Thursday, May 27, 2010

'गेडी' लेख्ने सामान्य नियमहरु:-
(ठेट लोक संगीत भित्र को एउटा अंशलाइ, एक छुट्टै बिधा 'गेडी'को रुपमा बिकाश एबं बिस्तार खगेन्द्र पन्धाक लिम्बु द्वारा गरिएको हो)
---------------------------------------------------------------------
१.प्रथम र दोश्रो पदलाई कथन भनिन्छ
२.प्रथम पदलाई कथन 'क' भनिन्छ l(बिषय बस्तुको कथन हुन्छ l)
३. दोश्रो पदलाई कथन 'ख' भनिन्छ ll(बिषय बस्तुको कथन हुन्छ l)
४.तेश्रो पदलाई थेगो भनिन्छ l
५.अन्तिम(चौथो) पदलाई बिट भनिन्छ l

६.सुत्रगत संरचना :-
४+३+४+३=१४
४+३+४+३=१४
३=३
४+५=९
७.प्रथम र दोश्रो पदमा गजलको काफिया र रदीफ जस्तो लय र यमकको निमित्त अनुप्रास मिल्नु पर्दछ l
८.तेस्रो पदले भावको मूल मर्ममा बस्नु पर्दछ l
९.तेश्रो र अन्तिम पदको अनुप्रास मिल्नु पर्दछ l
अन्तिम पदले भावको सम्पूर्णतालाई बोकेर चोटिलो निस्कर्ष दिनु पर्दछ l

उदाहरणको लागि....

गेडी (१)

नलाए नि चौबन्दी, मनमा राख नेपाल । = कथन "क"
ढाका टोपी लाएर, चन्द्र सूर्य उचाल । =कथन "ख"
साथी हो, = "थेगो"
सबै भन्दा देश माथि हो । = "बिट"


गेडी (२)

चौबन्दिको आठ्तुना बिनायो छ छातीमा
मायासँग साटेको सञ्जिवनी पातीमा
ओँठैमा
साटेको हो चौँरी गोठैमा ।

गेडी (३)

दु:ख सुख खेपेर,चल्दै जाने जिन्दगी
किन पार्नु मनैको, इच्छाहरु बन्धकी
फूलैमा,
सुख खोज्छु,मन्को मूलैमा


(नोट:- प्रस्तुत जानकारी मनु लोहरुं को फेसबुक नोट बाट बिना सोधी खोजी Copy/Paste गरिएको हो)

No comments:

Post a Comment

प्रतिक्रिया समाबेशका निम्ती तल Comment As Roll नेर Name/URL Select गरेमा तपाइलाई सजिलो हुनेछ।