आदिवासी उत्खनन्/लेखनमा भयवादको प्रयोग
-कृष्ण बराल
-------------------------------------------------------------------------------------
२०६३ सालको हिउँदको कठ्यांग्रिएको समयमा काठमाण्डौँ, बागबजारस्थित होटल अशोकको सभाकक्षमा आफ्ना दौँतर छिमलहरूसँग जतिखेर देश सुब्बा "भयवाद" सम्बन्धी आफ्नो अवधारणा प्रस्तुत गरिरहेका थिए त्यतिखेर यो पङ्िtmकारको पनि संयोगबस उपस्थिति हुनपुगेको थियो । डा. सञ्जीब उप्रेतीले भयवादमाथि आफ्नो विचार विमर्श प्रकट गरिरहँदा सुब्बाले प्रस्तावित गरेको वादमा जीवनमा टाँसिएर रहेको भय सम्बन्धीको मत निकै मनन योग्य हुनसक्छ भन्ने लागेर आएको थियो र लेखनमा यसले दह्रो बहस भएर उपस्थिति जनाउने सम्भावना बोक्छ भन्ने विश्वास जागेको थियो ।
"भय मानिसमा सुषुप्त अवस्थामा लुकिरहेको हुन्छ । यो अनुभूतिमा छ । यसलाई सहजै नदेखे पनि मानिसभित्र खेलिरहेको हुन्छ । यो कर्म नभएर कर्ता भएको हुन्छ ।"
भयवादको बारेमा यस्तै कस्तो धारणा प्रस्तावित गरिरहेका देश सुब्बालाई सम्झन्छु अहिले म र करिब दर्ुइ वर्षो समय पश्चात भाइ प्रकाश आङ्देम्बे मार्फ प्राप्त देश सुब्बाको कृति आदिवासीलाई पल्टाउँछु । आवरणमा आदिम मानव झैँ लाग्ने आर्धाकार मर्ूर्ति चित्र -यलम्बर - प्रकृति - कली -) मा आँखा डुलाउँदै मन भित्र भित्रै प्रश्नहरू खेलाउँछु-
-यो कृति सुब्बाजीले प्रस्तावित गरेको दृष्टि-पत्र भयवादको विस्तारित व्याख्या हो कि -
-कि त्यही दृष्टिकोणमा अर्कोपाटो समातेर भएको सिर्जना हो -
व्याख्या विश्लेषण अथवा सिर्जना जे भए पनि कृति महत्वको हुनसक्ने अड्काल काट्दै पुस्तक ओल्र्टाईपल्र्टाई गर्दैथिएँ र यसलाई गहन अध्ययन गर्नुपर्ला सोच्दै थिएँ । त्यहीबेला भाइ आङ्देम्बेले मलाई अझै अप्ठ्यारो जिम्मेवारीको भारी ठ्याप्प काँधमा बोकाइदिँदै भने-"दाई यसका बारमा तपार्इँको मत जाहेर हुनुपर्यो, धरानमा कुनैदिन भेला भएर विचार विमर्श र बहस गर्नुपर्छ, म निम्ता भनौला ।"
यो जिम्मेवारी अब खकन र तक्मा टेकेर नै उचाल्नु पर्नेभयो । ढाकरभित्र भयवाद निकै गह्रुङ्गो भएको थियो । निकै उत्साहित भएँ । थाप्लामा आदिवासी शर्ीष्ाक टाँसेर उपन्यास/भयवाद भनिएको कृति सृजनशील साहित्य समाज हङकङले प्रकाशन गरिदिएर हामी पाठक सामू पाठ भएर आइसके पछि यसलाई आफ्नो-आफ्नो आँखाले मिहिन हेरौँ/बुझौँ भन्ने लाग्दा- यो त छर्ुर्पी चपाउँदाको जस्तो साह्रो तर चपाउँदै जादा स्वादिलो पो लाग्यो । त्यसैले सबैभन्दा पहिला शब्द आदिवासीको र शब्द भयको वाक्यार्थ केलाउन मन भयो ।
आदिवासी- आदिम निवासी, कुनै भू-भाग, देश वा स्थानमा पहिलेदेखि बसोबास गरिआएको जाति, आदिम जाति भन्ने अर्थ हाम्रो बृहत शब्दकोशले बुझाएको छ । आदिम भनेको पहिलो, प्रथम, सुरुवाती, कुनै पनि भू-भागमा सबैभन्दा पहिलो बसोबास गर्ने मानवजाति पनि भन्ने बुझौँ ।
भय- कुनै संकट वा अनिष्ट कुराको सम्भावनाद्वारा उब्जने र प्राणीलाई चिन्तित तथा ब्याकुल बनाउने मानसिक स्थिति, डर, त्रास भन्ने बुझाई पनि हामीमा तानिएर आएको छ ।
यी दर्ुइ शब्दहरू आदिवासी उपन्यासमा लेखन गर्ने विषय र उपन्यास लेखन गर्ने विधि भएर प्रयुक्त भएका छन् लाग्यो । सिर्जना र वाद -सिद्धान्त) एकैचोटि एउटै कृतिमा आउनु एउटा नौलो प्रयोगका रुपमा सहर्षस्वीकार्न मन लाग्यो, स्वीकार्दछु । सिर्जना हुँदै गर्दा सिर्जनालाई हर्ेर्ने दृष्टिकोण -वाद) सँगसँगै उपस्थित हुनु आँट भएकाहरूमा हुने कुरा पर्यो ठान्छु र एउटा कुरा गम्भीरताकासाथ भन्छु साहित्यमा आँट गर्न नसक्नेले प्रयोग गर्न पनि सक्दैनन् । त्यस अर्थमा आदिवासीमा भएको प्रयोगका बारेमा कुरा गरिरहँदा त्यसका लेखकको प्रशंसा गरेको ठान्नुहुन्छ भने यो ठहर्याइलाई सरासर ठीक ठम्याउनु भएको पनि स्वीकार्नु होस् । भय व्याप्त भइरहेको आजको पर्रि्रेक्ष्यमा सुब्बाजीले भयलाई नै केन्द्रमा राखेर उपन्यास लेखेका छन्- उपन्यासको नायक पात्र निसाम्् कुनै पीडादायी अनुभूतिबाट भयभीत छन्, एकप्रकारको बिक्षिप्ततामा बिचलित भएका छन् । आफूबाट एउटा कालो छायाँ फुत्किएर गएको र आफ्नै वरिपरि मडारिएको देख्छन्, उनी बेला-बेला अचेत अवस्थामा पुग्छन् । कथा हामीले सुनेको सत्यहाङमा र फाल्गुनन्दको बाल्यकालको कथा जस्तो-जस्तो पनि छ र हाम्रो गाउँ-घरका धामी झाँक्रीले सुनाउने गरेको आफ्नो कथा जस्तो पनि छ । एक हिसाबले कथाको नायकको चाला जोगी, ऋषि, त्यागी र तपस्वीहरूको जस्तो पनि छ । कथा अलौकिक र दिव्य शक्तिको विश्वासमा दैविक लोकमा कुदेको जस्तो पनि छ जुन विश्वास हाम्रो समाजमा किंवदन्तीका रुपमा अझै पनि चर्चित भएर नै रहेकाछन् । अवचेतन-चेतन, चेतन-अवचेतन अवस्थाको चित्रण हुँदै उपन्यासमा तीन पाटाहरू छन् यसलाई तीन भाग भन्दा पनि भयो, तिन अध्याय भन्दा पनि भयो -
१) भयको प्रकट/क्षेत्र/समस्या
२) भयको खोज/बाटा/छटपट्याहट
३)भयको प्राप्ति/ज्ञान प्राप्ति/सहजता
यी तीन भागहरूमा बाँडिएको र आत्मापरक शैलीमा लेखिएको उपन्यास नाटकीय ढंगले फुत्त कथाको विषय भित्र प्रवेश गर्छ र पाठकलाई बेग्लै ढंगको उत्सुकता प्रदान गर्दै अगाडि लिएर जान्छ । पुस्तक पढ्दा पाठकलाई झट्ट लाग्न सक्छ, आञ्चलिक हिसाबले यो नेपालको पर्ूव पहाडतिर हान्निएको छ र किराँत त्यसमा पनि लिम्बुवानसँग गएर टाँसिएको छ । पुस्तक लिम्बू संस्कृतिमा आधारित छ । यसको मतलव आदिवासी मध्येको पनि लिम्बूसँग र त्यही जातको धर्मसंस्कृतिसँग, भाषासंँग, मिथकसँग खेल खेलिएको छ-खुल्ला । अब उहीँ निर प्रश्न उठ्न सक्छ ५९, ५९ जातजातिलाई आदिवासी र जनजाति भनेर सूचिकृत गरिएको बहुल संँस्कृति, भाषाभाषी र धर्मावलम्बीहरू भएको मुलुकमा किन एउटा जातिको मात्र संँस्कृति, भाषाको र धर्मको कुरा आउँछ - हामीहरूमा जे सुकै प्रश्न त उठ्छ-उठ्छ । प्रश्न उठी राखोस् । हामीले बुझन सक्नु पर्ने कुरा चाहिँ के हो भने पहिला आफ्नो आँगन सम्याउने त्यसपछि बाटो खन्ने र छिमेकीको आँगनसम्म पुग्ने । देशजीले आफ्नो खर्ुर्किन थाल्नु भएको छ । स्वागत छ र बधाई पनि ।
समाजको यथार्थ समग्र रुपमा चित्रण गर्न सक्ने साहित्यिक बिधा नै हो । तर यस बिधाले पनि नेपाली जीवनको बहुभाषा, बहुसंस्कृति, बहुजातीय, समावेसीलाई सम्बोधन गर्न सकिरहेको छैन । यहाँ हजारौ वर्षेखि चलेर आएका सांस्कृतिक र भाषिक सर्न्दर्भहरू साहित्य र कलाको क्षेत्रमा साक्षातकार हुन पाएका छैनन् । तीहरूलाई, भाषा साहित्यको माध्यमबाट साक्षातकार गराउन आजको आवश्यकता भईरहेका बेला देश सुब्बाजी आञ्चलिकतालाई, जात र भाषा समातेर जुन सम्बेदनशील समाउन खोज्नु भएको छ त्यसले एउटा मार्ग चित्रको प्रशस्ति गरिदिएको छ ।
नायक निसाम् मानसिक तर बौद्धिक रोगले ग्रस्त भएको पात्र छ । ऊसँग उनिएको भय छ-रोग । यो रोग, उपलब्ध कुनै उपायबाट साम्य अथवा निको हुन नसके पछि ऊ निदानका निम्ति घरबाट भागेर निस्किन्छ । भय ग्रस्त नायक जब घरबाट भागेर जङगलतिर उन्मुख हुन्छ, कताकता सन्चो भएको जस्तो, खल्बलिएको अथवा विक्षिप्त भएको मानसिकता भन्नु उसैको विरुद्धको कारणमा छ । ऊ बौद्धिक र आधुनिक सोच र ज्ञानले ओतप्रोत भएको युवक छ । ऊ मृत्यु पछिको मानवको स्थिति माथि कल्पना गर्छ । एउटा विचार विश्रृङ्खलित हुँदै अगाडि बढ्न थाल्छ । समस्या यहीँबाट सुरु भएको देखिन्छ । मृत्यु भयको साह्रै निकट छ-मानव-देश सुब्बाको दर्शनले सायद यसै कसो भन्छ-
"भयबाट निर्देशित भएको छ मान्छे"
अब यो भयलाई केन्द्रमा उभ्याएर थालिएको औपन्यासिक यात्रा अनौठो संसार भित्र प्रवेश गरेको छ । पुस्तकको दोस्रो भाग असम्भव लाग्ने प्राचीन समाजभित्र घुसेको छ । प्रकृतिको एकदमै नजिक-"आदिम रूख" "सावाला खोला" को ओरिपरि । नायक निसाम् भ्रमण कालभरि धेरै नौला घटना, थोक, व्यक्ति र समूहसँग साक्षात्कार भईरहन्छ र आफूले ग्रहण गरेको ज्ञानको बारेमा कुरा गरिरहन्छ । यायावर आदिवासीका आदिवासी बालासँगको सँगतले, यायावरका मुखिया तुत्तुसँगको वार्तालापले, गुफामा भेटिएका सेतै दारीजुँगा फुलिसकेका आदिवासीका अन्वेषक -सिरीजङ्गा) सँगको सँगतले र आदिम रूखको हाँगा, पातमा देखिएका परिदृश्यले ऊ ज्ञान प्राप्त भएको कुरा गर्छ र अन्तमा घर परिवार भएतिर र्फकन्छ । यो र्फकनुसँगै जीवनमा व्याप्त भयको निराकरण अथवा व्यवस्थापन भएको छ त -
कन्दमूल खाँदै, ओडार र खोला किनारमा बास बस्दै र आदिम समूदायसँगको उठबसबाट प्राप्त ज्ञान के त - यसले मानिसभित्र रहेको भयव्याप्तिलाई कसरी र कुन माध्यम वा तरिकाबाट निराकरण अथवा निर्मूल पार्ने अस्त्र झिक्यो त - केही अनुत्तरित प्रश्नहरू उब्जिएका छन् । ती प्रश्नहरूको जवाफ पुस्तकले राम्ररी दिन सकेको छैन ।
हामीले केन्द्र भत्काउँछौँको कुरा गरिरहँदा केन्द्र बिहिनताको कुरा पनि सँगसँगै गरिरहन्छौँ । भयलाई केन्द्रमा राखेर जीवनलाई हर्ेर्ने भयवादीय दृष्टिकोण फैलिएर आतंकवाद त बन्दैन - भयको विशाल रुप त आतंक हो । जीवन जगतलाई हर्ेर्ने एउटा मजबुत दृष्टिकोण भयवाद हुनसक्तछ तर उसले जीवनजगतको सम्पर्ूण्ा पाटो पहिल्याउन भने सक्दैन की -
सिर्जना गर्नु र सिर्जनालाई हर्ेर्ने दृष्टिकोणमा हामी राख्न सक्छौ, भिन्न खालको मत राख्न छुट त हुन्छ होला नै । यस भनाइमा यसरी विमर्श राख्दा पनि हुन्छ की -
सिर्जना -कविता, निबन्ध, कथा, उपन्यास) जे भन्नुहोस्, गर्नु लेखन अभ्यास भयो, अब यो अभ्यासलाई आँखामा कुन चस्मा लगाएर हर्ेर्ने भन्ने कुरा चाहिँ वाद भयो । एकल अल्पवुद्विले ठम्याएको ठम्याइँ हो यो । सिर्जना हुनु अभ्यास हो, र सिर्जनालाई केलाउन प्रयोग गरिने आँखा सैद्धान्तिक वाद भयो । सिर्जना गरिरहँदा निर्बन्ध र मुक्त भइएको हुन्छ/हुनर्ुपर्छ भन्ने मान्यता हाम्रा सामूमा रहेकै छ । यस अर्थमा भयवादलाई सिर्जना गर्नलाई अथवा सिर्जना गरिरहँदाको अवस्थामा भन्दा समालोचना पद्घतिमा सबैभन्दा सजिलो र बढी प्रयोग गर्न सकिने विधि भनेर संकेत गर्दा हुन्छ होला ।
जीवनको आदिम अवस्थामा शाश्वत सत्ताको खोज गर्ने र जीवनसँग टाँसिएको भयको शास्त्रीयता पत्ता लगाउने प्रयत्नलाई एउटा नवीन प्रयोग भन्दा हुन्छ लाग्छ । आदिवासी उपन्यासभित्र रहस्यात्मक घुम्ति र कुइनेटाहरू छन् जसलाई उछिनेर पार गरेर जान सजिलो छैन तर यहाँ लेखकमार्फ प्रयोग भएको मनोविज्ञान र हामी हिजो बाँचेको समाजको संरचना पहिल्याएर एउटा संस्कृतिक पाटोलाई जुन किसिमले उद्घाटन गर्न खोजिएको छ, त्यो कुरालाई अप्ठ्यारो मानेर पन्छिन भने मिल्दैन ।
विश्व साहित्य उत्तर-आधुनिकताको उमेर पुगेको बेला नेपाली साहित्यको उमेरलाई पनि आंकलन गर्ने रहर जाग्नु स्वाभाविक लाग्दोरहेछ । यो रहरले अथवा जाँगरले हामी आधुनिकतामा कहाँसम्म पुग्यौ - भनेर खोजिँदा रहेछ । आफ्नो अवस्थिति पत्ता लगाउने प्रयत्न हुनथाल्दा पहिला त आफूले आफूलाई नै चिन्नु पर्यो । आफूले टेकेको धरातल पहिल्याउनु पर्यो । आफू चिनिन थाल्दा- आफ्ना बाबु-आमा, नातेदार, कूलकुटुम्ब, छिमेकी सम्पर्ूण्ालाई चिन्नु पर्यो र तिनीहरू माझ आफू कसरी रहेकोछु बोध हुनुपर्यो । यसरी चिनिन्दै जाँदा परसम्म पुगिन्छ नै र आफू कति पुरानो र कस्को सन्तति हूँ को ज्ञान हुँदा, आफू अडिने अडेसो त्यहीँ कतै भेटाइने पनि हुँदो हो । उपन्यास आदिवासी भित्र यस्तै एउटा संास्कृतिक भेट्नो पहिल्याएर समात्न वा अडेसो लाग्न खोजिएको हो की -
विश्व साहित्यमा उत्तर-आधुनिकताका कुरा चरम चुलीमा उठिरहेको बेला नेपाली साहित्यमा पनि त्यही चेतनाको स्थापना अवतरित हुन खोज्नु स्वाभाविक ठहर्ला । हो, पाश्चात्य जगतमा प्रगति, आर्थिक उन्नतिसँगसँगै सभ्यताको पनि विकास भएको कुरालई स्वीकार्न त पर्छ नै तर प्रत्यक्ष-अप्रत्यक्ष रुपमा त्यसैको दवावमा पर्नु अथवा नेपाली जीवनलाई पाश्चात्य शैलीको अनुकरणतिर होम्ने र वाध्य पारेर बन्धक तुल्याउन खोज्नु- यो चाहिँ अलिक नपच्ने नै हुन्छ/भएर होला हामी आफ्नोपनालाई जोगाउन खोज्छौ क्यार -
हुन त अरुहरूलाई नकार्नु राम्रो हुँदै होइन तर आफैलाई नकार्नु त्यो झनै सुहाउने कुरा भएन । आज एकैचाटि स्थानिक र वैश्विक बन्न सक्नुपर्ने समकालिनता छ । एकैचोटि जातीयता र मानवियताको विविध रङगमा मुछिनु पर्ने आवश्यकता सँगसँगै आफ्नो नश्लिय चेतलाई स्थापित गर्नु सक्नु पर्ने चुनौति पनि छ । यसरी नश्लको कुरागरेको ठानिदिनेहरू पनि उपस्थित भएकाछौँ भने हामीलाई नरमाइलो पनि हुनसक्छ । त्यसैगरी अरुहरू सँगसँगै आफू पनि छौँको बोध हुनुलाई साम्प्रदायिकताको नारा ठान्नेहरू बिस्तारै किनारातिर फड्को मार्नु पर्ने बाध्यता रहन्छ । बरु आफू हुँदाहुँदै हुनुको बोधगर्न अथवा आफूलाई देखाउन अलमलियौ भने निश्चय पनि मानवीय चेतना स्वात्त आत्मभिमानमा उठ्नसक्छ र साम्प्र्रदायिकताको बाटोतिर अग्रसर हुनसक्छ । सुब्बाजीको आदिवासी उपन्यास र प्रस्तावित वाद भयवादले यस्तै कस्तो चिन्तन र निकै बेग्लै ढंगको बहस झिक्न खोजेको झैँ लाग्छ र दृष्टिकोण सँगसँगै सिर्जनाको बाटो समातेकोलाई ज्यादै सकारात्मक अर्थमा स्वागत गर्न मन पर्छ ।
जीवन भोगाइलाई हामीले साहित्यमा लेख्यौँ त्यो कति जनाले कति ठाउँहरूमा भन्यौँ । लेख्यौँ पनि होला त्यो कवितामा, कथामा, उपन्यासमा र खेल्यौँ पनि होला नाटकमा । सुब्बाजीले भोगाईलाई कहाँ परसम्म पुगेर लेख्न भ्याएका छन् । भ्याउँदा उनको भयवादी दर्शन, सिध्दान्तलाई पनि त्यसैमा चेप्ट्याएर लगेका छन् । लामो समयदेखि हामी साहित्य र कला भित्र विविधता र खुल्ला हुल्दैछौँ । अरुहरूसँग लिएका पनि छौँ र आफ्नोपन पनि थपेकाछौँ । तेस्रो आयाम, लीलालेखन, सृजनाशील अराजकता, विषेश रङ्वाद, सृजनाशील, उत्तरवर्ति-आदिहरूसँगै अब यो भयवाद † एउटा शैली र शिल्प साहित्य ढिकुटीमा ।
धन्यवाद †

--------------------------------------------------------------------------------
( २०६५।४।१८मा धरानमा गरिएका बहस कार्यक्रममा प्रस्तुत पत्र )
सर्न्दर्भ सामाग्रि-आदिवासी उपन्यास-देश सुब्बा
-सृजनशील साहित्य-अंक १ वर्ष१ -२०६४)
-लीला वार्ता र शरणार्थी-कृष्ण बराल

No comments:
Post a Comment
प्रतिक्रिया समाबेशका निम्ती तल Comment As Roll नेर Name/URL Select गरेमा तपाइलाई सजिलो हुनेछ।