Thursday, October 22, 2009

चोमोलुङ्मा प्रतिस्ठान द्धारा दुइ वटा श्रष्टा सम्मान एबं पुरस्कारको स्थापना
---------------------------------------------------------------------------
सोलुखुम्बुका कलाकार साहित्यकार एबं पत्रकारको मिलेमतो बाट चोमोलुङ्मा प्रतिस्ठान नेपालको आयोजनामा काठमाडौंमा तीन दिने ब्रिहत देउसी भैलिको आयोजना गरियो। देउसिबाट संकलित रु दुई लाख सत्तरी हजार रुपैयाँ को अक्षय कोश स्थापना गरी साहित्य कला संगीतमा लागेका सर्जक हरुलाई चोमोलुङ्मा सम्मान नगद रु .८८४८ र सम्मान पत्र दिने भएको छ । साथै सगरमाथा मर्चेन्ट बैंक ललितपुरका प्रबन्ध निर्देशक श्री मन बाहिङ ले पनि प्रत्येक बर्ष रु ८८४८ रुपैया थप दिने घोषणा गर्नुभएकोले आगामी बर्ष देखी दुइवटा पुरस्कार चोमोलुङ्मासम्मान बितरण हुने भएको छ। दुई वटा मध्ये सोलुखुम्बु का सर्जकलाई १ र रास्टिय स्तरका सर्जक लाई १ गरी बितरन गर्ने योजना प्रतिस्ठानको रहेको छ। साथै यो पुरस्कार ले सोलुखुम्बु को मात्र नभएर देशब्यापी साहित्य कला संगीतको छेत्रमा मह्त्वपूर्ण योग्दान पुर्याउने कुरामा चोमोलुङ्मा प्रतिस्ठान विश्वाशत रहेको कुरा सचिब भद्रगोल किराती ले जनाउनु भएको छ।
------------------------------------------------------------------------------

Tuesday, October 20, 2009


मृत्युको ढङ्ग
-बसन्तकुमार बस्नेत
------------------------------------------------------------------------------
सहिदले भन्यो
मर्नुको पनि एउटा ढंग हुन्छ

थिएन
मेरो जिवनको शब्दकोशमा
उसको मृत्युको शब्दार्थ
र थिएन,
एसको अमरताको गन्तब्य
खोई ऊ भन्दै थियो
मर्नेको पनि र्सबश्रेष्ठ तरिका हुन्छ

होला सायद
कसैको लागी मृत्यु पनि
एउटा उचाईको नाम होला
होला
जीवन पछिको
अर्को जीवनको सुन्दर नाम

सोच्न बाध्य छु
समय यो भिन्न खण्डमा
कि नयाँ जीवनको दर्शन
बोकेर एक्लो उभिएको

हो म
कसरी स्वीकार्न सक्छु उसलाई सहिद
जो ठिङ्ग उभिएर मेरो अघिल्तिर
जबरजस्त पढाउन कोसिस गरिरहेछ
नयाँ शताब्दीको लागी
मृत्युको
अर्को नयाँ दर्शन ।।

इलाम

-------------------------------------------------------------