना विचार वा आफूले वा अरुले लेखेका लेख वा दृष्टिकोणहरु पठाउन सक्नु हुने छ । यस भित्र गजलका तत्वको वारेमा पनि उल्लेख गर्न सक्नु हुने छ ।)
भाव, कल्पना, विम्ब तथा प्रतीक आदिको प्रयोगका साथै निश्चित क्रममा प्रयोग गरिने यस्तो काव्य रुपलाई गजल भनिन्छ जसमा एउटै छन्दमा तीन वा तीन भन्दा वढी शेरहरु हुन्छन । डा. कृष्णहरि बराल पल्लव वर्ष-४,अङ्क -१३
गजल भनेको कोमल र हार्दिक भावको सशक्त रसङििछप्त अभिव्यक्ती हो । यसमा काफिया र लय अनिवार्य तत्वका रुपमा रहन्छन । आधुनिकताका नाममा यी दर्ुइ तत्वलाई विर्सन र विगार्न मिल्दैन । ललिजन रावल पल्लव वर्ष-४,अङ्क -१३
-ख) गजलको उत्पती र विकासको वारेमा के कति जानकारी रहेको छ ?
............. .......... ............ ..............
............. .......... ............ ..............
-नोटः तपाई संग त्यस्ता थुप्रै जानाकारी हुन सक्छन जुन अगाडि कहिल्यै वाहिर आउन नसकेका हुन । या कुनै संर्न्दर्भ ग्रन्थ जुन आज सम्म समेटिएका छैनन । तर ग्रन्थको प्रयोग गर्दा लेखक, प्रकाशक। प््रकाशन मिती । अङ्क अनिवार्य रुपमा उल्लेख गर्नु होला ।)
-घ) नेपाली गजलका गुण वा दोशको वारेमा के कती जान्नु हुन्छ ?
............. .............. ............ ..............
............. .............. ............ ..............
-नोटः यस्ता वुदाहरु म्ौलिक रुपमा पनि निमार्ण्र्ाार्न सक्नुहुन्छ । अरुका पनि राख्न सक्नु हुन्छ । तर अरुका वुदा राख्दा त्यो उल्लेख गर्नु पर्छ ।)
-ङ) नेपाली गजलका चुनौतिहरु के के हुन सक्छन ?
.............. .............. ........... .............
.............. ............. ........... .............
-नोटः तपाई वँुदागत रुपाम उल्लेख गर्न सक्नु हुने छ ।
-च) बहर के हो र यो किन आवस्यक छ ?
.................. ............. ............ ..........
.................. ............. ........... ..........
-नोटः यहा भने आफ्नो धारण राख्न नभुल्नु होला ।
-छ) बहर र र्सजकहरु .............. ............ .......... ..............
.............. ............ .......... ..............
-नोटः बहरमा कलम चलाउनेहरुको वारेमा के कति जानाकारी छ
यदि जानकारी भए उल्लेख गर्नु होला । साथै बहरमा लेखिएका गजल संग्रहहरु को वारेमा पनि उल्लेख गर्नु नभुल्नु होला ।
-ज) अन्त्यमा बहसमा भाग लिदा कस्तो अनुभव भैरहेको छ । कुनै सुझाव छन कि ?
........... ........... ......... ..........
यसमा आफ्नो प्रष्ठ धारणा दिनु होला । यस्को आवस्यकता वा औचित्यको वारेमा पनि लेख्न सक्नु हुने छ ।
नोटः यो एउटा सैधान्तिक बहस मात्र हो तर बहसका अन्य त्यस्ता थुप्रै वुदाहरु छन जुन पछि उपलव्ध गराइने छ ।

नेपाल गजल प्रतिष्ठान
http://www.keshubirahi.com/

Sunday, December 27, 2009

समग्रतावादी र्सार्वभौमिक सत्यको अस्विकार
-सगुन सुसारा
------------------------------------------------------------------------------------------------------
उत्तरवर्ती सोच- केन्द्रीयताको विरुद्ध छ । अर्समर्थनमा रमाउँछ । अर्थात बहुकेन्द्रीयताको उपभोग । हालसम्म केन्द्रीयताले लादेको माखेसाङको फुस्काउने मात्र होइन-नयाँ सुरुको बाटो पनि उत्तरवर्ती सोच । वास्तवमा यो आएको बिचार हो । साँच्चै यो अन्य अश्त्रभन्दा कम छैन । बिचार भन्नु एउटा अश्त्र । यही बिचारको करिया मात्तै हतियार । यर्सथ हतियार पहिलो होइन, डर लाग्दो होइन । चेतना हो हतियार र डर लाग्दो । डराउनु यसबाट पर्छ । यत्तैबाट, केन्द्रीयता बदनियतको जवाफ हो, उत्तरवर्ती सोच । जसलाई र्सार्वभौमिक सत्यको नाममा दवाइयो । तर त्यो दवाई नकाम हुनेछ- भयो । साँच्चै, साहित्य, राजनीतिक, सामाजीक वा जम्मै गोमनको फणा जस्तो उठीरहेछ । कुरा के हो भने र-हामी र्सार्वभौमसत्ता सम्पन्न छौं कि छैनौं -' हाम्रो संविधानले के भन्छ - व्यवहारमा के भोग्दै छौं - बिचारणीय कुरा हो ।
उत्तरवर्तीसोच 'समग्रतावादी र्सार्वभौमिक सत्यको अस्वीकार ।' साँच्चै अस्तित्वको पक्ष । यतैबाट, हामी बिचारमा र्सार्वभौम छौ भने त्यसको अनुभूति सबैले पाउनु पर्छ । साहित्य, राजनीतिक, समाजशास्त्र मानवशास्त्र, धर्म । त्यसो नहुँदा नै त उत्तरवर्ती सोच अस्वीकार दावी र खोजबाट अघि बढ्छ -चेतनीक । अब त सबै । सानो उदाहरण बनाऔं-नेपाली साहित्य एकदमै केन्द्रीयता कि त सक्ताशक्ति निर्मित छ । र्सार्वभौम छैन । बहुकेन्द्रीय छैन । अथवा सह-अस्तीत्वको छैन । आरोप छ 'उत्तरवर्ती सोच' अति जातिबादी भयो, यस्तो साहित्य स्वीकार्न सकन्न । गजब छ, कत्रो दम्भ - कत्रो सामन्तीवादीता - कत्रो निरङकुशता - हो आज यीनै अराजकता, निरङकुशताको विकासमा बिचार उठीरहेछ यही बिचार भन्नु हतियार हो । त्यो सम्हाल्न सकिएन भने अनिष्ट हुनसक्छ। यही अनिष्टताको सचेतनाका खातिर उत्तरवती सोच ।
आउँदैछु हिजो नेपाल हिन्दु राज्य हुँदा उत्तरका धर्माबलम्बीहरुलाई कस्तो सास्ती भयो होला - अर्कोको संस्कृतिमा हर्ुकन कति पीडा भयो होला - कति घीन लाग्यो होला - आज बिचार गरौं धर्म निरपेक्ष राज्य हुँदा । वास्तवमा, आफ्नो अधिकार, जीवन या त स्वतन्त्रतामा हस्तक्षेप, उत्पीडन, दमन भएमा त्यसको बिरुद्ध जाइ लाग्छ । यो निरन्तर प्रक्रिया । तर उत्तरवर्ती सोच त्यसको पक्षपाती नाइ । यो त सहअस्तित्व, सहसम्बन्ध सह -व्यवहारको । अर्थात तिमी छौ, हामी छौं र अरुहरु पनि छन् । त्यसैले समग्रवादी र्सार्वभौमिक अस्वीकार । हामीले भनेको, सहअस्तीत्वको सम्बन्धले समाज, राष्ट्रि भाषा र साहित्यको भण्डार विशाल, दरिलो र फराकिलो हुनर्ुपर्छ-हुन्छ । त्यसो भएमा कसैको असन्तुष्टि शेषपनि रहदैन । हामी आफैं सम्बद्ध । अब आएर अभिव्यक्तिमा र्सार्वभौम बन्यो कि बनेन - त्यो पनि हर्ेन जरुरी बन्यो । जातीय मिथकले कवितालाई उत्कृष्टता बनाउनु जातिको मात्रै टेवा पुग्ने होइन यसले त समग्र साहित्य -नेपाली) लाई यो सम्बद्ध र नेपालीपनको बनाइन, परिचय दिन सहयोग पुर्‍याइने छ । अब अन्तराष्ट्रिय साहित्यमा यसको भूमिका बेजोड रहन्छ । आफ्नै मौलिक पहिचान बन्छ । यर्सथ यसमा आत्तिइ हाल्नुपर्ने अवस्था छैन । हाम्रो स्वभाव । बिस्तारै जम्मै समायोजन र सहजता हुन्छ ।
कुरा स्व-अस्तीत्वको गर्ने पर्ने जरुरी बन्यो - उत्तरवर्ती सोचमा आइपुग्दा । हिजोसम्म घुमाउरो व्यवहारले चल्यो-अस्तीत्व । अब मान्दैन चेतनीक । अर्थात अस्तीत्व धर्मनिरपेक्ष हुँदै आज राज्य पुनः संरचनामा अधिक किन जातीय संरचना उठिरहेछ । मननीय र बिचारणीय कुरा छ । राज्य संयत्रले दिएको उत्पीडन, शोषण, दमन र सह-अस्तित्वको खिल्ली उर्डाई नै यसको प्रमुख हो । त्यो कयौं बर्षो उत्पीडन, शोषण र दमनको ज्वालामुखी हो । त्यसैले अब अनुपस्थितिको उपस्थितिलाई स्वीकार्नु बाहेक उत्तम र सजिलो उपाय केही छैन । अब त्यो एकल वा केन्द्रीय बिचार त्यागे हुन्छ । बिरुद्धमा बहुकेन्द्रीयता आउँछ । त्यसैको परिणाम सामाजिक आर्थीक, राजनीतिक, साँस्कृतिक र साहित्यिक पछौटेपना बाँची रह्यो । यसले अनुपस्थितिमा रहेका पछि परे नै । राज्य पनि पछि पर्‍यो । कुनै व्यक्ति, जाति, समाज सभ्य हुनु भनेको राज्य सभ्य हुनु नै हो । यसैले आजको चिन्तन उत्तरवर्ती सोचबाट । समय सर्न्दर्भमा बिचारान्ताले नै चेतनीक नत्र त र्सार्वभौम खै -
उत्तरवर्ती सोच-स्वअस्तित्वको जयगान गाउँछ । त्यसैले बहुलताको पक्षपाती हामी मात्तै होइन । यद्धपि लेख्नमा उपस्थितिको कुरा कम र अनुपस्थितिको कुरा धेर छ । यसको आवश्यकता त्यती । खण्डनको खण्डनलेपनि उत्तिकै मानेको होला- बिश्वास छ । र्सार्वभौम नै यसको जननी । आज यसरी नै । त्यसैको फराकिलो फाँटमा उभिएर आत्म सम्मानले बाँच्न पाउने अधिकार प्रत्यायोजन हो । अथार्त हावी हो । समग्रतावादी र्सार्वभौमिक सत्यको यस कारणले पनि अघि अस्वीकार । होइन भने र्सार्वभौम र सम्मानीत अस्तीत्वको बाटो बन्द देखिएला - र आर्को धराप जन्ममेला - हो हामी यीनै समस्याको मध्ययार्गी । अर्थात लेखक । नत्रता स्वतन्त्र अभिव्यक्तिले पाउने भूमिका साहित्यको के हुन सक्ला - त्यती मात्र होइन समाज र समुदायको महत्व पनि त बाँच्ला कि नबाँच्ला - लेखनमा यीनैको सारले उत्तरवर्ती सोच ।
उत्तरवर्ती सोच -२०६० पुषको महिनाबाट अधिकारीक रुपमा चक्रव्यूह पत्रिका मार्फ र्सार्वजनिक भएको हो । त्यसो त त्यो भन्दा अघि २०५८/५९ बाटै गृहकार्य योजना र लेखन गर्दै भवानी तावा, सगुन सुसारा, राज माङलाक, समीर, यलम्बर थाम्सुहाङ लगायतको एक जमात सक्रिय थियौं । उत्तरवर्ती सोचको मूल लक्ष्य नेपाली साहित्यमा उत्तरआधुनिक लेखनमा स्व-अस्तित्व, पर्ूर्वीय सिद्धान्त लगायत अरु धेरै लक्ष्यका साथ अघि बढेको एक लेखन/साहित्यिक अभियान नै हो । यसले बहुलता र बहुकेन्द्रीयताको विश्वास तथा मान्यतालाई सम्मान गर्दै नेपाली साहित्यमा नयाँ चिन्तन, सोच र नेपाली साहित्यको पहिचानको लागि । आग्रह, पर्ूवाग्रहभन्दा पनि विमर्शलाई मूल प्रक्रियामा राख्दै अघि बढ्छ ।
आज समग्रतावादी र्सार्वभौमिक सत्यको अस्वीकार । बरु बहुकेन्द्रीयताको पक्ष लिन्छु अनि स्व-स्वायत्तता र आत्मनिर्ण्र्ााो अधिकार पनि बाँकी छ । र्सार्वभौमसम्मलाई मात्र जम्मैलाई । यति भए समता र समग्र नेपाली साहित्यको विकासमा थप इटा हुनेछ । विश्वास । विश्वास त चेतनाले उनको पो त । लौ यो स्व-पहिचानको फाँटमा सबैलाई स्वागत छ । स्थानीय चेतनाको सलाम पनि ।

उत्तरवर्ती सोच अस्वीकार, दावी र खोज-बाट बढेको हो नेपाली साहित्यमा । मध्ये तथाकथित भूमण्डलीयकरणको अस्वीकार चेतनाको भाग भर्दछ-स्व-अस्तितवको । र्सार्वभौमिक सत्यको अस्वीकार पनि त मान्दै आएको । अझ बोैद्घकिताको व्यवहारिकता पनि मानेको । र बारम्बार भन्दै आएको, लेख्दै रहेको त्यो खण्डनको खण्डन पनि । भरि बाँच्छौं- लेखन, चेतना, तर्क या विमर्श । को- व्यवहार
एक भाषा, एक धर्म, एक संस्कार, एक देश, एक विश्व........ भूमण्डलीयकरणका तत्वहरु-बाट स्पष्ट/अस्पष्ट रहयौं । कति -मान्छे) स्वीकार - कति -मान्छे) अस्वीकार - निश्चय पनि 'स्व'को लागि हरेक -मान्छे, राष्ट्र) लडार्ँइ लड्द्छौं । अस्वीकार गर्र्छौं । आफ्नो पन बाहेक । थुप्रै सवालहरु आउँछन्- वर्तमानले । तत्कालीन परिवेश हेरौं - उपराष्ट्रपतिले हिन्दीमा सपथ खाएकामा किन विरोध गर्‍र्यौं - सडक किन ततायौं - टायर किन बाल्यौं - अर्थात आन्दोलन नै किन गर्दछौं - कराडौं नेपालीहरुको अपमान भयो भनेर किन नेपालीमा सपथ लिनर्ुपर्छ भनेर अझै पनि विरोध गर्दर्र्छौ - यस विषयमा कसैले हामीलाई निर्देशन गरेको हो र - अर्थात मधेशी भनेर हामीले विरोध गरेको हो र - हामी त्यती ढोंगी र सम्प्रदायिक छौं र - होइन, निश्चय पनि होइन । यो त हाम्रो चेतनाको फैलावट मात्र हो । अझ 'स्व'को पहिचानमा छौं- त्यसको खोज हो । साँच्चै भन्नु पर्दा विस्तारवादको विरोध हो । भूमण्डलीयकरणको अस्वीकार हो ।
हामीले स्वीकारेको- उपराष्ट्रपतिले मैथिलीमा सपथ खाएको भए आज नेपाल जल्ने नै थिएन । सडक तात्ने नै थिएन । बिद्यार्थीहरुको आन्दोलन बढ्ने नै थिएन । त्यसैले विरोधको उद्देश्य हुन्छ- आन्दोलनको लक्ष्य हुन्छ । खालि भड्कावको लागि आउँदैन । औचित्यका माला चुडाउन होइन । बरु उद्देश्यका लागि हो आन्दोलन, लक्ष्यका लागि हो विरोध । नै हामी होमियौं चेतनिक । र त खोज्दैछौं -'हिन्दी र मैथिलमिा फरक' आखिर हिन्दी पनि भाषा र मैथिली पनि । व्यवहार मन पराए, कति त हिन्दी पनि बोर्ल्छाैं- साथीभाई या आफ्ना आफन्त, रमाइलो भेट । तथापि हर बखत मान्दैनौं । यो स्व फैसला । त्यसो भए के सपथ स्व फैसला हो - अब मान्दैन यतिखेर राष्ट्रियता । यर्सथ नै त्यसै पनि औचित्य बाँच्दछ । र खण्डहरु खोजिरहन्छ । हामी त्यसको निर्धारक चेतनले । चेतना भन्नु नै 'स्व' हो । म, हामी, हाम्रो भन्ने भावनाले ओतप्रोत छ कि छैन - हाम्रो आफ्नो गन्ध छ कि छैन - त्यसले मात्तिदा रहेछौं- सचेत ।
तथाकथित भूमण्डलीयकरणको अस्वीकार
हाम्रो खण्डनको खण्डन बढ्यो । र भाग पनि भन्यौ त । हो उपराष्ट्रपतिले हिन्दीमा सपथ खाँदा हाम्रो नेपालीत्व कहाँ रह्यो - त्यसलेे हाम्रो भावना समेट्छ कि समेट्दनै, हाम्रो राष्ट्रियता रहन्छ कि रहदैन - प्रश्नहरुको लाम लाग्दो छ रहेछ ।
अब यतिखेर राष्ट्रियता भनेको के - नेपालीत्व भनेको के - हो, यतिखेर राष्ट्रियता भनेको नेपालीत्व हो, नेपालीत्व भनेका स्व पहिचान हो, स्व पहिचान भनेको जाति हो, जाति भनेको नेपाली हो । त्यसैले उपराष्ट्रपतिले मैथिलीमा सपथ लिएको/खाएको भए कम्तिमा नेपालीत्व/नेपालीपन रहन्थ्यो । किनभने त्यो -मैथिली) भनेको नेपालमा बसोबास गर्ने केही नेपाली जातिहरुले बोल्ने भाषा हो । त्यो नेपालीको भाषा हो, नेपाली जातिको भाषा हो । त्यसैले हामी त्यसलाई स्वीकार गर्र्छौं । एत्ति भए भूभण्डलीयकरणको अस्वीकार काफी ।
विकास र प्रविधिले हामीलाई सजिलो र नजिक बनाएकोमा दर्ुइमत नहोला । हामी त्यसका पर्ूण्ा विरोध बन्नु लाटो देशको गाँडो तन्नेरी मात्र । तर प्रविधिले लयायो भन्दैमा म को हुँ - नै वर्सनु चाँही अचेतना, अबौद्घकि । कुरा 'र्साईबर लिटरेचर'को चलिरहेको छ । भूमण्डलीयकरणको अस्वीकार गर्नेले अस्वीकार गर्छन्- तर्क तपाईको । सापेक्षताले त्यो मान्दैन, उत्तरवर्ती त्यो मान्दैन र उत्तरवर्ती त्यसको पक्षपाती । तर 'साइबर लिटरेचर'मा म को हुँ - छ कि छैन - प्रधान कुरा हो । सायद आजसम्म लेखिएको सबै साहित्यमा 'स्व'को पहिचान निश्चय छ । त्यसैको लागि हो लेखन । आफू बेगर त 'साइबस लिटरेचर' बाँच्न पनि सक्दैन क्यार - त्यसैले हामी यो अङ्ग्रेजी, यो फ्रेन्च, यो रुसी, यो चाईनिज, यो अफ्रीकी साहित्य भनेर चिन्छौं । यो उसको 'स्व' पनाले नै पहिचानको बाटो खनेको छ । बनाई दिएको छ । सबैको जाति, देश फरक हुन्छ ने त्यसको पहिचान अनुहार हो भने आफ्नो mष्अअचय ष्मभलतष्तथ हुनु भनेको अरु कुरा छ । साइबर/कम्प्युटर माध्यम मात्रै त हो- कापी कलमको जस्तै, किताबको जस्तै । बुझ्नु यो रह्यो माध्यम जे भएपनि 'स्व' छ कि छैन -
चाहे-अत्रिको कोलम,
च्याउ ......इ
याङ्बेन ...त्या
सिस्नु..... दि
मेरो आन्द्रामा ताम्भुङ्जाको काई लागेको छ ।
-भवानी तावा
नत्र त,
भवानी तावाको 'न्वारान नभइएको अक्षांश' मात्रै
हामी त न्वारान नभएको अक्षांश
बाट
नेपाली साहित्य लेखन आरम्भले मागेको विकेन्द्रीयता सापेक्षिक भागौं । उपभोगको अतिवादी सोचले निश्चय पच्दैन । विचारको सर्वोच्च फैलावट पाल्नर्ुपर्छ- साजी र, हामीहरु बाँच्छौं- आज, मोलि, ले उत्तरवर्ती सोच चेतनाले टेक्ने । तिरवाट भाग ।
हामीले भोग्ने गरेको देश, जीवन, संस्कार, धर्म या अन्य यस्तै थुप्रैहरुले- आज हामी । मान्छे विभिन्न देशको, राष्ट्रका, मुलुकको भनेर गर्व गर्र्छौं । इथोपियाको कोही, केन्याको कोही, या नेपालको कोही । आफ्नो भन्नु गौरव हुन्छ, स्वभिमान हुन्छ- लागेर बाडिन्छौं, छुट्टन्िछौं- स्वायत्ताभरि । सीमा काटिरहन्छौं, हेरिरहन्छौं, बाडिरहन्छौं मायाले, चेतनाले, बुद्घलिे माया भावनात्मक मात्रै हो र - पैसाले किन्न सकिने हो र - साँच्चै आफ्नो भन्नुमा प्राण जस्तो मोह पो बाँचेको हुन्छ त । त्यही निस्सीमताले, विस्तुतिले बाँच्५छौं सदा । नत्र त 'घाम नअस्ताउने देश'को सपना नेपोलियन, हिटलर या यस्तैले भेट्नु नि खै -
विचारले विकेन्द्रीयता माग्छ- ले आयौं यहाँसम्म । हाम्रो खण्डन बढ्यो प्रति खण्डन हुन सक्छ- अस्वीकार भयो, मात्तै । जियाई पनि यसैमा रुमल्लिई रहेको छ । केन्द्रहरुको बहुलतामा आज पेन्टागन ढल्यो । बाबरी मस्जिद उडाइयो किन - धार्मिक अन्धभक्तहरुले उठाएको दङ्गा हो र - लहड हो र - निश्चय पनि होइन । स्वाभिमानले उठाएको टाउको हो । आत्मनिर्ण्ाायको अधिकारको पर्वत हो । टुक्रा अस्तित्व हो । मान्छेभित्र पलाएको ढोग होइन, जियाईको र्सार्वभोमिकता - मात्तै ।
अस्वीकार गर्नु पर्ने कुरामा पनि तथाकथित आएपछि प्रष्ट हुने विषय नै छ- हो कारणले जानी-जानी, खेलाई-खेलाई, हेपी-हेपी, फकाई-फकाई । आउँछन् -लाई । अर्थात नियतवस, षडयन्त्रवस, साँच्चै सभ्यताको नाउमा, सहयोगको नाउमा, भोगिरहेको अस्तित्वको, स्वपहिचानको खेलवाडलाई - जस्ता अनेकौमा । ए ! अब त कसैले कसैको उपनिवेश, संस्कार संस्कृतिलाई सजिलै लिन सक्दैन । त्यसको विकल्प विश्व विभिन्न देशमा, देश विभिन्न स्थानीय प्रदेशमा बहुल रुपमा परिणत हुदैछन् । बहु भाषाहरुको विकास भइरहकेा छ । संस्कृतिहरु बहुल नै रमाउदै छ यसैले गर्दा एउटाको संस्कृति, भाषा लादियो भने अर्कोको विकास कहिल्यै हुन्न- ले अस्वीकार । अस्तित्वको पर्खाल छेकिन्छ । छेकिनु यो चेतनाले कोही मान्दैन । नमान्नु स्वायत्त विचार-ले स्वायत्त विचार अस्वीकार । त्यसैले तथाकथित भूमण्डलीयकरणको अस्वीकार बढ्यो ।
तथाकथित भूमण्डलीयकरणको अस्वीकार त स्व-अस्तित्व पो हो त । आजसम्मको जीवनपराकाष्टाले सामाजिक संस्कृतिले त्यसै भन्छ । चलि आएको इच्छाले, विचारले, मानि ल्याएको संभवत त्यस्तो कोही नहोला कि आफ्नो स्व-पहिचान भूल्छ, मेट्छ, फ्याक्छ । एउटा कुरा गरौं - धेरै सम्पन्न मुलुकतिर आकर्षा हुन्छन् । त्यस्तो ठाएँमा पुगेर ऊ कहिल्यै सन्तुष्टि हुदैन - सम्पत्ति कमाओस्, नाम कमाओस् । किनभने उसको स्व-त्व आफ्नो देश सम्झी रहन्छ । आफ्नै माटो छुन चाहन्छ । टेक्न चाहन्छ । यी सप्पै जीवन पद्घतीका वस्तुगत जियाई हिजो थियो, आज छ र भोलि पनि रहने छ । परिवर्तन -स्व अस्तित्वसम्म । ले नै तथाकथित भूमण्डलीयकरणको अस्वीकार ।
उत्तरवर्ती सोच- विकेन्द्रीयताले रमाएको छ । बहुकेन्द्रको उपस्थिति हो । अझ अनुपस्थितिको उपस्थितिसम्म हो । भोग्दै आएको र्सार्वभौमिक सत्य त अस्वीकारलाई पो थमायौं । त्यसो गर्नु खण्डन त अब मवाट हामी, एउटावाट जम्मै -सप्पै) बहुको प्रसारण बढ्दो छ । चेतनाले ल्याएको यो विस्तृति अब छेक्ने कुनै, केही, कसैको सामार्थ्य छैन । यदि त्यसो भयो भने उ एकल हुन्छ आफै. हुन्छ । त्यसो भएपछि जम्मैको छाँयामा पार्छ, ओझेलमा पर्छ । कदाचित केही समय सफलता पाउला - तर अन्ततोगतवा त्यो नासिएर जान्छ । हराएर जान्छ । अर्थ एकलवाट बहुल हुनु । त्यतीले भूमण्डलीयकरणको अस्वीकारमा तथाकथित थपिनु दोष होइन, अचेतन पनि होइन । साँच्चै । त्यती भइहाले त्यो सत्ता शक्ति निर्मित मात्र हो । त्यसमा अनुपस्थितिको इतिहासलाई पनि उत्तरवर्ती सोचले अस्वीकार गरिसक्यो । त्यसमा अनुपस्थितिको इतिहास मर्छ । यसो हुनु अस्तित्वको पराकाष्टा होइन- ले पो त आएको ।
तथाकथित भनेर नियोजित जर्वजस्ती भनेर माने भयो । भोगाइले सायद यो मान्दैन- भाषामा, संस्कृतिमा र नै तथाकथित भुमण्डलीयकरणलाई अस्वीकार विमर्शका लागि ढोका खुला राखेका छौं । बुझ्ने छौं । सोच्ने छौं । चिन्तन गर्ने छौ- बहुलतामा । उत्तरवर्ती सोचवाट ।
१०/०७/०६५, फिदिम-पाँचथर

Thursday, October 22, 2009

चोमोलुङ्मा प्रतिस्ठान द्धारा दुइ वटा श्रष्टा सम्मान एबं पुरस्कारको स्थापना
---------------------------------------------------------------------------
सोलुखुम्बुका कलाकार साहित्यकार एबं पत्रकारको मिलेमतो बाट चोमोलुङ्मा प्रतिस्ठान नेपालको आयोजनामा काठमाडौंमा तीन दिने ब्रिहत देउसी भैलिको आयोजना गरियो। देउसिबाट संकलित रु दुई लाख सत्तरी हजार रुपैयाँ को अक्षय कोश स्थापना गरी साहित्य कला संगीतमा लागेका सर्जक हरुलाई चोमोलुङ्मा सम्मान नगद रु .८८४८ र सम्मान पत्र दिने भएको छ । साथै सगरमाथा मर्चेन्ट बैंक ललितपुरका प्रबन्ध निर्देशक श्री मन बाहिङ ले पनि प्रत्येक बर्ष रु ८८४८ रुपैया थप दिने घोषणा गर्नुभएकोले आगामी बर्ष देखी दुइवटा पुरस्कार चोमोलुङ्मासम्मान बितरण हुने भएको छ। दुई वटा मध्ये सोलुखुम्बु का सर्जकलाई १ र रास्टिय स्तरका सर्जक लाई १ गरी बितरन गर्ने योजना प्रतिस्ठानको रहेको छ। साथै यो पुरस्कार ले सोलुखुम्बु को मात्र नभएर देशब्यापी साहित्य कला संगीतको छेत्रमा मह्त्वपूर्ण योग्दान पुर्याउने कुरामा चोमोलुङ्मा प्रतिस्ठान विश्वाशत रहेको कुरा सचिब भद्रगोल किराती ले जनाउनु भएको छ।
------------------------------------------------------------------------------

Tuesday, September 29, 2009

"भयवादः वैचारिक चिन्तन" - एक चर्चा
- सरण र्राई
------------------------------------------------------------------------------------
"भयवादः वैचारिक चिन्तन" 'आदिवासी' -उपन्यास/भयवाद) को विषयमा नौ जना विद्धानहरुको चिन्तन रहेको छ । बेग्लाबेग्लै आ-आफ्नो दृष्टिबाट गरिएका ती चिन्तहरु खारिएका, ओजपर्ूण्ा र आफैमा पर्ूण्ा छन् । केही चिन्तनहरु भने हल्का तवरसँग प्रशंसामा केन्द्रित हुँदा सन्तुलित हुन नसकेका भए पनि तिनीहरुको पनि आफ्नै महत्वपर्ूण्ा विशेषता रहेको छ । पुस्तकमा रहेका सबै चिन्तहरुका चर्चा गर्नुपर्ने आवश्यकता भएपनि समय सीमितताका कारण जुन जुन चिन्तनहरुमा मतैक्यता, एकरुपता र सामञ्जस्य छ, त्यसलाई नदोहोर्‍याई फरक भएका विचार, तर्कहरु र दृष्टिहरुमा मात्र यस संक्षिप्त चर्चा गरिने छ ।
आवरण - सज्जा र स्केच
आवरण-सज्जा बसन्तराज अज्ञातले आकर्ष ढंगले गर्नु भएको छ । आवरणमा -आदिवासी मानव मानेर नै-) अर्धकदको मर्ूर्तिचित्र राखिएको छ । 'आदिवासी' मा उक्त मर्ूर्तिचित्र पश्चिमतर्फर्फकेको छ भने 'भयवाद वैचारिक चिन्तन' मा पर्ूवतर्फर्फकेको छ । मर्ूर्चिचित्रले पाठकको मनमा एउटा अज्ञात सजीव भाव पैदा गर्न सक्षम भएको छ । मर्ूर्तिचित्रमूनि आवरणको १/४ भागमा गाढा निलोमा धर्का, लिङ्गो वा रेखाहरुको स्केच गरिएको छ । झट्ट हर्ेदा मान्छेजस्तो पनि देखिने त्यो स्केचले आवरण आकर्ष र विषयवस्तुसँग मिल्ने भाव बोकेको प्रतित हुन्छ ।
आवरणमा भएको मर्ूर्तिचित्रबारे कृष्ण बरालले '-यलम्बर- प्रकृति- कली-)' कसको चित्र हो प्रश्न उठाउनु भएको छ । डा. टंक न्यौपानेकै शब्दमा "हिन्दु धर्मशास्त्रले भन्ने गरेको कलिको मर्ूर्ति सम्भवतः आदिवासीको मर्ूर्ति हुनर्ुपर्दछ, जसले लिच्छविकालिन स्वर्ण्र्ाागको प्रतिनिधित्व गर्दछ । यसले गर्दा पनि पुस्तक आकर्ष भएको छ ।" त्यसैगरी अर्जुन माबुहाङले "राज्यको परिभाषाभित्र 'विरुपाक्ष' लाई आदिवासी मान्न सकिँदैन । भाषा वंशावलीअनुसार उनी अर्न्तर्वेदी नगरका क्षेत्रीय कुलका ब्राह्मण धर्म शर्माका पुत्र विपाक थिए ।" भनी सो आवरणको मर्ूर्तिचित्रलाई आदिवासीको हो भन्ने अस्वीकार गर्नुभएको छ ।
त्यो मर्ूर्तिचित्र बारे यकीन भन्न नसकिए पनि डा. टंक न्यौपानेको भनाई "यसले गर्दा पुस्तक आकर्ष भएको छ" भन्ने सित सत प्रतिसत सहमत हुन सकिन्छ ।
पुस्तकमा नौ जना लेखकहरुका स्केचभित्र बिल्कुल आधुनिक प्रविधिबाट मेख लिम्बूले तयार गर्नुभएको छ, जुन स्केच चित्रहरुले पुस्तकको सौर्न्दर्य, स्तर र आकर्षामा सुनमा सुगन्ध् बनाएक्ो छ । सम्भव, नेपालका पुस्तकहरुमा यस प्रकारको स्केच चित्र पहिलोपल्ट प्रयोग भएको छ ।
भयवाद
"जन्म, जीवन, मृत्यु... सभ्यता, ... यी सबै चेतना हुन् । सबै चेतनामा भय छ । ... ब्रम्हाण्ड, नक्षत्र, भुगोल, तारा सै भयभीत छन् । वनस्पति, प्राणी, जीव र मान्छे सबै भयभीत छन् ... ती भयभीहरुको 'त्व' बोकेर आएको 'वाद' हो भयवाद -जीवन-चेतना-ज्ञान-भय-भयवाद)" देश सुब्बाले धन्यवाद ज्ञापनको क्रममा भयवादको सार संक्षेप खिच्नु भएको छ ।
मुनाराज शर्ेमाको दृष्टिमा भयवाद 'विचारको निरन्तरता' हो । त्यस्तै कृष्ण बरालकै शब्दमा "जीवनजगतलाई हर्ेनै एउटा मजबुत दृष्टिकोण भयवाद हुन सक्तछ तर उसले जीवनजगत्को सम्पर्ूण्ा पाटो पहिल्याउन भने सक्दैन कि-" अर्जुन माबुहाङले पनि "तन्तु तुम्याङ, फेदाङमा, साम्ाहरु र युमादेवी आदिको मिथकहरु प्रस्तुत गरेर भयको उत्खनन् भएको देखाउनु भएको छ" भन्नुभएको छ । शिव रेग्मी 'प्रणत' अनुसार "भयको चरित्र मान्छेको मनोविज्ञान अनुसार बनेको हुन्छ । ... भय मानसिकताले तयार गरेको आकार हो ।" वहाँले साहित्यमा भय/भयवादको चर्चामा कृष्ण धरावासीले हरि खनाल भन्ने पात्रलाई रोयल्टी तिरेर भयमुक्त भएको उदाहरण प्रस्तुत गर्दै भय/भयवाद राजनीति, समाज र साहित्यमा कति उपयोगी वा प्रभावकारी हुन सक्छ भन्ने व्याख्या गर्नुभएको छ ।
डा. टंक न्यौपानै भन्नुहुन्छ "भयवाद नवीन दर्शन त देखिदैन तर स्थापित मनोविज्ञानको नवीनतम मनोदर्शन भएको चाहिँ पक्कै हो । यस अर्थमा यो महत्तर प्राप्ति हो, विश्वलाई नेपालीको एउटा उपहार हो यो ।"
डा. गोविन्दराज भट्टर्राईका अनुसार "भयवादभित्र धेरै कुरा समेटिएका छन् । दर्शनबाट अलिकति, विज्ञानबाट अलिकति, साहिल्य सिद्धान्तबाट अलिकति, इतिहास संस्कृतिबाट अलिकति विचारहरु लिएर निर्माण गरिएको अन्तरविषयक र्-इन्टर डिसिप्लिनरी) चर्चा हो । यो नितान्त नौलो कुरा चाहिँ होइन .... यसको औचित्य स्थापना हुन एउटै मात्र तर्फछ - डेरिडाको शब्दमा एब्सेन्सेज र ग्याप्सभित्र प्रवेश अनुपस्थितिबाट नयाँ ज्ञानको खोजी । शब्दले हेलिएका शब्दहरु विचार छलिएका व्यवहारहरु । ज्ञान नहुन्जेल थाहै भएन, अन्धकार पल्टाएर हर्ेदा त्यो त्यही थियो, त्यही छ । भयवादले त्यही देखाउँछ । ...अस्तित्वमा नआएका कुरा एकदिन प्रकट हुन्छ र अनि त्यसपछि त्यो बेगर चल्नै नसक्ने हुन्छौ । ... भयवाद त्यस्तै एउटा सामग्री वा आविष्कार वा जीवनजगत् र लेखन हर्ेने नयाँ औजार जस्तै लाग्छ । अनेक विकल्पको संसारमा यो विकल्प हो न प्रथम न अन्तिम । .... भयवाद जीवनजगत् हर्ेने थप दृष्टिकोण हो ... यसको उपयोगिता हुन सक्छ, परन्तु सृष्टिलाई यसैले मात्र हर्ेदा हुन्छ भन्ने चाहिँ सक्तिन । यो एक आंशिक झस्काई हो ... एउटा नयाँ चौतारी, एक वैकल्पिक बिसौनी ।"
आदिवासी ः उपन्यास/भयवाद
'आदिवासी' डा. खेम दाहालका अनुसार प्रथम दृष्टि लिई आत्मवृतान्त प्रकाश गरिएको उपन्यास हो । "यस कृतिको निरीक्षण गर्दा मार्क्सवादी चिन्तक पियेर मार्सेरीले ठानेझैँ हाम्रा पाठहरु सधै अपूरा हुन्छन् र ज्याक डेरिडाले निर्देशन गरेझैँ यसमा खोज्ने ठाउँका ग्यापहरु छाडिएका हुन्छन् ।"
अर्जुन माबुहाङले उपन्यासका बारेमा आदिम रुखको नामक हुनुपर्थ्याे, चकसेक्पा सेक्मुरी फूल संरक्षणको प्रतिक भएकोले चिहानमा नभेटिने कुराहरु रीतिको रुपमा औलाउनु भएको छ । शिव रेग्मी 'प्रणत' का अनुसार 'आदिवासी' भयवादको 'सिद्धान्त र साहित्य' दुवै हो र 'स्वरकल्पनाको मिहिन बुट्टे तन्दाले' भरिएको उपन्यास वा भयवादको कृति हो ।
ज्योति जङ्गलको मूल्याङ्कनमा "उपन्यासले नयाँपन दिएको छ । व्रि्रोह, लैङ्गकि कोकोहोलो, सामाजिक दर्ुघटनाको दर्दनाक बयान, शोक, द्वन्द थाकेको नेपाली उपन्यासको पाठकले नयाँ संरचनाको स्वादिलो कृति पढ्न पाएको छ ।" भन्ने बाट उपन्यास 'नयाँ संरचनाको स्वादिलो कृति हुन गएको देखिन्छ ।
मनु मन्जिलले निसामलाई भी.एस. नयपालका पात्रहरुसँग तुलना गर्नुभएको छ र 'रहस्यवादीहरुले भन्ने गरेको एक्चुअलाइजेसको अर्थ बुझिन्छ निसामको छट्पट्ट िर प्राप्तिमा । उपन्यास रमाइलो छ ।" भन्नु भएबाट उपन्यास रमाइलो साथ प्रभावोत्पादक भएको देखिन्छ ।
कृष्ण बरालको दृष्टिमा 'आदिवासी' छर्ुर्पी चपाउँदाको जस्तो साह्रो तर चपाउँदै जाँदा स्वादिलो' छ । भन्नु भएबाट उपन्यास रमाइलो साथ प्रभावोत्पादक भएको देखिन्छ ।
कृष्ण बरालको दृष्टिमा 'आदिवासी' छर्ुर्पी चपाउँदाको जस्तो साह्रो तर चपाउँदै जाँदा स्वादिलो' छ । आत्मापरक शैलीमा लेखिएको उपन्यासको कथावस्तु फाल्गुनन्दको बाल्यकालको कथा जस्तो पनि छ, झाक्रीले सुनाउने आफ्नो कथा जस्तो पनि छ । ... आञ्चलिकतालाई जात र भाषा समातेर जुन संवेदनशीलता समाउन खोज्नुभएको छ - त्यसैले एउटा मार्गचित्रको प्रसस्ती गरिदिएको छ' भन्ने वहाँको दृष्टि रहेको छ ।
'आदिवासी' मा सिरिजङ्गा, सुम्निमा आदि नामहरु उल्लेख नभएपनि मुनाराज शर्ेमाले कथाक्रममा आउने गाउँ 'सुम्दो' आठ र्राईको उत्तरवर्ती गाउँ हो र आदिम रुख सिमलको रुख भएको, तन्तु फाल्गुनन्द र बालिका सुम्निमा र ओडारबासी सिरिजङ्गा भएको उल्लेख गर्नुभएको छ । साथै आदिमरुख मानव सभ्यताको विम्ब 'नौ तला घर' भएको र नामसामी र केसामीको कथा पनि आफ्नो चिन्तनमा उल्लेख गर्नुभएकोले उपन्यासका पात्रहरुबारे थप चर्चा, परिचर्चा गर्नुपर्ने देखिन्छ ।
उल्लेखनीय घटना र पात्रहरुको अभाव भएकोले 'आदिवासी' आख्यानिका भएको छ भन्ने कुरा डा. टंक न्यौपाने बताउनु हुन्छ ।
'आदिवासी' का लेखक
डा. गोविन्दराज भट्टर्राईका अनुसार "जगत् दृष्टिकोणहरुको जङ्ग हो ... भयवाद एउटा स्पेसिज थपिएको मात्र हो... देश सुब्बा र्स्वर्ट अथवा उनको लेखन पनि थप स्पेसिज मात्र हो ।" स्पेसिज हुन सक्नु ठूलो कुरा हुन जाने निश्चित छ ।
मुनाराज शर्ेमाको दृष्टिमा "देश सुब्बा एउटा राम्रा विचारका खेलाडी हुन् । धेरै गोल गर्ने क्षमता छ उनमा । मिथकीय खेलाडी हुन उनी ।" देश सुब्बाले सिद्धान्त र सिर्जना एक साथ दिएर हाम्रो साहित्यलाई गुन लगाएको मान्छ ।" भन्दै मन मन्जिल देश सुब्बालाई एक साथ 'सिद्धान्त र साहित्य' सृजना गर्न सक्ने लेखक मान्नु हुन्छ ।
देश सुब्बाको अझ बढी प्रगतिको कामना राख्नु हुने डा. खेम दाहाल देश सुब्बा "लिङ्ग, वचन र क्रिया पदका नियमहरु, ठाउँठाउँमा चिप्लिएका" कुराहरु उठाएर परिष्कृत लेखनका लागि सजग पार्नुहुन्छ ।
"नयाँ मिठास दिएर भयको प्रयोग गर्दै भयका मुक्तिको उपाय समेत बोकेको र चर्चित विषयवस्तु, त्यसले भोगेको इतिहास, त्यसले समेटेको संसार र वर्तमान पीडाका आयामहरु खोतल्न सक्ने' लेखक भए ज्योति जङ्गल बताउनु हुन्छ ।
डा. गोविन्दराज भट्टर्राई बताउनुहुन्छ - 'लेखक' र्सवसमन्वयवादी देखिन्छन् ।
बिसौनी
'भयवाद ः वैचारिक चिन्त' 'आदिवासी' उपन्यास/भयवादको विषयमा पर्ूण्ातया स्पष्टताहरु देखाउन/स्थापना गर्न सफल भएको छ । साथै आफ्नो उद्देश्य परिपर्ूर्तिमा पनि पुस्तक सफल देखिन्छ । कृष्ण धरावासी र डा. गोविन्दराज भट्टर्राईको भनाइहरुलाई उद्धृत गर्नु विसौनीमा पुग्ने मेलो भएको छ । कृष्ण धरावासी "खास गरी नेपालभित्र रहेका जातजाति र भाषाभाषीहरुका समस्या र संवेदनशीलता लेखनमा रमाउन सकेको छैन । यस्तो बेलामा लेखनले आञ्चलिकतालाई समात्न सक्नर्ुपर्ने हो । ... आफ्नो समाज र जीवनको जटिलतालाई बुझ्नमा पश्चिमी शैलीका विकसित सोच र चेतलाई जागृत गराउन खोज्दा कतिपय साहित्यिक कृतिहरु सीमित समुदायका बुद्धिरञ्जनको साधन मात्र बनेका देखिन्छन् भन्ने भनाई सान्दर्भिक देखिन्छ ।
त्यस्तै डा. गोविन्दराज भट्टर्राईको भनाई - "यसले -उपन्यासले) अन्तरजातिय प्रेम र सहिष्णुता बढाउन सहयोग गर्दछ । यसले हाम्रो मेनस्टि्रम लेखनको एकलता र रेखायीताको अन्त्य गर्न सहयोग पुर्‍याउँछ ... नेपालमा पनि खसेत्तर संस्कृतिका र्सजकको स्वागत हुने बेला आएकेा छ । ..." सकारात्मक देखिन्छ साथै विश्राम लिनुभन्दा अगाडि पुनः वहाँलाई नै उद्धृत गर्नुपर्ने भएको छ "लेखकलाई अन्तमा भएको आत्मज्ञान बडो सुन्दर छः 'जति नै सुन्दर फुल फुले पनि एकै जात र रङ्गको फूलले फूलबारी सुहाउदैन । सबै जात र रङ्गको फूलबारी सुहाउँछ ।' लेखकको यी वाणीलाई यो राष्ट्रले ध्यान दिएर सुन्नर्ुपर्छ । यस कृति मार्फ लेखकले दुइ कुरा सँगसँगै लाँदैछन् - जातीय अस्तित्वको पहिचान र राष्ट्रिय एकता हार्माेनी, सहअस्तित्व र बहुलताको अपरिहार्यता ।"
रस : एक समीक्षा
-भयानक रस र भयवादका सापेक्षतामा
उपप्रा. रमेश घिमिरे
प्राचार्य, पिण्डेश्वर विद्यापीठ
--------------------------------------------------------------------------------------------------------------------
१. विषयप्रवेशः
संस्कृत समालोचना परम्परामा रससिद्धान्तले धेरै चर्चा पाएको छ । ध्वनि सम्प्रदायभित्रकै अध्ययनको विषय हुँदाहुँदै पनि यसले छुट्टै सम्प्रदायका रुपमा विकसिकत हुने अवसर पाएको देखिन्छ । यसभित्र काव्यका सतही कुराभन्दा भित्री गहिरा तत्वहरुको विश्लेषण भएकाले यसको भएको हो । अलङ्कार, रीति, बक्रोक्ति र औचित्य सम्प्रदायमा क्रमशः अलङ्कार, रीति, वक्रोक्ति र औचित्यलाई काव्यका प्रमुख तत्वका रुपमा स्वीकार गरिएको पाइन्छ भने ध्वनि सम्प्रदायमा ध्वनिका तीनोटै प्रकार वस्तु, अलङ्कार र रसको प्रमुखताका साथ चर्चा गर्दै अन्ततः रसकै प्रधानतालाई स्वीकार गरिएको देखिन्छ । रस सम्प्रदायले चाहिँ रसलाई काव्यको काव्यत्व सृजना गर्ने तत्वका रुपमा विश्लेषण गरेको पाइन्छ । रस काव्यकार, पाठक र दर्शकका हृदयभित्र हुने अनुभूति तङ्खव हो । भयानक रस चाहिँ उक्त रसका विभिन्न भेदहरुमध्ये एक हो ।
२. रस ः शब्दार्थ र परिभाषा
'आस्वादन गर्नु' भन्ने अर्थको 'रस' धातुबाट रस शब्द बन्छ । त्यसैले शब्दको व्युत्पत्तिका आधारमा जुन तङ्खवको आस्वादन हुन्छ, त्यो नै रस हो अथवा मान्छेद्वारा स्वाद लिइने तङ्खव नै रस हो भने अर्थ निस्किन्छ । तर पर्ूर्वीय काव्यशास्त्रको विशाल सर्न्दर्भमा यस शब्दले पारिभाषिक रुपमा मानवजीवनका सम्पर्ूण्ा अनुभूतिलाई समेटेको हुनाले र समग्र जीवनदर्शनकै गहिरो र व्यापक अर्थलाई बोकेको हुनाले 'रस' शब्दको सोझो अर्थका सीमाभित्रमात्र ढुक्क पर्न मिल्दैन । रसको परिभाषाका क्रममा आचार्य भरतले 'विभावानुभावव्यभिचारिसंयोगाद्रसनिष्पत्तिः' अथवा स्थायीभावसँग विभाव, र व्यभिचारी भावको संयोगबाट रसको निष्पत्ति हुन्छ भनी रससूत्रको प्रतिपादन गरेका छन् । कालक्रमका हिसाबले भरतभन्दा पछाडिका भट्टलोल्लट, श्रीशङ्कुक, भट्टनायक, अभिनवगुप्तजस्ता जति पनि काव्यशास्त्रीहरुले रससम्बन्धी विचार र विवेचना प्रस्तुत गरेका छन्, ती सबै भरतको यसै रससूत्रमा आधारित छन् । आचार्य मम्मटले रसको परिभाषा यसरी दिएका छन् -
'लौकिक व्यवहारमा रतिआदि भावका कारण, कार्य र सहकारी कारण रहेका हुन्छन्, जस्तै- नायक र नायिकाआदि आलम्बन कारण एवम् चन्द्रमा, उद्यानआदि उद्दीपन कारण हुन् भने कटाक्ष, मुस्कानआदि रतिका कार्य हुन् । त्यस्तै चिन्ता, हर्ष उत्सुकताआदि स्थायीभाव रतिका सहकारी कारण हुन् । लोकव्यवहारका यिनै कारण, कार्य र सहकारीहरु जब काव्य या नाटकमा प्रयुक्त हुन्छन् तबत ी कारण, कार्य र सहकारीलाई नै क्रमशः विभाव, अनुभाव र व्यभिचारी भाव भनिन्छ भने रतिआदि भावलाई स्थायीभाव भनिन्छ । यिनै विभाव, अनुभाव र व्यभिचारी भावद्वारा अभिव्यक्त भएको स्थायीभाव नै रस हो । -काव्यप्रकाश)
आयार्य विश्वनाथले दिएको परिभाषा यस्तो छ-
'विभाव, अनुभाव र व्यभिचारी भावद्वारा व्यक्त भएको रतिआदि स्थायीभावले नै सहृदयका लागि रसत्व प्राप्त गर्दछ अर्थात् त्यस्तो स्थायीभावलाई नै रस भनिन्छ ।" -साहित्यदर्पण)
३. मुख्य रससामग्री ः स्थायीभाव, विभाव, अनुभाव र व्यभिचारी भाव
रस तङ्खवका लागि अनिवार्य सामग्री हुन् स्थायीभाव, विभाव, अनुभाव र व्यभिचारी भाव । मानवजीवन अनुभूति नै अनुभूतिको पुञ्ज हो । प्रतिक्षण गरेका अनुभूतिहरुमध्ये जीवनका मूलभूत अनुभूतिहरु मान्छेका हृदयभित्र संस्कारका रुपमा समेटिएर रहेका हुन्छन् । तिनै अनुभूतिका संस्कारहरु स्थायीभाव हुन् । सुषुप्न अवस्थामा रहेका ती स्थायीभावहरुलाई जगाउने कारणलाई विभाव भनिन्छ । जस्तै- कुनै युवकका हृदयको रति -अनुराग) युवतीका कारणले जाग्दछ भने कुनै युवतीका हृदयको रति -अनुराग) युवकका कारणले जाग्दछ र त्यसका लागि एकान्तस्थल, रातको समयआदिले महत्वपर्ूण्ा भुमिका खेलेका हुन्छन् । यर्सथ युवक र युवती एवम् एकान्तस्थल, रातको समयआदि नै विभाव -क्रमशः आलम्ब्न र उद्दीपन) हुन् । सुषुप्त अवस्थामा रहेको स्थायीभाव त्यसका विभावरुप कारणले जब जाग्दछ तब त्यसको बाहिरी सूचना दिने खालका कटाक्ष, मुस्कानजस्ता शारीरिक प्रतिक्रियाहरु पैदा हुन्छन्, तिनै शारीरिक प्रतिक्रियाहरु अनुभाव हुन् । त्यस्तै स्थायीभावको जागरणका समयमा शङ्का, आवेग धर्ैयजस्ता जे-जति मानसिक तरङ्गहरु अस्थिर रुपमा आउने-जाने गर्छन्, तिनीहरु चाहिँ व्यभिचारी भाव हुन् ।
४. रससूत्रका विभिन्न व्याख्या
क) उत्पत्तिवादः
रससूत्रको उत्पत्तिवादी व्याख्या भट्टलोल्लटले गरेका हुन् । उनको व्याख्या गराइ यस्तो छः 'कारणरुप नायिकाआदि आलम्बन तथा उद्यानआदि उद्दीपन विभावद्वारा रतिआदि स्थायीभावहरु उत्पन्न हुन्छन् । कटाक्ष, भुजाक्षेपआदि कार्यरुप अनुभावद्वारा रतिआदि उक्त स्थायीभावहरु प्रतीतियोग्य बन्दछन् एवम् निर्वेदआदि सहकारी कारणका रुपमा रहेका व्यभिचारी भावद्वारा ती स्थायीभावहरु परिपुष्ट हुन्छन् । यसरी विभावद्वारा उत्पन्न, अनुभावद्वारा प्रतीतियोग्य र व्यभिचारीभावद्वारा परिपुष्ट भएको स्थायीभाव मुख्य रुपमा रामआदि अनुकार्यमा र रामआदि अनुकार्यको स्वरुपको अनुकरणका कारण नटमा समेत प्रतीयमान हुन्छ । त्यस्तो स्थायीभाव नै रस हो ।' -काव्यप्रकाश)
ख) अनुमितिवादः
अनुमितिवादी प्रथम व्याख्याकार शक्तुक हुन् । उनको व्याख्या यसप्रकार छ ः 'यो राम नै हो', 'राम यही हो' यसरी निश्चित भएको सम्यक, ज्ञान, सुरुमा 'यो राम हो' भनेर ज्ञान भए पनि भने 'ए है, यो त राम होइन रहेछ' भनिने मिथ्याज्ञान, 'यो राम हो कि होइन होला' भन्ने संशयज्ञान र 'यो रामजस्तै छ' भन्ने खालको सादृश्यज्ञानः यी चार प्रकारको ज्ञानभन्दा भिन्न तरिकाले अथवा चित्रमा घोडाको ज्ञान जसरी हुन्छ त्यस ढङ्ग -चित्रतुरगन्याय) ले नटको ज्ञान हुन्छ । त्यसरी बोध भएको नटद्वारा काव्इको अनुशीलनका बलले, गुरुबाट सिकेका शिक्षाले एवम् बारम्बार गरिएको अभ्यासले प्रस्तुत गरिएका कारण, कार्य तथा सहकारी कारणरुप विभाव, अनुभाव तथा व्यभिचारीभावद्वारा रत्यादि स्थायीभावको अनुमान हुन्छ । यद्यपि ती कारण, कार्य तथा सरकारी कारणहरु कृत्रिम हुन्छन् तथापि यथार्थजस्ता लाग्दछन् । स्थायीभावको अनुमान पनि अरु अनुमानजस्तो हुँदैन, बरु वस्तुसौर्न्दर्यका बलले रसनीय हुन्छ, स्वादिलो हुन्छ । त्यो रसनीय स्थायीभाव सामाजिक वर्गमा नरहेको भए पनि उनीहरुले आफ्नो संस्कारवश त्यस स्थायीभावको आस्वाद लिन्छन्, त्यस्तो आस्वाद्य स्थायीभाव नै रस हो ।' -काव्यप्रकाश)


ग) भुक्तिवादः
रससू्त्रका भुक्तिवादी व्याख्याकार भट्टनायक हुन् । उनका अनुसार 'अनुकार्यमा तथा अनुकर्तामा भट्टलोल्ल्टले भनेझैँ रसको न उत्पत्ति हुन्छ न त शक्तुकले भनेझैँ अनुमान हुन्छ । रस आत्मगत अथवा सामाजिकगत रुपमा अभिव्यक्ति पनि हुँदैन । काव्यमा र नाटकमा अभिधा -तथा लक्षणा) भन्दा भिन्न भावकत्व नामक व्यापारद्वारा साधारणीकृत रत्यादि स्थायीभावलाई ब्रहृमानन्दको अनुभूतिसमान भोग वा भोजकत्व नामक व्यापारद्वारा आस्वादित गरिन्छ, भोग गरिन्छ । त्यसरी आस्वादनको वा भुक्तिको विषय बनेको स्थायीभाव नै रस हो ।' -काव्यप्रकाश)
घ) अभिव्यक्तिवादः
रससूत्रका अभिव्यक्तिवादी व्याख्याकार अभिनवगुप्त हुन् । उनले गरेको रससूत्रको व्याख्या यसप्रकार छ ः 'लोकव्यवहारमा सामाजिक वर्ग यस नायिकाको यसप्रति रति छ, यस नायकको यसप्रति अनुराग छ भन्ने जस्ता कुराहरुको अनुमान गर्न अभ्यस्त हुन्छन् । काव्यमा वा नाटकमा रतिआदिको अनुमानका लागि नायक-नायिका तथा उद्यानजस्ता कारणहरु, कटाक्ष र मुस्कानजस्ता कार्यहरु एवम् लज्जा, उत्सुकता, आवेग, हर्षस्ता सहकारी कारणहरु लोकव्यवहारमा भन्दा अलग ढंगका बन्दछन्, अलौकिक बन्दछन् । त्यसैले ती कारण, कार्य तथा सहकारी कारणलाई पनि विभाव, अनुभाव तथा व्यभिचारी भाव भनेर अलग नाम दिइन्छ । ती नामहरु अलौकिकताका सूचक हुन् । ती विभाव, अनुभाव तथा व्यभिचारी भावहरु साधारणीकृत रुपमा प्रतीत हुन्छन् अथवा तिनीहरुका विशिष्टताको लोप भएको हुन्छ । सहृदय सामाजिकहरुका हृयदमा वासनाूत्मक रुपमा अवस्थित रत्यादि स्थायीभाव त्यसरी साधारण रुपमा प्रतीत भएका विभाव, अनुभाव र व्यभिचारी भावद्वारा अभिव्यक्त हुन्छ । त्यो स्थायीभाव यद्यपि व्यक्तिविशेषहरुमा रहेको हुन्छ तथापि साधारणीकरणका बलले व्यक्तिको विशिष्टता हराउँछ एवम् त्यो सहृदय वेद्यान्तरसर्म्पर्कशून्य बन्दछ अथवा रसानुभूतिका बेलामा उसले रसास्वादनबाहेक अन्य कुनै पनि विषयवस्तुको बोध गरेको हुँदैन । यसरी विशिष्ट पहिचानलाई गुमाउँदै अन्य सहृदयका साथमा समान रुपमा रही सहृदय सामाजिकले उक्त स्थायीभावलाई चर्वणा गर्दछ, आस्वादन गर्दछ । त्यसरी आस्वादित स्थायीभाव नै रस हो । यो रस आफ्नो आत्मासमान अभिन्न हुँदाहुँदै पनि आस्वादको विषय बनेको हुन्छ, यसको स्वरुप आस्वादमात्र हो, यसको अस्तित्व विभावआदि रहेसम्ममात्र रहन्छ, घटक सामग्रीभन्दा र्सबतको स्वाद जसरी बेग्लै खालको हुन्छ त्यस्तै विभाव, अनुभावआदिभन्दा रसको आस्वाद बेग्लै हुन्छ । आस्वादनका अवसरमा रस साक्षात् प्रतीत भएझैँ, हृदयको अन्तस्तलमा प्रवेश गरिरहेझैँ, समस्त अङ्गहरुलाई आलिङ्गन गरिरहेझैँ अनुभव हुने हुनाले अलौकिक चमत्कारकारी हुन्छ ।'
-काव्यप्रकाश)
५. रससङ्ख्या
माथि प्रस्तुत शास्त्रीय मान्यताका आधारमा के कुरा स्पष्ट हुन पुगेको छ भने विभाव, अनुभाव र व्यभिचारी भावले आ-आफ्नो भूमिकाबाट स्थायीभावलाई व्यक्त गर्दछन्
-अभिव्यक्तिवाद अनुसार), उत्पन्न गर्दछन् -उत्पत्तिवाद अनुसार), अनुमित गराउ"छन्
-अनुमितिवाद अनुसार) या भुक्त गराउ"छन् -भुक्तिवाद अनुसार) । जे भए पनि त्यस्तो स्थायीभाव नै रस हो । त्यसकारण स्थायीभावको सङ्ख्या जति छ, रसको सङ्ख्या पनि त्यति नै हुन्छ । वस्तुतः मानवअनुभूतिका हृदयगत संस्कारहरु नै स्थायीभाव भएकाले यस दुनिया"मा मानवहृदयभित्र कति किसिमका अनुभूतिसंस्कार छन् भनेर गन्न सकिने कुरै होइन । तथापि विभिन्न काव्यशास्त्रीहरुले आफ्नो अनुभव, आफ्ना गाउ"-समाजको अवलोकनआदिका सापेक्षतामा स्थायीभावको र रसको सङ्ख्यालाई निर्धारण गर्ने गरेका छन् । त्यसैले आचार्य भरतका मतमा स्थायीभाव वा रसको सङ्ख्या आठ छ ः रति -शृङ्गार), हास -हास्य), शोक -करुण), क्रोध
-रौद्र), उत्साह -वीर), भय -भयानक), जुगुप्सा -बीभत्स) र विस्मय -अद्भुत) । मम्मट आठ सङख्यामा चित्त बुझाउ"दैनन् र निर्वेद -शान्त) लाई थपेर रससङ्ख्या नौ पुर्‍याउ"छन् । विश्वनाथ उपर्युक्त नौमा वात्सल्य -वत्सल) थपेर उक्त सङ्ख्या दश पुर्‍याउ"छन् । त्यसै गरी गौडीय परम्परामा भक्तिरसलाई पनि गणना गरेका छन् । आधुनिक कतिपय साहित्यहरुमा देशाभिमान -देशभक्ति) लाई पनि गणना गरेको देखिन्छ । यसले अनुभूतिका अनन्तताभित्र देश, काल र परिस्थितिअनुसार नया"नया" रसको गणनाका संभाव्यताको ढोका खोलिदिएको छ ।
६. भयानक रस ः एकरसवाद र भयवादका सापेक्षतामा -निष्कर्ष
मानवजीवनका प्रधान अनुभूतिहरु भनेर ठहर्‍याइएका आठ, नौ, दश या एघार .... रसमध्ये भयानक एउटा रस हो । यसको स्थायीभाव भय-डर) हो । त्रासद वस्तु यसको आलम्बन विभाव र भयानुकूल वातावरण उद्दीपन विभाव हो । थरथरी काम्नु, भाग्नुआदि यसका अनुभाव हुन् भने चिन्ता, ग्लानि, आवेगआदि व्यभिचारी भाव हुन् । यिनै विभाव, अनुभाव र व्यभिचारी भावद्वारा व्यक्त स्थायीभाव भय नै भयानक रस हो । यसरी भयानक रसलाई संस्कृत काव्यशास्त्रले प्रमुखताका साथ गणना गरेको छ भने संस्कृत काव्यशास्त्रमा प्रचलित एकरसवादले प्रत्येक रसको चरम अनुभूति र संवेदनाका आधारमा पृथक् भूमिका र महत्तालाई सङ्केत गरिदिएको छ, हेरौ"ः
क) उत्तररामचरितमा भवभूतिले करुणलाई एकमात्र रसका रुपमा गणना गरेका छन् । उनका अनुसार अरु रसहरु पानीका फोकाजस्ता क्षणिक परिणाममात्र हुन् भने करुण समग्र पानीजस्तो सत्य र नित्य हो ।
ख) भोजराजले शृङ्गारलाई मूल रस मानेका छन् जसअनुसार अन्य रसहरुभन्दा पृथक् र चरम आस्वाद शृङ्गारको हुने भएकाले शृङ्गारमात्र रस हो ।
ग) नारायण पण्डितले सबै रसहरुको सार भनेको चमत्कारमात्र भएकाले सबैतिर अद्भुत रसमात्र रहेको हुन्छ भन्ने एकरसवादी मान्यता प्रस्तुत गरेका छन् ।
घ) अभिनवगुप्तले अरु निमित्तवश उत्पन्न भएका क्षणिक विवर्तमात्र भएकाले ती सबै अन्तमा शान्तमै विलीन हुन पुग्छन्, त्यसैले शान्तमात्र वास्तविक रस हो भनेका छन् ।
यसरी प्रचलित एकरसवादका परम्पराले अरु पनि एकरसवादी भिन्न धारणा र मान्यताहरु जन्मन सक्ने संभाव्यनालाई यस मानवदुनियाका सामुमा स्थापित गरिदिएको छ । यसउसले आज चर्चा भइरहेको भयवादसम्बन्धी जुन नया" चिन्तन र मान्यता छ त्यो पनि तिनै संभावनाहरुको एउटा प्रकटीभूत तथ्य हो भन्ने देखिन्छ जसले पर्ूर्वीय काव्यशास्त्रका भाषामा भन्ने हो भने भय -भयानक रस) लाई मानवजीवनको सर्वोपरि अनुभूतिका रुपमा स्वीकार गर्दछ ।
भयवादः वैचारिक चिन्तन' विमोचन तथा परिचर्चा समारोह" हरियाली पार्क, धरानमा २०६६ श्रावण २९ गते बिहिवार प्रस्तुत टिप्पणी
अस्तित्वसङ्कट र आशाबीच भयवाद
-राम्जी तिमल्सिना
-------------------------------------------------------------------------------------
१) चिन्तनको तहमा भयवाद
डर, त्रास वा भय र अस्तित्वको बीच के सम्बन्ध छ - यिनीहरुको बीचमा चाहेर वा नचाहेर उपस्थित रहने आशाको उत्पत्ति कसरी हुन्छ र त्यसले जीवन र जगत्लाई कतातिर डोर्याउ"छ - यी र यस्तै जीवन ब"चाइका आधारभूत यथार्थहरुलाई सम्बोधन गर्ने युगौ"देखिका कैयौ" प्रयासहरुको पछिल्लो खुड्किलो बनेर बहसमा उत्रिएको छ भयवाद हालसालै । विदेशमा बसेर देश र पश्चिमी संस्कृतिको प्रवेशद्वार हङकङमा रहेर नेपालको आदिवासी संस्कृतिलाई प्रेम गर्दै देश र संस्कृतिको लोप भएर आफ्नो अस्तित्वको आधारभूत परिचय गुम्ला कि भन्ने अस्तित्ववादी भयबाट प्रेरित भएर देश सुब्बाले रच्नुभएको यो चिन्तन आज सिङ्गो नेपाली संस्कृति र साहित्यको चिन्तन प्रवाह हु"दै अत्याधुनिक प्रविधिको सहायताले विश्वभर प्रवाहित हु"दै छ । नदीमा पुगेकेा पानी पक्कै फर्केर खहरेमा आउ"दैन । सके नदीको मुल्कामा मिसिन्छ, नभए छेउछेउ नै भएर पनि प्रवाहको निरन्तरतामा संलग्न भइरहन्छ, यो आफू छुट्टै देखियोस् वा नदेखियोस् । यस्तै छ आज भयवादको उपस्थिति हामीमाझ ।
भयको उत्पत्ति, जाति, भाषा, संस्कृति, विचार वा राष्ट्रको अस्तित्व र आशाको कुरा गरिरह"दा पश्चिमेली मिथकको प्यान्डोराको बाकस एक प्रतिनिधि बिम्ब भएर देखापर्दछ । प्राकृतिक शान्ति र बाल सन्तुष्टिको बीचमा आकर्ष बाकसको चहकिलो लोभ्याइले प्यान्डोराले जटिलतम् मानवीय जीवन प्राप्त गरेकी हुन्, उनी आफैं र आफूजस्ताहरुको लािग उत्ुक आकाङ्क्षाको परिपर्ूर्तिको रुपमा । सुरुमा कीरा भएर निस्किएका दुःख र समस्याहरुले तड्पाउ"दा पनि बाकसभित्र थुनिएरै रहेको आशाले बाहिर निस्कन बाटो खोलिदिन गरेको अनुनयले त्यतातिर ध्यान तानि"दा बा"च्न योग्य लागेको हो उनको जीवन । यो मिथकीय प्रस्तुति प्रत्येक जीवन ब"चाइको बिम्ब हो । लाग्छ भयवाद त्यस्तै दर्शनबाट प्रेरित भई जीवनको सोही अनुरुपको व्याख्या गर्न तम्तयार छ आदिवासीय अस्तित्व चेतलाई केन्द्रमा राखेर ।
भयवादको बैचारिक आधारको व्याख्या वा अवधारणा पत्र भनेर २०६६ श्रावण २० गते देश सुब्बाले दिनुभएको चौथो पटक परिमार्जन र विस्तार गरिएको तीस पृष्ठ लामो ए फो. साइजको फोटोकपी लेख, सुब्बाद्वारानै सिर्जित उपन्यास 'आदिवासी' २०६४ को विषयवस्तु साथै त्यसमाथिको भूमिका र टिप्पणी, र २०६५ साल श्रावण १८ गते धरानमा सम्पन्न "आदिवासी उपन्यास र भयवाद दर्शनः राष्ट्रीयवहस" मा भयवादको वैचारिक पक्ष र आदिवासी उपन्यास माथिका लिखित टिप्पणीहरुको सङ्कलन रहेको कृति 'भयवादः वैचारिक चिन्तन' हर्ेदा भयवादका निम्न आधारभूत मान्यताहरु रहेको देख्न सकिन्छ ः
१) भय चेतनाको कुरा हो । यो दिमागको बाटो भएर शरीरभरि घुमिरहन्छ । जीवन भएपछि चेतना हुन्छ, चेतना भएपछि ज्ञान हुन्छ, र ज्ञान भएपछि भय हुन थाल्छ । चेतना र अस्तित्वको आधार -समस्या) बीचको सङ्र्घष्ाले भयको सिर्जना गर्दछ । ज्ञान भयको कारण हो । भयले चेतना सक्रिय पार्दछ । चेतनाको सक्रियताले ज्ञान प्राप्त हुन्छ । ज्ञान-भय-चेतना-ज्ञानको यो चक्र जीवनभरि चलिरहन्छ ।
२) भय एउटा फराक गमला हो । सम्पर्ूण्ा विचारहरु यसमा फुलेका सुन्दर फूलहरु हुन् । 'जीवन र चेतनास"ग सम्बन्धित भएर आउने कर्म भयभन्दा पृथक हुन सक्दैन ।' -१२)
३) चेतनाको मात्रास"गै भयको मात्रा बढ्दै जान्छ ।
४) विश्वासले भयलाई कम गराउ"छ । साहित्य, कला, सङ्गीत, दर्शन, विज्ञान र धर्महरुको अध्ययनको भूमिका यही छ ।
५) द्वन्द्वात्मक अभौतिकवादः- द्वन्द्व भौतिक वस्तुमा मात्र हु"दैन, अभौतिक वस्तुमा पनि हुन्छ । चेतनाको यात्रा द्वन्द्वात्मक हुन्छ । द्वन्द्वको प्रत्येक अंशमा भय जीवित रहन्छ ।
६) जबसम्म म भन्ने भावना बा"चिरहन्छ तबसम्म भय बा"चिरहन्छ ।
७) सबै प्रकट -कार्यव्यापार) हरु तबसम्म निर्जीव रहन्छन् जबसम्म त्यहा" भयको प्रवेश हु"दैन । भयले शरीरमा रक्त सञ्चार गर्दछ । भय जीवनको सुचालक हो ।
८) भय कर्म होइन, कर्ता हो ।
९) भयविहीनता आफैं एउटा भय हो । भय नहुनु सिर्जनशीलताको समाप्ति हो ।
१०) भय मानिसमा हुने एक किसिमको मानसिक चञ्चलता र इन्द्रियहरुको सचेतता पनि हो।
११) भयको रुप, आकार, अवस्थिति र समाधान एउटै किसिमको हु"दैन । भोक्ताको मानसिक स्वरुप अनुसार त्यसको वितरण र विस्थापन हुन्छ ।
१२) जब भय सक्रिय हु्न्छ, प्राणीहरु डराउने, काम्ने, लुक्ने, भाग्ने गर्दछन् । तर यसबाट भागेर, लुकेर, यसलाई जित्ने वा यसबाट मुक्त हुने कुरा भ्रम मात्र हो । यसलाई मान्छेले यसै हो भन्न नसके पनि रोग, मृत्यु, सम्पत्ति, दर्ुघटना, र्स्वर्ग, नरकर्,र् इश्वर, शैतान सबैसबै भन्छन् ।
१३) जीवन के हो बुझ्न भ्रमबाट मुक्ति जरुरी छ । भ्रमबाट मुक्ति लिन भयबाट मुक्ति जरुरी छ ।
१४) इन्द्रियको चेतनाले भय र भ्रमको सिर्जना गर्दछ भने वैचारिक चेतनाले भय र भ्रमबाट मुक्तिको बाटोतिर लान्छ ।
१५) इन्द्रियको चेतना भन्दा वैचारिक चेतना उच्चतर तहको ज्ञानको बाटो भएकाले त्यसले भ्रमबाट मुक्ति प्रदान गर्दै भयबाट समेत विमुक्त पार्ने प्रयास गर्दछ । वैचारिक चेतनाको पर्ूण्ाता बुद्धत्व हो जहा" भ्रम र भय दुवैको अनुपस्थिति रहन्छ ।
१६) सामान्य जीवन इन्द्रियको चेतनामा आधारित भएकाले भ्रमको कुहिरोमा भयको ओडार भित्र उकुसमुकुुस भइरहन्छ ।
१७) भयको अस्तित्व छ भन्ने ज्ञान वैचारिक चेतनाद्वारा मात्र प्राप्त हुने भएकाले यसले भयबाट मुक्तिको प्रयास गराउ"दै कमसेकम यसको मात्रा घटाउन सहयोग पुर्याउ"छ । यही"नेर भयको सैद्धान्तिक अध्ययन वा भयवाद अनि यसको दृष्टिकोणले जीवन हर्ेर्ने कुराको महत्व झल्किन्छ ।
१८) भयको कारणले प्रत्येक आनन्द, सुख, सहजताबाट हामी बञ्चित भइरहेका हुन्छौं ।
१९) प्रत्येक कर्म भयबाट छुटकारा पाउने प्रयास हो । अनि परिचयको सङ्र्घष्ा पनि । अस्तित्वको खोजी अनस्तित्वको भयले निम्त्याउने परिणाम हो ।
२०) भयबाट मुक्तिको खोजीमा मात्र मानिस सिर्जनशील बन्दछ । त्यसैले यसले प्रगति र सभ्यताको निर्माणमा महत्वपर्ूण्ा भूमिका निर्वाह गर्दछ ।
२१) मान्छेहरु भयरहित हुँदा सामान्य अवस्थामा गर्न नसक्ने काम पनि गर्न सक्छन् । त्यसैले मानवीय विकासका लागि संसारलाई सके भयमुक्त पार्न र नभए पनि यसमा भयको मात्रा घटाउन जरुरी छ ।
२२) पातहरुको बीचबाट कोपिलालाई फक्रने मौका दिएर फूल बनाएजस्तै भयको बीचबाट हर्ुकन दिएर जीवनको सुन्दरता सिर्जनामा देखिनर्ुपर्दछ ।
२३) चेतना, ज्ञान र भयको समान मिश्रण रहेको जीवनको बिन्दू पर्ूण्ा जीवनको अवस्था हो ।
२४) भयमुक्त जीवन अराजक बचाइ होइन, प्राकृतिकताहरुको अनुशासित बाचय हो ।
२५) प्रत्येक आन्दोलन र वादको प्रमुख उद्देश्य जीवनलाई सरल, सरस र ग्राह्य पार्नु हो । भयको व्यवस्थित अध्ययन गर्न सिर्जित वाद भयवाद पनि त्यही उद्देश्यबाट प्रेरित छ ।
२६) भयवाद साँस्कृतिक विषयवस्तुको खोजीको माध्यमले मानसिक समस्याहरुको निदानको लागि सक्रिय रहन्छ ।
२७) भयवाद जनजातिय समालोचनाको प्रमुख आधार पनि हुन सक्छ । नयाँ सिर्जनाहरुको व्याख्या र सम्पर्ूण्ा पुराना कृतिहरुको भयवादीय पठन -भयालोचना) आवश्यक छ ।
२८) सिर्जनशील अराजकता र विशेष रङ्गवाद भयवादका आयाम भित्रकै साहित्यिक चिन्तनहरु हुनसक्छन् ।
२९) मान्छे छ र नै विश्व छ । त्यसैले मान्छेको अस्तित्व वा जीवन सबभन्दा महत्वपर्ूण्ा विषय हो जान्नका लागि त्यसैले भयवादले पनि अन्य वादहरुका झै आफ्नो वैचारिक सिद्धान्त भित्र व्याख्या, विश्लेषण, प्रयोग, अनुसन्धान र खोजलाई विशेष स्थान दिन्छ जीवन बुझ्नका लागि ।
यिनै आधारहरुमा भयवादलाई नवचिन्तनको रुपमा विकास गर्न खोजिएको देखिन्छ ।

२) भयवादः सीमा र परिमार्जन
भयवादको व्याख्या गर्दै डा. गोविन्दराज भट्टर्राई लेख्नुहुन्छः
यो धेरै विषयबाट अलिअलि पैंचो लिएर निर्माण गरिएको विचार हो। .......... यसमा केवल साहित्य सिद्धान्तको कुरा नभएकाले साहित्यको प्रसङ्गमा मात्रै यसको चिन्तन सीमित गर्न सकिँदैन। धेरै कुरा जोडिएर आएकाले, यसको पर्ूण्ा विकास र सम्पादन भईनसकेकाले यो अलि जटिल र कतै अस्पष्ट पनि लाग्दछ। -थाम्सुहाङ २०६६ः५८)
डा. भट्टर्राईले भन्नुभएजस्तै भयवाद सैद्धान्तिक विकासको प्रारम्भिक चरणमा कावा खाइरहेको देखिन्छ। जीवनका सम्पर्ूण्ातालाई समेट्ने सिद्धान्त निर्माण गर्न खोजेर वृहत्त् आयामको सिर्जना गरिएकाले सिद्धान्तकार ठाउँठाउँमा अलमलिएजस्ता लाग्नुहुन्छ। भ्रम, विश्वास र अलमल्याइ जीवनका अभिन्न यथार्थहरु भएकाले यो स्वाभाविक पनि छ। अनि यस्तै अर्को स्वाभाविक कुरा हो। भाषाको प्रयोगको असर। सबै अवस्थामा भाषाले विचारलाई सम्पर्ूण्ारुपमा सम्पे्रषण गर्न सक्दैन। भन्न खोजिन्छ। भन्नेलाई सबैथोक भने जस्तो लाग्छ, तर भन्नुपर्ने कुरा भनिएकै हुदैन। लेखक र पाठक बीचको भाषासिर्जित यो ग्यापले लेखकले बुझेको कुरा पाठकसम्म पुग्दैन। कहिलेकाही लेखकले बुझेभन्दा फरक भएर पनि विषयवस्तु पाठकसमक्ष पुग्न सक्दछ। त्यसैले भाषाको प्रयोगमा प्रत्येक लेखक पर्ूण्ा सचेत हुन जरुरी छ। भयवादसँग सम्बन्धित कृतिहरु पढ्दा वाद प्रणेताले स्पष्ट विचार बोक्नुभएको आभाष हुन्छ। तर तीसपृष्ठ लामो अवधारणा पत्रमा कैयौँ विरोधाभाषहरु पाइन्छन्ः विचार र प्रस्तुति दुवैमा।
प्रस्तावनाको सुरुमा भनिएको छ, "चेतनशील प्राणीहरुमा चेतना र ज्ञानको मात्रा अनुसार भय निर्भर गर्दछ। .........कुनै घटना, समस्या, भूल, रोग थाहा पाइएन, शङ्का, भ्रम भएन भने मान्छेलाई भय हुँदैन" -१)। तर त्यही अनुच्छेदमा नै फेरि भनिएको छः "त्यसैले थाहा नभएको अवस्था नै एक किसिमको भयवादको अवस्था हो" -१)। त्यसपछिको ठीक अर्को वाक्यमा लेखिएको छ। "घटना, समस्या, भूल, जीवन, मृत्यु, आफन्त, रोग, भोक, सम्पत्ति, इज्जत, अनुशासन, कानुन नियम सबै थाहा नभएको अवस्थामा मान्छेलाई भय हुँदैन"-१)। लाग्दछ यहाँ सिद्धान्तकारले इन्द्रियचेत र वैचारिक चेतको भिन्नताको आधारमा भयको प्राप्ति र ज्ञानको कुरा गर्न लाग्नुभएको हो। तर यो कतै स्पष्ट छैन।
यस्तै विरोधाभाष पाइन्छ भयको सापेक्षता र निरपेक्षताको बहसमा पनि। हेरौँ निम्न वाक्यहरुः
जीवनको निमित्त भय निरपेक्ष छ र जगत्को निमित्त जीवन। -३)
जगत् जीवनसित सापेक्ष भएको छ र जीवन भयसित। -१२)
जीवन र जगतको सम्बन्ध सापेक्ष कि निरपेक्ष- अनि जीवन र भयको सम्बन्ध नि- विचार अलमलिएको छ। "जीवनलाई डोर्याउँदै हिड्ने दर्शन, सिद्धान्त, विज्ञान, अध्यात्म सबैको आमा भय हो। भय निरपेक्ष छ" -३) भन्ने सिद्धान्तकार एकैछिनमा "भयवादीय चिन्तन ब्रहमाण्डको भय र शरीरको भयलाई न्यून गर्दै जानु हो" -४) भन्नुहुन्छ। निरपेक्ष कुरा कसरी न्यून हुन्छ- आमाको अस्तित्व न्यून गरेर कसरी नवजीवनको परिकल्पना गर्न र यसको मूल्य उकास्न सकिन्छ-
"जीवन चारैतिर भयले ढाकिएको छ । भयमण्डल भित्र वख्तर बन्द छ हाम्रो जीवन । यस्तो मुख्य विषयलाई वाद नै भनेर महत्व दिनर्ुपर्दछ" -५) भन्ने विचारमा मुख्य विषय भएर वाद भयो भन्ने तर्क सही देखिँदैन । मुख्य विषय भएकाले त्यसका आधारमा वादको निर्माण गरेर त्यसको अध्ययन जरुरी छ भन्नु उपयुक्त हुन्छ । यसैगरी अवधारणा पत्रमा भनिएको छ "भय कमगर्न गरिने क्रिया नै भयवाद हो" -६) । कुनै क्रिया वा काम वाद हुँदैन । वादको सहायताले क्रियाको व्याख्या मात्र हुन्छ । यसैगरी पटकपटक "वाद गरिरहेछौं" भन्ने वाक्यांश प्रयोग गरिएको छ । यसो भन्दा 'वाद'लाई गफ वा कुराकानीसँग समानान्तर मानेको पाइन्छ । साहित्यको वाद गफ होइन, सैद्धान्तिक आधार हो ।
डोरीलाई र्सप देखेर भयभीत हुने भ्रम जीवनको भ्रम हो । भय भ्रमको परिणाम हो । चेत फिरेपछि वा थाहा पाएपछि वा भ्रम सकिएपछि यथार्थ बोध हुन्छ र भय समाप्त हुन्छ भन्ने तर्क पनि चेतनाले भय सिर्जना गर्दछ भन्ने तर्कसँग पटक्कै मेल खाँदैन ।
यी र यस्तै वैचारिक अस्पष्टता र विरोधाभाषहरुको बीचमा हर्ुकने सिद्धान्त कति जीवन्त, विश्वासिलो र दर्ीघकालीन हुनसक्छ विचारणीय छ । हुनसक्छ सिद्धान्तकार आफूमा स्पष्ट हुनुहोला, तर त्यो लेखनमा आएको सैद्धान्तिक बहसमा पनि देखिन जरुरी छ ।
अन्य सम्पर्ूण्ा वादमा प्रचलित शब्द ९त्भrm० हरुलाई धड्कन र जीवन नभएका शब्द मानेर 'भय' शब्दमा मात्र यी दुवै भएकाले यो शब्द र यसको आधारमा बनेको सिद्धान्त 'भयवाद' अरु शब्द भन्दा उच्च छ भन्ने सिद्धान्तकारको मनोगत तर्क भाषाशास्त्रको कुनैपनि विमर्शले पुष्टि गर्दैन । यस्तो मनोगत कुरा वादको आधार बन्न सक्दैन, वाद स्थापित हुने त निकै परको कुरा ।
भयवादीय साहित्य भएन भने तमाम साहित्यहरुको आधार ढल्न सक्छ भन्ने भनाइ मात्र बालहठ हो । के भर्खर जन्मेर वामर्ेर्सने तरखरमा लागेको भयवाद भन्दा पहिलेका सम्पर्ूण्ा सिर्जनात्मक प्राप्तिहरु आधारहीन र अर्थहीन छन् त - यस्तो फितलो तर्कको आडमा कसरी वाद स्थापित हुन्छ - गम्भीर चिन्तनका साथ अगाडि बढ्दा राम्रा हुन्छ । आफूलाई सही र जीवनोपयोगि प्रमाणित गरेपछि मात्र अरु माथि आक्रमण गर्दा सफलता हात लाग्ने हो । हतार गरे जस्तो लाग्छ ।
यस्तै भयवाद स्वतन्त्र चिन्त हुन सकेको देखिँदैन । अरिस्टोटलदेखि पmायड र डेरिडा हुँदै फुकोसम्मका विचारहरुलाई दोहोर्‍याएर यो तर्क संसारमा पहिलो पटक आएको हो जस्तो गरिएको पाइन्छ सिद्धान्तको व्याख्यामा । वाद स्वतन्त्र चिन्तनबाट आउने विषय हो । चिन्तनमा अध्ययनको बढी प्रभाव र मनन अपुग रह्यो भने यस्तो हुन्छ र हुनु स्वाभाविक पनि छ । यस्तै भएजस्तो लाग्छ भयवादमा पनि । तथापि 'भयवाद' शब्दको प्रयोग शायद पहिलोचोटी भएको हो साहित्य र जीवनको विमर्शमा ।
कुनै पनि सिद्धान्त सटीक र स्पष्ट हुन जरुरी छ । अस्पष्ट र घुमाउरो दर्शन भन्दा जीवन्त उदाहरणको सिद्धान्तलाई परिपक्व बनाउँछ । अवधारणा पत्रमा भएको एकोहोरी पुनरावृत्तिपर्ूण्ा व्याख्यान भन्दा उदाहरण सहितको बुँदागत प्रस्तुति बढी प्रभावकारी हुनसक्छ ।
यी र यस्तै विचार र तर्कहरुका बाबजुद भयवाद आफैभित्र शक्ति राख्ने सिद्धान्त हो । जहाँ भय छ त्यहाँ त्यसको निदानको उपाय पनि हुन्छ भन्ने विचार एकदमै सही छ । प्रत्येक समस्या समाधान लिएरै जन्मन्छ । सचेत भएर पत्ता लगाउने जिम्मेवारी हाम्रो हो । प्रत्येक वाद आफ्नो दृष्टिले संसारलाई हर्ेछ र त्यस्तै देख्छ । फरकफरक वादहरुको संसारको फरकफरक बुझाइ विभिन्न रङका चस्माहरुले प्रकृतिको रङ फरक देखाए जस्तै हो । "जीवन प्रकाश हो, भय अन्धकार" भनिरहँदा जीवन अन्धकारबाटै सुरु भए पनि उज्यालोतिर अगाडि बढ्छ र अन्धकारलाई विस्तारै परास्त गर्दै वैचारिक चेतनाको सहयोगले अन्धकारबाट पर्ूण्ा मुक्ति पाउन सकिन्छ भन्ने विचारले जीवनलाई सहज पार्दै आशावादी भएर बाँच्न सहयोग पुर्‍याउन सक्दछ । जीवनभरि प्रत्येक मान्छे अस्तित्वको सङ्कट झेलिरहन्छ, तथापि आशाको उज्यालोले जीवन धानिरहन्छ । यसै क्रममा कुनै दिन भयबाट छुटकारा समेत पाउन सकिन्छ भन्ने भयवादीय चिन्त वर्तमान मानवसमाजले बुझ्नै पर्ने एक महत्वपर्ूण्ा विचार हो । यसरी अस्तित्वसङ्कट र आशाबीच भयवाद जीवनमा जीवनकै व्याख्या गर्न सहयोगीसिद्ध हुन सक्दछ।
प्रत्येक वाद सुरु हुन्छ एकल चिन्तनबाट। विस्तारै विमर्शको बाटो भएर खारिदै जाँदा कि त पर्ूण्ा परिमार्जित अर्कै वादजस्तो बन्छ, कि त सामान्य परिवर्तनबाट कमजोरीहरु हटाएर परिष्कृत स्वतन्त्र वाद बन्दछ। आशा गर्न सकिन्छ निरन्तरका बहस र विमर्शहरुका सहयोगले भयवादले दोस्रो बाटो समात्नेछ ।
३) टिप्पणीमाथिको टिप्पणी
"भयवादः वैचारिक चिन्तन २०६६ " मा सङ्कलित भयवाद र 'आदिवासी' उपन्यास माथिका टिप्पणीहरु हर्ेदा अधिकांश टिप्पणीकारहरुले भयवादको सैद्धान्तिक पक्षमाथिको बहसलाई भन्दा वादप्रणेता वा सिद्धान्तकार देश सुब्बाले आदिवासी भाषा, लिपि र धर्मसंस्कृतिलाई गर्नुभएको माया र नयाँ वादको घोषणा गरेर साहित्य विमर्शमा पुर्‍याउनु भएको योगदानलाई बढी माया गर्नुभएको देखिन्छ। सैद्धान्तिक बहसमा कुन बढी महत्वपर्ूण्ा हुन्छ कुन्नि- लाग्छ भयवाद विकासको चरणमा भएकाले यस भित्रका द्विविधा, अस्पष्टता र विरोधाभाषहरुको स्पष्ट सङ्केत गरिदिनु भयवादमाथि सही अर्थमा न्याय गर्नु हो र देश सुब्बालाई असली पे्रम। अनि मात्र भयवादको भविष्य सुखद बन्नेछ र प्रशंसाको दर्ीघकालीनता स्थापित हुनेछ। सायद टिप्पणीहरु पनि भयवादीय दृष्टिकोणले अध्ययन गर्न सकिने विषय बनेका छन्।
औपन्यासिक कृति 'आदिवासी' माथिका टिप्पणीहरु पनि भयवादको आधारमा भन्दा पनि नेपालको समसामयिक वस्तुस्थितिको मनोवैज्ञानिक पक्षसँग उपन्यासका पात्र र घटनाहरुको समानीकरणमा जोड दिन प्रयोग गरिएका छन्। उपन्यासकारले आफ्नो कृतिलाई उपन्यास भयवाद भनेबाट भयवादको व्याख्या र उपन्यास दुवै एउटै कृति कसरी भयो भनेर टिप्पणी अगाडि सारेर यस अर्थमा सफल वा असफल कस्तो रह्यो भनेर हर्ेदा मात्र सही अर्थमा कृतिमाथि टिप्पणीकारहरुले न्याय गरेको ठहरिने हो ।
भयवाद आदिवासी साहित्यको समालोचनाको आधार हुन सक्छ। यो उपन्यास आदिवासीहरुको इतिहासको आख्यानीकरण समेत भएको छ। भयवाद पढेर उपन्यास पढ्दा भन्दा उपन्यास पढेर भयवाद पढ्दा वाद बढी बुझिने भएकाले देश सुब्बाको वादको लामो प्रस्तावना वा अवधारणा पत्र भन्दा उपन्यास बढी सुन्दर छ वादकै लागि पनि। आदिवासीको वास्तविकता थाहा नपाएकाहरु आदिवासी आन्दोलनका अगुवा बनेको स्थित्रि्रतिको चोटिलो व्यङ्ग्य बनेको छ यो उपन्यास। यसले सरलता, आत्मीयता र मानवतातर्फ र्फकदै भाषा, लिपि र धर्मसंस्कृतिको रक्षामा तल्लीन रहनु भयबाट मुक्त हुने वा भयलाई कमगर्दै जीवनलाई सकारात्मक बाटोमा हिँडाउने सबभन्दा असल उपाय हो भन्ने प्रमुख पात्र निसामको जीवनको उदाहरणबाट प्रस्ट पारेको छ। यसरी यो भयवादको सफल प्रयोग भएको कुरा आगामी दिनका विमर्शहरुमा आउनसक्ने सम्भावना बाँकी नै छ ।
डा. गोविन्दराज भट्टर्राईको व्याख्यात्मक टिप्पणीले भयवादको बोधमा प्रशस्त सहयोग पुर्‍याउँदै साहित्य सिद्धान्तको महत्व र भावी सम्भावनाको चित्र उतारेको छ । 'आदिवासी' उपन्यास भित्रैबाट भयवाद बुझ्नु चाहिँ प्रासङ्गिक नै हुन्छ र लेखकलाई आदिवासीमाथि भएको अतिक्रमण र आदिवासी स्वयम्मा बढ्दै गएको विकृतिले गर्दा भय पलाएको छ भन्ने डा. टङ्क न्यौपानेको टिप्पणी गहन र सटीक छ । भयवादलाई इतिहाससँग जोडेर न्यौपानेले वादका व्याख्याताहरुलाई समेत सही कुरा के हो भन्ने बोध गराउनु भएको छ । भयवाद अझै अस्पष्ट रहेको र 'आदिवासी' खोजमूलक रहेको डा. खेम दाहालको टिप्पणी, भयवादको अवधारणा पत्र भन्दा बढी स्पष्ट व्याख्या सहितको शिव प्रणतको सिद्धान्त माथिको समीक्षा सहितको उपन्यासमाथिको विश्लेषणात्मक टिप्पणी, वाद निर्माण र सहरिया राजनीति गरेर भन्दा आदिवासीहरुको साँस्कृतिक संरक्षण र उन्नयन गरेर भयलाई कम गर्न सकिन्छ भन्ने मनु मन्जिलको तर्कका साथै सम्पर्ूण्ा टिप्पणीहरुका आ-आफ्नै सबलता र सीमाहरु देखिन्छन् । अवधारणा पत्र स्पष्ट भएपछि मात्र कुनै नवीन वादमाथि र यसको आधारमा कृतिको विश्लेषण गर्नु उपयुक्त हुन्छ भन्ने यो प्रयोगले प्रमाणित गरेको छ ।
४) निष्कर्षसाहित्यिक सिद्धान्तको विश्वइतिहासको पछिल्लो खुड्किलो 'भयवाद' विकास, विस्तार र बहसको चरणमा छ । संसारको अस्तित्वको एक मात्र आधारशीला र उत्प्रेरक भय हो भन्ने क्रान्तिकारी विचारका साथ अगाडि आएको यो वादमा आधारित उपन्यास पनि तयार भइसकेको छ । संरचनावाद ९क्तचगअतगचबष्किm० जस्ता प्रसिद्ध वाद पनि समयक्रममा खण्डहर हुँदै विस्मृतिमा पुगेका छन् । प्रायः प्रत्येक वादको नियति हो यो । होसियारीपर्ूण्ा र गम्भीर चिन्तन, विश्वासिलो व्याख्यान, तर्कपर्ूण्ा विश्लेषण, गम्भीर र बौद्धिक तहको बहस, सिर्जनात्मक प्रयोग र समयानुकूल परिमार्जन गरियो भने मात्र वादको आयु लामो हुन्छ । वादप्रणेताको विषयवस्तुको गहिरो अध्ययनले सबभन्दा महत्वपर्ूण्ा स्थान ओगट्दछ । आशा गरौँ भयवादको स्थापना र बहसको अहिलेको चरणको उत्साह लामो समय कायम रहनेछ । अनि यसको आयु पनि । राष्ट्रिय साँस्कृतिक मौलिकताको खोजी गर्ने, तर जीविकाको लागि विदेशिएका देश सुब्बाको यो अथक प्रयासलाई साधुवाद । उनलाई चेतनाको वनझाँक्रीले लगेर भयवाद पढाएकाले उनी बिस्तारै भयले काम्दै छन् । निश्चित छ उनी कुनै दिन साहित्यसिर्जना र साहित्यसिद्धान्तको धामी भएर निस्कनेछन् यस्तै प्रयास जारी राखेमा ।
सर्न्दर्भग्रन्थ सूची
थाम्सुहाङ्, प्रकाश -प्र.) २०६६, भयवाद ः वैचारिक चिन्तन, नेपाली साहित्य प्रतिष्ठान, हङकङ ।
सुब्बा, देश २०६४ आदिवासी, सिर्जनशील साहित्य समाज, हङकङ ।
२०६६ श्रावण, २९
ramjitimalsina@yahoo.com
9842018052
आदिवासी : देश सुब्बा र भयवाद
-चन्द्रमणि अधिकारी
-----------------------------------------------------------------------------
राष्ट्रियता जातीय पहिचानमा हुन्छ । जातीय पहिचान साँस्कृतिक वैविध्यले गराउँछ । साँस्कृतिक वैविध्य संस्कारनिर्मित हुन्छ । संस्कारमा निजत्व रहन्छ । निजत्वभित्र भाषा, लिपि, धर्म, संस्कार र मिथकीइ प्रवृत्ति पनि हुन्छन् । उपर्युक्त कुरा हाम्रो राष्ट्रियता झल्काउने तङ्खवहरु हुन् । यी सबै कुरा गुम्ने हुन् कि भन्ने भय छ- देश सुब्बालाई ।
साहित्य सिर्जना र वाद प्रयोगका सर्न्दर्भमा देश सुब्बा आदिवासी लिम्बू जातिका वर्तमान प्रतिनिधि हुन्, सचेतक हुन् र पर्ूवाञ्चलका गौरव पनि हुन् । उनी हङकङको डायस्पोरामा धान नाच्तछन्, रोटेपिङमा घुम्छन्, लिङ्गे पिङमा झुल्छन् र टीका थाप्छन् दशैंको - बुज्रुकहरुबाट । अनि खुसी भएर च्याब्रुङ बजाउँछन् । सोल्टिनीहरुसँगसँगै हाक्पारे पनि गाउँछन् - कर्ुर्रर । यी सबै कुरा भएर पनि उनलाई एउटा कुराको भय छ - सुपरिचित आदिवासीको कालक्रमिक पहिचान नहुनाको कारणको भय, आदिवासीको संस्कृति टुट्ने, गुम्ने र पुनः पहिचान नहुने कुराको भय, भाषा र लिपिको यथेष्ट ज्ञान-पहिचान नहुनाको भय र जातीय मिथक नै आदिवासीको संस्कृतिको पर्ूवचेष्टा भएर पनि मिथक-पहिचान र प्रयोगको न्यूनता वा अल्पताको भय । त्यसैले देश सुब्बा 'आदिवासी' -२०६४) मार्फ प्रकट हुन्छन् - भय नै भयको महाजाल बोकेर । देश सुब्बाले आफ्नो कृति 'आदिवासी' मा उपन्यास र भयवादलाई स्ल्यासले जोडेका छन् । यो प्रयोग हो तर उपन्यासको र भयवादको न मुक्तवितरण हुन्छ न त परिपूरक वितरण नै । अर्थात् देशले आदिवासीमार्फ 'भयवाद'को सिद्धान्त प्रक्षेपण गरेका छन् । यसरी देश सुब्बा नवीन वादको प्रयोगमा स्वनामधन्य लिम्बू जातिका हालसम्मका अन्तिम तर पर्ूवाञ्चलका चौथा व्यक्तित्व प्रतीत भएका छन्- साहित्यमा वाद प्रयोजनतर्फा । यसअघि, बैरागी काहिँला नूतन चिन्तनमार्ग लिएर उदाएथे क्षैतिजरुपमा, हाङयुङ अज्ञात र मित्रहरुको साहित्यमा अराजकताको कोसेली पस्किएथे अनि धमेन्द्र नेम्बाङ्ग र मित्रहरु मिलेर प्रयोगवादी कवितावाचन-रङ्गवादको प्रारम्भ गरेथे रुँदै, कुद्दै र पछारिदै । र, यस पछिल्लो कालखण्डमा नेपाली साहित्यका र्सजक, पाठक, समालोचकले स्वागतको खादा ओढाएका छन् - देश सुब्बालाई भयवादका निम्ति । स्मरणीय छ- यी चारै व्यक्ति, व्यक्ति नभएर व्यक्तित्व भएका छन् र हाम्रो प्राचीन किराँत संस्कृतिका पृष्ठपोषक लिम्बू जातिभित्रकै यशोगान गरिने गौरव भएका छन् ।
निश्चय नै नेपाली कला र साहित्यका फाँटमा अब खसहरुको एकाधिकार रहेन । खसेतरहरुको सोच, चिन्तन र प्रकटीकरणले पहिचान दिएको छ- जातीय संस्कृति, कला, भेष र सभ्याताको, विकसित मेधाको अनि आदिवासीहरु सुषूप्तावस्थाबाट शनैःशनैः जाग्रत् अवस्थामा आइपुगेको र विचारको नेतृत्व दिएका थिए, दिइरहेको छन् र दिनेछन् भन्ने यथार्थताको । ललितकलाका क्षेत्रमा अब बालकृष्ण सम र रागिनी उपाध्यायहरु मात्र होइन लैनसिंह वाङदेल र योगेन्द्र सुब्बाहरुको नाम पनि त्यत्तिकै सम्मानका साथ आएको छ । राजनीतिका क्षेत्रमा कृष्णप्रसाद भट्टर्राई र रामचन्द्र पौडेलहरु मात्र होइन बलबहादुर र्राई र सुवास नेम्बाङहरु पनि सुपरिचित र प्रशंसनीय भएका छन् । रानुदेवी अधिकारी र मीरा राणाहरु मात्र होइन शारदा सुब्बा, दिपक लिम्बू र राजेश पायल र्राईहरु पनि त्यति नै मात्र होइन अझ बढी सुनिन्छन् साङ्गीतिक क्षेत्रमा । सूचना र प्रविधिका क्षेत्रमा अब रमेशनाथ पाण्डे र विजय पाण्डेहरुको मात्र एकाधिकार रहने - त्यो ठाउँमा अब प्रदीप मेन्याङ्बो, जस बेखर्ची, हर्षसुब्बा र देवान किराँतीहरुको अधिकार जमाइसकेका छन् । त्यसैले देश सुब्बाभित्रको लेखक अमरवाणी बोल्दछ - कालान्तरमा यसले आप्तवाणीको संज्ञा पाउन सक्छ । उनी लेख्छन्- 'जति नै सुन्दर फूल फूले पनि एकै जात र रङ्गको फूलले फूलबारी सुहाउँदैन । सबै जात र रङ्गको फूलले मात्र फूलबारी सुहाउँछ ।' यहाँ पनि देशलाई एउटा भय नै छ - भयाक्रान्त देखिन्छन् उनी बहु भाषा, बुह भाषी, बहु जातजाति र बहुसंस्कृतिको यस मुलुकमा कुनै जाति, भाषा, वर्ण्र्ाा संस्कृति पछिपर्ने पो हो कि - भनेर ।
"भय" भनेको कुनै सङ्कट वा अनिष्ट कुराको सम्भावनाद्वारा उब्जने र प्राणीलाई चिन्तित तथा व्याकुल बनाउने मानसिक स्थिति हो, डर हो र त्रास हो । संसारमा भयमुक्त कोही छैन । र्स्वर्गका राजा इन्द्रलाई अमरावती गुम्ने भय, सत्ताधारीलाई सत्ता गुम्ने भय अनि जोजोसँग जेजे छन् ती प्रत्येकलाई भएका कुराहरु गुम्ने भय अनि आफ्ना अभीष्टहरु पूरा नहोलान् कि भन्ने भय । भय अर्थात् डरलाई लुक्न लुकाउने, छोप्ने वा ढोक्ने ठाउँ कतै छैन । चेहराका रेखाहरुले अनि भाव-भङ्िगमा र कम्पनले प्रकटिन्छ यो । मनोवैज्ञानिक यथार्थताको साँचोमा ढालेर हेरौं- भय कतै पनि लुक्तैन ।
पर्ूर्वीय चिन्तनले हेरौं- मानवदेहधारी जीवात्मासँगसँगै इन्द्रिय, मन, बुद्धि, आत्मा, माया र परमात्मा रहन्छन् । यी तत्वहरुमध्ये भयको स्थान मनमा रहन्छ । मन स्थिर रहँदैन चञ्चल रहन्छ । त्यसैले भय लुक्तैन । भय नलुक्नाले मानिसले पर्ूव र्सतर्कता अपनाउन सक्छ- प्रिकसन लिन सक्छ । भयकै कारण मानिस कुगति, दर्ुगति वा कुमार्ग त्याग गर्छ । भयसँग कार्य कारण सम्बन्ध रहन्छ । उन्नति, प्रगति र विकासका लागि भय सचेतक रहन्छ । मानिस कुनै काम गर्छ, भयकै कारणले, कुनै काम छाड्छ भयकै कारणले र कुनै काम गर्दैन भयकै कारणलेे ।
र् र्सजक देश सुब्बाको नवीनतम कृति 'आदिवासी' दर्शन फाँटको वाङ्मय ग्रन्थ हो । यसलाई स्रष्टाद्वारा उपन्यास भनिए पनि अउपन्यास हो यो । विधामिश्रण छ यसमा । यसभित्र दर्शन, चिन्तन र प्रयोगहरुले स्थान ओगटेका छन् । उत्तरआधुनिक लेखनको एउटा सङ्केत हो यो । विधाभञ्जन छ यसमा र केन्द्र भत्काइएको छ अनि यसका सीमा स्तम्भहरुलाई र परिधिहरुलाई केन्द्रको रुप प्रदान गरिएको छ । यसमा जेष्टाल्ट वादको छनक पाइन्छ । हेलियोग्राफको सोच छ । अतः यो नवीन र आधुनिक प्रयोग विषयक चिन्तन हो ।
निसाम जो यसको नायक हो- स्वयम् समाख्याता -न्यारेटर) बनेको छ । लिम्बू जनजातीय संस्कृतिलाई यसको उपजीव्य सामग्रीका रुपमा लिइएको छ । निसाम डराएको छ, भयभीत छ र भयाक्रान्त छ । किन- किनभने नश्लीय द्वन्द्वमा विस्फोटक पदार्थ बोकेर देश गुम्सिइरहेको छ । लेखकलाई लेख्नका लागि विषयवस्तु खोज्न टाढा जानर्ुपर्दर्ैन । यसै जीवनभोगाइबाट यसै जीव्न र जगत्बाट छरिएका कणहरु टिपेर विशेष महत्वका ग्रन्थहरु निर्माण गर्न सक्छन् लेखकहरु । देश सुब्बाले त्यसै गरेका छन् । समष्टिमा देशलाई बोकेर अनि व्यष्टिमा किराँत लिम्बू संस्कृतिभित्र छिरेका छन् उनी- आफ्नो धरोहरको खोजीमा । प्राचीन लिम्बू किराँत संस्कृति, सभ्यता र त्यसको मूल्य-मान्यता एवर्ंर् इयताको खोजीमा ।
यस कृतिलाई आख्यानग्रन्थ त भनिहाल्न मिल्दैन तर न्यून आख्यानीकरणको कृति अवश्य हो यो । यसको महत्ता र विशेषता परिवेश चित्रणमा छ । कालिक परिवेशका रुपमा आदिम युग, पर्ुखाले भोगेका युग र लिम्बू किराँत संस्कृति मौलाएको युगको चित्रण गरिएको छ भने स्थानिक परिवेशका रुपमा आदिमताका गुफा, ओडार, पहरा, लेक, बेसी र खोलाहरु, उकाली-ओरालीहरु समेटिएका छन् । स्थानिक परिवेशमै धामी, झाँक्री र विजुवाहरुको प्रतीकात्मकताको वेष्टन गरेका छन् । र, त वाङ्मय ग्रन्थ भएको छ यो - चिन्तन पक्षको ।
देशको निसाम साइबर कल्चरको छैन । ऊ च्याटिङ जान्दैन । नेट उसको विषय होइन । आइटीभन्दा धेरै टाढा छ ऊ । तर आफ्नो पर्ुखा, पुर्ख्याैली रीति, संस्कार र संस्कृतितर्फफर्किन्छ, घोरिन्छ र घोत्लिन्छ । अनि मुसुक्क हाँस्छ एकपल्ट विजयको शिखरमा पुगेको आफ्नो भाषा, संस्कृति र जातीय वैविध्यलाई सम्भिmएर । अनि फेरि झसङ्ग हुन्छ - भयाक्रान्त हुन्छ ऊ । यत्रो जातीय वैभव कही समाप्त हुने त होइन - यसैले आदिवासीमा देश लेख्छन् - 'आफ्नो भाषा, संस्कृति, धर्म, इतिहास र परम्पराको संरक्षण गरौं ।' भनेर ।
देशले यस कृतिमा लिम्बू किराँत संस्कृतिका केन्द्रीयतामा पात्रहरु दौडाएका छन् तर भाषा लिम्बूको छैन नेपाली छ, लिपि सिरिजङ्गा छैन, देवनागरी छ । विमात्री नेपाली भाषी भएर पनि अधिकार जमाएका छन् देशले नेपाली भाषामा । यसरी देश सुब्बा नेपालका सम्पर्ूण्ा जात-जाति, धर्म-संस्कृति, कला-साहित्य अनि भाषा र लिपिको समानान्तर परिचय र प्रयोगका पक्षमा देखिन्छन् ।
देश सुब्बाको मुखपात्र हो निसाम । निसामका माध्यमबाट देशले महत्वपर्ूण्ा कुरा बकाएका छन् । प्राचीन ऐतिहासिक, संग्रहणीय, कलात्मक वस्तुहरुको र त्यस समयको जीवनशैलीको स्मरण गराएका छन्- हारी, सुनका खर्ुर्मी, यायावरहरु र कृषि युगका विविध सामग्रीहरु यसका उदाहरण हुन् । भाषा नेपाली र लिपि देवनागरी अनि विषय लिम्बू किराँत संस्कृतिको जगर्ेना रहेको यस कृतिमा संस्मरणात्मक शैलीको प्रयोग गरिएको छ । यसमा पर्ूवदीप्ति प्रणालीको प्रयोग छ भन्न मिल्दैन किनभने यो त निसामको हंसले अनुभव गरेको विषय हो । ज्ञान, विज्ञान, मनोविज्ञान, दर्शन, संस्कृति र इतिहास अनि चिन्तनको मिश्रण गरिएको घोलक भएको छ यो कृति रंगरहित तर भयले रंगिएका सातैवटा रंग मिसाइएको नवीन रंगको र नवीन स्वादको अझ भनौं इथरमा कोरिएजस्तो । यस कृतिभित्र छिर्न पाठकले देशको कृति 'अपमान' लाई बिर्सिनु पर्छ अनि सबै जात जातिलाई हृदयतः सम्मान गर्न सक्नर्ुपर्छ, सिक्नर्ुपर्छ । प्रत्येक नवीन प्रयोग आन्दोलन हुँदै एक दिन वादमा परिणत हुन्छन् भन्ने मान्यतालाई बिर्सनु हुँदैन । 'व्याक टु नेचर' को सिद्धान्त अवलम्बन गर्नुपर्छ । हाम्रो अतीत हाम्रो वर्तमानको आधारभूमि हो । तर्सथ अतीतको स्मरण र त्यसका साँस्कृतिक धरोहरहरुको सम्मान गर्दै त्यसलाई कुल्चिएर होइन त्यसमाथि टेकेर नयाँ सम्भावनाको खोजी गर्नुपर्छ भन्ने कुरालाई हृदयङ्गम गर्नर्ैपर्छ । अन्यथा, पाठक विचलित भएर अर्काे भयको सिकार हुनपुग्छ ।
जन्म एउटा भय हो । मृत्यु एउटा भय हो । जन्म र मृत्युका बीचको घटनाक्रम अर्काे भय हो । दिन भय हो । रात भय हो । दिन र रातका चर्याहरु अरु भयहरु हुन् । खोजीमा भय छ । प्राप्तिमा भय छ । शून्यमा पनि भय छ । भय प्रत्येक ग्यापमा र च्यापच्यापमा रहन्छ । त्यसैले 'भयवादको आवश्यकता, निकास र गन्तव्य हिजो, आज र भोलि' शर्ीष्ाकको घोषणापत्र वा अवधारणा पत्रमा देश सुब्बा लेख्तछन्- 'भयको निरुपण निर्भयको अभ्यास हो । भय विहीनता आफैमा एउटा भय हो । भय नहुनु सिर्जनशीलताको समाप्ति हो । हो, भय मानसिक द्वन्द्व हो । यसभित्र मार्क्सको द्वन्द्वात्मकताको सिद्धान्त छ । भय मनोरोग हो । यसभित्र पmायडको स्वप्न सिद्धान्त छ । चेतन, अवचेतन र अचेतनका घटनाहरु घटित हुन्छन् यसमा । पितृरतीग्रन्थी र मातृरतीग्रन्थीहरुभयका मूलहरु हुन् । स्रोत हुन् । आइन्स्टाइन्को भ् . mअद्द समीकरण सूत्र भय नै हो । यसैका परिणामस्वरुप फ्याट म्यान र लिटल ब्वायहरु भय नै थिए । भय नै उत्पादन गरे भयङ्कर । त्यसपछि आइन्स्टाइन स्वयं भयभीत भए । धुरुधुरु रोए- भयले गरेको भयङ्कर विनास देखेर ।
तर पनि समाप्त भएको छैन भय । यो अनादि हो, अन्त्य छैन यसको र अविदित पनि छ यो । भयको व्याख्या पर्ूर्वीय दर्शनमा पाइन्छ । पाश्चात्य चिन्तनमा पाइन्छ । नन वेर्स्र्टन लेखनमा पाइन्छ । परापर्ूवमा ब्रहृमादेखि कृष्णसम्म नै भयको साम्राज्य दियो । कलिकालमा सुकरात र प्लेटो हुँदै नित्से, डेरिडा, रुस्दी, तसलिमा र देश सुब्बासम्म आइपुगेको छ यो । भय सूक्ष्म छ तर विभू छ । भयवादको अवधारणा सन् २००० मा प्रारम्भ भयो । विभिन्न गति र मोड लिदै आएको यसलाई सन् २००८ अगष्ट २ मा धरानमा ल्याइपुर्‍याए भयवादी चिन्तक देश सुब्बाले । र, आज १३ अगष्टमा हामी प्रत्येक 'भय' चिन्न 'भय' चिनाउन यसैबारे वाद, विवाद र संवाद गर्न भेला भएका छौं फेरि धरानैमा भयभीत हुँदै । 'आदिवासी'मा बिम्बहरुको बहुल प्रयोग पाइन्छ । यो देश सुब्बाको कलापक्ष हो । बिम्ब भनेको कुनै वस्तु, व्यक्ति वा घटनादिको मानसचिव हो । देशले आफ्नो मुखपात्र निसामलाई सावाला खोलामा पुर्‍याएका छन्, सम्दो गाउँहरु घुमाएका छन् । किराँती आदिवासीहरुको दरबारका भग्नावशेषहरुको खोज गराएका छन् । गुफा, गहृवरा र कुनाकन्दराहरुमा छिराएर प्राचीन चित्र र लिपिहरुको पहिचान गराएका छन् । भस्मे फाँड्नु हाम्रो बाध्यता हो । निसामलाई पनि त्यो बाध्यतामा पारेका छन् देशले । र, यसरी आदिवासी वा मानव-इतिहासकै स्थायित्व र प्राचीनताको आधिकारिकता र प्रमाणिकताको अवबोध गराएका छन् । यसो गर्नमा देशले बिम्बहरुकै सहारा लिएका छन् ।
अन्त्यमा, विमात्री नेपाली भाषी स्रष्टा देश सुब्बा द्विभाषी मात्र होइन- प्रकृतिको समेत भाषा बुझ्ने बहुभाषी भएका छन् । केन्द्रभञ्जन गरेर सीमान्त रेखाहरुलाई केन्द्रीकरण गर्दै ग्यापमा फेसो खाँदेर भयको निरुपण गरेका छन् उनले । भय हिजो थियो, आज छ अनि भोलि पनि रहने छ । सबैसँग छ तर भएको चेत कसैलाई छैनः त्यस्तो 'भय' लाई टिपेर देशले औपन्यासिकता प्रदान गरेका छन्- प्रतीकहरुका गहना भिराएर, बिम्बहरुले सिँगारेर अनि मिथकहरुको माला पहिर्‍याएर । र्सजकले उपन्यास भनेको यस अउपन्यासमा विचारको, वादको र कलावैविध्यको संगम रहेको पाइन्छ । देश सुब्बा साँच्चै देश भएर आफ्नो आफूभित्र, आफ्नो चिन्तनभित्र यस देशभित्रका सम्पर्ूण्ा जाति, धर्म, संस्कृति, भाषा, कला, साहित्य, लिपि र संस्कारहरुलाई समाहित गर्न चाहन्छन् । सबैको समानुपातिक विकास भएको सुन्न, देख्न र अनुभव गर्न चाहन्छन् । उनले अघि सारेको यो 'भयवाद' साँच्चै नै भयलाग्दो छ । तर त्यसभित्र आत्मीयता, प्रेम, माया, श्रद्धा र सद्भावना घोलिएको महसुस हुन्छ । उनको 'भय' नै एउटा बिम्ब भएको छ, जो कायासँगै साया भएर अर्थात् देहसँग छाया भएर रहन्छ । 'भयवाद'को अवधारणाका लागि र भय केन्द्रिय कृति 'आदिवासी'का लागि फेरि पनि एकपल्ट शुभकामना, शुभाशंसा र बधाई उर्वर मस्तिष्कमा विचारको खेती गर्ने देश सुब्बालाई । अस्तु ।
सर्न्दर्भ-सामग्री
१. थाम्सुहाङ्, प्रकाश -सम्पा.) २०६६, भयवादः वैचारिक चिन्तन, नेपाली साहित्य प्रतिष्ठान, हङकङ ।
२. पोखरेल, बालकृष्ण -निर्देशक) र अरु, २०५५, नेपाली वृहत् शब्दकोश, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
३. भट्टर्राई, गोविन्दराज, ..............., अर्द्धबेलायती सहरमा भयवाद, कान्तिपुर ।
४. सुब्बा, देश, २०६४, आदिवासी, सृजनशील साहित्य प्रकाशन, हङकङ ।
५. सुब्बा, देश, .........., भयवादको आवश्यकता, विकास र गन्तव्य, हिजो आज र भोलि -अप्रकाशित अवधारणा पत्र)
६. सुब्बा, देश, ................., भयवाद -अप्रकाशित घोषणा पत्र)

२०६६/०४/२९/०५
उपप्राध्यापक : स्नातकोत्तर शिक्षण कार्यक्रम
त्रि.वि., महेन्द्र बहुमुखी क्याम्पस
धरान, सुनसरी
९८४२०२३७८६