श्रृंखलीत फेसवुक
-गिरीराज बास्कोटा, पान्थर
------------------------------------------------
मैले रिक्वेस्ट गर्नु
तिमिले सहजै एसेप्ट गर्नु
जीन्दगीको नविनतम श्रृंखला विनिर्माण
www.facebook.com मा Search गर्दै गर्दा
प्यासले लोलाए जस्तो प्रोफायल पिक्चर देखेर
कता कता आफुजस्तै देखेछु
र त Request गरे
र त तिमि मेरो दुँनियामा ओर्लीयौ
Comment गरेर जीस्काईरहे
Hi भनेर Chat मा वोलाईरहे
तिमिले मानि रहयौ
त्यहि मनाइ भित्रको संवेदना
छति छेडेर वसेछ
रंगिन चेतीय दुनियामा
रंगिन प्रेमिल लहरहरु सम्म
नौडाँडा पारीको मन
एकै ठाँउमा मिसिरहनुले
नौलो तर विछट्टा
अग्लो तर समुद्रझै
सम्झनाका अट्टालिकाहरु
तिम्रो र मेरो मनमा
बेसरी मौलाएको छ
बेसरी टल्किरहेको छ ।
दैनिक अपडेट हुनुको अर्थ
दैनिक Notifications मा ध्यान दिनको अर्थ
तिमिलाई पनि खोज्नुहो
पटक पटक एल्बम मा गएर
दृष्ट्रिचेतना सलबलाउनु पनि हो
लाग्छ तिमिपनि उसै हौ
र त Comment भईरहन्छ एल्बममा
Wall Photo हरुमा
आकर्षणको रंगिता कोमलताले चुमेर
हृदयवोधताको चरमतामा छु
कोमलताको रंगिन स्पर्सभान वोकिरहेको छु
किर्बोडमा हातहरु खेलाएर
माउसले पटक पटक Profile मा गएर wall, info क्लिक गरेर
मुटु बाडेर वा मुटु साटेर
Note मा कविताका प्रेमिल लाईनहरु Share गरेर
सम्झना भरीका फोटोहरु Tag गरेर
मायै माया भएका
शब्दहरु Wall Posting गरेरे
समाहित छौ
सुमधुर यात्राको सुन्दर वस्तिमा
समाजिक सालिनताको सिङ्गो वस्तिमा
सामाजिक सालिनताको सिङ्गो संसारमा
तिमि म र उ
कम्प्युटर माउस र शब्द
जीन्दगीको यात्राहरुको
अर्को श्रृखलामा म बाचिरहेछु
प्रेममय हृदयको रंगिन पानामा
शब्द शब्दको सुन्दर सम्झनामा
Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts
Thursday, January 13, 2011
Sunday, March 14, 2010
-देवु सुदामा 
थु..इक्क

थु..इक्क
-------------------------------------------------------------
सपनाको एक क्षण
..........र हामीहरु
उकाली चढ्दै गयौं
हाम्रा पाइलाहरु
हल्का र आतुर थिए
हाम्रो म्यराथुनमा
शुभेचछुकहरु
विजय स्वागतको तुल टाँग्दै
पुष्पवृष्टिको
गरम तयारी गरिरहेका थिए ।
हामी आधार शिविर नाघेर
लगातार बढ्दै गयौं
हाम्रो जोश
तारिफ योग्य थियो
झाडीहरु फाँड्दै
मसिना गोरेटाहरुलाई
चौडायुक्त बनाउँदै लग्यौं
डांडाको जुन प्रकाशमय थियो
प्रकृति अनुकुल थियो ।
एक क्षण अनायस
एउटा
निक्कै पुरानो संचार सेटबाट
अस्पष्ट धोत्रेस्वर सुनियो
ओभर् रोमियो चार्ली
ओभर्.. रोमियो..ओभर
र..लगतै
गन्तव्यको जूनमा
अचानक ग्रहण लाग्यो
हामी करायौं
छोड..,छोड...,.....,
जूनमा कालो धव्बा पोतिन्दै गयो
जूनलाई बाँधेर
होस्टे हैंसे..
होस्ट..हैंसे
वेस्सरी तान्यौं हामीले
डोरी झ्वाट्ट चुंडियो
म झल्याँस्स व्यूझिएँ
थु..इक्क
विपनाको त्यो क्षण
केहि समयअघि
भयावह भीरबाट
संगै लडिमरेका
गोठालो र गाईको
गन्धे सिनो पो
तान्दै रहेछौं।
debusudama@yahoo.com
..........र हामीहरु
उकाली चढ्दै गयौं
हाम्रा पाइलाहरु
हल्का र आतुर थिए
हाम्रो म्यराथुनमा
शुभेचछुकहरु
विजय स्वागतको तुल टाँग्दै
पुष्पवृष्टिको
गरम तयारी गरिरहेका थिए ।
हामी आधार शिविर नाघेर
लगातार बढ्दै गयौं
हाम्रो जोश
तारिफ योग्य थियो
झाडीहरु फाँड्दै
मसिना गोरेटाहरुलाई
चौडायुक्त बनाउँदै लग्यौं
डांडाको जुन प्रकाशमय थियो
प्रकृति अनुकुल थियो ।
एक क्षण अनायस
एउटा
निक्कै पुरानो संचार सेटबाट
अस्पष्ट धोत्रेस्वर सुनियो
ओभर् रोमियो चार्ली
ओभर्.. रोमियो..ओभर
र..लगतै
गन्तव्यको जूनमा
अचानक ग्रहण लाग्यो
हामी करायौं
छोड..,छोड...,.....,
जूनमा कालो धव्बा पोतिन्दै गयो
जूनलाई बाँधेर
होस्टे हैंसे..
होस्ट..हैंसे
वेस्सरी तान्यौं हामीले
डोरी झ्वाट्ट चुंडियो
म झल्याँस्स व्यूझिएँ
थु..इक्क
विपनाको त्यो क्षण
केहि समयअघि
भयावह भीरबाट
संगै लडिमरेका
गोठालो र गाईको
गन्धे सिनो पो
तान्दै रहेछौं।
debusudama@yahoo.com
Saturday, March 13, 2010
-बिमला तुम्खेवा
हजारौं सपना र मनमाया
--------------------------------------------------------------
यो बाटोको अन्तिम बिन्दु
यो आकाशको क्षितिज
र,
उसले कुल्चिएर गएको पाईतलाको खत
कसरी हरायो
कतै समुद्रको तुफान भएर
पीरले पोतिएको उसको कालो अनुहार
पृथ्बीको कुन सिमामा पर्छ?
सपनाको निख्खर सेतो घोडा चढेर हुत्तिएकी थिई
त्ुफानजस्तो जंगलका यी चोर बाटाहरुमा
हिजो जस्तो कोहि छैन
लोग्नको मृत्यु सँगै
आफ्नो भन्नु ट्यारलिङ्को रातो साडी छ
जसलाई
जतनका साथ राखेकी छे काठको पुरानो बाकसमा
धर्ममा बाँधिएर कसरी मानिस दास बन्न सक्छ
र,
पुरै-पुरै जीवनको स्मृतिजस्तो
लोग्नेको धुमिल तस्विर हेर्दै बितेर जान्छ
उसको अस्तित्व भनौं
उसले हेर्ने आकाश
आर्मी नं. २११५०३१७ गोर्खा इन्जिनियरको बिधवा पत्नी
मनमाया लिम्बू
मुलढाकाको शिरमा सजिएको केहि पुरानो तक्मा
अब उसको आँखाको तक्मा भएको छ
रातो सिन्दुरसँगै
उसको आफ्नो छुट्टै पहिचान छैन
सायद,
सपना देख्ने हक पनि छैन
तर,
कालो सागर जस्तो
कालो जीवन भोगेर
कसरी उभिरही ऊ एक्लै यो ठाँउमा
छात्तिमा दमे-ो बिश्वयुद्धको पुरानो चोट लिएर
क्सरी बाँची यस समयसम्म?
उसको पीरले पोतिएको यो वनजंगल
पृथ्वीको कुन सिमामा पर्छ?
भन्छे-
यो मन पत्थर भैसकेको छ
तर, यस धर्तीमा पहिलोपल्ट आँखा खोल्दा
यस धर्तीमा पहिलोपल्ट पाउ राख्दा
कसैको सपनाको सुन्दर छोरी थिई
र,
जीवनको साठी बर्षआर्मी नं. २११५०३१७ गोर्खा इन्जिनियरको बिधवा पत्नी भएर बिताई
जवाफ देऊ
जवाफ देऊ, उसको पीरको
जवाफ देऊ, उसले भोग्न नपायँदै गुज्रिएर गएको जवानीको
उसको रहरलाग्दो सपना
पग्लिएर कसरी अरुण बग्यो यो पहाडको खोंचमा?
धेरै प्रश्नहरु उसलाई पछ्याउँदै टक्क अडिएको छ
र,
म्नमाया उभिएकी छे
यो राज्यब्याबस्थाको अधि
यो आकाशको मुनि
कहिल्यै नसकिने प्रश्नै प्रश्न भएर ???

Tuesday, March 2, 2010
'देश', 'आमा', र 'चेली' तीन कविता
-गणेश पुर्बछाने मगर
----------------------------------------------------------------
देश
आज भोली लौ हेर हाम्रो देश नेपाल को गति /
छैन नया केही पनि यहाँ कस्को लाग्यो नजर मति?
आखिर कहा गए यहाँ सबै नेता हरुको बुद्धि ?
देशै उल्टो जवना नि उल्टो भए नेपाल को कहिले होला प्रगति?
सबै भन्छन नया नेपाल-नया नेपाल तर नया चीज यहाँ केही देखिन्न /
जाने हुन्छ नेपाल को अघि यहाँ मात्र ""नया""सब्द थपिएको छ अरु केही होइन/
बुझे हुन्छ नेताहरु भने सबै कुर्सी तानी जम्बो मन्त्रि मण्डल खाने दाऊ अझै छाड़दैनन /
यता गए पनि त्यस्तै हो उता गए पनि उस्तै हो ओफिसियल काममा झनै घुस नलि मान्दैनन् /
आखिर यही देश का ठुलाबड़ा नेता हरु भने भुडी भरी झोल भर्छन /
जनता लाई चै यहाँ उनी हरु भोक-भोकै पारी बिचल्ली मा पारी दिन्छन /
मुख बाट बान्ता गरी उनी हरु जनता सामू चाही बहाना नि पार्छन/
ताल मेल मिलाई उही सोझा साझा जनता लाइ दुर्गति दिशा तीर धकेली दिन्छन
सम्झे हुन्छ सबैले,चाहिदैन हाम्रो नेता हरुलाई सफा चीज फोहोर मै ठीक छ /
जाने हुन्छ सबैले रात भरी आहारा खोज्न लाइ उनिहरु दिन भरी कुना पसि लुक्छ /
फेरी उनी हरु नै छाती फुल्लाई जनता सामू इज्जत दारी नेता बन्ने गर्छ /
अनि केही परी तल माथी परे यहाँ निर्दोष ले बीर सहीद को उपनाम पाउछ/
------------------------------------------------------------
आमा
म एक नेपाल आमा तर मलाई नै थाहा छैन !
किन अझै यहाँ मेरा नेपाली संतान अनबुझ छन ?
आखिर अझै के कारण ले उनिहरु एक आपस मा लड़ी रहेछन ?
मेरै छाती माथी टेकी मलाई मेरै रगतले किन रंगाई रहेछन ?
सीकाउन त सबै सिकएकी थे मेरा सबै नेपाली संतान लाइ !
तर खोई जानेको?आखिर दाऊ मात्रै हेरीरहन्छन आफ्नै देश बिगार्न लाइ!
कोही भने हातमा पिस्तोल बोकी हिड़छन मेरै निर्दोस संतान मार्नलाई !
आखिर किन जानी-जानी बाध्य पार्छन यहाँ निर्दोस चेलिको सिंदूर पुच्छनालाई?
बनेका छन मेरै आखा अगाडी मेरै संतान बाल बच्चा टुहुरा !
दुखी छू म आज यहाँ भित्रि मनै देखि छैन कोही तिनका सहारा !
बल्ल थाहा पाए आज यस्तै रैछ मेरो नेपाल छैन यहाँ शान्तिको गीत गाउने त्यों भमरा !
आज आई यही देस्को ४ जात ३६ बर्ण को साझा फूलबारिमा बस्ने गर्छन घमंडी त्यों चमेरा !
आखिर हेपिएकी रहेछु म एक नेपाल आमा मलाई नै थाहा भएन!
त्यसैले त म भन्छु तिमिहरुलाई उठ-जाग ए मेरा प्यारा नव युवा जवान !
५ औला को त्यों तिम्रो मुठी त्येसैमा छ तिम्रो दरिलो शक्ति हार तिमी नमान !
तिमी आफै अघि बढ़ आफ्नो देश नेपाल पहिलेको झै बनाउन
-----------------------------------------------------------
चेली
लौ सुनिदेऊ आमा बाबा यो चेलिको पुकारलाइ
डोको र नाम्लो को साथ मा हँसिया चै नदेउ मलाई
मेरो पनी त मनै हो भाई लाइ झै गरी माया देऊ मलाई
कलम र पुस्तक को साथ मा झोलाको भारी थम्याई देऊ यो चेलिलाई
आखिर के गरेछु गल्ती त्यस्तो र यो चेलिलाई बिरानो अनी पराई पो शम्झेछौ?
आखिर सधै भाइलाई चै मायाले काख मा राखी यो चेली लाइ पाखा मा पारेछौ?
उदेस्य के हो?भाई लाइ चै मायाले स्कूल मा पढ्न पठाऊछौ?
रहस्य के हो ?यो चेलिलाई चै सधै हेलामा बाधी घास दाउरा मा पठाउछौ ?
लौ सुनिदेऊ आमा बाबा यो चेलिको पुकारलाइ
डोको र नाम्लो को साथ मा हँसिया चै नदेउ मलाई
मेरो पनी त मनै हो भाई लाइ झै गरी माया देऊ मलाई
कलम र पुस्तक को साथ मा झोलाको भारी थम्याई देऊ यो चेलिलाई
राखौला यो स्वार्थी समाज को सामू हजूर हरुको इज्जत
दू:ख गरेर पढुला भाई ले झै गरी लगाएर म मेरो आफ्नो मेहनत
कस्ट गरेर जुटाउला म मेरो आफ्नो सरीर को हिम्मत
बिन्ति छ भाई लाई झै गरी पठाई देऊ स्कूल चमकाई देऊ यो चेलिको भबिस्य र किस्मत
आखिर आजको यो युग मा पनी किन छौ अनबुझ आमा बाबा हजूर
यदि एसरी नै हजूर हरु अनबुझ बन्दिए यो चेलिको पुकार कस्ले पो सुन्छ र ?
त्यसैले बिन्ति छ आमा बाबा सुनी बुझिदेऊ यो चेलिको चीत्कार
दियर चोखो माया भाई लाइ झै गरी पठाऊ स्कूल यो चेलिलाई चढाई ६ पान्ग्रे मोटर .........................
गणेश पुर्बछाने मगर
धरान-७ शान्तिपथ
हाल -hongkong wanchai
web-www.mulbato.com
email- ganeshmagar8@gmail.com
magar_ganesh@hotmail.com

Tuesday, October 20, 2009

मृत्युको ढङ्ग
-बसन्तकुमार बस्नेत
------------------------------------------------------------------------------
सहिदले भन्यो
मर्नुको पनि एउटा ढंग हुन्छ
थिएन
मेरो जिवनको शब्दकोशमा
उसको मृत्युको शब्दार्थ
र थिएन,
एसको अमरताको गन्तब्य
खोई ऊ भन्दै थियो
मर्नेको पनि र्सबश्रेष्ठ तरिका हुन्छ
होला सायद
कसैको लागी मृत्यु पनि
एउटा उचाईको नाम होला
होला
जीवन पछिको
अर्को जीवनको सुन्दर नाम
सोच्न बाध्य छु
समय यो भिन्न खण्डमा
कि नयाँ जीवनको दर्शन
बोकेर एक्लो उभिएको
हो म
कसरी स्वीकार्न सक्छु उसलाई सहिद
जो ठिङ्ग उभिएर मेरो अघिल्तिर
जबरजस्त पढाउन कोसिस गरिरहेछ
नयाँ शताब्दीको लागी
मृत्युको
अर्को नयाँ दर्शन ।।
इलाम
-------------------------------------------------------------
Tuesday, September 29, 2009

जनयुद
-योगेन्द्र गिरी
----------------------------------------------------------------------------------------
कति गर्छौ जनयुद्ध प्रचण्ड जनयुद तिमी नेपाली भूमिमा
तेह्र बर्सको यति ठुलो युद्धमा पनि भएन देसमा शान्ति किन ?
त्यति बेला भन्थ्यौ जनतालाई तिमी नेपाललाई स्विजरल्याण्ड बनाउछु
नौ महिना सम्म सरकारमा बसेर पनि केही गरेनौ प्रचण्ड तिमीले किन र?
अहिले सरकार बाट बाहिरिएर जनआनदोलन गर्छौ किन र?
दसौ हजार जनताहरु भने तातो गोली खाएरै मरे
तिमी भने महलमा देश बिदेसको भ्रमण गर्छौ किन र?
किन प्रचण्ड़ तिमी किन र?
धुपू - १ लेब्रंग
संखुवासभा
इमेल- yogendra.yogen@yahoo.com
-------------------------------------------------------------------------
Thursday, September 3, 2009

आजकाल
-नगेन्द्र ईङनाम 'आठराइली'
---------------------------------------------------------------------------------------
विशाल आकाश वजन विहीन
पानीका कणहरु मिस्सिएका छन
आकाश मुनिको बादल गह्रुंगो,
क्षितिजसम्म फैलिएको धर्ती वजन विहीन
आजकाल धर्तीमाथिका मान्छेलाई मान्छे गह्रुंगो
सयौं पानाले भरिएका किताब वजन विहीन
किताबभित्रका प्रत्येक पाना पानाहरु,
पानाभित्रका सबै अक्षर अक्षरहरू
अनि ती अक्षरका शब्दहरु गह्रुंगो
आजकाल पानाभित्रका तस्वीरहरु झनै गह्रुंगो
साथीहरुबाटै ईमान्दारहरु साथी विहीन
लुरे लेङ्ग्रेहरु बन्न खोज्छन आफैं गह्रुंगो
बेइमानहरु जता मल्खु उतैतिर ढल्कु
चाँजो मिलाएर तीनै हुन्छन ढोकाभित्र
आजकाल स्वाभिमानहरु बाहिरै लाग्छन टुंगो
शीर नझुकाउने योग्यहरु चाहिं सम्मान विहीन
चाटुकारीका ठेकेदारलाई मिल्छन सम्मान गह्रुंगो
शुद्धिकरण गह्रुंगो मुल्याँकन हुन जान्छ गह्रुंगो
लेख्न जान्ने तर लेख्न नसक्नेहरुलाई त
आजकाल अरु अरुको लेखाई पनि गह्रुंगो
सिङ्गो वृक्ष यहाँ वजन विहीन
हाँगालाई फलफूल र पातहरु गह्रुंगो
चित्त नबुझ्दो बढ्दो विडम्बना यहाँ
जन्मजात शिकारी बाघहरु घाईते
आजकाल फ्याउराहरुलाई शिकार गह्रुंगो
संख्यात्मकमा परिणित सबै गुणात्मक विहीन
एउटा व्यक्तित्वको आसन अर्कोलाई साह्रै गह्रुंगो
उपस्थिति गह्रुंगो, बोलि बचन पनि हुन्छ गह्रुंगो
साँचो बोल्ने मान्छेको भाषा र भाषण पनि गह्रुंगो
आजकाल बढ्दैछ विचलन विधिको शासन गह्रुंगो
----------------------------------------------------------------------------------

लुङ्वोङ्वाहरुको उत्सव
-भवानी तावा
--------------------------------------------------------------------------------
म
०१० सालको चस्मा लगाएर्
इतिहास
तेन्जिङ शेर्पा हर्दैछु सगरमाथाको उचाइमा
तेन्जिङ हर्दैछन
ग्रेटवाल
लाखौं मजदुरहरुको उच्छ्बास परिश्रम
सगरमाथा चढ्नुमा पेट र कृतिमानको सवाल थियो तर
ग्रेटवाल शासकहरुको शाखको पराकाष्ठा
मलाई शत्तिले निर्माण गरेको इतिहास भन्दा
परिश्रमको फल मिठो लाग्छ
यहाँको चलन श्रोत र साधनले सम्पन्नहरु
रातारात लोकप्रिय भएका छन्
श्रम र साधनले एैतिहासिक क्रियाकलाप गर्ने हस्तीहरुलाइ
बारम्बार किनारा लगाइन्छ
किनारा लगाउनु साहसिक काम होईन र
किनारा लाग्दा पनि पक्कै कायर भइन्दैन
किनकी यहाँ अब शत्तिले होइन सत्यले
इतिहास निर्माण भएको देख्न चाहने
सामाजिक चेतना बिकसित भएको छ
यद्यपी यो भुमि
मेरो पुर्खाहरुको पञ्चतत्व हो
र म भोषण गर्छु
खाम्बाङ्वा
नाम्योङ्वा
काताक्वा
लोलिवावाहरु हो
हाम्रो पुर्खाले सिर्जेको तिजो
खाम्बोङ्वाहरुको प्रतेक लगनमा
लुङ्बोङ्वाहरुको प्रतेक उत्सवमा
अब म आफैं ओड्छु ।।
--------------------------------------------------------------------
Thursday, June 25, 2009

बाजीको दौडान.....
-इन्दु फोम्बो
-इन्दु फोम्बो
---------------------------------------------------------------------------------
म,
भित्रको खेदा? लाई
पढ्न खोज्दा एक्कसी
यात्राहरुमा आफु उभिन्छु।
म,
भित्रको खेदा? लाई
पढ्न खोज्दा एक्कसी
यात्राहरुमा आफु उभिन्छु।
र, त
मेरो जवानीलाई च्यापेर
छिन्नभिन्न भएको
ठुलो हलचलमा तारेपु झैं
कुलिङ्देनलाई उडि दिन्छु।
जब द्धन्द युद्धमा
स्वासको त्रि्रता संगै
दौडिन्छु अलिकसिक 'म' को खोजीमा।
आकाशमा
पृथ्बीमा
पातालमा
बाँच्नुको थलो खाजीरहेछु।
खेजेक्वा भै मेरो धर्ती र
म बाँचिरहेको युग
जागी दिन्छु
बौरिदिन्छु।
अकस्मात आज
कान्धीपोना भिरेर
तङ्सिङमा देखिरहेछु
म हाँसेको आकाश खै ?
म बाँचेको धर्ती खै ?
अब,
झोक्किएर निस्किएको छु दौडानमा।
खेलमा
कैले म पछारिए पनि
कैले ऊ पछारिए पनि
तर जित्छु
यो बाजी/युद्ध
यात्रामा जीवन उध्याएर निस्किएको छु।।
पान्थर, फेदेन
Saturday, May 30, 2009

मनभित्र व्यथा चल्छ
-शोभा सुबेदी
ओखल्ढुङगा, पोकली
-शोभा सुबेदी
ओखल्ढुङगा, पोकली
-------------------------------------------------------------------
आँशु पिउँदै कति बाँच्नु
पापी यो संसारमा
असती काल किन डराएको होला
किन नजर दाग्दैन म मा ।
मनभित्र व्यथा चल्छ
जाँगर हराई गयो
विरहले मन रुन्छ
सम्झना मर्दैन निष्ठुरी कालीको ।
उनको बाटो हेर्दा हेर्दौ
थाकी सके आँखाहरु
आँशु सुके घाँटी सुक्यो
हराई सके मेरा भाकाहरु ।
सपनाको महलमा बस्ने
कति मिठो योजना थियो
फूलै फूलको वगैंचामा धुम्ने
मनमा रहर पलाएथ्यो ।
निष्ठुरीले भत्काई दिई
मेरो मनको सुन्दर महल पिन
फूलको वगैचा फाडेर गई
भोली पीडा हुनेछ उसलाई पनि ।
पापी यो संसारमा
असती काल किन डराएको होला
किन नजर दाग्दैन म मा ।
मनभित्र व्यथा चल्छ
जाँगर हराई गयो
विरहले मन रुन्छ
सम्झना मर्दैन निष्ठुरी कालीको ।
उनको बाटो हेर्दा हेर्दौ
थाकी सके आँखाहरु
आँशु सुके घाँटी सुक्यो
हराई सके मेरा भाकाहरु ।
सपनाको महलमा बस्ने
कति मिठो योजना थियो
फूलै फूलको वगैंचामा धुम्ने
मनमा रहर पलाएथ्यो ।
निष्ठुरीले भत्काई दिई
मेरो मनको सुन्दर महल पिन
फूलको वगैचा फाडेर गई
भोली पीडा हुनेछ उसलाई पनि ।
Sunday, March 15, 2009
कुङ्वालाई पत्र
-मेदिनी पाइअस्
------------------------------------------------------------------------------------
कुङ्वा
हजुर र म बीच
धेरै पटकको चोरी दाउ
हानथाप र छिर्के लगाई
मुछिवुङेको ख्यावा र म्यङ्वा जस्तै भो ।
मैले बिझाएका कांडाहरु
हजुरले प्रहार गरेका बाँणहरु
चटक्कै भुलेर
जन्मभूमीको माटो समाई
हाम्रो नातामा
सौहार्दता कायम रहनुपर्छ आवो
त्यो कुरो घरगाउ“मा
उल्का बन्दैन हौ कुङ्वा !
मलाई था लागिसक्यो
हजुरको त्यो-
उंधो फाल तोडिरको हेवांलाई
उंभो उकालेर
फालेलुङ् चढाउने ओव्वर गफ
मेरो ढिप्पीजस्तै
विज्ञानसम्मत्
हुंदै होईन ।
कुङ्वा हौ
लहरो तान्दा
पहरोले किचे झैं
व्यर्थैमा,
हेंवालाई फालेलुङ चढाउन
ज्यानहरु खर्चिनु बोरु भन्दा त
वास्तविक धरातल टेकेर
हेंवाको किनारामा खेती गर्दै
आकाश चढ्न पो वेश हुन्छ ।
यै खांट्टी कुरो
हजुरले नी
भेउ लाउनु प-योनी त आवो
र, लाउनैपर्छ आवो ।
भूतहरुलाई थन्क्याएर राखौं
सूम्हालुङ झैं तेसले
इतिहास बनेर
उज्यालो नहुंदै
मान्छेका बाटाहरुमा
कुखुरी का“ बासोस्
मनहरुलाई कटक्क भा“च्चिनबाट
प्रतिवन्धित गर्दै
सिलौतीमा फुलेका अस्थाई फूलजस्तो नभई
फक्ताङ्लुङ्का सदावहार फूल झैं
यो माटोमा,
सौहार्दता अवतरण हुनुपर्छ
एसैमा,
हजूरको, मेरो, उस्को, सबैको
मन र जीवन फुल्नेछ
होइना भने........,
रातभर सांडेको रुङालु स्याल झैं
३३ गते या त प्लूटोबार कुर्नुपर्छ
त्यो कहिले फेला पर्ला र कुङ्वा ज्यू ?
Email: mrmedini@yahoo.com
(माओवादी जनयुद्धको समयमा लेखिएको कविता)
-----------------------------------------------------------------------------------

Sunday, February 22, 2009

कविता
भूइँचालो
-कृष्ण प्रर्साई
------------------------------------------------------------
हल्लिनु भूइँचालोको धर्म हो-
ऊ सधैं जड भएर पनि हल्लिन्छ ।
हल्लिन कुनै चेतन हुन जरुरी छैन भूइँचालोलाई,
ऊ जीवित नभएरै पनि हल्लिन्छ ।
हल्लिन बाँच्नै पर्ने बाध्यता छैन भूइँचालोलाई,
ऊ सासै नभएर पनि हल्लिन्छ ।
भूइँचालो त यमदूतजस्तै छ-
उ कुनै साइत जुराएर आउँदैन ।
दिन, बार, समय र ठाउँको
उ कुनै निम्तो दिएर आउँदैन ।
थाहै नदिई सुटुक्क,
जब आउँछ भूइँचालो,
ढाल्नुपर्नेलाई भन्दा नढाल्नेलाई बढी ढाल्छ ।
फाल्नु पर्नेलाई भन्दा जोगाउनेलाई बढी फाल्छ ।
आततायी भएकोले होला भूइँचालोले,
सधैं-सधैं मान्छेका सपनाहरू खान्छ ।
सधैं-सधैं मान्छेका सम्भावनाहरू खान्छ ।
Õ Õ Õ Õ
भूइँचालो त कुटिल पनि छ ।
भूइँचालो झन् कपटी पनि छ ।
र भूइँचालो अझ कर्कस पनि छ ।
ऊ आफ्ना सकुनी पासाहरू-
मान्छे निदाएको बेला पनि हान्छ-
र द्रौपदीलाई नङ्ग्याउन खोजेकै भारी समूहमा-
मान्छेहरूलाई नङ्ग्याउन खोज्छ,
सत्य लुकाउनुपर्ने केही छैन-
सभ्यतालाई कुरुप बनाएर
श्रृङ्गारहरू खाएको छ भूइँचालोले ।
फूलहरू लथालिङ्ग पारेर-
कोपिलाहरू किचेको छ भूइँचालोले ।
र निर्माणहरू बिथोलेर
भग्नावशेषहरू जितेको छ भूइँचालोले
अन्यथा सोच्नुपर्ने पनि केही छैन-
सिर्जनाहरू कसैले नास्न पाउनु हुन्न भने,
सृष्टिको नाममा सन्ताप हुनर्ुपर्छ भूँइचालो ।
सम्पदाहरू कसैले मास्न पाउनु हुन्न भने,
श्रृङ्गारको नाममा समाप्ति हुनर्ुपर्छ भूइँचालो ।
Õ Õ Õ Õ
खबरदार !
भूइँचालो अब मान्छेसँग खेल्न अभ्यस्त भैसकेको छ ।
ऊ मृत्यु झैं कुनै पर्ूव सूचनाविना नै आउँछ-
आउँदा हल्लिएर आउँछ ।
र जाँदा,
भूइँचालोले सधैं-सधैं मान्छे लान्छ ।
भूइँचालोले सधैं-सधैं मान्छे खान्छ ।

Sunday, February 8, 2009
Tuesday, December 2, 2008
शुन्यतामा (कबिता) - उषा गिरी

कबिता
शुन्यतामा
-उषा गिरी
------------------------------------------------------------------
आजकाल किन
दोबाटोमा अतृप्त प्यास
र गुम्सेको भावनाले
मानबता बिछ्याइ रहेकाछौ,
पूर्णबिरामलाई बिर्सिएर
अन्तरिक्षको सपना
मात्र सुन्यतामारु
बर्तमानको सिढीलाई
जीवनको मात लागेकोछ
आजको यान्त्रिक मनुष्य
पाइला पाइलामा
पछुताउछ
मौन रुन्छ एकान्तको
काखमा,
बिते थुप्रै बिभत्स
यामहरु यथार्थमा तिम्रा,
भबिष्यले तिम्रो
कृतिहरु कोरिरहेछ
असंख्य बिचारहरुमा
अभिसापको युग
सल्बलाउछ
स्वतन्त्रताको धरातलमा।
चारपाने झापा
हाल ब्रुस्सेल
Saturday, November 15, 2008
राजनीति - हस्त गौतम मृदुल

राजनीति
-हस्त गौतम मृदुल
-------------------------------------------------------------------------------------
सरकार भित्र पातकी पसे पतीत पाराका।
हर्ुमत लुटी हैरान पारे जनता साराका।
कोही छन दलाल सिद्धान्तका कोही छन शोषक।
शक्तिको संधै बाँडफाड गर्छन, यी पृष्ट पोषक।
सिमाना देखी अस्मिता सम्म कुल्चदा हास्दै छन।
उसैलाइ सुम्मी राष्ट्रियता सम्बन्ध गास्दै छन।
राष्ट्रका लागी र्समपित हुने को छर बढेको।
आखिर यहां नेताहरु रहे छनी सडेको।
शक्तिले पेली शत्तामा बस्छन बिर्ता नै ठानेर।
निर्दोष जनता मार्छन यिनै बन्दुगले हानेर।
मुखमा राम राम बगलीमा छुरा बोकेर हिन्दछन।
बिकास जति लिलाम गरी बिकृति किन्दछन।
नक्कली जति सक्कली भए शत्तामा पुगेर।
राष्ट्रियता धरौटी राखे स्वार्थमा dmुकेर।
लाटा जनता बाठा नेता भाषणमा सिपालु।
आसपासन दिन्छन सजिलैसंग उद्धेय बिषालु।
षडेन्त्रकारी, कपटीहरु श्ात्ताको हानाहान।
देशलाइ आज बर्बाद पारे यीनैले जानाजान।
उद्धेस्य बिहिन दर्शण यिन्को कर्म छ गतिहिन।
नाना थरी भाषण गर्छन आखिरमा मतिहिन।
सकुनी चालमा राजनीति चल्छ माफिया मौलाउछन।
कहिले निकै राम्रो हुन्छन, कहिले बहुलाउछन।
जहिले पनि हर्ुमत लुटने सरकारको चलन।
कुन सपुत जन्मी समन गर्ला राष्टको जलन।
Saturday, November 8, 2008
शालिक (कविता) - कृष्ण प्रर्साई

शालिक
- कृष्ण प्रर्साई
------------------------------------------------------
एकदिन म एकाएक उसको छेउ गएँ ।
र क्रमशः उस्लाई माथिदेखि छामंे र सुम्सुम्याएँ-
सबभन्दा माथि बादल झैं कालो कपाल,
गोलो अनुहारभित्र समुद्र झंै नीला आँखा-
चट्ट मिलेको घाँटीमा सुन्दर हार-
अलि
त
ल
झ
रे
अहा !, बडो नरम चिजले बनेको त्यो सौर्न्दर्य,
सबैतिरबाट मैले त्यसलाई पनि छोएँ ।
म झरिरहेको थिएँ, सौर्न्दर्य बढिरहेको थियो,
झुक्यानमा हेरंेछु त्यहाँ,
उफ् ! नभनौं-
म लाजले रातो भएँ,
सौर्न्दर्य पर्ूववत् मौन रह्यो
ओलर्ंदा ओर्लंदै धेरै घटंेछु-
म उसका नितम्बहरूमा झरेँ ।
यसरी झर्दा-झर्दै म पिडौंलाहरूमा पुगेँे ।
हेरिरहँु लाग्ने त्यो दृश्यपछि,
अन्तिम परेछ त्यो र्स्पर्श-
ती पाइतालाहरू थिए ।
समग्र शरीर ओढेर उभिएका
सम्पर्ूण्ा सौर्न्दर्यहरू तापेर बसेका,
हो, ती पाइतलाहरू नै थिए ।
जसको सुन्दर हातामा-
एउटा सृष्टि अन्मिएको थियो ।
कहिल्यै नसकिने र्स्पर्शहरू बोकेर ।
कहिल्यै नरित्तिने ममताहरू थामेर ।
Email:krishnaprasai@yahoo.com
Friday, November 7, 2008
असफल अनुसन्धान - सन्तोष आले

असफल अनुसन्धान
-सन्तोष आले
------------------------------------------
होश सम्हालेदेखि यता
लुगा सिउने त्यो मेशिन छ
कि रोबट दमाई साइँला छ
ऊ छ कि त्यो मेशिन छ।
सपना कसले देख्दैन र
भविष्य भरिलो बनाउने
चाह कसलाई हुँदैन र
सुखले जीवन सजाउने!
साइँली दमिनीसित
भित्र्याएका रङ्गीन सपनाहरू
थाहा भएन उसलाई
समयले कहिले बेरङ्ग बनाइदियो।
उसका भरिला चाहहरू कुल्चेर
थाहा छैन अनुहारभरि कसले
अमेरका धर्साहरू कोरिदियो।
सगरमाथा विजय गरेको
र मान्छे जूनमा पुगेको
मान्छे समुद्रभित्र पण्डुब्बी हिँड़ेको
र विमानमा अन्तरिक्ष डुलेको
मङ्गल ग्रह र खुल्ला अन्तरिक्षमा
शहर बन्न लागेको
र परमाणु सपन्न राष्ट्रले
परमाणु परीक्षण गरेको
मानव सभ्यताका ज्वलन्त कथाहरू
अर्थहीन छन् दमाई साइँलालाई।
यिनै हातहरूले सिलाएर
दौरा-सुराल र चौबन्दीहरू
कति-कतिको काया उसले फेरिदियो।
यिनै हातहरूले सिलाएर टोपीहरू
कति-कतिलाई स्वाभिमान ओड़ाइदियो।
जटिलताहरूसित जुझ्दै
अनुसन्धानरत् छ आफू भने
त्यही पुरानो प्रयोगशालामा
त्यही पुरानो मेशिनसित।
ऊ छ कि त्यो मेशिन छ
मेशिन छ कि ऊ छ।
नचाहेर हो वा फुर्सद नभएर
उँभो आकाशतर्फ ऊ हेर्दैन।
वरिपरिबाट घेरेका कङ्क्रिट घरहरू
उसको धमिलो आँखाले देख्दैन।
कुन ऋतु, कुन पर्व र उत्सव
उसलाई किञ्चित् फरक पर्दैन।
ढॉंड़-पाखा र गह्राहरूमा
परिश्रम रोपेर अरूलाई खुवाएका
अरूलाई माथि उठाएर आफू नुहेका
सहोदरहरू देखेर विपन्नताले कुटेका
आफू हुनुको वर्तमानसित
ऊ कहिल्यै असन्तुष्टि जाहेर गर्दैन।
जीवन-उद्यान्मा रोपिएका
चमेलीहरू फुलेनन् कहिल्यै
कल्पनाको बारीमा छरिएका
इच्छाका बालिहरू सप्रेनन् कहिल्यै।
उसको जीवन-वनमा कराइरहन्छन्
कर्कश स्वरमा अभावका कागहरू।
सधैं धुम्मिरहन्छ उसको आकाश
आङमा लागेन कहिल्यै सुखको प्रकाश।
बारम्बार घोचिइँदै नियतिका सियोहरूले
अनुसन्धानरत् छ दिन-रात
त्यही पुरानो मेशिनसित
आफ्नो कार्यशालाभित्र दमाई साइँला।
ओ, ग्रेगर मेण्डल!
कहिल्यै प्रस्फुटित नहुने हुन् कि
पोटिलो बन्ने उसका दमित दक्षताहरू?
कहिल्यै अभिव्यक्त नहुने हुन् कि
अग्लिन सक्ने उसका आन्तरिक स्वभावहरू??
copied from www.tistarangit.com
Subscribe to:
Posts (Atom)