Showing posts with label उत्तरवर्ती. Show all posts
Showing posts with label उत्तरवर्ती. Show all posts

Wednesday, January 12, 2011

माङ्फुनको कायाकल्पमा बसेर सुस्ताउँदाका अनुभूति सगुनलाई
-डा. गोविन्दराज भट्टराई
-------------------------------------------------------

दुई वर्ष कटिसकेछन् । बारीमा मकैका बोट सुक्न थालेका थिए । कोदोबारी पसाउँदै थियो । छानामा फर्सी घिरौँला झुन्डिरहेका थिए । त्यस्तो एकदिन दसैँअघि म फिदिमबजार पुगेको थिएँ । त्यहाँ पाँचथर पुस्तकालयले आयोजना गरेको एक भव्य साहित्यिक कार्यक्रममा सगुन सुसाराको ‘माङ्फुनको कायाकल्प’ को विमोचन गर्ने सुयोग मिलेको थियो ।

माङ्फुनको कायाकल्प एक कवितासङ्ग्रह । यो आकारमा ससानै छ, तर यसमा अलिकति घोषणा, अलिककति सैद्धान्तिक स्वरूप र अलिकति प्रयोग भएकाले यो एकप्रकारको अपरम्परितता बोकेर आएको डिपार्चर हुन गएको छ । त्यसैले यसको पठनसँग कठिनाइ जोडिएको छ । यसको बोध परम्परित सरल रेखामा छैन ।

यो शीर्षक (माङ्फुनको कायाकल्प) नै अनौठो छ । अनेकमध्ये एउटा डा. टंक न्यौपानेको शब्दमा ‘नेपालेली’ भाषाबाट आएका कवि सुसारा । उनले आफ्नो मातृ–राई भाषाबाट यो शब्द शीर्षकमा राखेकाले यस्तो लागेको हो । माङफुन एउटा हंश, आत्मा, कल्पित अस्तित्व, मिथकीय स्वरूप । त्यसको कायाकल्प कस्तो होला ? वास्तवमा यो शीर्षक पढ्दा काफ्काको लघु उपन्यास कायाकल्प (मेटामर्फोसिस) को सम्झना हुन्छ । रामचन्द्र केसीद्वारा अनूदित कायाकल्प हेर्नु— ग्रेगोरी साम्जा हिजो राति सद्दे सुतेको थियो भोलिपल्ट एउटा कीरामा परिणत भएको छ; त्यो कायाकल्प थियो । काफ्काले मिथकीय अस्तित्वहरू रूपान्तरित हुने विश्वासलाई मानवमा आरोपित गरेका थिए । यद्यपि, यस्ता रूपान्तरणका कुरा पुराकथाका मिथकीय पात्रमा मात्र हुन्थ्यो । मानव कहिले पशुमा, कहिले कीटपतङ्गमा वा पत्थरमा बद्लिएका छन् । यता सगुनको माङ्फुन काफ्काको झैँ आख्यानमा स्वैरकल्पनाले कायाकल्पित नभएर अघि नै राई किराती मुन्धुम र मिथकले स्थापना गरेको कायकल्पित स्वरूप हो । यस्ता कायाकल्पहरू हरेक जातजातिका अद्यकथामा हुन्छन् ।

यता नरेश सुनुवारले कविता सङ्ग्रहको शीर्षक जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक्सेलेले रहेको छ । यो सुनुवार संस्कृतिबोधक शब्दध्वनि; त्यसमा आधारित शीर्षकको एक कविता पनि रहेको छ । यसरी हेर्दा नेपाली कविले आफ्ना संस्कृतिका गम्भीर सङ्केतहरू अन्य भाषीसमक्ष पु¥याउन थालेका छन्, अन्य संस्कृतिमा मिसाउन थालेका छन् । यतिखेर धेरै एथ्निक लेखकमा त्यो चेतना पाइन्छ । त्यसले नेपाली साहित्यको विस्तार गर्दैछ । तर, सगुनको कृतिमा माङ्फुन शीर्षक कविता वा बोधक हरफ छैनन् । एउटा आकृति कविता छ— ग्लोबलाइजेसन माङफुन चक्रव्यूहको नजिर ।

â


सगुन सुराराको पूर्वबाट भएको उदयलाई म धेरै प्रकारले अर्थपूर्ण ठान्दछु । यताबाट उत्तरवर्ती सोच नामक एक साहित्यिक आन्दोलन प्रस्तावित भएको थियो । उत्तरवर्ती सोच ल्याउने पाँचथरले अरू पनि अनेक सोच विचार आन्दोलन ल्याइरहेको छ । बैरागी काइँला समूहको आयामेली यताका सिर्जनशील अराजकता, रङ्गवाद हुँदै आएर एक सामयिक अनुकृति लाग्ने उत्तरवर्तीको जन्म पनि यहीँ भएको छ । मैले कृति विमोचनका बेला भनेको सम्झिन्छु— यही पाँचथरबाट आज अर्को पनि सैद्धान्तिक अवधारणाको जन्म भएको छ, त्यो हो ‘उत्तरबत्र्ती सोच’ । भवानी तावा, सगुन सुसाराहरूले प्रयोग गरेको ‘उत्तरवर्ती’ पद ‘पोष्टस्ट्रक्चरल’ को समानार्थी लाग्न सक्छ । यसबारे पुष्प सुब्बा थाम्मुहाङका केही अवधारणाहरू सार्वजनिक भइसकेका छन् । तर, शब्दान्तरमा भन्नु पर्दा यो पनि ‘रङ्गवाद’ जस्तै एउटा उत्तरआधुनिक प्रयत्न नै हो, त्यैतर्फको यात्रा हो; एक सहयात्रा । यी पदावली फरकफरक भएतापनि सिद्धान्तको मर्म त्यति फरक छैन । सगुनले आफ्नो कृतिमा उत्तरवर्तीको लागि प्रस्तावित गरेका चारवटा सिद्धान्त छन्—

स्व–स्वायत्तता विकल्प

बहुलता सार्वभौमिक सत्य

अनुपस्थितिको उपस्थिति

खण्डनको खण्डन

लागिका लागि भनेर ‘भूमिका’ बस्ने ठाउँमा आएको एउटा ससानो अलिक अमूर्त त्याग्ने प्रस्तावना छ । सूत्रको सिरानमा राखिएको लागिका लागि सूत्रको पृष्ठभूमि हो; त्यसलाई यस रचना पाठको अन्त्यमा प्रस्तुत गरेको छु ।१

म धेरै बोल्न चाहन्न । यिनै उत्तरवर्ती सूत्रबारे अलिकति लागेको कुरा भन्दछु । त्यसले कृतिभित्र प्रवेश गर्ने आधार प्राप्त होला भन्ने लाग्दछ ।

स्वस्वायत्तता विकल्प ः यसले व्यक्तिगत स्वतन्त्रतालाई, आफ्नो विचारको वा निर्णयको अधिकारलाई जनाउँछ; आफ्नै निर्णय गर्ने अधिकारलाई । यसमा व्यक्ति वा समूह एकहदसम्म विस्तार हुनसक्छ । वास्तवमा यतिखेर विश्वले नै व्यक्तिगत स्वतन्त्रतालाई स्थापित गराउँदै आएको छ । अन्य प्रकारका स्वतन्त्रताको आधार यही हुन्छ । यो सूत्र त्यस्तै अनुगुञ्जन हो ।

दोस्रो धारणा छ— वहुलता सार्वभौमिक सत्य । पनि वहुलता र विविधतापूर्ण स्थितिको स्थापना नहुञ्जेल एकाधिकारको अन्त्य हुँदैन, निरङ्कुशताले मान्छेलाई अँचोटिरहन्छ । ऊ मुक्त हुँदैन । व्यक्तिको मुक्तिले पुग्दैन । त्यो सबै समूहलाई आवश्यक छ । अनेक प्रकारका भाषिकताहरू, विविध सांस्कृतिकताहरू, विविधतापूर्ण भौगोलिकताहरू, विविधतापूर्ण विचारहरू, विविधतापूर्ण दर्शनहरू, धर्महरू अनेक छन् । सबैको अस्तित्वलाई स्वीकार्नु पर्दछ । सानो बिरुवा पनि ठूलो हुने आकाङ्क्षाले बढिरहोस्, सानो खोल्सो पनि नदीमा परिणत हुने इच्छाले बगिरहोस् । सबै प्रकारका एकाधिकार समाप्त होउन् । प्रकृतिले त्यही भन्छ, वनस्पति, प्राणी जगत्, जलवायू भूगोल विश्व नै विविधायुक्त छ, प्रकृतिको अनन्त स्वरूपले त्यो भन्दैछ, मानव मस्तिष्कले त्यो भन्दैछ । जैविक जस्तै, प्राकृतिक जस्तै मानव सोचमा, विचारमा दर्शनमा आएका विविधतापूर्ण स्थितिप्रति असहिष्णु हुँदा तिनीहरूलाई एकाम्मे पार्ने प्रयत्न गर्दा फेरि एक केन्द्रीयता यथावत रहन्छ, फेरि परिस्थिति विनिर्मित नभई रहन्छ । यो चेतना वर्तमान विश्वको केन्द्रीय सिद्धान्त हो । यसले उत्तरआधुनिक सिद्धान्तलाई चलाउँछ । यसरी हेर्दा उत्तरआधुनिकलाई उत्तरवर्ती नाम दिनु पनि उचित लाग्दछ । किनभने संरचनावादी तगारो नाघ्नु उत्तरवर्तिता हो— पोस्टस्ट्रक्चरलिजम् । यसले गर्दा नवीनताले महत्व पाउँछ, अपरम्परितताले पनि केन्द्र बनाउँछ, नत्र हिजोको सबै दोहो¥याउनुमा नवीतना कहाँ छ, प्रगति कहाँ छ ?

तेस्रो कुरा छ— अनुपस्थितिको उपस्थिति । यो डेरिडिअन मतको रिक्तता र अनुपस्थिति (ग्याप्स र एब्सेन्जेज) को चेतना हो । विद्यमान ज्ञानमा, सूचनामा, अध्ययनमा, अभ्यासमा भएका रिक्तताहरू अनन्त छन् । हाम्रो ज्ञान यति नै होला भन्छौं, त्यो भोलि थपिन्छ, हाम्रा सिद्धान्त यी भन्दा हुने छैनन् भन्दछौं, त्यसले भोलिलाई पुग्दैन, कुनै कुरा हिजोको काम लागेन । सोचमा, विचारमा, मान्यतामा, सिद्धान्तमा सधैँ निरन्तर परिष्कार भइरह्यो । हामीले यो कुरा हुन असम्भव छ भने पनि पछि सम्भव हुँदै आए, समाजले वर्जना गरेका कतिपय परम्पराहरू त्रुटीपूर्ण थिए आज तिनको करेक्सन हुँदैछ । हामीले गल्ती गरेका रहेछौँ— मानिस यता लगाउँदै जान्छन् । यसो पो गर्नु रहेछ थाहा पाउँदै जान्छन् । त्यसैले छोपिएको कर्म, अभ्यास, सम्भावनालाई पाखा आउन दिनुपर्छ । हरेक व्यक्तिको र समूहको आवाजभित्र केही सत्य लुकेको हुन्छ । आज राजनीतिक, भाषिक, सामाजिक अधिकारहरू यसरी नै थपिँदै गएका हुन् । सगुनका आधी रचना कविता जस्ता छैनन्, तर कविता हुन् भनेर पढ्दा मात्रै केही नयाँ आविष्कार हुन्छ । त्यसको उपयोगिताचाहिँ समाजले नै ठहर गर्छ । यसरी हरेक नवीनता स्वीकार्य छ, पुरानो सधैँ प्रतिस्थापित अथवा निरन्तर विनिर्मित ।

चौथो कुरा छ— खण्डनको खण्डन । सायद यो संवादको निरन्तर चक्र हो । बोलीको विमर्शको, सत्य निरूपणको अनन्तता । कतै स्थिर भएर पोखरी भएर जम्ने होइन, निरन्तर चलिरहने । एक विचारलाई, एक अभ्यासलाई, एक परम्परालाई अपरिवर्तनीय र अन्तिम सत्य ठान्ने होइन । त्यसको पनि खण्डन हुनसक्छ, त्यसको पनि खण्डन हुनसक्छ, त्यसको पनि खण्डन हुनसक्छ, फेरि त्यही नयाँ थपिन पनि । यस्तो निरन्तर यात्राले सत्यलाई अघि बढाइरहन्छ । तर, कहिल्यै फाइनलमा पुग्न दिँदैन । केन्द्रलाई भत्काइरहन्छ, अर्को बन्छ, फेरि भत्किन्छ । यो कुरा सत्यझैँ लाग्छ, भोलि त्यो छलिएर पुरिन्छ । यसले पनि स्वतन्त्रतालाई आवश्यक आधार भन्छ । प्रश्न गर्ने, सोध्ने, खोजी गर्ने, असन्तुष्टि प्रकट गर्ने अवसर चाहिन्छ, स्वतन्त्रता चाहिन्छ । नत्र विज्ञान रोकिन्छ, कला साहित्य रोकिन्छ, राजनीति जड बन्छ सबै कुराले निरन्तरता खोज्छ । अघिको पुरानो अस्वीकार गर्न पाउनु प¥यो, नयाँ खोज्न पनि । यसको विपरीत स्थिरत्वमा विश्वास गर्नेहरू जडत्वलाई पक्रिरहेका हुन्छन् । समय भविष्यमा पुगेको हुन्छ उनीहरू भूतमा हुन्छन् । त्यसो जडतालाई सत्यात्त मान्नेहरूको उत्तरआधुनिकता अलिक अरूचिकर लाग्छ । उत्तरवर्ती झैँ नयाँ सिद्धान्तलाई पनि अस्वीकार गर्दछन्, किनभने उनीहरूलाई कुनै प्रकारको प्रतिस्थापना र प्रगति अवाञ्छनीय लाग्छ । तर पनि समयलाई सबै जडत्वका सहारा फोरेकै छ ।

अघि कृति विमोचनको दिनमा उत्तरवर्ती आजको प्रसङ्गमा भवानी तावाले आफ्नो मन्तव्य प्रकाशनको क्रममा थपेको एउटा कुरा ‘ग्लोबलाइजेशनको विरोध गर्दछौँ’ भन्ने पद छ, त्यो विचारणीय छ । एकातिर साइबर कल्चरले हामीलाई विश्वसित जोडेर अभिन्न पारेको छ, र हामी उत्तरआधुनिक आँगनतिर धकेलिएका छौँ भने यस अवस्थामा ग्लोबल परिस्थितिबाट हामी मात्र भिन्न अलग र टाढा हुने कुरा व्यवहारमा कठिन हुनसक्छ । खुला समाजमा टेक्नु र ग्लोबलाइजेशनबाट टाढिनु अन्तरविरोधी धारणा छन्, यद्यपि यसले ल्याएको विकृतिको हामी तिरस्कार गर्दछौँ ।

भवानीको कार्यपत्रको दोश्रो कुरा हामी आफैँतिर फिरौँ, आफ्नै मूल मान्यता, चिन्तन र मिथकलाई साहित्यमा हुलौँ भन्ने तर्कको म प्रशंसा गर्दछु । अहिलेको एथ्निक स्टडिजले त्यही भन्छ ।

विमोचनको घडीमा मैले यति बोलेको सम्झिन्छु— सगुनको कृतिलाई सम्पूर्ण उत्तरआधुनिक सिद्धान्तले हेर्न बुझ्न प्रयत्न गर्नु पर्दछ । यसमा भुटानी शरणार्थी, आङसाङ सुकी, युद्ध र द्वन्द्व आदिको प्रसङ्गले उन्मुक्तिको बाटो खोज्दछ । फेरि कवितामा नयाँ आकृति र प्रयोगले पनि परम्परा तोडेर विद्रोह गर्दछ, नयाँ स्थापना गर्न खोज्छ । यसमा प्रयुक्त जातीय÷स्थानीय मिथकले पनि परिचय माग्दछन्, ती कुरा राष्ट्रिय साहित्यमा पुग्दछन् । विचार र शिल्प दुवैमा नवीनता बोकेको यो कृतिले पाँचथरलाई अरू चिनाउनेछ, फिदिमको चर्चा राजधानीमा हुनेछ, मेरो शुभकामना सगुनलाई । यस कृतिको विमोचन गरेर यति बोल्न पाउँदा म आज कति खुशी भएको छु । म चाहन्छु, युवा पुस्ताले यसको गम्भीर अध्ययन गरोस् ।’


माङ्फुनको कायाकल्प माथिका चारवटै सिद्धान्तमा राखेर हेर्नु पर्ने । भवानीले भनेका आधार पुस्तकमा प्रकाशित घोषणापत्रमा छैनन् ।

यो किरात–राई भाषा संस्कृतिमा भिजेको कृति हो ।

यी नवीन शब्दहरू— टोङमा र सिम्मा, थुथुरीवेद, फुङ्लोतिहाङमा, कोङपि, चासोक, सुङ्सा, लेक्सिबोक्ताङ् आदि । यस्तो नवीन शब्दबेगरको कुनै पृष्ठ छैन, छ भने फेरि अरू स्थानीय ऐतिहासिक सन्दर्भ आउँछन् जस्तै काङसोरे, रावा, गोल्मे, नेगियार, डाबे, घङ्गरु, साकेला, पोङ आदि । यसले गर्दा कविता विविध प्रकारका लोकल इमेजले भरिएको छ, परन्तु कतै कहीँ फुटनोट, सन्दर्भ नहुँदा यसको बोधमा अवरोध आउँछ । पाठक प्रयोग हेर्न रुचाउँछ, तर बोध हराएको पाठ क्रमशः मधुरो हुँदै जान्छ ।

अत्यन्तै अमूर्त इमेजको घनत्वले गर्दा कवित्वले अर्कै रूप लिन्छ । पङ्क्तिहारभन्दा शब्दहरू गह्रौँ भएका छन् । किनभने ती विम्बात्मक उद्देश्यका उपस्थिति हुन् ।

अविभाज्य सम्बोधन, राता सेता आरेखदेखि अन्त्यसम्मका कविता चित्रात्मक, दृश्यात्मक, विम्बात्मक प्रस्तुति हुन् । परम्परित कविताका विकल्प हुन् । यस्ता कविता लिएर अघि फ्रान्सेली कवि प्लूबेर र मोलियर आएका थिए । ती आकृति कवितालाई उसबेला मोडर्निस्ट ट्रेन्ड भन्थे । आज सय वर्षपछि ती पोस्टमोडर्न भए । उसबेला साहसले ती बँचेका थिए । आज ती सिद्धान्तले बचेका छन् । नवीनता, विविधता, बहुलता, अपरम्परितता— यस्ता विचारले मात्र तिनको रक्षा गर्छ । उत्तरसंरचनात्मकताले मात्र नवीन संरचना भित्रिन दिन्छ ।

यसप्रकारको चित्र–दृश्य कविता विम्बबारेमा नेपाली साहित्यमा बैरागी काइँलादेखि रङ्गवादीसमूहमा आइपुग्दा अनेक अभ्यास र प्रयोग भइसकेका छन् । तिनको विस्तृत चर्चा भएको छ । सगुन एक निरन्तरता हुन् ।

सगुनका सिर्जना विचारका छन्, विचार माग्छन् । निरन्तरताको निमित्त, जीवनको निमित्त लेखिएका छन् । उनी भन्छन्— बग्नु मेरो वैचारिक अराजकता हो । हो पनि ‘बग्नु’ ले सबै उत्तरवर्ति सोचलाई पक्रिन्छ, अर्थ दिन्छ । चेतनाका कविता भएको एक प्रमाण छ—

चेतको रेविजबाट

उदेक बौल्हाएर

सांस्कृतिक बन्चरोसँग

अपनत्वको कठघरामा

सम्पूर्णताको उद्घोषमा

झोँकले टाउको म उभिएको छु ।

धेरै ठाउँमा त बढी अमूर्तताको कारण अत्यन्तै भिन्न व्यक्तिबोलीको कारण अर्थ खोल्नु हम्मे पर्छ । त्यसबेला अनर्थ पनि कविता हो अर्थ पनि भन्नुपर्छ, जस्तो कि—

भालेका मुन्टाहरू निमोठिँदा

झुल्के घामको स्पर्शबाट

थुमहरूमा इतिहास लेख्न

बामपुडको कुँदिएको

जबर्जस्ती

घङ्गरु नियतिले बाध्य गराएको म ।

यहाँ ‘भालेका मुन्टा’ निमिठिने अवसर, समय सङ्केत, ‘घङ्गरुको नियति’ को सङ्केत, ‘थुम’ र ‘बामपुड्के’ को सङ्केत बुझ्न कठीन छ । लेखकको व्यक्तिबोली भएको छ । त्यसो भएता पनि सगुन उद्देश्यपूर्ण छन् । उत्तरवर्ति चार सूत्रले सबै अर्थिन्छ । सबै विचार डेरिडाको लागि शब्दखेलमा बनिन्छ, भत्किन्छ पनि । अर्थहरूको अन्तिम टुङ्गो नलाग्ने र भ्रान्ति उत्पन्न गरिरहने कारण त्यो पनि हो । सगुनले शब्दखेलको घना प्रयोग गरेका छन्, धर्मेन्द्र, स्वप्नील, विमिलि, चन्द्रवीरले झैँ, चन्द्र योङ्याले झैँ । अहिले प्रकाशित विजयबोधको लावतीको आत्मा एटमको खिचडी त्यसको निरन्तरता हो । सगुनको एक नमूना यस्तो छ—


त्यसैलाई पो–कोपार्न

किनेको रुमाल दिन सक्दिन

नमागेकी हौली

बे–बिलोन–कोह्याङ–गीङ्गा–डन

ताजम–हलको न जिकिर

बरु कस्तो सुन्दर नाटक ?


अन्त्यका क्भ्एत्भ्ःद्यभ्च् ज्ञज्ञ को सिरिजका कविताले मानव आकाङ्क्षाका उत्थान र पतनका कथालाई सङ्केत गर्छ । तेस्रो 11 मा कविता–विचारभित्र लुकेको सम्पूर्ण दर्शन अभिलिखित छ—


विनिर्माणको अर्को निर्मित अस्तित्व ।

विसंरचनाको अर्को संरचनात्मक अस्तित्व

आख्यानको अर्को पराख्यानात्मक अस्तित्व

विसङ्घटनको अर्को सङ्घटक अस्तित्व


अप्रकट धेरै छन्, अर्थ पर्खिरहेका धेरै छन् । चित्रमा दृश्यमा कविता हेर्नेमा धेरै छन् ।

नेपाली कविताको अपरम्परित मोडलाई सगुनले अझ पर पु¥याएका छन् । पोस्टमोडर्न दर्शन र चिन्तन कविता प्रयोगमा उत्रेको पढ्नेले सगुनलाई बिर्सनु अन्याय हुनेछ । दुर्गम पहाडको पल्लो छेउमा बसेर पनि विकल्प चेतनालाई आह्वान गर्ने साहसी सगुनलाई बधाइ छ । उत्तरवर्तिता नेपाली साहित्यमा लेखिइसकेको छ ।


१७ मङ्सिर २०६६

ट्याङ्लाफाँट, कीर्तिपुर त्रिभुवन विश्वविद्यालय

tu.govinda@gmail.com काठमाडौं, नेपाल



१. अन्तिम टिप्पणी

लागिका लागि

विकेन्द्रीयता आउँछ– विचार । उपस्थितिको यो सर्वमान्य अस्तित्व स्वीकार । अझ सजिलो खण्डनको खण्डन मात्तै । भएपछि चेतनाको जगत्ले आयौँ– भाग उत्तिकै ।

यथार्थबोधले चिमोट्छ– स्वयं । विस्तृतिको लहरा फैलन्छ नै । त्यो एउटा सत्य— कारणहरूको जरा खोतलेपछि, सार्वभौमिक असत्य । समयान्तर– जातीयान्तर– वर्गान्तर ।

अनुपस्थितिको उपस्थिति– लागि । चेतनाले म को समूल झेल खेल्छ । स्वतन्त्रताको तुरूङ हाल्छ । र, भोग्नुले ओकल्छ– दाउ । वैचारिक, चेतनिक जोहोले– मान्नु ।

उपस्थितिहरूबाटै जम्मै मान्दैनन्– एकलकाँटे । आजको सोचले मानेको सर्वव्यापकता– एत्ति । एत्ति बनाऔँ– बोधले । उत्तरवर्तीको भाग मान्छौँ हामी, खण्डनको खण्डन ।

स्व–स्वयत्तता हुनु– बहुलता । उत्तरवर्ती संरचना आइपुग्नु तेत्ति । यद्यपि, जातीय मिथकको प्रयोगले बनाएको वैभवशाली साहित्यलाई ‘जातीयता लादे’ – भन्नु बासी विचार, वैचारिक दरिद्रता र सङ्कीर्ण चेतना– मात्तै ।


ले उत्तरवर्ती सोच

स्व–स्वायत्तता विकल्प ।
बहुलता सार्वभौमिक सत्य ।
अनुपस्थितिको उपस्थिति ।
खण्डनको खण्डन ।

Sunday, December 27, 2009

समग्रतावादी र्सार्वभौमिक सत्यको अस्विकार
-सगुन सुसारा
------------------------------------------------------------------------------------------------------
उत्तरवर्ती सोच- केन्द्रीयताको विरुद्ध छ । अर्समर्थनमा रमाउँछ । अर्थात बहुकेन्द्रीयताको उपभोग । हालसम्म केन्द्रीयताले लादेको माखेसाङको फुस्काउने मात्र होइन-नयाँ सुरुको बाटो पनि उत्तरवर्ती सोच । वास्तवमा यो आएको बिचार हो । साँच्चै यो अन्य अश्त्रभन्दा कम छैन । बिचार भन्नु एउटा अश्त्र । यही बिचारको करिया मात्तै हतियार । यर्सथ हतियार पहिलो होइन, डर लाग्दो होइन । चेतना हो हतियार र डर लाग्दो । डराउनु यसबाट पर्छ । यत्तैबाट, केन्द्रीयता बदनियतको जवाफ हो, उत्तरवर्ती सोच । जसलाई र्सार्वभौमिक सत्यको नाममा दवाइयो । तर त्यो दवाई नकाम हुनेछ- भयो । साँच्चै, साहित्य, राजनीतिक, सामाजीक वा जम्मै गोमनको फणा जस्तो उठीरहेछ । कुरा के हो भने र-हामी र्सार्वभौमसत्ता सम्पन्न छौं कि छैनौं -' हाम्रो संविधानले के भन्छ - व्यवहारमा के भोग्दै छौं - बिचारणीय कुरा हो ।
उत्तरवर्तीसोच 'समग्रतावादी र्सार्वभौमिक सत्यको अस्वीकार ।' साँच्चै अस्तित्वको पक्ष । यतैबाट, हामी बिचारमा र्सार्वभौम छौ भने त्यसको अनुभूति सबैले पाउनु पर्छ । साहित्य, राजनीतिक, समाजशास्त्र मानवशास्त्र, धर्म । त्यसो नहुँदा नै त उत्तरवर्ती सोच अस्वीकार दावी र खोजबाट अघि बढ्छ -चेतनीक । अब त सबै । सानो उदाहरण बनाऔं-नेपाली साहित्य एकदमै केन्द्रीयता कि त सक्ताशक्ति निर्मित छ । र्सार्वभौम छैन । बहुकेन्द्रीय छैन । अथवा सह-अस्तीत्वको छैन । आरोप छ 'उत्तरवर्ती सोच' अति जातिबादी भयो, यस्तो साहित्य स्वीकार्न सकन्न । गजब छ, कत्रो दम्भ - कत्रो सामन्तीवादीता - कत्रो निरङकुशता - हो आज यीनै अराजकता, निरङकुशताको विकासमा बिचार उठीरहेछ यही बिचार भन्नु हतियार हो । त्यो सम्हाल्न सकिएन भने अनिष्ट हुनसक्छ। यही अनिष्टताको सचेतनाका खातिर उत्तरवती सोच ।
आउँदैछु हिजो नेपाल हिन्दु राज्य हुँदा उत्तरका धर्माबलम्बीहरुलाई कस्तो सास्ती भयो होला - अर्कोको संस्कृतिमा हर्ुकन कति पीडा भयो होला - कति घीन लाग्यो होला - आज बिचार गरौं धर्म निरपेक्ष राज्य हुँदा । वास्तवमा, आफ्नो अधिकार, जीवन या त स्वतन्त्रतामा हस्तक्षेप, उत्पीडन, दमन भएमा त्यसको बिरुद्ध जाइ लाग्छ । यो निरन्तर प्रक्रिया । तर उत्तरवर्ती सोच त्यसको पक्षपाती नाइ । यो त सहअस्तित्व, सहसम्बन्ध सह -व्यवहारको । अर्थात तिमी छौ, हामी छौं र अरुहरु पनि छन् । त्यसैले समग्रवादी र्सार्वभौमिक अस्वीकार । हामीले भनेको, सहअस्तीत्वको सम्बन्धले समाज, राष्ट्रि भाषा र साहित्यको भण्डार विशाल, दरिलो र फराकिलो हुनर्ुपर्छ-हुन्छ । त्यसो भएमा कसैको असन्तुष्टि शेषपनि रहदैन । हामी आफैं सम्बद्ध । अब आएर अभिव्यक्तिमा र्सार्वभौम बन्यो कि बनेन - त्यो पनि हर्ेन जरुरी बन्यो । जातीय मिथकले कवितालाई उत्कृष्टता बनाउनु जातिको मात्रै टेवा पुग्ने होइन यसले त समग्र साहित्य -नेपाली) लाई यो सम्बद्ध र नेपालीपनको बनाइन, परिचय दिन सहयोग पुर्‍याइने छ । अब अन्तराष्ट्रिय साहित्यमा यसको भूमिका बेजोड रहन्छ । आफ्नै मौलिक पहिचान बन्छ । यर्सथ यसमा आत्तिइ हाल्नुपर्ने अवस्था छैन । हाम्रो स्वभाव । बिस्तारै जम्मै समायोजन र सहजता हुन्छ ।
कुरा स्व-अस्तीत्वको गर्ने पर्ने जरुरी बन्यो - उत्तरवर्ती सोचमा आइपुग्दा । हिजोसम्म घुमाउरो व्यवहारले चल्यो-अस्तीत्व । अब मान्दैन चेतनीक । अर्थात अस्तीत्व धर्मनिरपेक्ष हुँदै आज राज्य पुनः संरचनामा अधिक किन जातीय संरचना उठिरहेछ । मननीय र बिचारणीय कुरा छ । राज्य संयत्रले दिएको उत्पीडन, शोषण, दमन र सह-अस्तित्वको खिल्ली उर्डाई नै यसको प्रमुख हो । त्यो कयौं बर्षो उत्पीडन, शोषण र दमनको ज्वालामुखी हो । त्यसैले अब अनुपस्थितिको उपस्थितिलाई स्वीकार्नु बाहेक उत्तम र सजिलो उपाय केही छैन । अब त्यो एकल वा केन्द्रीय बिचार त्यागे हुन्छ । बिरुद्धमा बहुकेन्द्रीयता आउँछ । त्यसैको परिणाम सामाजिक आर्थीक, राजनीतिक, साँस्कृतिक र साहित्यिक पछौटेपना बाँची रह्यो । यसले अनुपस्थितिमा रहेका पछि परे नै । राज्य पनि पछि पर्‍यो । कुनै व्यक्ति, जाति, समाज सभ्य हुनु भनेको राज्य सभ्य हुनु नै हो । यसैले आजको चिन्तन उत्तरवर्ती सोचबाट । समय सर्न्दर्भमा बिचारान्ताले नै चेतनीक नत्र त र्सार्वभौम खै -
उत्तरवर्ती सोच-स्वअस्तित्वको जयगान गाउँछ । त्यसैले बहुलताको पक्षपाती हामी मात्तै होइन । यद्धपि लेख्नमा उपस्थितिको कुरा कम र अनुपस्थितिको कुरा धेर छ । यसको आवश्यकता त्यती । खण्डनको खण्डनलेपनि उत्तिकै मानेको होला- बिश्वास छ । र्सार्वभौम नै यसको जननी । आज यसरी नै । त्यसैको फराकिलो फाँटमा उभिएर आत्म सम्मानले बाँच्न पाउने अधिकार प्रत्यायोजन हो । अथार्त हावी हो । समग्रतावादी र्सार्वभौमिक सत्यको यस कारणले पनि अघि अस्वीकार । होइन भने र्सार्वभौम र सम्मानीत अस्तीत्वको बाटो बन्द देखिएला - र आर्को धराप जन्ममेला - हो हामी यीनै समस्याको मध्ययार्गी । अर्थात लेखक । नत्रता स्वतन्त्र अभिव्यक्तिले पाउने भूमिका साहित्यको के हुन सक्ला - त्यती मात्र होइन समाज र समुदायको महत्व पनि त बाँच्ला कि नबाँच्ला - लेखनमा यीनैको सारले उत्तरवर्ती सोच ।
उत्तरवर्ती सोच -२०६० पुषको महिनाबाट अधिकारीक रुपमा चक्रव्यूह पत्रिका मार्फ र्सार्वजनिक भएको हो । त्यसो त त्यो भन्दा अघि २०५८/५९ बाटै गृहकार्य योजना र लेखन गर्दै भवानी तावा, सगुन सुसारा, राज माङलाक, समीर, यलम्बर थाम्सुहाङ लगायतको एक जमात सक्रिय थियौं । उत्तरवर्ती सोचको मूल लक्ष्य नेपाली साहित्यमा उत्तरआधुनिक लेखनमा स्व-अस्तित्व, पर्ूर्वीय सिद्धान्त लगायत अरु धेरै लक्ष्यका साथ अघि बढेको एक लेखन/साहित्यिक अभियान नै हो । यसले बहुलता र बहुकेन्द्रीयताको विश्वास तथा मान्यतालाई सम्मान गर्दै नेपाली साहित्यमा नयाँ चिन्तन, सोच र नेपाली साहित्यको पहिचानको लागि । आग्रह, पर्ूवाग्रहभन्दा पनि विमर्शलाई मूल प्रक्रियामा राख्दै अघि बढ्छ ।
आज समग्रतावादी र्सार्वभौमिक सत्यको अस्वीकार । बरु बहुकेन्द्रीयताको पक्ष लिन्छु अनि स्व-स्वायत्तता र आत्मनिर्ण्र्ााो अधिकार पनि बाँकी छ । र्सार्वभौमसम्मलाई मात्र जम्मैलाई । यति भए समता र समग्र नेपाली साहित्यको विकासमा थप इटा हुनेछ । विश्वास । विश्वास त चेतनाले उनको पो त । लौ यो स्व-पहिचानको फाँटमा सबैलाई स्वागत छ । स्थानीय चेतनाको सलाम पनि ।

उत्तरवर्ती सोच अस्वीकार, दावी र खोज-बाट बढेको हो नेपाली साहित्यमा । मध्ये तथाकथित भूमण्डलीयकरणको अस्वीकार चेतनाको भाग भर्दछ-स्व-अस्तितवको । र्सार्वभौमिक सत्यको अस्वीकार पनि त मान्दै आएको । अझ बोैद्घकिताको व्यवहारिकता पनि मानेको । र बारम्बार भन्दै आएको, लेख्दै रहेको त्यो खण्डनको खण्डन पनि । भरि बाँच्छौं- लेखन, चेतना, तर्क या विमर्श । को- व्यवहार
एक भाषा, एक धर्म, एक संस्कार, एक देश, एक विश्व........ भूमण्डलीयकरणका तत्वहरु-बाट स्पष्ट/अस्पष्ट रहयौं । कति -मान्छे) स्वीकार - कति -मान्छे) अस्वीकार - निश्चय पनि 'स्व'को लागि हरेक -मान्छे, राष्ट्र) लडार्ँइ लड्द्छौं । अस्वीकार गर्र्छौं । आफ्नो पन बाहेक । थुप्रै सवालहरु आउँछन्- वर्तमानले । तत्कालीन परिवेश हेरौं - उपराष्ट्रपतिले हिन्दीमा सपथ खाएकामा किन विरोध गर्‍र्यौं - सडक किन ततायौं - टायर किन बाल्यौं - अर्थात आन्दोलन नै किन गर्दछौं - कराडौं नेपालीहरुको अपमान भयो भनेर किन नेपालीमा सपथ लिनर्ुपर्छ भनेर अझै पनि विरोध गर्दर्र्छौ - यस विषयमा कसैले हामीलाई निर्देशन गरेको हो र - अर्थात मधेशी भनेर हामीले विरोध गरेको हो र - हामी त्यती ढोंगी र सम्प्रदायिक छौं र - होइन, निश्चय पनि होइन । यो त हाम्रो चेतनाको फैलावट मात्र हो । अझ 'स्व'को पहिचानमा छौं- त्यसको खोज हो । साँच्चै भन्नु पर्दा विस्तारवादको विरोध हो । भूमण्डलीयकरणको अस्वीकार हो ।
हामीले स्वीकारेको- उपराष्ट्रपतिले मैथिलीमा सपथ खाएको भए आज नेपाल जल्ने नै थिएन । सडक तात्ने नै थिएन । बिद्यार्थीहरुको आन्दोलन बढ्ने नै थिएन । त्यसैले विरोधको उद्देश्य हुन्छ- आन्दोलनको लक्ष्य हुन्छ । खालि भड्कावको लागि आउँदैन । औचित्यका माला चुडाउन होइन । बरु उद्देश्यका लागि हो आन्दोलन, लक्ष्यका लागि हो विरोध । नै हामी होमियौं चेतनिक । र त खोज्दैछौं -'हिन्दी र मैथिलमिा फरक' आखिर हिन्दी पनि भाषा र मैथिली पनि । व्यवहार मन पराए, कति त हिन्दी पनि बोर्ल्छाैं- साथीभाई या आफ्ना आफन्त, रमाइलो भेट । तथापि हर बखत मान्दैनौं । यो स्व फैसला । त्यसो भए के सपथ स्व फैसला हो - अब मान्दैन यतिखेर राष्ट्रियता । यर्सथ नै त्यसै पनि औचित्य बाँच्दछ । र खण्डहरु खोजिरहन्छ । हामी त्यसको निर्धारक चेतनले । चेतना भन्नु नै 'स्व' हो । म, हामी, हाम्रो भन्ने भावनाले ओतप्रोत छ कि छैन - हाम्रो आफ्नो गन्ध छ कि छैन - त्यसले मात्तिदा रहेछौं- सचेत ।
तथाकथित भूमण्डलीयकरणको अस्वीकार
हाम्रो खण्डनको खण्डन बढ्यो । र भाग पनि भन्यौ त । हो उपराष्ट्रपतिले हिन्दीमा सपथ खाँदा हाम्रो नेपालीत्व कहाँ रह्यो - त्यसलेे हाम्रो भावना समेट्छ कि समेट्दनै, हाम्रो राष्ट्रियता रहन्छ कि रहदैन - प्रश्नहरुको लाम लाग्दो छ रहेछ ।
अब यतिखेर राष्ट्रियता भनेको के - नेपालीत्व भनेको के - हो, यतिखेर राष्ट्रियता भनेको नेपालीत्व हो, नेपालीत्व भनेका स्व पहिचान हो, स्व पहिचान भनेको जाति हो, जाति भनेको नेपाली हो । त्यसैले उपराष्ट्रपतिले मैथिलीमा सपथ लिएको/खाएको भए कम्तिमा नेपालीत्व/नेपालीपन रहन्थ्यो । किनभने त्यो -मैथिली) भनेको नेपालमा बसोबास गर्ने केही नेपाली जातिहरुले बोल्ने भाषा हो । त्यो नेपालीको भाषा हो, नेपाली जातिको भाषा हो । त्यसैले हामी त्यसलाई स्वीकार गर्र्छौं । एत्ति भए भूभण्डलीयकरणको अस्वीकार काफी ।
विकास र प्रविधिले हामीलाई सजिलो र नजिक बनाएकोमा दर्ुइमत नहोला । हामी त्यसका पर्ूण्ा विरोध बन्नु लाटो देशको गाँडो तन्नेरी मात्र । तर प्रविधिले लयायो भन्दैमा म को हुँ - नै वर्सनु चाँही अचेतना, अबौद्घकि । कुरा 'र्साईबर लिटरेचर'को चलिरहेको छ । भूमण्डलीयकरणको अस्वीकार गर्नेले अस्वीकार गर्छन्- तर्क तपाईको । सापेक्षताले त्यो मान्दैन, उत्तरवर्ती त्यो मान्दैन र उत्तरवर्ती त्यसको पक्षपाती । तर 'साइबर लिटरेचर'मा म को हुँ - छ कि छैन - प्रधान कुरा हो । सायद आजसम्म लेखिएको सबै साहित्यमा 'स्व'को पहिचान निश्चय छ । त्यसैको लागि हो लेखन । आफू बेगर त 'साइबस लिटरेचर' बाँच्न पनि सक्दैन क्यार - त्यसैले हामी यो अङ्ग्रेजी, यो फ्रेन्च, यो रुसी, यो चाईनिज, यो अफ्रीकी साहित्य भनेर चिन्छौं । यो उसको 'स्व' पनाले नै पहिचानको बाटो खनेको छ । बनाई दिएको छ । सबैको जाति, देश फरक हुन्छ ने त्यसको पहिचान अनुहार हो भने आफ्नो mष्अअचय ष्मभलतष्तथ हुनु भनेको अरु कुरा छ । साइबर/कम्प्युटर माध्यम मात्रै त हो- कापी कलमको जस्तै, किताबको जस्तै । बुझ्नु यो रह्यो माध्यम जे भएपनि 'स्व' छ कि छैन -
चाहे-अत्रिको कोलम,
च्याउ ......इ
याङ्बेन ...त्या
सिस्नु..... दि
मेरो आन्द्रामा ताम्भुङ्जाको काई लागेको छ ।
-भवानी तावा
नत्र त,
भवानी तावाको 'न्वारान नभइएको अक्षांश' मात्रै
हामी त न्वारान नभएको अक्षांश
बाट
नेपाली साहित्य लेखन आरम्भले मागेको विकेन्द्रीयता सापेक्षिक भागौं । उपभोगको अतिवादी सोचले निश्चय पच्दैन । विचारको सर्वोच्च फैलावट पाल्नर्ुपर्छ- साजी र, हामीहरु बाँच्छौं- आज, मोलि, ले उत्तरवर्ती सोच चेतनाले टेक्ने । तिरवाट भाग ।
हामीले भोग्ने गरेको देश, जीवन, संस्कार, धर्म या अन्य यस्तै थुप्रैहरुले- आज हामी । मान्छे विभिन्न देशको, राष्ट्रका, मुलुकको भनेर गर्व गर्र्छौं । इथोपियाको कोही, केन्याको कोही, या नेपालको कोही । आफ्नो भन्नु गौरव हुन्छ, स्वभिमान हुन्छ- लागेर बाडिन्छौं, छुट्टन्िछौं- स्वायत्ताभरि । सीमा काटिरहन्छौं, हेरिरहन्छौं, बाडिरहन्छौं मायाले, चेतनाले, बुद्घलिे माया भावनात्मक मात्रै हो र - पैसाले किन्न सकिने हो र - साँच्चै आफ्नो भन्नुमा प्राण जस्तो मोह पो बाँचेको हुन्छ त । त्यही निस्सीमताले, विस्तुतिले बाँच्५छौं सदा । नत्र त 'घाम नअस्ताउने देश'को सपना नेपोलियन, हिटलर या यस्तैले भेट्नु नि खै -
विचारले विकेन्द्रीयता माग्छ- ले आयौं यहाँसम्म । हाम्रो खण्डन बढ्यो प्रति खण्डन हुन सक्छ- अस्वीकार भयो, मात्तै । जियाई पनि यसैमा रुमल्लिई रहेको छ । केन्द्रहरुको बहुलतामा आज पेन्टागन ढल्यो । बाबरी मस्जिद उडाइयो किन - धार्मिक अन्धभक्तहरुले उठाएको दङ्गा हो र - लहड हो र - निश्चय पनि होइन । स्वाभिमानले उठाएको टाउको हो । आत्मनिर्ण्ाायको अधिकारको पर्वत हो । टुक्रा अस्तित्व हो । मान्छेभित्र पलाएको ढोग होइन, जियाईको र्सार्वभोमिकता - मात्तै ।
अस्वीकार गर्नु पर्ने कुरामा पनि तथाकथित आएपछि प्रष्ट हुने विषय नै छ- हो कारणले जानी-जानी, खेलाई-खेलाई, हेपी-हेपी, फकाई-फकाई । आउँछन् -लाई । अर्थात नियतवस, षडयन्त्रवस, साँच्चै सभ्यताको नाउमा, सहयोगको नाउमा, भोगिरहेको अस्तित्वको, स्वपहिचानको खेलवाडलाई - जस्ता अनेकौमा । ए ! अब त कसैले कसैको उपनिवेश, संस्कार संस्कृतिलाई सजिलै लिन सक्दैन । त्यसको विकल्प विश्व विभिन्न देशमा, देश विभिन्न स्थानीय प्रदेशमा बहुल रुपमा परिणत हुदैछन् । बहु भाषाहरुको विकास भइरहकेा छ । संस्कृतिहरु बहुल नै रमाउदै छ यसैले गर्दा एउटाको संस्कृति, भाषा लादियो भने अर्कोको विकास कहिल्यै हुन्न- ले अस्वीकार । अस्तित्वको पर्खाल छेकिन्छ । छेकिनु यो चेतनाले कोही मान्दैन । नमान्नु स्वायत्त विचार-ले स्वायत्त विचार अस्वीकार । त्यसैले तथाकथित भूमण्डलीयकरणको अस्वीकार बढ्यो ।
तथाकथित भूमण्डलीयकरणको अस्वीकार त स्व-अस्तित्व पो हो त । आजसम्मको जीवनपराकाष्टाले सामाजिक संस्कृतिले त्यसै भन्छ । चलि आएको इच्छाले, विचारले, मानि ल्याएको संभवत त्यस्तो कोही नहोला कि आफ्नो स्व-पहिचान भूल्छ, मेट्छ, फ्याक्छ । एउटा कुरा गरौं - धेरै सम्पन्न मुलुकतिर आकर्षा हुन्छन् । त्यस्तो ठाएँमा पुगेर ऊ कहिल्यै सन्तुष्टि हुदैन - सम्पत्ति कमाओस्, नाम कमाओस् । किनभने उसको स्व-त्व आफ्नो देश सम्झी रहन्छ । आफ्नै माटो छुन चाहन्छ । टेक्न चाहन्छ । यी सप्पै जीवन पद्घतीका वस्तुगत जियाई हिजो थियो, आज छ र भोलि पनि रहने छ । परिवर्तन -स्व अस्तित्वसम्म । ले नै तथाकथित भूमण्डलीयकरणको अस्वीकार ।
उत्तरवर्ती सोच- विकेन्द्रीयताले रमाएको छ । बहुकेन्द्रको उपस्थिति हो । अझ अनुपस्थितिको उपस्थितिसम्म हो । भोग्दै आएको र्सार्वभौमिक सत्य त अस्वीकारलाई पो थमायौं । त्यसो गर्नु खण्डन त अब मवाट हामी, एउटावाट जम्मै -सप्पै) बहुको प्रसारण बढ्दो छ । चेतनाले ल्याएको यो विस्तृति अब छेक्ने कुनै, केही, कसैको सामार्थ्य छैन । यदि त्यसो भयो भने उ एकल हुन्छ आफै. हुन्छ । त्यसो भएपछि जम्मैको छाँयामा पार्छ, ओझेलमा पर्छ । कदाचित केही समय सफलता पाउला - तर अन्ततोगतवा त्यो नासिएर जान्छ । हराएर जान्छ । अर्थ एकलवाट बहुल हुनु । त्यतीले भूमण्डलीयकरणको अस्वीकारमा तथाकथित थपिनु दोष होइन, अचेतन पनि होइन । साँच्चै । त्यती भइहाले त्यो सत्ता शक्ति निर्मित मात्र हो । त्यसमा अनुपस्थितिको इतिहासलाई पनि उत्तरवर्ती सोचले अस्वीकार गरिसक्यो । त्यसमा अनुपस्थितिको इतिहास मर्छ । यसो हुनु अस्तित्वको पराकाष्टा होइन- ले पो त आएको ।
तथाकथित भनेर नियोजित जर्वजस्ती भनेर माने भयो । भोगाइले सायद यो मान्दैन- भाषामा, संस्कृतिमा र नै तथाकथित भुमण्डलीयकरणलाई अस्वीकार विमर्शका लागि ढोका खुला राखेका छौं । बुझ्ने छौं । सोच्ने छौं । चिन्तन गर्ने छौ- बहुलतामा । उत्तरवर्ती सोचवाट ।
१०/०७/०६५, फिदिम-पाँचथर

Monday, March 9, 2009

नेपाली साहित्यमा उत्तरवर्ती सोच (लेखन)
- राज माङलाक
-------------------------------------------------------------------------------------
क. तथाकथित भूमण्डलीयकरणको अस्वीकार ।
ख. समग्रगतवादी र्सार्वभौमिक सत्यको अस्वीकार ।
ग. स्व-स्वायत्तता र आत्मनिर्णयको अधिकारको दाबी ।
घ. बहुलवादी नेपाली साहित्यमा नया" अस्तित्वको दाबी ।
ङ. नेपाली साहित्यमा समग्र राष्ट्रिय साहित्यको समान मान्यताको दाबी ।
च. उत्तर आधुनिक साहित्य निर्माणमा पुर्बीय चिन्तनको सैद्धान्तिक खोज ।
छ. सत्ता शक्ति निर्मित इतिहासको अस्वीकार ।

केही वर्ष-२०६० पुष, साहित्यिक चक्रव्युह)देखि 'उत्तरवर्ती सोच' नेपाली साहित्यमा विकास भइरहेको छ । नेपाली साहित्यको केन्द्रबाट टाढा पर पान्थरबाट आरम्भ भउको यो लेखनले अघि सारेका हुन् माथिका बु"दाहरू । आज यहा" म सारांशमा उत्तरवर्ती सोच-लेखन) को व्याख्या गर्न लागिरहेको छु ।
केही साल अघिदेखि नेपाली साहित्यमा एक प्रकारले वैचारिक नवीनताको संखघोष प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भएको प्रतित हुन्छ । कति त साहित्यिक अभियानकै रुपमा आएका छन् । कवि, लेखकहरूको नवीन सिर्जनात्मकताले नया" लेखकीय विमर्षरू जन्मि"दै गएका छन् । हिजोको परम्परित लेखनले आजको नेपाली समाजको विशालता बोक्न सक्दैन । जातीय समालोचनामा कलम चलाइरहेका थाम्सुहाङ पुष्प सुब्बाझैं नेपाली साहित्य एकल जातिवादमा वा एकल जातीय एकाधिकारमा जकडिएको छ । नेपाली समाज विविधताले युक्त रहेकाले एकल पुरातन साहित्यमा विविध संस्कृति र संस्कारका नेपाली पाठकले आत्मसम्मानका साथ आफ्नो जीवनलाई पढ्न र छाम्न पाएको अनुभूति गरेका छैनन् ।
भाषा संस्कृतिमा लागिपरेका आयामेली कवि वैरागी काइ"लाले भनेझैं नेपाली समाज इन्द्रेणी संस्कृतिले बनेको समाज हो । विविधतायुक्त समाजका लागि नेपाली साहित्यमा नया" लेखनको उपस्थिति हुनु पर्दछ । यहा" पाश्चातेली मृत्यु लहरको प्रसङ्गमा परम्परागत एकल जातीय पाठको मृत्यु भइसकेको प्रसङ्ग हो । अब नया" पाठको जन्मको व्याख्या हुनु पर्दछ । यस प्रसङ्गमा सृजनशील अराजक कवि हाङयुग अज्ञातले परम्परावादी लेखकको मृत्यु भइसकेको कुरा गरेजस्तै नेपाली साहित्यमा एक पक्षीय निश्चित पाठका लेखक, केन्द्रिकृत लेखनका लेखक, एक कोणीय लेखन, स्तुतीवादी लेखक तथा सत्ताशक्तिका लेखकको मृत्यु भइसक्यो । रो"ला बार्थको लेखकको मृत्युको सर्न्दर्भ नेपाली साहित्यको सर्न्दर्भमा नया" ढङ्गको विश्लेषण हो । उनले लेखकको मृत्युमा शक्तिशाली पाठकको जन्म गराएका थिए । यहा" पनि परम्परित लेखकको मृत्युमा आम पाठकको जन्मको प्रसङ्ग पुनर्व्याख्या र पुनःविश्लेषण हो ।
नेपाली समाजको बुहलतामा नेपाली पाठकहरूको बहुलता छ । यसको अर्थ विभिन्न पृष्ठभूमिबाट उठेका धेरै लेखक छन् र त्यस्ता पाठक पनि । यस्तो अपेक्षित साहित्य (पाठ) नै अबको नया" लेखन हो । इटालेली सङ्केत विज्ञानी अम्बर्र्टो इकोले भनेजस्तो दर्ुइ भागमा विभक्त पाठकमात्र आज छैनन् । उनले पाठलाई खुला पाठ (Open text) र बन्द पाठ (Close text) मा विभक्त गरेर पाठकलाई दुइ भागमा बा"डेका छन् । यो नेपाली बहुलवादीय साहित्यका आम पाठकहरूको सर्न्दर्भको लागि पनि सन्दर्भित हो । यस्तै इतर पाठकका निम्ति नेपाली साहित्यमा उत्तरवर्ती सोच समूहले आफ्ना बु"दाहरूको ब्याख्या गर्दै आएको छ । यो बहुलवादी नेपाली पाठकको अनुपस्थितिको उपस्थिति पनि हो ।
गड्यौला पनि बा"च्न नै चाहन्छ । उसलाई उसकै जीवन प्यारो लाग्छ । बा"च्छु - लाई बा"च्न दिनु पर्दछ । स्व-अस्तित्वको कुरा गहन हो । अस्तित्वको अभिलक्षण पीडा र विसङ्गत जीवनमा खोजिन्छ । आफू स्वतन्त्र र र्सार्वभौम हर्ेन चाहनेहरू स्वयंबोधताको पक्षमा उजागर गरिरहेका छन् । म को थिए" - कहा" छु - अब कता - को चिन्तन भइरहेको छ । आज प्रत्येक स्थानियताले त्यही म को चिन्तन गरिरहेको छ ।
वर्तमान नेपालको राजनैतिक सर्न्दर्भकै कुरा गरौं न, जनआन्दोलन ०६२/६३ ऐतिहासिक सफलतापछि देश संघीय प्रणालीमा जा"दैछ । बहुदलीय नेपाली समाजमा यसले स्वअस्तित्वको रक्षा तथा स्व-स्वायत्तता र आत्मनिर्णयको अधिकार सङ्घात्मक राज्यव्यवस्थामा सुनिश्चित हुने तर्क आइरहेका छ । यो बुहलवादीय नेपाली समाजमा शक्तिको होराइजेन्टल अवस्था हो । अर्थात् यहा"सम्मको आर्टिकल स्पको विसङ्घटन । यसले समाज अस्तित्वको उचाई मापन गर्दछ ।
नेपाली समाज भाषिक विविधताले पनि युक्त छ । समग्र क्षेत्रीय, स्थानीय र सिमान्तकृत भाषा तथा साहित्यलाई राज्यले समानताको मान्यता दिन कन्जुस्याईं गर्‍यो । अब भाषाहरू के चाहन्छन् । संस्कृतिहरू के माग्दैछन् । बुझनु पर्ने भएको छ । सम्पुर्णनेपालीत्वको समष्टिगतता नै सबै नेपालीको वैभव हो । कसैलाई काखा र कसैलाई पाखाको स्थितिलाई त्यागेर सबै राष्ट्रिय भाषी नेपाली कवि-लेखकलाई उत्तिकै महत्वका साथ सम्मान दिनु पर्दछ । आदिवासी जनजाति उत्पीडितलाई विविध क्ष्ँेत्रमा तथाकथित रुपले सीमान्ततिर घचेटिएका छन् । राज्यको एक देश, एक भेषा, एक संस्कृति, एक जातिको नीति र सिद्धान्तकारले आफू सु-संस्कृत र सभ्य जातिका रुपमा प्रस्तुत गरेका छन् र अन्य जाति, भाषा, धर्म, संस्कार र संस्कृतिलाई असक्षम र असभ्य जातिका रुपमा । वास्तवमा यहा"का रैथाने उत्पीडित र उपेक्षित जातिहरू उत्तिकै सक्षम, बाठा, ज्ञानी र सबल तथा सभ्य र सुसंस्कृत छन् । यस्ता सिमान्तकृत जातिले समान मान्यताको दाबी गर्नु पर्दछ ।
नेपाली साहित्य नेपालका सबै नेपालीको पाठशाला बन्न सकेन । जनजाति, आदिवासी तथा सिमान्तकृतका लागि परम्परावादी साहित्यले ऐनाको काम गर्न सकेन । यहा" अनेक भाषाभाषी छन् तर एक भाषा बाहेक अन्य भाषा, लिपि र साहित्यको महत्व गरिएन । साहित्यलाई समाजको ऐना हो भनिन्छ । विद्यमान नेपाली साहित्यमा नेपाली समाजको बहुलवादी संरचना प्रतिबिम्बित नहु"दा नेपाली साहित्य सम्पुर्ण नेपाली राष्ट्रिय साहित्य बन्ने सकेन । अबको साहित्य सम्पुर्ण नेपालीले आफ्नो जीवन अ"टेको अनुभूत गरेको हुनु पर्दछ ।
बहुमतले अल्पमतलाई सधैं निलिबसेको हुन्छ । अन्तराष्ट्रीय स्तरमा भूमण्डलीयकरण नया" मुखुण्डो भिरेर विश्व एक ग्रामको नारा लिएर आइरहेको छ । यसले बहुसङ्ख्यकको भाषा, धर्म, संस्कृतिले अल्पसङ्ख्यका भाषा, धर्म, संस्कृतिको पहिचान नष्ट गर्दै अस्तित्व नै समाप्त पार्ने कुटिल चाल खेलिरहेको छ । परम्पराको पहिचान समूलरुपमा मेटेर ठूलोभित्र सबै सानालाई सम्मिलन गराउ"दा कदापि राष्ट्रियता भन्ने कुरो दरिलो बन्दैन । यसको सट्टा समान सहभागितात्मक र समतामूलक उपस्थिति भएमा राष्ट्रियता, राष्ट्रिय अखण्डता र राष्ट्रिय गौरव कायम भइरहन्छ । तर्सथ यस्तो तथाकथित भूमण्डलीकरणको अस्वीकार हुन्छ ।
हामीलाई यत्रो जाति, जनजातिले निर्मित समाज छ । ती प्रत्येक जातिको धर्म छ, संस्कार छ, परम्परा र जीवन पद्धति छ र धर्मदर्शन छन् तर एउटा धर्म दर्शनले अन्य धर्मदर्शनलाई महत्व नै दिएनौं । ती नेपालका अन्यभित्र के दर्शन छ समम सोचेनौं । बोरु धमाधम पश्चिमा दर्शनतिर हाम फाल्यौं । उनीहरूले जे जे भने गरे हामीले आ"खा चिम्लेर अनुसरण गर्‍यौं । त्यसैर आज पश्चिमा दर्शनको पछौटे मात्र भएर निरिहता प्रकट गर्नु परिरहेछ । विश्व साहित्यमा आफ्नो सिद्धान्त जन्माउन सकेनौं । पश्चिमा भन्दा भिन्न आफ्नो दर्शन हाम्रा हातमा आज छैनन् । हामीस"ग धर्म दर्शन छन्, मुन्धुम छन् । अनुभवका चाङ छन् तर त्यसलाई सिद्धान्तिकरण गर्नै सकेनौं । पश्चिमाहरूले सानो अनुभवलाई सिद्धान्तिकरण गरिरहेका हुन्छन् । हामी चाहि" अनुभव मात्रै गर्दै हुन्छौं । त्यसैर अब नया" सिद्धान्त बनाउने मेकानिजम सिकौं र हाम्रो बहुदलीय समाज र विविध मुन्धुम, धर्म दर्शन तथा स्थानीय अनुभवहरूबाट उत्तरआधुनिक साहित्य निर्माणमा पुर्बीय चिन्तनको सैद्धान्तिक खोज गरौं । यसैबाट उत्तरआधुनिक स्व-पहिचानिक पुर्बीय पाठको निर्माण गरौं । ०

Sunday, February 8, 2009

च्याब्रुंग - समिर साम्पांग




Friday, January 23, 2009

दृष्टिकोण
विचारान्तर परिप्रेक्षमा-उत्तरवर्ती
- थाम्सुहाङ् पुष्प सुब्बा
-----------------------------------------------------------------------------------
विचारान्तरले यौटा विचार जन्म्यो - उत्तरवर्ती । यसलाई लीलाले भ्रम ठान्छ, सिर्जनशील अराजकताले सशक्त विचार रंगले दुबै ठान्छ । तेस्तै उत्तराधुनिक खेमाका केही समालोचक र टिप्पणीकारहरु पनि आ-आप\mनै सुविधाको विचार राख्दछन् । काठमाण्डौको मोफसलभन्दा टाढा सुदूर पूर्बमा यौटा विचार हुर्केको पक्ष स्वीकारेरै पनि प्रकारान्तरमा गाभ्छन् उत्तरवर्तीलाई इश्वर वल्लभ । बहुल्ता चाहानु र वैश्विककरण अमान्य हुनुले आफैमा अन्तर्विरोध देख्छन् डा गोविन्दराज भट्टर्राई - उत्तरवर्ती विचारमा । म देख्छु - वैचारिक अन्तरले स्वयं बोधता र जातीय स्व-पहिचानको अस्तित्वबोध -उत्तरवर्तीभित्र । देख्नु र वैचारिक चिन्तनको पृथकिकृत तकाजाभित्र त्तेसैले उत्तरवर्ती विचारलाई घोषणा र लेखनगत पनि पर्गेल्नु पर्ने हुन्छ । तर लेखनगतताभित्र जातीय मिथकहरुको र राष्ट्रिय भाषाको यथेष्ट प्रयोगका कारण पर्गेल्नु त्तेति सजिलो भने लागेको छैन । र नै, भन्दै आएको छु - 'त्तेति विध्न अनेक प्रकारान्तर र विचारान्तरका बहु-केन्द्रीयताहरुको निर्माण नेपाली साहित्यभित्र भैसकेर पनि सम्मानजनक नेपाली राष्ट्रिय साहित्यको मर्दकेन्द्र निर्माण हुन सकेको छैन ।'
बा"की, वैचारिक अन्तरताको पर्रि्रेक्ष्यमा उत्तरवर्ती समिप पुग्न र्सवप्रथम त उत्तरवर्ती विन्दू समूहको घोषणा पत्रतिरै उन्मुख हुनपर्छ - जस्लाई राष्ट्रियताको तोलमोल गर्ने एकाधिकारवादीहरुको मर्द केन्द्रभित्रै दमित अवस्थामा राखिंदा वैचारिक उत्खनन्बाट अझै नया" र सशक्तरुपमा उजागर गरिएको विचार ठान्दछन्- पान्थरेली उत्तरवर्तीहरु ।
घोषणापत्र -
१ तथाकथित भूमण्डलीयकरणको अस्वीकार ।
२. समग्रतावादी र्सार्वभौमिक सत्यको अस्वीकार ।
३. स्व-स्वायत्तता र आत्म-निर्णयको अधिकारको दावी ।
४. बहुलवादी नेपाली साहित्यमा नया" अस्तित्वको दावी ।
५. नेपाली साहित्यमा समग्र राष्ट्रिय साहित्यको समान मान्यताको दावी ।
६. उत्तर आधुनिक साहित्य निर्माणमा पूर्वीय चिन्तनको सैद्धान्तिक खोज ।
७. सत्ताशक्ति निर्मित इतिहासको अस्वीकार ।

उपर्युक्त घोषणहरुको आधारमा आफ्नो वैचारिक अभिव्यक्ति राख्नुपर्दा स्थानिक र राष्ट्रियभन्दा बाहिर विश्वकै तोलमोल गर्नुपर्ने अवस्था उपस्थित छ । तर तेश्रो आयाम यताका साहित्य सर्न्दर्भका वैचारिक प्रकारान्तरमा उत्तरवर्ती विचार भने विविध सम्मिश्रति विचारान्तर सहित स्वयं वोधताको विन्दूमा उजागरित देखिन्छ । तेसैले अन्तर आ"कडालाई छाडेर वैश्विककरण र बहुलताबारे केही भन्नुपर्दा आजको सताब्दीले पनि एक विश्व, एक राष्ट्र, एक भाषा र संस्कृतिलाई मान्यता नदिएर बहु-राष्ट्र, भाषा र संस्कृतिलाई नै मुखरित गरिरहेको अवस्था छ । तेसैले एकल सत्ताबादी वैश्विककरणबाट विश्वमा अटाउन खोजिएको सम्पूण मानव अवस्थितिलाई आ-आफ्नै राष्ट्रियता, र्सार्वभौम सत्ताको लक्ष्मण रेखाले छुट्याएको छ । र नै, बहुल्ता छ । त्तेसै कारण एक्कल विश्व र बहु-राष्ट्रको परिभाषामा पनि अन्तर भएकोले मौलिक स्व-अस्तित्वको उत्तरवर्ती रोजाइ वर्तमान युगको प्रतिनिधि हो ।
नेपालको ऐतिहासिक काल-खण्डहरुमा समग्रताबादी खेलहरु आउ"दा अनेकन युद्ध, सन्धि र सम्झौताहरु नभएका, नतोडिएका र आन्तरिक उपनिवेशले समग्रताको घा"टी ननिमोठेको पनि होइन । अतः इतिहासगत तायदातीले निरिह बन्न पुगेका समग्रताका पक्षधरहरुमा युगले चेतनाभर्दा समग्रताबादी र्सार्वभौमिक सत्यबाट आफूलाई अलग पाउनु व्यवहारिक र चेतनाबोध दुवै हो । र , यै प्रत्यक्ष व्यवहारगत चेतनाले स्वयं बोधताको पक्ष उजागर गरिसके पछि आफैलाई स्वतन्त्र ठ्मयाउ"दा वेदखल रहित स्वेच्छाले आत्म-निर्णयको स्वायत्त अधिकार दावी गर्नुले उत्तरवर्ती विचार स्थानिक एवं सामाजिक धरातलमा निर्भयता पूर्बक उभेको ठहर लाग्छ । अझै नेपालको साहित्यिक रंगभूमिमा युगौं अगावै हुर्केका र वर्तमानको मध्यवर्ती वा सीमान्तवर्ती सम्मै फस्टिएका राष्ट्रिय साहित्यहरु एक्कल नेपाली नामधारी साहित्यको सत्ताभित्रै लोप गराइनाले समानान्तर विकसित साहित्यको अभावमा नेपाली साहित्य अपाङ्ग ठहरिने विचारलाई पनि समग्रता एवं बहुल्तामूखि ठान्नै पर्छ । तेसैले उत्तरवर्ती विचार बहु-केन्द्रीयताको निर्माण र नेपाली साहित्यको आधुनिकोत्तर मार्ग-चित्रको हैसियतमा उजागर भएको ठान्नु लज्जाजनक ठहरिदैन । कारण, यसभित्र स्व-अस्तित्वबोधता छ र परिवेशजन्य स्थानिक, सामाजिक, सांस्कृतिक, राजनैतिक एवं राष्ट्रिय साहित्य प्रतिको उत्तर चिन्तन भेटिन्छ ।
उत्तर आधुनिक नेपाली साहित्यको सर्न्दर्भमा त्यसो त र्सवप्रथम 'लीला' को दावी छ -पर्ूर्वीय सैद्धान्तिक परम्पराका बारे । तर त्तेस्लाई आत्मसात गर्दा नेपाली साहित्यको प्रारम्भ वा संस्कृत साहित्यको योगी, ऋषि र भक्तिवादतिरै उन्मूख हुनु पर्ला । कारण 'लीला'मा आएकोलेखन धर्म-प्रायः पुरातनकै विनिर्माणीकरण र आधुनिक नेपाली साहित्य लेखनको पनि विनिर्माणीय-अवस्थामा बा"चेको देखिन्छ । यो स्पष्ट उल्लेख गरिसकिएकोछ - स्वयं अबोधताका कारण पूर्वीय सैद्धान्तिक मूल्य र मान्यताको ठोस् निष्कर्शको अभावमा अर्काकै नक्कल र देखासिकिमा रमाउन हामी व्यस्त छौं । जहा" यथार्थ, मुर्त र संज्ञानका पक्षहरु जीवन बा"च्नको लागि अबलम्बन गरिन्छ, त, ती सबै अतियथार्थमा भ्रम मात्तै मान्ने हो भने मानवीय अस्तित्वको मूल्य र मान्यताको आवश्यकता किन - यही प्रश्न वित्थोल्दा क्षणभंगुर जीवनको र्सार्थकताका निमित्त पनि पूर्वीय चिन्तनको सैद्धान्तिक परम्परामा मौलिक लखेनगत सिद्धान्त प्रतिपादन हुनु पर्‍यो । अतः यी अवधारणाहरुको आशावादी चिन्तनभित्र पराभौतिक, अमुर्त र उत्तर संज्ञानका पक्षहरु मात्तै ल्याइनु भएन-कारण यस्बाट उपदेश रहितको युगबोधीय र समाज सापेक्ष लेखन धर्म फस्टाउन सक्दैन । त्तेसैले उत्तरवर्ती विचारमा जीवनको मूल्य र मान्यताका लागि आन्दोलित चिन्तनको प्रारम्भ भएको हुन सक्छ । तर यसबारे अरु वढि विचारविमर्श बढाउन अहिलेका हकमा हतार गरेको ठहरिन्छ । यस्का अतिरिक्त मानवीय सत्ता, सभ्यता, संस्कृतिको इतिहास प्रतेक क्षणहरुसंगै आफै निर्माण भएर आउने क्रममा भत्किनु र लोप हुनुको कारक तत्वहरु पनि संगसंगै आएका हुन्छन् । जहा" यौटा सभ्यता र संस्कृतिको अनिच्छापूर्बक विनास गरिन्छ, त्यहा" मौलिक टुसो उत्जीवितै रहेको हुन्छ । त्यो पुन : र पुनः टुसिन्छ, पल्हाउ"छ र झा"गिन्छ- तर स्वेच्छाले वर्जित बस्तु सदाका लागि लोप भएर जान्छ । त्तेसैले स्वतःस्फूर्त निर्मित ऐतिहासिक पृष्ठभूमिको मौलिक टुसोको पुनरावृतिका लागि तेस्को सम्यक् संरक्षण एवं परिपालनद्वारा स्व-अस्तित्वको मौलिक चिनारी उत्जीवित राख्न सत्ता शक्तिको कारक तत्वद्वारा निर्मित इतिहासलाई अस्वीकार गरिनु पनि स्वीकार्य पक्ष नै देखिन्छ । अत ः उपर्युक्त विचारविर्मशको मन्थनद्वारा उत्तरवर्ती विचारलाई केलाउ"दा हालसम्मका लागि दृष्टिकोणीय निष्कर्षे देखापर्छ भने -
क. उत्तरवर्ती विचार र्सव सत्तावादको विरुद्ध बहुल्ताको उद्घोषक ।
ख. कुण्ठाग्रस्त समग्रताको विरुद्ध स्व-स्वायत्तता र आत्मनिर्णयको अधिकारको सम्वाहक ।
ग. नेपाली राष्ट्रिय साहित्यको निर्माणका पक्षधर र उत्तर आधुनिक नेपाली साहित्य लेखनमा पूर्वीय सैद्धान्तिक चिन्तनको अनुसन्धाता ।
घ. उत्तर आधुनिक साहित्य लेखनमा नया" अस्तित्वको सम्वाहक र स्वनिर्मित इतिहासको पक्षधर ।
ङ. स्थानिक र सामाजिक पर्रि्रेक्षमा स्व-पहिचानको आधार स्तम्भ ।

सालाखालामा अहिलेसम्म उत्तरवर्ती वैचारिक आन्दोलनमा आफ्नो दृष्टिकोणले आ"केको पक्ष त्तेती नै हो । अतः उत्तरवर्तीबारे जहा"-जोबाट जे दृष्टिकोण अथवा वैचारिक अभिव्यक्तिहरु आए-आइरहेका छन्, त, ती सबै वैचारिक अन्तर दृष्टिका अभिव्यक्ति भएकाले अझै विचारविमर्श भइरहनु आवश्यक देखिन्छ । यस्का अतिरिक्त विविध सांकेतिक प्रयोगहरु सहित बहुल्ताभित्र स्व-अस्तित्वको दावी उत्तरवर्ती लेखनमा प्रचुरमात्रामा आएको माथिनै जिकिर उठाइएकोले यहा" केही उत्तरवर्ती साधकहरु वा चिन्तकहरुको लेखन प्रकरणमा पाइने विचारान्तरका अंशहरु प्रयुक्तहुन स्वभाविक लाग्छ ।
क.युगौं दमित स्व-पहिचानको उद्घोष गर्दै भवानी तावा ले लेखेका छन् -
यतिका साल भैसक्यो
चोमेन्* नपाएका [*उपकार - पूजा श्र लिम्बू ]
यी सुकुम्बासी बन्न विवश पारिएका हातहरु
......................
योद्धा भएर पौंठेजोरी खेल्न तयार छन्
...............
मेरो आन्द्रामा ताम्भुङजाको* काइलागेको छ । [*कन्दमूल- बनभोज > लिम्बू ]
मेरो अनुहार कुल्चने हिम्मत नगर
मेरो रगत भक्भक् उम्लको छ
मेरो इतिहास फेरि यो भूमिमा हा"स्दै छ।

(चिनारीबाट)
ख
. स्व-स्वायत्तताको मोहमा डुबेर सगुन सुसारा ले लेखेका छन् -
चेब्जुले चलाको -राज्य
बाजेले चलाको - देश
बाउले चलाको - मुलुक
जा"डले मातेर कहिल्यै
कोङकुयुक्माको* आख"ा देख्नु परेन [*काकाकुल - चील > राइ वान्ताव ]
त्यसैर
म स्व-स्वायत्तताको - प्रतीक †
म स्व-स्वायत्तताको - अंश †
म स्व-स्वायत्तताको - भाग †
म स्व-स्वायत्तताको - तथ्य †
(वर्जित गैंडाहरु र माउवा चेप्पाको निस्सीमताबाट )
ग.
समग्रताबादी र्सार्वभौमिक सत्यको दमितताबाट उन्मुक्तिको गर्वबोधका हकमा राज माङ्लाक ले लेखकाछन् -
कति न्यानो निलिबसेको समय यी दिनहरु
भत्भती हत्केलाहरुले छाती छेकेर मनमा
..................
युमा - को* स्वर - [*बजू - गृहदेवी > लिम्बू ]
"लाजे !¯ झयालखाना धुजाधुजा च्यात्नु ....।" [*सम्बोधनमा -नानी > लिम्बू ]
मैले सुनें
हजुरआमाको - चौतारमा / उभिएर
भन्छु ः त्यो क्षण मेरो मुक्ति,
यो क्षण मेरो व्रि्रोह,
तिहाँ क्षण मेरो गर्व,
(अस्तित्वको हिरासत तोडेर ः वर्तमानबाट )
बस † प्रस्तुत उद्धरणहरुबाट वैचारिक घोषणा र लेखन धर्मको तालमेल स्पष्ट हुने भएकोले बा"की उत्तरवर्ती विचारहरुलाई यहा" समावेश गरिएन । चुडान्तमा उत्तरवर्ती विचार र्सवसत्तावादको विरुद्ध स्व-अस्तित्वको उक्त चिन्तनका हकमा पान्थरेली युवाहरुबाट ल्याइएको मौलिक पक्षको आन्दोलन भएकोले यस्को निरन्तरता सम्मै विचारविमर्श भैरहनु पर्छ । अहिले नै किनारा लगाउन अर्समर्थ छु ।
०६४।११।१७
विर्तामोड, झापा
----------------------------------------------------------------------------------