Tuesday, October 20, 2009


मृत्युको ढङ्ग
-बसन्तकुमार बस्नेत
------------------------------------------------------------------------------
सहिदले भन्यो
मर्नुको पनि एउटा ढंग हुन्छ

थिएन
मेरो जिवनको शब्दकोशमा
उसको मृत्युको शब्दार्थ
र थिएन,
एसको अमरताको गन्तब्य
खोई ऊ भन्दै थियो
मर्नेको पनि र्सबश्रेष्ठ तरिका हुन्छ

होला सायद
कसैको लागी मृत्यु पनि
एउटा उचाईको नाम होला
होला
जीवन पछिको
अर्को जीवनको सुन्दर नाम

सोच्न बाध्य छु
समय यो भिन्न खण्डमा
कि नयाँ जीवनको दर्शन
बोकेर एक्लो उभिएको

हो म
कसरी स्वीकार्न सक्छु उसलाई सहिद
जो ठिङ्ग उभिएर मेरो अघिल्तिर
जबरजस्त पढाउन कोसिस गरिरहेछ
नयाँ शताब्दीको लागी
मृत्युको
अर्को नयाँ दर्शन ।।

इलाम

-------------------------------------------------------------

0 पाठक प्रतिक्रिया:-:

Post a Comment

तपाइ को सानो प्रतिक्रियाले लेखकलाई ठूलो उत्साह थप्न सक्छ..... (प्रतिक्रिया समाबेशका निम्ती तल Comment As Roll नेर Name/URL Select गरेमा तपाइलाई सजिलो हुनेछ।)