Tuesday, September 29, 2009


जनयुद
-योगेन्द्र गिरी
----------------------------------------------------------------------------------------

कति गर्छौ जनयुद्ध प्रचण्ड जनयुद तिमी नेपाली भूमिमा
तेह्र बर्सको यति ठुलो युद्धमा पनि भएन देसमा शान्ति किन ?

त्यति बेला भन्थ्यौ जनतालाई तिमी नेपाललाई स्विजरल्याण्ड बनाउछु
नौ महिना सम्म सरकारमा बसेर पनि केही गरेनौ प्रचण्ड तिमीले किन र?

अहिले सरकार बाट बाहिरिएर जनआनदोलन गर्छौ किन र?
दसौ हजार जनताहरु भने तातो गोली खाएरै मरे

तिमी भने महलमा देश बिदेसको भ्रमण गर्छौ किन र?
किन प्रचण्ड़ तिमी किन र?

धुपू - १ लेब्रंग
संखुवासभा
इमेल- yogendra.yogen@yahoo.com
-------------------------------------------------------------------------
"भयवादः वैचारिक चिन्तन" - एक चर्चा
- सरण र्राई
------------------------------------------------------------------------------------
"भयवादः वैचारिक चिन्तन" 'आदिवासी' -उपन्यास/भयवाद) को विषयमा नौ जना विद्धानहरुको चिन्तन रहेको छ । बेग्लाबेग्लै आ-आफ्नो दृष्टिबाट गरिएका ती चिन्तहरु खारिएका, ओजपर्ूण्ा र आफैमा पर्ूण्ा छन् । केही चिन्तनहरु भने हल्का तवरसँग प्रशंसामा केन्द्रित हुँदा सन्तुलित हुन नसकेका भए पनि तिनीहरुको पनि आफ्नै महत्वपर्ूण्ा विशेषता रहेको छ । पुस्तकमा रहेका सबै चिन्तहरुका चर्चा गर्नुपर्ने आवश्यकता भएपनि समय सीमितताका कारण जुन जुन चिन्तनहरुमा मतैक्यता, एकरुपता र सामञ्जस्य छ, त्यसलाई नदोहोर्‍याई फरक भएका विचार, तर्कहरु र दृष्टिहरुमा मात्र यस संक्षिप्त चर्चा गरिने छ ।
आवरण - सज्जा र स्केच
आवरण-सज्जा बसन्तराज अज्ञातले आकर्ष ढंगले गर्नु भएको छ । आवरणमा -आदिवासी मानव मानेर नै-) अर्धकदको मर्ूर्तिचित्र राखिएको छ । 'आदिवासी' मा उक्त मर्ूर्तिचित्र पश्चिमतर्फर्फकेको छ भने 'भयवाद वैचारिक चिन्तन' मा पर्ूवतर्फर्फकेको छ । मर्ूर्चिचित्रले पाठकको मनमा एउटा अज्ञात सजीव भाव पैदा गर्न सक्षम भएको छ । मर्ूर्तिचित्रमूनि आवरणको १/४ भागमा गाढा निलोमा धर्का, लिङ्गो वा रेखाहरुको स्केच गरिएको छ । झट्ट हर्ेदा मान्छेजस्तो पनि देखिने त्यो स्केचले आवरण आकर्ष र विषयवस्तुसँग मिल्ने भाव बोकेको प्रतित हुन्छ ।
आवरणमा भएको मर्ूर्तिचित्रबारे कृष्ण बरालले '-यलम्बर- प्रकृति- कली-)' कसको चित्र हो प्रश्न उठाउनु भएको छ । डा. टंक न्यौपानेकै शब्दमा "हिन्दु धर्मशास्त्रले भन्ने गरेको कलिको मर्ूर्ति सम्भवतः आदिवासीको मर्ूर्ति हुनर्ुपर्दछ, जसले लिच्छविकालिन स्वर्ण्र्ाागको प्रतिनिधित्व गर्दछ । यसले गर्दा पनि पुस्तक आकर्ष भएको छ ।" त्यसैगरी अर्जुन माबुहाङले "राज्यको परिभाषाभित्र 'विरुपाक्ष' लाई आदिवासी मान्न सकिँदैन । भाषा वंशावलीअनुसार उनी अर्न्तर्वेदी नगरका क्षेत्रीय कुलका ब्राह्मण धर्म शर्माका पुत्र विपाक थिए ।" भनी सो आवरणको मर्ूर्तिचित्रलाई आदिवासीको हो भन्ने अस्वीकार गर्नुभएको छ ।
त्यो मर्ूर्तिचित्र बारे यकीन भन्न नसकिए पनि डा. टंक न्यौपानेको भनाई "यसले गर्दा पुस्तक आकर्ष भएको छ" भन्ने सित सत प्रतिसत सहमत हुन सकिन्छ ।
पुस्तकमा नौ जना लेखकहरुका स्केचभित्र बिल्कुल आधुनिक प्रविधिबाट मेख लिम्बूले तयार गर्नुभएको छ, जुन स्केच चित्रहरुले पुस्तकको सौर्न्दर्य, स्तर र आकर्षामा सुनमा सुगन्ध् बनाएक्ो छ । सम्भव, नेपालका पुस्तकहरुमा यस प्रकारको स्केच चित्र पहिलोपल्ट प्रयोग भएको छ ।
भयवाद
"जन्म, जीवन, मृत्यु... सभ्यता, ... यी सबै चेतना हुन् । सबै चेतनामा भय छ । ... ब्रम्हाण्ड, नक्षत्र, भुगोल, तारा सै भयभीत छन् । वनस्पति, प्राणी, जीव र मान्छे सबै भयभीत छन् ... ती भयभीहरुको 'त्व' बोकेर आएको 'वाद' हो भयवाद -जीवन-चेतना-ज्ञान-भय-भयवाद)" देश सुब्बाले धन्यवाद ज्ञापनको क्रममा भयवादको सार संक्षेप खिच्नु भएको छ ।
मुनाराज शर्ेमाको दृष्टिमा भयवाद 'विचारको निरन्तरता' हो । त्यस्तै कृष्ण बरालकै शब्दमा "जीवनजगतलाई हर्ेनै एउटा मजबुत दृष्टिकोण भयवाद हुन सक्तछ तर उसले जीवनजगत्को सम्पर्ूण्ा पाटो पहिल्याउन भने सक्दैन कि-" अर्जुन माबुहाङले पनि "तन्तु तुम्याङ, फेदाङमा, साम्ाहरु र युमादेवी आदिको मिथकहरु प्रस्तुत गरेर भयको उत्खनन् भएको देखाउनु भएको छ" भन्नुभएको छ । शिव रेग्मी 'प्रणत' अनुसार "भयको चरित्र मान्छेको मनोविज्ञान अनुसार बनेको हुन्छ । ... भय मानसिकताले तयार गरेको आकार हो ।" वहाँले साहित्यमा भय/भयवादको चर्चामा कृष्ण धरावासीले हरि खनाल भन्ने पात्रलाई रोयल्टी तिरेर भयमुक्त भएको उदाहरण प्रस्तुत गर्दै भय/भयवाद राजनीति, समाज र साहित्यमा कति उपयोगी वा प्रभावकारी हुन सक्छ भन्ने व्याख्या गर्नुभएको छ ।
डा. टंक न्यौपानै भन्नुहुन्छ "भयवाद नवीन दर्शन त देखिदैन तर स्थापित मनोविज्ञानको नवीनतम मनोदर्शन भएको चाहिँ पक्कै हो । यस अर्थमा यो महत्तर प्राप्ति हो, विश्वलाई नेपालीको एउटा उपहार हो यो ।"
डा. गोविन्दराज भट्टर्राईका अनुसार "भयवादभित्र धेरै कुरा समेटिएका छन् । दर्शनबाट अलिकति, विज्ञानबाट अलिकति, साहिल्य सिद्धान्तबाट अलिकति, इतिहास संस्कृतिबाट अलिकति विचारहरु लिएर निर्माण गरिएको अन्तरविषयक र्-इन्टर डिसिप्लिनरी) चर्चा हो । यो नितान्त नौलो कुरा चाहिँ होइन .... यसको औचित्य स्थापना हुन एउटै मात्र तर्फछ - डेरिडाको शब्दमा एब्सेन्सेज र ग्याप्सभित्र प्रवेश अनुपस्थितिबाट नयाँ ज्ञानको खोजी । शब्दले हेलिएका शब्दहरु विचार छलिएका व्यवहारहरु । ज्ञान नहुन्जेल थाहै भएन, अन्धकार पल्टाएर हर्ेदा त्यो त्यही थियो, त्यही छ । भयवादले त्यही देखाउँछ । ...अस्तित्वमा नआएका कुरा एकदिन प्रकट हुन्छ र अनि त्यसपछि त्यो बेगर चल्नै नसक्ने हुन्छौ । ... भयवाद त्यस्तै एउटा सामग्री वा आविष्कार वा जीवनजगत् र लेखन हर्ेने नयाँ औजार जस्तै लाग्छ । अनेक विकल्पको संसारमा यो विकल्प हो न प्रथम न अन्तिम । .... भयवाद जीवनजगत् हर्ेने थप दृष्टिकोण हो ... यसको उपयोगिता हुन सक्छ, परन्तु सृष्टिलाई यसैले मात्र हर्ेदा हुन्छ भन्ने चाहिँ सक्तिन । यो एक आंशिक झस्काई हो ... एउटा नयाँ चौतारी, एक वैकल्पिक बिसौनी ।"
आदिवासी ः उपन्यास/भयवाद
'आदिवासी' डा. खेम दाहालका अनुसार प्रथम दृष्टि लिई आत्मवृतान्त प्रकाश गरिएको उपन्यास हो । "यस कृतिको निरीक्षण गर्दा मार्क्सवादी चिन्तक पियेर मार्सेरीले ठानेझैँ हाम्रा पाठहरु सधै अपूरा हुन्छन् र ज्याक डेरिडाले निर्देशन गरेझैँ यसमा खोज्ने ठाउँका ग्यापहरु छाडिएका हुन्छन् ।"
अर्जुन माबुहाङले उपन्यासका बारेमा आदिम रुखको नामक हुनुपर्थ्याे, चकसेक्पा सेक्मुरी फूल संरक्षणको प्रतिक भएकोले चिहानमा नभेटिने कुराहरु रीतिको रुपमा औलाउनु भएको छ । शिव रेग्मी 'प्रणत' का अनुसार 'आदिवासी' भयवादको 'सिद्धान्त र साहित्य' दुवै हो र 'स्वरकल्पनाको मिहिन बुट्टे तन्दाले' भरिएको उपन्यास वा भयवादको कृति हो ।
ज्योति जङ्गलको मूल्याङ्कनमा "उपन्यासले नयाँपन दिएको छ । व्रि्रोह, लैङ्गकि कोकोहोलो, सामाजिक दर्ुघटनाको दर्दनाक बयान, शोक, द्वन्द थाकेको नेपाली उपन्यासको पाठकले नयाँ संरचनाको स्वादिलो कृति पढ्न पाएको छ ।" भन्ने बाट उपन्यास 'नयाँ संरचनाको स्वादिलो कृति हुन गएको देखिन्छ ।
मनु मन्जिलले निसामलाई भी.एस. नयपालका पात्रहरुसँग तुलना गर्नुभएको छ र 'रहस्यवादीहरुले भन्ने गरेको एक्चुअलाइजेसको अर्थ बुझिन्छ निसामको छट्पट्ट िर प्राप्तिमा । उपन्यास रमाइलो छ ।" भन्नु भएबाट उपन्यास रमाइलो साथ प्रभावोत्पादक भएको देखिन्छ ।
कृष्ण बरालको दृष्टिमा 'आदिवासी' छर्ुर्पी चपाउँदाको जस्तो साह्रो तर चपाउँदै जाँदा स्वादिलो' छ । भन्नु भएबाट उपन्यास रमाइलो साथ प्रभावोत्पादक भएको देखिन्छ ।
कृष्ण बरालको दृष्टिमा 'आदिवासी' छर्ुर्पी चपाउँदाको जस्तो साह्रो तर चपाउँदै जाँदा स्वादिलो' छ । आत्मापरक शैलीमा लेखिएको उपन्यासको कथावस्तु फाल्गुनन्दको बाल्यकालको कथा जस्तो पनि छ, झाक्रीले सुनाउने आफ्नो कथा जस्तो पनि छ । ... आञ्चलिकतालाई जात र भाषा समातेर जुन संवेदनशीलता समाउन खोज्नुभएको छ - त्यसैले एउटा मार्गचित्रको प्रसस्ती गरिदिएको छ' भन्ने वहाँको दृष्टि रहेको छ ।
'आदिवासी' मा सिरिजङ्गा, सुम्निमा आदि नामहरु उल्लेख नभएपनि मुनाराज शर्ेमाले कथाक्रममा आउने गाउँ 'सुम्दो' आठ र्राईको उत्तरवर्ती गाउँ हो र आदिम रुख सिमलको रुख भएको, तन्तु फाल्गुनन्द र बालिका सुम्निमा र ओडारबासी सिरिजङ्गा भएको उल्लेख गर्नुभएको छ । साथै आदिमरुख मानव सभ्यताको विम्ब 'नौ तला घर' भएको र नामसामी र केसामीको कथा पनि आफ्नो चिन्तनमा उल्लेख गर्नुभएकोले उपन्यासका पात्रहरुबारे थप चर्चा, परिचर्चा गर्नुपर्ने देखिन्छ ।
उल्लेखनीय घटना र पात्रहरुको अभाव भएकोले 'आदिवासी' आख्यानिका भएको छ भन्ने कुरा डा. टंक न्यौपाने बताउनु हुन्छ ।
'आदिवासी' का लेखक
डा. गोविन्दराज भट्टर्राईका अनुसार "जगत् दृष्टिकोणहरुको जङ्ग हो ... भयवाद एउटा स्पेसिज थपिएको मात्र हो... देश सुब्बा र्स्वर्ट अथवा उनको लेखन पनि थप स्पेसिज मात्र हो ।" स्पेसिज हुन सक्नु ठूलो कुरा हुन जाने निश्चित छ ।
मुनाराज शर्ेमाको दृष्टिमा "देश सुब्बा एउटा राम्रा विचारका खेलाडी हुन् । धेरै गोल गर्ने क्षमता छ उनमा । मिथकीय खेलाडी हुन उनी ।" देश सुब्बाले सिद्धान्त र सिर्जना एक साथ दिएर हाम्रो साहित्यलाई गुन लगाएको मान्छ ।" भन्दै मन मन्जिल देश सुब्बालाई एक साथ 'सिद्धान्त र साहित्य' सृजना गर्न सक्ने लेखक मान्नु हुन्छ ।
देश सुब्बाको अझ बढी प्रगतिको कामना राख्नु हुने डा. खेम दाहाल देश सुब्बा "लिङ्ग, वचन र क्रिया पदका नियमहरु, ठाउँठाउँमा चिप्लिएका" कुराहरु उठाएर परिष्कृत लेखनका लागि सजग पार्नुहुन्छ ।
"नयाँ मिठास दिएर भयको प्रयोग गर्दै भयका मुक्तिको उपाय समेत बोकेको र चर्चित विषयवस्तु, त्यसले भोगेको इतिहास, त्यसले समेटेको संसार र वर्तमान पीडाका आयामहरु खोतल्न सक्ने' लेखक भए ज्योति जङ्गल बताउनु हुन्छ ।
डा. गोविन्दराज भट्टर्राई बताउनुहुन्छ - 'लेखक' र्सवसमन्वयवादी देखिन्छन् ।
बिसौनी
'भयवाद ः वैचारिक चिन्त' 'आदिवासी' उपन्यास/भयवादको विषयमा पर्ूण्ातया स्पष्टताहरु देखाउन/स्थापना गर्न सफल भएको छ । साथै आफ्नो उद्देश्य परिपर्ूर्तिमा पनि पुस्तक सफल देखिन्छ । कृष्ण धरावासी र डा. गोविन्दराज भट्टर्राईको भनाइहरुलाई उद्धृत गर्नु विसौनीमा पुग्ने मेलो भएको छ । कृष्ण धरावासी "खास गरी नेपालभित्र रहेका जातजाति र भाषाभाषीहरुका समस्या र संवेदनशीलता लेखनमा रमाउन सकेको छैन । यस्तो बेलामा लेखनले आञ्चलिकतालाई समात्न सक्नर्ुपर्ने हो । ... आफ्नो समाज र जीवनको जटिलतालाई बुझ्नमा पश्चिमी शैलीका विकसित सोच र चेतलाई जागृत गराउन खोज्दा कतिपय साहित्यिक कृतिहरु सीमित समुदायका बुद्धिरञ्जनको साधन मात्र बनेका देखिन्छन् भन्ने भनाई सान्दर्भिक देखिन्छ ।
त्यस्तै डा. गोविन्दराज भट्टर्राईको भनाई - "यसले -उपन्यासले) अन्तरजातिय प्रेम र सहिष्णुता बढाउन सहयोग गर्दछ । यसले हाम्रो मेनस्टि्रम लेखनको एकलता र रेखायीताको अन्त्य गर्न सहयोग पुर्‍याउँछ ... नेपालमा पनि खसेत्तर संस्कृतिका र्सजकको स्वागत हुने बेला आएकेा छ । ..." सकारात्मक देखिन्छ साथै विश्राम लिनुभन्दा अगाडि पुनः वहाँलाई नै उद्धृत गर्नुपर्ने भएको छ "लेखकलाई अन्तमा भएको आत्मज्ञान बडो सुन्दर छः 'जति नै सुन्दर फुल फुले पनि एकै जात र रङ्गको फूलले फूलबारी सुहाउदैन । सबै जात र रङ्गको फूलबारी सुहाउँछ ।' लेखकको यी वाणीलाई यो राष्ट्रले ध्यान दिएर सुन्नर्ुपर्छ । यस कृति मार्फ लेखकले दुइ कुरा सँगसँगै लाँदैछन् - जातीय अस्तित्वको पहिचान र राष्ट्रिय एकता हार्माेनी, सहअस्तित्व र बहुलताको अपरिहार्यता ।"
रस : एक समीक्षा
-भयानक रस र भयवादका सापेक्षतामा
उपप्रा. रमेश घिमिरे
प्राचार्य, पिण्डेश्वर विद्यापीठ
--------------------------------------------------------------------------------------------------------------------
१. विषयप्रवेशः
संस्कृत समालोचना परम्परामा रससिद्धान्तले धेरै चर्चा पाएको छ । ध्वनि सम्प्रदायभित्रकै अध्ययनको विषय हुँदाहुँदै पनि यसले छुट्टै सम्प्रदायका रुपमा विकसिकत हुने अवसर पाएको देखिन्छ । यसभित्र काव्यका सतही कुराभन्दा भित्री गहिरा तत्वहरुको विश्लेषण भएकाले यसको भएको हो । अलङ्कार, रीति, बक्रोक्ति र औचित्य सम्प्रदायमा क्रमशः अलङ्कार, रीति, वक्रोक्ति र औचित्यलाई काव्यका प्रमुख तत्वका रुपमा स्वीकार गरिएको पाइन्छ भने ध्वनि सम्प्रदायमा ध्वनिका तीनोटै प्रकार वस्तु, अलङ्कार र रसको प्रमुखताका साथ चर्चा गर्दै अन्ततः रसकै प्रधानतालाई स्वीकार गरिएको देखिन्छ । रस सम्प्रदायले चाहिँ रसलाई काव्यको काव्यत्व सृजना गर्ने तत्वका रुपमा विश्लेषण गरेको पाइन्छ । रस काव्यकार, पाठक र दर्शकका हृदयभित्र हुने अनुभूति तङ्खव हो । भयानक रस चाहिँ उक्त रसका विभिन्न भेदहरुमध्ये एक हो ।
२. रस ः शब्दार्थ र परिभाषा
'आस्वादन गर्नु' भन्ने अर्थको 'रस' धातुबाट रस शब्द बन्छ । त्यसैले शब्दको व्युत्पत्तिका आधारमा जुन तङ्खवको आस्वादन हुन्छ, त्यो नै रस हो अथवा मान्छेद्वारा स्वाद लिइने तङ्खव नै रस हो भने अर्थ निस्किन्छ । तर पर्ूर्वीय काव्यशास्त्रको विशाल सर्न्दर्भमा यस शब्दले पारिभाषिक रुपमा मानवजीवनका सम्पर्ूण्ा अनुभूतिलाई समेटेको हुनाले र समग्र जीवनदर्शनकै गहिरो र व्यापक अर्थलाई बोकेको हुनाले 'रस' शब्दको सोझो अर्थका सीमाभित्रमात्र ढुक्क पर्न मिल्दैन । रसको परिभाषाका क्रममा आचार्य भरतले 'विभावानुभावव्यभिचारिसंयोगाद्रसनिष्पत्तिः' अथवा स्थायीभावसँग विभाव, र व्यभिचारी भावको संयोगबाट रसको निष्पत्ति हुन्छ भनी रससूत्रको प्रतिपादन गरेका छन् । कालक्रमका हिसाबले भरतभन्दा पछाडिका भट्टलोल्लट, श्रीशङ्कुक, भट्टनायक, अभिनवगुप्तजस्ता जति पनि काव्यशास्त्रीहरुले रससम्बन्धी विचार र विवेचना प्रस्तुत गरेका छन्, ती सबै भरतको यसै रससूत्रमा आधारित छन् । आचार्य मम्मटले रसको परिभाषा यसरी दिएका छन् -
'लौकिक व्यवहारमा रतिआदि भावका कारण, कार्य र सहकारी कारण रहेका हुन्छन्, जस्तै- नायक र नायिकाआदि आलम्बन कारण एवम् चन्द्रमा, उद्यानआदि उद्दीपन कारण हुन् भने कटाक्ष, मुस्कानआदि रतिका कार्य हुन् । त्यस्तै चिन्ता, हर्ष उत्सुकताआदि स्थायीभाव रतिका सहकारी कारण हुन् । लोकव्यवहारका यिनै कारण, कार्य र सहकारीहरु जब काव्य या नाटकमा प्रयुक्त हुन्छन् तबत ी कारण, कार्य र सहकारीलाई नै क्रमशः विभाव, अनुभाव र व्यभिचारी भाव भनिन्छ भने रतिआदि भावलाई स्थायीभाव भनिन्छ । यिनै विभाव, अनुभाव र व्यभिचारी भावद्वारा अभिव्यक्त भएको स्थायीभाव नै रस हो । -काव्यप्रकाश)
आयार्य विश्वनाथले दिएको परिभाषा यस्तो छ-
'विभाव, अनुभाव र व्यभिचारी भावद्वारा व्यक्त भएको रतिआदि स्थायीभावले नै सहृदयका लागि रसत्व प्राप्त गर्दछ अर्थात् त्यस्तो स्थायीभावलाई नै रस भनिन्छ ।" -साहित्यदर्पण)
३. मुख्य रससामग्री ः स्थायीभाव, विभाव, अनुभाव र व्यभिचारी भाव
रस तङ्खवका लागि अनिवार्य सामग्री हुन् स्थायीभाव, विभाव, अनुभाव र व्यभिचारी भाव । मानवजीवन अनुभूति नै अनुभूतिको पुञ्ज हो । प्रतिक्षण गरेका अनुभूतिहरुमध्ये जीवनका मूलभूत अनुभूतिहरु मान्छेका हृदयभित्र संस्कारका रुपमा समेटिएर रहेका हुन्छन् । तिनै अनुभूतिका संस्कारहरु स्थायीभाव हुन् । सुषुप्न अवस्थामा रहेका ती स्थायीभावहरुलाई जगाउने कारणलाई विभाव भनिन्छ । जस्तै- कुनै युवकका हृदयको रति -अनुराग) युवतीका कारणले जाग्दछ भने कुनै युवतीका हृदयको रति -अनुराग) युवकका कारणले जाग्दछ र त्यसका लागि एकान्तस्थल, रातको समयआदिले महत्वपर्ूण्ा भुमिका खेलेका हुन्छन् । यर्सथ युवक र युवती एवम् एकान्तस्थल, रातको समयआदि नै विभाव -क्रमशः आलम्ब्न र उद्दीपन) हुन् । सुषुप्त अवस्थामा रहेको स्थायीभाव त्यसका विभावरुप कारणले जब जाग्दछ तब त्यसको बाहिरी सूचना दिने खालका कटाक्ष, मुस्कानजस्ता शारीरिक प्रतिक्रियाहरु पैदा हुन्छन्, तिनै शारीरिक प्रतिक्रियाहरु अनुभाव हुन् । त्यस्तै स्थायीभावको जागरणका समयमा शङ्का, आवेग धर्ैयजस्ता जे-जति मानसिक तरङ्गहरु अस्थिर रुपमा आउने-जाने गर्छन्, तिनीहरु चाहिँ व्यभिचारी भाव हुन् ।
४. रससूत्रका विभिन्न व्याख्या
क) उत्पत्तिवादः
रससूत्रको उत्पत्तिवादी व्याख्या भट्टलोल्लटले गरेका हुन् । उनको व्याख्या गराइ यस्तो छः 'कारणरुप नायिकाआदि आलम्बन तथा उद्यानआदि उद्दीपन विभावद्वारा रतिआदि स्थायीभावहरु उत्पन्न हुन्छन् । कटाक्ष, भुजाक्षेपआदि कार्यरुप अनुभावद्वारा रतिआदि उक्त स्थायीभावहरु प्रतीतियोग्य बन्दछन् एवम् निर्वेदआदि सहकारी कारणका रुपमा रहेका व्यभिचारी भावद्वारा ती स्थायीभावहरु परिपुष्ट हुन्छन् । यसरी विभावद्वारा उत्पन्न, अनुभावद्वारा प्रतीतियोग्य र व्यभिचारीभावद्वारा परिपुष्ट भएको स्थायीभाव मुख्य रुपमा रामआदि अनुकार्यमा र रामआदि अनुकार्यको स्वरुपको अनुकरणका कारण नटमा समेत प्रतीयमान हुन्छ । त्यस्तो स्थायीभाव नै रस हो ।' -काव्यप्रकाश)
ख) अनुमितिवादः
अनुमितिवादी प्रथम व्याख्याकार शक्तुक हुन् । उनको व्याख्या यसप्रकार छ ः 'यो राम नै हो', 'राम यही हो' यसरी निश्चित भएको सम्यक, ज्ञान, सुरुमा 'यो राम हो' भनेर ज्ञान भए पनि भने 'ए है, यो त राम होइन रहेछ' भनिने मिथ्याज्ञान, 'यो राम हो कि होइन होला' भन्ने संशयज्ञान र 'यो रामजस्तै छ' भन्ने खालको सादृश्यज्ञानः यी चार प्रकारको ज्ञानभन्दा भिन्न तरिकाले अथवा चित्रमा घोडाको ज्ञान जसरी हुन्छ त्यस ढङ्ग -चित्रतुरगन्याय) ले नटको ज्ञान हुन्छ । त्यसरी बोध भएको नटद्वारा काव्इको अनुशीलनका बलले, गुरुबाट सिकेका शिक्षाले एवम् बारम्बार गरिएको अभ्यासले प्रस्तुत गरिएका कारण, कार्य तथा सहकारी कारणरुप विभाव, अनुभाव तथा व्यभिचारीभावद्वारा रत्यादि स्थायीभावको अनुमान हुन्छ । यद्यपि ती कारण, कार्य तथा सरकारी कारणहरु कृत्रिम हुन्छन् तथापि यथार्थजस्ता लाग्दछन् । स्थायीभावको अनुमान पनि अरु अनुमानजस्तो हुँदैन, बरु वस्तुसौर्न्दर्यका बलले रसनीय हुन्छ, स्वादिलो हुन्छ । त्यो रसनीय स्थायीभाव सामाजिक वर्गमा नरहेको भए पनि उनीहरुले आफ्नो संस्कारवश त्यस स्थायीभावको आस्वाद लिन्छन्, त्यस्तो आस्वाद्य स्थायीभाव नै रस हो ।' -काव्यप्रकाश)


ग) भुक्तिवादः
रससू्त्रका भुक्तिवादी व्याख्याकार भट्टनायक हुन् । उनका अनुसार 'अनुकार्यमा तथा अनुकर्तामा भट्टलोल्ल्टले भनेझैँ रसको न उत्पत्ति हुन्छ न त शक्तुकले भनेझैँ अनुमान हुन्छ । रस आत्मगत अथवा सामाजिकगत रुपमा अभिव्यक्ति पनि हुँदैन । काव्यमा र नाटकमा अभिधा -तथा लक्षणा) भन्दा भिन्न भावकत्व नामक व्यापारद्वारा साधारणीकृत रत्यादि स्थायीभावलाई ब्रहृमानन्दको अनुभूतिसमान भोग वा भोजकत्व नामक व्यापारद्वारा आस्वादित गरिन्छ, भोग गरिन्छ । त्यसरी आस्वादनको वा भुक्तिको विषय बनेको स्थायीभाव नै रस हो ।' -काव्यप्रकाश)
घ) अभिव्यक्तिवादः
रससूत्रका अभिव्यक्तिवादी व्याख्याकार अभिनवगुप्त हुन् । उनले गरेको रससूत्रको व्याख्या यसप्रकार छ ः 'लोकव्यवहारमा सामाजिक वर्ग यस नायिकाको यसप्रति रति छ, यस नायकको यसप्रति अनुराग छ भन्ने जस्ता कुराहरुको अनुमान गर्न अभ्यस्त हुन्छन् । काव्यमा वा नाटकमा रतिआदिको अनुमानका लागि नायक-नायिका तथा उद्यानजस्ता कारणहरु, कटाक्ष र मुस्कानजस्ता कार्यहरु एवम् लज्जा, उत्सुकता, आवेग, हर्षस्ता सहकारी कारणहरु लोकव्यवहारमा भन्दा अलग ढंगका बन्दछन्, अलौकिक बन्दछन् । त्यसैले ती कारण, कार्य तथा सहकारी कारणलाई पनि विभाव, अनुभाव तथा व्यभिचारी भाव भनेर अलग नाम दिइन्छ । ती नामहरु अलौकिकताका सूचक हुन् । ती विभाव, अनुभाव तथा व्यभिचारी भावहरु साधारणीकृत रुपमा प्रतीत हुन्छन् अथवा तिनीहरुका विशिष्टताको लोप भएको हुन्छ । सहृदय सामाजिकहरुका हृयदमा वासनाूत्मक रुपमा अवस्थित रत्यादि स्थायीभाव त्यसरी साधारण रुपमा प्रतीत भएका विभाव, अनुभाव र व्यभिचारी भावद्वारा अभिव्यक्त हुन्छ । त्यो स्थायीभाव यद्यपि व्यक्तिविशेषहरुमा रहेको हुन्छ तथापि साधारणीकरणका बलले व्यक्तिको विशिष्टता हराउँछ एवम् त्यो सहृदय वेद्यान्तरसर्म्पर्कशून्य बन्दछ अथवा रसानुभूतिका बेलामा उसले रसास्वादनबाहेक अन्य कुनै पनि विषयवस्तुको बोध गरेको हुँदैन । यसरी विशिष्ट पहिचानलाई गुमाउँदै अन्य सहृदयका साथमा समान रुपमा रही सहृदय सामाजिकले उक्त स्थायीभावलाई चर्वणा गर्दछ, आस्वादन गर्दछ । त्यसरी आस्वादित स्थायीभाव नै रस हो । यो रस आफ्नो आत्मासमान अभिन्न हुँदाहुँदै पनि आस्वादको विषय बनेको हुन्छ, यसको स्वरुप आस्वादमात्र हो, यसको अस्तित्व विभावआदि रहेसम्ममात्र रहन्छ, घटक सामग्रीभन्दा र्सबतको स्वाद जसरी बेग्लै खालको हुन्छ त्यस्तै विभाव, अनुभावआदिभन्दा रसको आस्वाद बेग्लै हुन्छ । आस्वादनका अवसरमा रस साक्षात् प्रतीत भएझैँ, हृदयको अन्तस्तलमा प्रवेश गरिरहेझैँ, समस्त अङ्गहरुलाई आलिङ्गन गरिरहेझैँ अनुभव हुने हुनाले अलौकिक चमत्कारकारी हुन्छ ।'
-काव्यप्रकाश)
५. रससङ्ख्या
माथि प्रस्तुत शास्त्रीय मान्यताका आधारमा के कुरा स्पष्ट हुन पुगेको छ भने विभाव, अनुभाव र व्यभिचारी भावले आ-आफ्नो भूमिकाबाट स्थायीभावलाई व्यक्त गर्दछन्
-अभिव्यक्तिवाद अनुसार), उत्पन्न गर्दछन् -उत्पत्तिवाद अनुसार), अनुमित गराउ"छन्
-अनुमितिवाद अनुसार) या भुक्त गराउ"छन् -भुक्तिवाद अनुसार) । जे भए पनि त्यस्तो स्थायीभाव नै रस हो । त्यसकारण स्थायीभावको सङ्ख्या जति छ, रसको सङ्ख्या पनि त्यति नै हुन्छ । वस्तुतः मानवअनुभूतिका हृदयगत संस्कारहरु नै स्थायीभाव भएकाले यस दुनिया"मा मानवहृदयभित्र कति किसिमका अनुभूतिसंस्कार छन् भनेर गन्न सकिने कुरै होइन । तथापि विभिन्न काव्यशास्त्रीहरुले आफ्नो अनुभव, आफ्ना गाउ"-समाजको अवलोकनआदिका सापेक्षतामा स्थायीभावको र रसको सङ्ख्यालाई निर्धारण गर्ने गरेका छन् । त्यसैले आचार्य भरतका मतमा स्थायीभाव वा रसको सङ्ख्या आठ छ ः रति -शृङ्गार), हास -हास्य), शोक -करुण), क्रोध
-रौद्र), उत्साह -वीर), भय -भयानक), जुगुप्सा -बीभत्स) र विस्मय -अद्भुत) । मम्मट आठ सङख्यामा चित्त बुझाउ"दैनन् र निर्वेद -शान्त) लाई थपेर रससङ्ख्या नौ पुर्‍याउ"छन् । विश्वनाथ उपर्युक्त नौमा वात्सल्य -वत्सल) थपेर उक्त सङ्ख्या दश पुर्‍याउ"छन् । त्यसै गरी गौडीय परम्परामा भक्तिरसलाई पनि गणना गरेका छन् । आधुनिक कतिपय साहित्यहरुमा देशाभिमान -देशभक्ति) लाई पनि गणना गरेको देखिन्छ । यसले अनुभूतिका अनन्तताभित्र देश, काल र परिस्थितिअनुसार नया"नया" रसको गणनाका संभाव्यताको ढोका खोलिदिएको छ ।
६. भयानक रस ः एकरसवाद र भयवादका सापेक्षतामा -निष्कर्ष
मानवजीवनका प्रधान अनुभूतिहरु भनेर ठहर्‍याइएका आठ, नौ, दश या एघार .... रसमध्ये भयानक एउटा रस हो । यसको स्थायीभाव भय-डर) हो । त्रासद वस्तु यसको आलम्बन विभाव र भयानुकूल वातावरण उद्दीपन विभाव हो । थरथरी काम्नु, भाग्नुआदि यसका अनुभाव हुन् भने चिन्ता, ग्लानि, आवेगआदि व्यभिचारी भाव हुन् । यिनै विभाव, अनुभाव र व्यभिचारी भावद्वारा व्यक्त स्थायीभाव भय नै भयानक रस हो । यसरी भयानक रसलाई संस्कृत काव्यशास्त्रले प्रमुखताका साथ गणना गरेको छ भने संस्कृत काव्यशास्त्रमा प्रचलित एकरसवादले प्रत्येक रसको चरम अनुभूति र संवेदनाका आधारमा पृथक् भूमिका र महत्तालाई सङ्केत गरिदिएको छ, हेरौ"ः
क) उत्तररामचरितमा भवभूतिले करुणलाई एकमात्र रसका रुपमा गणना गरेका छन् । उनका अनुसार अरु रसहरु पानीका फोकाजस्ता क्षणिक परिणाममात्र हुन् भने करुण समग्र पानीजस्तो सत्य र नित्य हो ।
ख) भोजराजले शृङ्गारलाई मूल रस मानेका छन् जसअनुसार अन्य रसहरुभन्दा पृथक् र चरम आस्वाद शृङ्गारको हुने भएकाले शृङ्गारमात्र रस हो ।
ग) नारायण पण्डितले सबै रसहरुको सार भनेको चमत्कारमात्र भएकाले सबैतिर अद्भुत रसमात्र रहेको हुन्छ भन्ने एकरसवादी मान्यता प्रस्तुत गरेका छन् ।
घ) अभिनवगुप्तले अरु निमित्तवश उत्पन्न भएका क्षणिक विवर्तमात्र भएकाले ती सबै अन्तमा शान्तमै विलीन हुन पुग्छन्, त्यसैले शान्तमात्र वास्तविक रस हो भनेका छन् ।
यसरी प्रचलित एकरसवादका परम्पराले अरु पनि एकरसवादी भिन्न धारणा र मान्यताहरु जन्मन सक्ने संभाव्यनालाई यस मानवदुनियाका सामुमा स्थापित गरिदिएको छ । यसउसले आज चर्चा भइरहेको भयवादसम्बन्धी जुन नया" चिन्तन र मान्यता छ त्यो पनि तिनै संभावनाहरुको एउटा प्रकटीभूत तथ्य हो भन्ने देखिन्छ जसले पर्ूर्वीय काव्यशास्त्रका भाषामा भन्ने हो भने भय -भयानक रस) लाई मानवजीवनको सर्वोपरि अनुभूतिका रुपमा स्वीकार गर्दछ ।
भयवादः वैचारिक चिन्तन' विमोचन तथा परिचर्चा समारोह" हरियाली पार्क, धरानमा २०६६ श्रावण २९ गते बिहिवार प्रस्तुत टिप्पणी
अस्तित्वसङ्कट र आशाबीच भयवाद
-राम्जी तिमल्सिना
-------------------------------------------------------------------------------------
१) चिन्तनको तहमा भयवाद
डर, त्रास वा भय र अस्तित्वको बीच के सम्बन्ध छ - यिनीहरुको बीचमा चाहेर वा नचाहेर उपस्थित रहने आशाको उत्पत्ति कसरी हुन्छ र त्यसले जीवन र जगत्लाई कतातिर डोर्याउ"छ - यी र यस्तै जीवन ब"चाइका आधारभूत यथार्थहरुलाई सम्बोधन गर्ने युगौ"देखिका कैयौ" प्रयासहरुको पछिल्लो खुड्किलो बनेर बहसमा उत्रिएको छ भयवाद हालसालै । विदेशमा बसेर देश र पश्चिमी संस्कृतिको प्रवेशद्वार हङकङमा रहेर नेपालको आदिवासी संस्कृतिलाई प्रेम गर्दै देश र संस्कृतिको लोप भएर आफ्नो अस्तित्वको आधारभूत परिचय गुम्ला कि भन्ने अस्तित्ववादी भयबाट प्रेरित भएर देश सुब्बाले रच्नुभएको यो चिन्तन आज सिङ्गो नेपाली संस्कृति र साहित्यको चिन्तन प्रवाह हु"दै अत्याधुनिक प्रविधिको सहायताले विश्वभर प्रवाहित हु"दै छ । नदीमा पुगेकेा पानी पक्कै फर्केर खहरेमा आउ"दैन । सके नदीको मुल्कामा मिसिन्छ, नभए छेउछेउ नै भएर पनि प्रवाहको निरन्तरतामा संलग्न भइरहन्छ, यो आफू छुट्टै देखियोस् वा नदेखियोस् । यस्तै छ आज भयवादको उपस्थिति हामीमाझ ।
भयको उत्पत्ति, जाति, भाषा, संस्कृति, विचार वा राष्ट्रको अस्तित्व र आशाको कुरा गरिरह"दा पश्चिमेली मिथकको प्यान्डोराको बाकस एक प्रतिनिधि बिम्ब भएर देखापर्दछ । प्राकृतिक शान्ति र बाल सन्तुष्टिको बीचमा आकर्ष बाकसको चहकिलो लोभ्याइले प्यान्डोराले जटिलतम् मानवीय जीवन प्राप्त गरेकी हुन्, उनी आफैं र आफूजस्ताहरुको लािग उत्ुक आकाङ्क्षाको परिपर्ूर्तिको रुपमा । सुरुमा कीरा भएर निस्किएका दुःख र समस्याहरुले तड्पाउ"दा पनि बाकसभित्र थुनिएरै रहेको आशाले बाहिर निस्कन बाटो खोलिदिन गरेको अनुनयले त्यतातिर ध्यान तानि"दा बा"च्न योग्य लागेको हो उनको जीवन । यो मिथकीय प्रस्तुति प्रत्येक जीवन ब"चाइको बिम्ब हो । लाग्छ भयवाद त्यस्तै दर्शनबाट प्रेरित भई जीवनको सोही अनुरुपको व्याख्या गर्न तम्तयार छ आदिवासीय अस्तित्व चेतलाई केन्द्रमा राखेर ।
भयवादको बैचारिक आधारको व्याख्या वा अवधारणा पत्र भनेर २०६६ श्रावण २० गते देश सुब्बाले दिनुभएको चौथो पटक परिमार्जन र विस्तार गरिएको तीस पृष्ठ लामो ए फो. साइजको फोटोकपी लेख, सुब्बाद्वारानै सिर्जित उपन्यास 'आदिवासी' २०६४ को विषयवस्तु साथै त्यसमाथिको भूमिका र टिप्पणी, र २०६५ साल श्रावण १८ गते धरानमा सम्पन्न "आदिवासी उपन्यास र भयवाद दर्शनः राष्ट्रीयवहस" मा भयवादको वैचारिक पक्ष र आदिवासी उपन्यास माथिका लिखित टिप्पणीहरुको सङ्कलन रहेको कृति 'भयवादः वैचारिक चिन्तन' हर्ेदा भयवादका निम्न आधारभूत मान्यताहरु रहेको देख्न सकिन्छ ः
१) भय चेतनाको कुरा हो । यो दिमागको बाटो भएर शरीरभरि घुमिरहन्छ । जीवन भएपछि चेतना हुन्छ, चेतना भएपछि ज्ञान हुन्छ, र ज्ञान भएपछि भय हुन थाल्छ । चेतना र अस्तित्वको आधार -समस्या) बीचको सङ्र्घष्ाले भयको सिर्जना गर्दछ । ज्ञान भयको कारण हो । भयले चेतना सक्रिय पार्दछ । चेतनाको सक्रियताले ज्ञान प्राप्त हुन्छ । ज्ञान-भय-चेतना-ज्ञानको यो चक्र जीवनभरि चलिरहन्छ ।
२) भय एउटा फराक गमला हो । सम्पर्ूण्ा विचारहरु यसमा फुलेका सुन्दर फूलहरु हुन् । 'जीवन र चेतनास"ग सम्बन्धित भएर आउने कर्म भयभन्दा पृथक हुन सक्दैन ।' -१२)
३) चेतनाको मात्रास"गै भयको मात्रा बढ्दै जान्छ ।
४) विश्वासले भयलाई कम गराउ"छ । साहित्य, कला, सङ्गीत, दर्शन, विज्ञान र धर्महरुको अध्ययनको भूमिका यही छ ।
५) द्वन्द्वात्मक अभौतिकवादः- द्वन्द्व भौतिक वस्तुमा मात्र हु"दैन, अभौतिक वस्तुमा पनि हुन्छ । चेतनाको यात्रा द्वन्द्वात्मक हुन्छ । द्वन्द्वको प्रत्येक अंशमा भय जीवित रहन्छ ।
६) जबसम्म म भन्ने भावना बा"चिरहन्छ तबसम्म भय बा"चिरहन्छ ।
७) सबै प्रकट -कार्यव्यापार) हरु तबसम्म निर्जीव रहन्छन् जबसम्म त्यहा" भयको प्रवेश हु"दैन । भयले शरीरमा रक्त सञ्चार गर्दछ । भय जीवनको सुचालक हो ।
८) भय कर्म होइन, कर्ता हो ।
९) भयविहीनता आफैं एउटा भय हो । भय नहुनु सिर्जनशीलताको समाप्ति हो ।
१०) भय मानिसमा हुने एक किसिमको मानसिक चञ्चलता र इन्द्रियहरुको सचेतता पनि हो।
११) भयको रुप, आकार, अवस्थिति र समाधान एउटै किसिमको हु"दैन । भोक्ताको मानसिक स्वरुप अनुसार त्यसको वितरण र विस्थापन हुन्छ ।
१२) जब भय सक्रिय हु्न्छ, प्राणीहरु डराउने, काम्ने, लुक्ने, भाग्ने गर्दछन् । तर यसबाट भागेर, लुकेर, यसलाई जित्ने वा यसबाट मुक्त हुने कुरा भ्रम मात्र हो । यसलाई मान्छेले यसै हो भन्न नसके पनि रोग, मृत्यु, सम्पत्ति, दर्ुघटना, र्स्वर्ग, नरकर्,र् इश्वर, शैतान सबैसबै भन्छन् ।
१३) जीवन के हो बुझ्न भ्रमबाट मुक्ति जरुरी छ । भ्रमबाट मुक्ति लिन भयबाट मुक्ति जरुरी छ ।
१४) इन्द्रियको चेतनाले भय र भ्रमको सिर्जना गर्दछ भने वैचारिक चेतनाले भय र भ्रमबाट मुक्तिको बाटोतिर लान्छ ।
१५) इन्द्रियको चेतना भन्दा वैचारिक चेतना उच्चतर तहको ज्ञानको बाटो भएकाले त्यसले भ्रमबाट मुक्ति प्रदान गर्दै भयबाट समेत विमुक्त पार्ने प्रयास गर्दछ । वैचारिक चेतनाको पर्ूण्ाता बुद्धत्व हो जहा" भ्रम र भय दुवैको अनुपस्थिति रहन्छ ।
१६) सामान्य जीवन इन्द्रियको चेतनामा आधारित भएकाले भ्रमको कुहिरोमा भयको ओडार भित्र उकुसमुकुुस भइरहन्छ ।
१७) भयको अस्तित्व छ भन्ने ज्ञान वैचारिक चेतनाद्वारा मात्र प्राप्त हुने भएकाले यसले भयबाट मुक्तिको प्रयास गराउ"दै कमसेकम यसको मात्रा घटाउन सहयोग पुर्याउ"छ । यही"नेर भयको सैद्धान्तिक अध्ययन वा भयवाद अनि यसको दृष्टिकोणले जीवन हर्ेर्ने कुराको महत्व झल्किन्छ ।
१८) भयको कारणले प्रत्येक आनन्द, सुख, सहजताबाट हामी बञ्चित भइरहेका हुन्छौं ।
१९) प्रत्येक कर्म भयबाट छुटकारा पाउने प्रयास हो । अनि परिचयको सङ्र्घष्ा पनि । अस्तित्वको खोजी अनस्तित्वको भयले निम्त्याउने परिणाम हो ।
२०) भयबाट मुक्तिको खोजीमा मात्र मानिस सिर्जनशील बन्दछ । त्यसैले यसले प्रगति र सभ्यताको निर्माणमा महत्वपर्ूण्ा भूमिका निर्वाह गर्दछ ।
२१) मान्छेहरु भयरहित हुँदा सामान्य अवस्थामा गर्न नसक्ने काम पनि गर्न सक्छन् । त्यसैले मानवीय विकासका लागि संसारलाई सके भयमुक्त पार्न र नभए पनि यसमा भयको मात्रा घटाउन जरुरी छ ।
२२) पातहरुको बीचबाट कोपिलालाई फक्रने मौका दिएर फूल बनाएजस्तै भयको बीचबाट हर्ुकन दिएर जीवनको सुन्दरता सिर्जनामा देखिनर्ुपर्दछ ।
२३) चेतना, ज्ञान र भयको समान मिश्रण रहेको जीवनको बिन्दू पर्ूण्ा जीवनको अवस्था हो ।
२४) भयमुक्त जीवन अराजक बचाइ होइन, प्राकृतिकताहरुको अनुशासित बाचय हो ।
२५) प्रत्येक आन्दोलन र वादको प्रमुख उद्देश्य जीवनलाई सरल, सरस र ग्राह्य पार्नु हो । भयको व्यवस्थित अध्ययन गर्न सिर्जित वाद भयवाद पनि त्यही उद्देश्यबाट प्रेरित छ ।
२६) भयवाद साँस्कृतिक विषयवस्तुको खोजीको माध्यमले मानसिक समस्याहरुको निदानको लागि सक्रिय रहन्छ ।
२७) भयवाद जनजातिय समालोचनाको प्रमुख आधार पनि हुन सक्छ । नयाँ सिर्जनाहरुको व्याख्या र सम्पर्ूण्ा पुराना कृतिहरुको भयवादीय पठन -भयालोचना) आवश्यक छ ।
२८) सिर्जनशील अराजकता र विशेष रङ्गवाद भयवादका आयाम भित्रकै साहित्यिक चिन्तनहरु हुनसक्छन् ।
२९) मान्छे छ र नै विश्व छ । त्यसैले मान्छेको अस्तित्व वा जीवन सबभन्दा महत्वपर्ूण्ा विषय हो जान्नका लागि त्यसैले भयवादले पनि अन्य वादहरुका झै आफ्नो वैचारिक सिद्धान्त भित्र व्याख्या, विश्लेषण, प्रयोग, अनुसन्धान र खोजलाई विशेष स्थान दिन्छ जीवन बुझ्नका लागि ।
यिनै आधारहरुमा भयवादलाई नवचिन्तनको रुपमा विकास गर्न खोजिएको देखिन्छ ।

२) भयवादः सीमा र परिमार्जन
भयवादको व्याख्या गर्दै डा. गोविन्दराज भट्टर्राई लेख्नुहुन्छः
यो धेरै विषयबाट अलिअलि पैंचो लिएर निर्माण गरिएको विचार हो। .......... यसमा केवल साहित्य सिद्धान्तको कुरा नभएकाले साहित्यको प्रसङ्गमा मात्रै यसको चिन्तन सीमित गर्न सकिँदैन। धेरै कुरा जोडिएर आएकाले, यसको पर्ूण्ा विकास र सम्पादन भईनसकेकाले यो अलि जटिल र कतै अस्पष्ट पनि लाग्दछ। -थाम्सुहाङ २०६६ः५८)
डा. भट्टर्राईले भन्नुभएजस्तै भयवाद सैद्धान्तिक विकासको प्रारम्भिक चरणमा कावा खाइरहेको देखिन्छ। जीवनका सम्पर्ूण्ातालाई समेट्ने सिद्धान्त निर्माण गर्न खोजेर वृहत्त् आयामको सिर्जना गरिएकाले सिद्धान्तकार ठाउँठाउँमा अलमलिएजस्ता लाग्नुहुन्छ। भ्रम, विश्वास र अलमल्याइ जीवनका अभिन्न यथार्थहरु भएकाले यो स्वाभाविक पनि छ। अनि यस्तै अर्को स्वाभाविक कुरा हो। भाषाको प्रयोगको असर। सबै अवस्थामा भाषाले विचारलाई सम्पर्ूण्ारुपमा सम्पे्रषण गर्न सक्दैन। भन्न खोजिन्छ। भन्नेलाई सबैथोक भने जस्तो लाग्छ, तर भन्नुपर्ने कुरा भनिएकै हुदैन। लेखक र पाठक बीचको भाषासिर्जित यो ग्यापले लेखकले बुझेको कुरा पाठकसम्म पुग्दैन। कहिलेकाही लेखकले बुझेभन्दा फरक भएर पनि विषयवस्तु पाठकसमक्ष पुग्न सक्दछ। त्यसैले भाषाको प्रयोगमा प्रत्येक लेखक पर्ूण्ा सचेत हुन जरुरी छ। भयवादसँग सम्बन्धित कृतिहरु पढ्दा वाद प्रणेताले स्पष्ट विचार बोक्नुभएको आभाष हुन्छ। तर तीसपृष्ठ लामो अवधारणा पत्रमा कैयौँ विरोधाभाषहरु पाइन्छन्ः विचार र प्रस्तुति दुवैमा।
प्रस्तावनाको सुरुमा भनिएको छ, "चेतनशील प्राणीहरुमा चेतना र ज्ञानको मात्रा अनुसार भय निर्भर गर्दछ। .........कुनै घटना, समस्या, भूल, रोग थाहा पाइएन, शङ्का, भ्रम भएन भने मान्छेलाई भय हुँदैन" -१)। तर त्यही अनुच्छेदमा नै फेरि भनिएको छः "त्यसैले थाहा नभएको अवस्था नै एक किसिमको भयवादको अवस्था हो" -१)। त्यसपछिको ठीक अर्को वाक्यमा लेखिएको छ। "घटना, समस्या, भूल, जीवन, मृत्यु, आफन्त, रोग, भोक, सम्पत्ति, इज्जत, अनुशासन, कानुन नियम सबै थाहा नभएको अवस्थामा मान्छेलाई भय हुँदैन"-१)। लाग्दछ यहाँ सिद्धान्तकारले इन्द्रियचेत र वैचारिक चेतको भिन्नताको आधारमा भयको प्राप्ति र ज्ञानको कुरा गर्न लाग्नुभएको हो। तर यो कतै स्पष्ट छैन।
यस्तै विरोधाभाष पाइन्छ भयको सापेक्षता र निरपेक्षताको बहसमा पनि। हेरौँ निम्न वाक्यहरुः
जीवनको निमित्त भय निरपेक्ष छ र जगत्को निमित्त जीवन। -३)
जगत् जीवनसित सापेक्ष भएको छ र जीवन भयसित। -१२)
जीवन र जगतको सम्बन्ध सापेक्ष कि निरपेक्ष- अनि जीवन र भयको सम्बन्ध नि- विचार अलमलिएको छ। "जीवनलाई डोर्याउँदै हिड्ने दर्शन, सिद्धान्त, विज्ञान, अध्यात्म सबैको आमा भय हो। भय निरपेक्ष छ" -३) भन्ने सिद्धान्तकार एकैछिनमा "भयवादीय चिन्तन ब्रहमाण्डको भय र शरीरको भयलाई न्यून गर्दै जानु हो" -४) भन्नुहुन्छ। निरपेक्ष कुरा कसरी न्यून हुन्छ- आमाको अस्तित्व न्यून गरेर कसरी नवजीवनको परिकल्पना गर्न र यसको मूल्य उकास्न सकिन्छ-
"जीवन चारैतिर भयले ढाकिएको छ । भयमण्डल भित्र वख्तर बन्द छ हाम्रो जीवन । यस्तो मुख्य विषयलाई वाद नै भनेर महत्व दिनर्ुपर्दछ" -५) भन्ने विचारमा मुख्य विषय भएर वाद भयो भन्ने तर्क सही देखिँदैन । मुख्य विषय भएकाले त्यसका आधारमा वादको निर्माण गरेर त्यसको अध्ययन जरुरी छ भन्नु उपयुक्त हुन्छ । यसैगरी अवधारणा पत्रमा भनिएको छ "भय कमगर्न गरिने क्रिया नै भयवाद हो" -६) । कुनै क्रिया वा काम वाद हुँदैन । वादको सहायताले क्रियाको व्याख्या मात्र हुन्छ । यसैगरी पटकपटक "वाद गरिरहेछौं" भन्ने वाक्यांश प्रयोग गरिएको छ । यसो भन्दा 'वाद'लाई गफ वा कुराकानीसँग समानान्तर मानेको पाइन्छ । साहित्यको वाद गफ होइन, सैद्धान्तिक आधार हो ।
डोरीलाई र्सप देखेर भयभीत हुने भ्रम जीवनको भ्रम हो । भय भ्रमको परिणाम हो । चेत फिरेपछि वा थाहा पाएपछि वा भ्रम सकिएपछि यथार्थ बोध हुन्छ र भय समाप्त हुन्छ भन्ने तर्क पनि चेतनाले भय सिर्जना गर्दछ भन्ने तर्कसँग पटक्कै मेल खाँदैन ।
यी र यस्तै वैचारिक अस्पष्टता र विरोधाभाषहरुको बीचमा हर्ुकने सिद्धान्त कति जीवन्त, विश्वासिलो र दर्ीघकालीन हुनसक्छ विचारणीय छ । हुनसक्छ सिद्धान्तकार आफूमा स्पष्ट हुनुहोला, तर त्यो लेखनमा आएको सैद्धान्तिक बहसमा पनि देखिन जरुरी छ ।
अन्य सम्पर्ूण्ा वादमा प्रचलित शब्द ९त्भrm० हरुलाई धड्कन र जीवन नभएका शब्द मानेर 'भय' शब्दमा मात्र यी दुवै भएकाले यो शब्द र यसको आधारमा बनेको सिद्धान्त 'भयवाद' अरु शब्द भन्दा उच्च छ भन्ने सिद्धान्तकारको मनोगत तर्क भाषाशास्त्रको कुनैपनि विमर्शले पुष्टि गर्दैन । यस्तो मनोगत कुरा वादको आधार बन्न सक्दैन, वाद स्थापित हुने त निकै परको कुरा ।
भयवादीय साहित्य भएन भने तमाम साहित्यहरुको आधार ढल्न सक्छ भन्ने भनाइ मात्र बालहठ हो । के भर्खर जन्मेर वामर्ेर्सने तरखरमा लागेको भयवाद भन्दा पहिलेका सम्पर्ूण्ा सिर्जनात्मक प्राप्तिहरु आधारहीन र अर्थहीन छन् त - यस्तो फितलो तर्कको आडमा कसरी वाद स्थापित हुन्छ - गम्भीर चिन्तनका साथ अगाडि बढ्दा राम्रा हुन्छ । आफूलाई सही र जीवनोपयोगि प्रमाणित गरेपछि मात्र अरु माथि आक्रमण गर्दा सफलता हात लाग्ने हो । हतार गरे जस्तो लाग्छ ।
यस्तै भयवाद स्वतन्त्र चिन्त हुन सकेको देखिँदैन । अरिस्टोटलदेखि पmायड र डेरिडा हुँदै फुकोसम्मका विचारहरुलाई दोहोर्‍याएर यो तर्क संसारमा पहिलो पटक आएको हो जस्तो गरिएको पाइन्छ सिद्धान्तको व्याख्यामा । वाद स्वतन्त्र चिन्तनबाट आउने विषय हो । चिन्तनमा अध्ययनको बढी प्रभाव र मनन अपुग रह्यो भने यस्तो हुन्छ र हुनु स्वाभाविक पनि छ । यस्तै भएजस्तो लाग्छ भयवादमा पनि । तथापि 'भयवाद' शब्दको प्रयोग शायद पहिलोचोटी भएको हो साहित्य र जीवनको विमर्शमा ।
कुनै पनि सिद्धान्त सटीक र स्पष्ट हुन जरुरी छ । अस्पष्ट र घुमाउरो दर्शन भन्दा जीवन्त उदाहरणको सिद्धान्तलाई परिपक्व बनाउँछ । अवधारणा पत्रमा भएको एकोहोरी पुनरावृत्तिपर्ूण्ा व्याख्यान भन्दा उदाहरण सहितको बुँदागत प्रस्तुति बढी प्रभावकारी हुनसक्छ ।
यी र यस्तै विचार र तर्कहरुका बाबजुद भयवाद आफैभित्र शक्ति राख्ने सिद्धान्त हो । जहाँ भय छ त्यहाँ त्यसको निदानको उपाय पनि हुन्छ भन्ने विचार एकदमै सही छ । प्रत्येक समस्या समाधान लिएरै जन्मन्छ । सचेत भएर पत्ता लगाउने जिम्मेवारी हाम्रो हो । प्रत्येक वाद आफ्नो दृष्टिले संसारलाई हर्ेछ र त्यस्तै देख्छ । फरकफरक वादहरुको संसारको फरकफरक बुझाइ विभिन्न रङका चस्माहरुले प्रकृतिको रङ फरक देखाए जस्तै हो । "जीवन प्रकाश हो, भय अन्धकार" भनिरहँदा जीवन अन्धकारबाटै सुरु भए पनि उज्यालोतिर अगाडि बढ्छ र अन्धकारलाई विस्तारै परास्त गर्दै वैचारिक चेतनाको सहयोगले अन्धकारबाट पर्ूण्ा मुक्ति पाउन सकिन्छ भन्ने विचारले जीवनलाई सहज पार्दै आशावादी भएर बाँच्न सहयोग पुर्‍याउन सक्दछ । जीवनभरि प्रत्येक मान्छे अस्तित्वको सङ्कट झेलिरहन्छ, तथापि आशाको उज्यालोले जीवन धानिरहन्छ । यसै क्रममा कुनै दिन भयबाट छुटकारा समेत पाउन सकिन्छ भन्ने भयवादीय चिन्त वर्तमान मानवसमाजले बुझ्नै पर्ने एक महत्वपर्ूण्ा विचार हो । यसरी अस्तित्वसङ्कट र आशाबीच भयवाद जीवनमा जीवनकै व्याख्या गर्न सहयोगीसिद्ध हुन सक्दछ।
प्रत्येक वाद सुरु हुन्छ एकल चिन्तनबाट। विस्तारै विमर्शको बाटो भएर खारिदै जाँदा कि त पर्ूण्ा परिमार्जित अर्कै वादजस्तो बन्छ, कि त सामान्य परिवर्तनबाट कमजोरीहरु हटाएर परिष्कृत स्वतन्त्र वाद बन्दछ। आशा गर्न सकिन्छ निरन्तरका बहस र विमर्शहरुका सहयोगले भयवादले दोस्रो बाटो समात्नेछ ।
३) टिप्पणीमाथिको टिप्पणी
"भयवादः वैचारिक चिन्तन २०६६ " मा सङ्कलित भयवाद र 'आदिवासी' उपन्यास माथिका टिप्पणीहरु हर्ेदा अधिकांश टिप्पणीकारहरुले भयवादको सैद्धान्तिक पक्षमाथिको बहसलाई भन्दा वादप्रणेता वा सिद्धान्तकार देश सुब्बाले आदिवासी भाषा, लिपि र धर्मसंस्कृतिलाई गर्नुभएको माया र नयाँ वादको घोषणा गरेर साहित्य विमर्शमा पुर्‍याउनु भएको योगदानलाई बढी माया गर्नुभएको देखिन्छ। सैद्धान्तिक बहसमा कुन बढी महत्वपर्ूण्ा हुन्छ कुन्नि- लाग्छ भयवाद विकासको चरणमा भएकाले यस भित्रका द्विविधा, अस्पष्टता र विरोधाभाषहरुको स्पष्ट सङ्केत गरिदिनु भयवादमाथि सही अर्थमा न्याय गर्नु हो र देश सुब्बालाई असली पे्रम। अनि मात्र भयवादको भविष्य सुखद बन्नेछ र प्रशंसाको दर्ीघकालीनता स्थापित हुनेछ। सायद टिप्पणीहरु पनि भयवादीय दृष्टिकोणले अध्ययन गर्न सकिने विषय बनेका छन्।
औपन्यासिक कृति 'आदिवासी' माथिका टिप्पणीहरु पनि भयवादको आधारमा भन्दा पनि नेपालको समसामयिक वस्तुस्थितिको मनोवैज्ञानिक पक्षसँग उपन्यासका पात्र र घटनाहरुको समानीकरणमा जोड दिन प्रयोग गरिएका छन्। उपन्यासकारले आफ्नो कृतिलाई उपन्यास भयवाद भनेबाट भयवादको व्याख्या र उपन्यास दुवै एउटै कृति कसरी भयो भनेर टिप्पणी अगाडि सारेर यस अर्थमा सफल वा असफल कस्तो रह्यो भनेर हर्ेदा मात्र सही अर्थमा कृतिमाथि टिप्पणीकारहरुले न्याय गरेको ठहरिने हो ।
भयवाद आदिवासी साहित्यको समालोचनाको आधार हुन सक्छ। यो उपन्यास आदिवासीहरुको इतिहासको आख्यानीकरण समेत भएको छ। भयवाद पढेर उपन्यास पढ्दा भन्दा उपन्यास पढेर भयवाद पढ्दा वाद बढी बुझिने भएकाले देश सुब्बाको वादको लामो प्रस्तावना वा अवधारणा पत्र भन्दा उपन्यास बढी सुन्दर छ वादकै लागि पनि। आदिवासीको वास्तविकता थाहा नपाएकाहरु आदिवासी आन्दोलनका अगुवा बनेको स्थित्रि्रतिको चोटिलो व्यङ्ग्य बनेको छ यो उपन्यास। यसले सरलता, आत्मीयता र मानवतातर्फ र्फकदै भाषा, लिपि र धर्मसंस्कृतिको रक्षामा तल्लीन रहनु भयबाट मुक्त हुने वा भयलाई कमगर्दै जीवनलाई सकारात्मक बाटोमा हिँडाउने सबभन्दा असल उपाय हो भन्ने प्रमुख पात्र निसामको जीवनको उदाहरणबाट प्रस्ट पारेको छ। यसरी यो भयवादको सफल प्रयोग भएको कुरा आगामी दिनका विमर्शहरुमा आउनसक्ने सम्भावना बाँकी नै छ ।
डा. गोविन्दराज भट्टर्राईको व्याख्यात्मक टिप्पणीले भयवादको बोधमा प्रशस्त सहयोग पुर्‍याउँदै साहित्य सिद्धान्तको महत्व र भावी सम्भावनाको चित्र उतारेको छ । 'आदिवासी' उपन्यास भित्रैबाट भयवाद बुझ्नु चाहिँ प्रासङ्गिक नै हुन्छ र लेखकलाई आदिवासीमाथि भएको अतिक्रमण र आदिवासी स्वयम्मा बढ्दै गएको विकृतिले गर्दा भय पलाएको छ भन्ने डा. टङ्क न्यौपानेको टिप्पणी गहन र सटीक छ । भयवादलाई इतिहाससँग जोडेर न्यौपानेले वादका व्याख्याताहरुलाई समेत सही कुरा के हो भन्ने बोध गराउनु भएको छ । भयवाद अझै अस्पष्ट रहेको र 'आदिवासी' खोजमूलक रहेको डा. खेम दाहालको टिप्पणी, भयवादको अवधारणा पत्र भन्दा बढी स्पष्ट व्याख्या सहितको शिव प्रणतको सिद्धान्त माथिको समीक्षा सहितको उपन्यासमाथिको विश्लेषणात्मक टिप्पणी, वाद निर्माण र सहरिया राजनीति गरेर भन्दा आदिवासीहरुको साँस्कृतिक संरक्षण र उन्नयन गरेर भयलाई कम गर्न सकिन्छ भन्ने मनु मन्जिलको तर्कका साथै सम्पर्ूण्ा टिप्पणीहरुका आ-आफ्नै सबलता र सीमाहरु देखिन्छन् । अवधारणा पत्र स्पष्ट भएपछि मात्र कुनै नवीन वादमाथि र यसको आधारमा कृतिको विश्लेषण गर्नु उपयुक्त हुन्छ भन्ने यो प्रयोगले प्रमाणित गरेको छ ।
४) निष्कर्षसाहित्यिक सिद्धान्तको विश्वइतिहासको पछिल्लो खुड्किलो 'भयवाद' विकास, विस्तार र बहसको चरणमा छ । संसारको अस्तित्वको एक मात्र आधारशीला र उत्प्रेरक भय हो भन्ने क्रान्तिकारी विचारका साथ अगाडि आएको यो वादमा आधारित उपन्यास पनि तयार भइसकेको छ । संरचनावाद ९क्तचगअतगचबष्किm० जस्ता प्रसिद्ध वाद पनि समयक्रममा खण्डहर हुँदै विस्मृतिमा पुगेका छन् । प्रायः प्रत्येक वादको नियति हो यो । होसियारीपर्ूण्ा र गम्भीर चिन्तन, विश्वासिलो व्याख्यान, तर्कपर्ूण्ा विश्लेषण, गम्भीर र बौद्धिक तहको बहस, सिर्जनात्मक प्रयोग र समयानुकूल परिमार्जन गरियो भने मात्र वादको आयु लामो हुन्छ । वादप्रणेताको विषयवस्तुको गहिरो अध्ययनले सबभन्दा महत्वपर्ूण्ा स्थान ओगट्दछ । आशा गरौँ भयवादको स्थापना र बहसको अहिलेको चरणको उत्साह लामो समय कायम रहनेछ । अनि यसको आयु पनि । राष्ट्रिय साँस्कृतिक मौलिकताको खोजी गर्ने, तर जीविकाको लागि विदेशिएका देश सुब्बाको यो अथक प्रयासलाई साधुवाद । उनलाई चेतनाको वनझाँक्रीले लगेर भयवाद पढाएकाले उनी बिस्तारै भयले काम्दै छन् । निश्चित छ उनी कुनै दिन साहित्यसिर्जना र साहित्यसिद्धान्तको धामी भएर निस्कनेछन् यस्तै प्रयास जारी राखेमा ।
सर्न्दर्भग्रन्थ सूची
थाम्सुहाङ्, प्रकाश -प्र.) २०६६, भयवाद ः वैचारिक चिन्तन, नेपाली साहित्य प्रतिष्ठान, हङकङ ।
सुब्बा, देश २०६४ आदिवासी, सिर्जनशील साहित्य समाज, हङकङ ।
२०६६ श्रावण, २९
ramjitimalsina@yahoo.com
9842018052
आदिवासी : देश सुब्बा र भयवाद
-चन्द्रमणि अधिकारी
-----------------------------------------------------------------------------
राष्ट्रियता जातीय पहिचानमा हुन्छ । जातीय पहिचान साँस्कृतिक वैविध्यले गराउँछ । साँस्कृतिक वैविध्य संस्कारनिर्मित हुन्छ । संस्कारमा निजत्व रहन्छ । निजत्वभित्र भाषा, लिपि, धर्म, संस्कार र मिथकीइ प्रवृत्ति पनि हुन्छन् । उपर्युक्त कुरा हाम्रो राष्ट्रियता झल्काउने तङ्खवहरु हुन् । यी सबै कुरा गुम्ने हुन् कि भन्ने भय छ- देश सुब्बालाई ।
साहित्य सिर्जना र वाद प्रयोगका सर्न्दर्भमा देश सुब्बा आदिवासी लिम्बू जातिका वर्तमान प्रतिनिधि हुन्, सचेतक हुन् र पर्ूवाञ्चलका गौरव पनि हुन् । उनी हङकङको डायस्पोरामा धान नाच्तछन्, रोटेपिङमा घुम्छन्, लिङ्गे पिङमा झुल्छन् र टीका थाप्छन् दशैंको - बुज्रुकहरुबाट । अनि खुसी भएर च्याब्रुङ बजाउँछन् । सोल्टिनीहरुसँगसँगै हाक्पारे पनि गाउँछन् - कर्ुर्रर । यी सबै कुरा भएर पनि उनलाई एउटा कुराको भय छ - सुपरिचित आदिवासीको कालक्रमिक पहिचान नहुनाको कारणको भय, आदिवासीको संस्कृति टुट्ने, गुम्ने र पुनः पहिचान नहुने कुराको भय, भाषा र लिपिको यथेष्ट ज्ञान-पहिचान नहुनाको भय र जातीय मिथक नै आदिवासीको संस्कृतिको पर्ूवचेष्टा भएर पनि मिथक-पहिचान र प्रयोगको न्यूनता वा अल्पताको भय । त्यसैले देश सुब्बा 'आदिवासी' -२०६४) मार्फ प्रकट हुन्छन् - भय नै भयको महाजाल बोकेर । देश सुब्बाले आफ्नो कृति 'आदिवासी' मा उपन्यास र भयवादलाई स्ल्यासले जोडेका छन् । यो प्रयोग हो तर उपन्यासको र भयवादको न मुक्तवितरण हुन्छ न त परिपूरक वितरण नै । अर्थात् देशले आदिवासीमार्फ 'भयवाद'को सिद्धान्त प्रक्षेपण गरेका छन् । यसरी देश सुब्बा नवीन वादको प्रयोगमा स्वनामधन्य लिम्बू जातिका हालसम्मका अन्तिम तर पर्ूवाञ्चलका चौथा व्यक्तित्व प्रतीत भएका छन्- साहित्यमा वाद प्रयोजनतर्फा । यसअघि, बैरागी काहिँला नूतन चिन्तनमार्ग लिएर उदाएथे क्षैतिजरुपमा, हाङयुङ अज्ञात र मित्रहरुको साहित्यमा अराजकताको कोसेली पस्किएथे अनि धमेन्द्र नेम्बाङ्ग र मित्रहरु मिलेर प्रयोगवादी कवितावाचन-रङ्गवादको प्रारम्भ गरेथे रुँदै, कुद्दै र पछारिदै । र, यस पछिल्लो कालखण्डमा नेपाली साहित्यका र्सजक, पाठक, समालोचकले स्वागतको खादा ओढाएका छन् - देश सुब्बालाई भयवादका निम्ति । स्मरणीय छ- यी चारै व्यक्ति, व्यक्ति नभएर व्यक्तित्व भएका छन् र हाम्रो प्राचीन किराँत संस्कृतिका पृष्ठपोषक लिम्बू जातिभित्रकै यशोगान गरिने गौरव भएका छन् ।
निश्चय नै नेपाली कला र साहित्यका फाँटमा अब खसहरुको एकाधिकार रहेन । खसेतरहरुको सोच, चिन्तन र प्रकटीकरणले पहिचान दिएको छ- जातीय संस्कृति, कला, भेष र सभ्याताको, विकसित मेधाको अनि आदिवासीहरु सुषूप्तावस्थाबाट शनैःशनैः जाग्रत् अवस्थामा आइपुगेको र विचारको नेतृत्व दिएका थिए, दिइरहेको छन् र दिनेछन् भन्ने यथार्थताको । ललितकलाका क्षेत्रमा अब बालकृष्ण सम र रागिनी उपाध्यायहरु मात्र होइन लैनसिंह वाङदेल र योगेन्द्र सुब्बाहरुको नाम पनि त्यत्तिकै सम्मानका साथ आएको छ । राजनीतिका क्षेत्रमा कृष्णप्रसाद भट्टर्राई र रामचन्द्र पौडेलहरु मात्र होइन बलबहादुर र्राई र सुवास नेम्बाङहरु पनि सुपरिचित र प्रशंसनीय भएका छन् । रानुदेवी अधिकारी र मीरा राणाहरु मात्र होइन शारदा सुब्बा, दिपक लिम्बू र राजेश पायल र्राईहरु पनि त्यति नै मात्र होइन अझ बढी सुनिन्छन् साङ्गीतिक क्षेत्रमा । सूचना र प्रविधिका क्षेत्रमा अब रमेशनाथ पाण्डे र विजय पाण्डेहरुको मात्र एकाधिकार रहने - त्यो ठाउँमा अब प्रदीप मेन्याङ्बो, जस बेखर्ची, हर्षसुब्बा र देवान किराँतीहरुको अधिकार जमाइसकेका छन् । त्यसैले देश सुब्बाभित्रको लेखक अमरवाणी बोल्दछ - कालान्तरमा यसले आप्तवाणीको संज्ञा पाउन सक्छ । उनी लेख्छन्- 'जति नै सुन्दर फूल फूले पनि एकै जात र रङ्गको फूलले फूलबारी सुहाउँदैन । सबै जात र रङ्गको फूलले मात्र फूलबारी सुहाउँछ ।' यहाँ पनि देशलाई एउटा भय नै छ - भयाक्रान्त देखिन्छन् उनी बहु भाषा, बुह भाषी, बहु जातजाति र बहुसंस्कृतिको यस मुलुकमा कुनै जाति, भाषा, वर्ण्र्ाा संस्कृति पछिपर्ने पो हो कि - भनेर ।
"भय" भनेको कुनै सङ्कट वा अनिष्ट कुराको सम्भावनाद्वारा उब्जने र प्राणीलाई चिन्तित तथा व्याकुल बनाउने मानसिक स्थिति हो, डर हो र त्रास हो । संसारमा भयमुक्त कोही छैन । र्स्वर्गका राजा इन्द्रलाई अमरावती गुम्ने भय, सत्ताधारीलाई सत्ता गुम्ने भय अनि जोजोसँग जेजे छन् ती प्रत्येकलाई भएका कुराहरु गुम्ने भय अनि आफ्ना अभीष्टहरु पूरा नहोलान् कि भन्ने भय । भय अर्थात् डरलाई लुक्न लुकाउने, छोप्ने वा ढोक्ने ठाउँ कतै छैन । चेहराका रेखाहरुले अनि भाव-भङ्िगमा र कम्पनले प्रकटिन्छ यो । मनोवैज्ञानिक यथार्थताको साँचोमा ढालेर हेरौं- भय कतै पनि लुक्तैन ।
पर्ूर्वीय चिन्तनले हेरौं- मानवदेहधारी जीवात्मासँगसँगै इन्द्रिय, मन, बुद्धि, आत्मा, माया र परमात्मा रहन्छन् । यी तत्वहरुमध्ये भयको स्थान मनमा रहन्छ । मन स्थिर रहँदैन चञ्चल रहन्छ । त्यसैले भय लुक्तैन । भय नलुक्नाले मानिसले पर्ूव र्सतर्कता अपनाउन सक्छ- प्रिकसन लिन सक्छ । भयकै कारण मानिस कुगति, दर्ुगति वा कुमार्ग त्याग गर्छ । भयसँग कार्य कारण सम्बन्ध रहन्छ । उन्नति, प्रगति र विकासका लागि भय सचेतक रहन्छ । मानिस कुनै काम गर्छ, भयकै कारणले, कुनै काम छाड्छ भयकै कारणले र कुनै काम गर्दैन भयकै कारणलेे ।
र् र्सजक देश सुब्बाको नवीनतम कृति 'आदिवासी' दर्शन फाँटको वाङ्मय ग्रन्थ हो । यसलाई स्रष्टाद्वारा उपन्यास भनिए पनि अउपन्यास हो यो । विधामिश्रण छ यसमा । यसभित्र दर्शन, चिन्तन र प्रयोगहरुले स्थान ओगटेका छन् । उत्तरआधुनिक लेखनको एउटा सङ्केत हो यो । विधाभञ्जन छ यसमा र केन्द्र भत्काइएको छ अनि यसका सीमा स्तम्भहरुलाई र परिधिहरुलाई केन्द्रको रुप प्रदान गरिएको छ । यसमा जेष्टाल्ट वादको छनक पाइन्छ । हेलियोग्राफको सोच छ । अतः यो नवीन र आधुनिक प्रयोग विषयक चिन्तन हो ।
निसाम जो यसको नायक हो- स्वयम् समाख्याता -न्यारेटर) बनेको छ । लिम्बू जनजातीय संस्कृतिलाई यसको उपजीव्य सामग्रीका रुपमा लिइएको छ । निसाम डराएको छ, भयभीत छ र भयाक्रान्त छ । किन- किनभने नश्लीय द्वन्द्वमा विस्फोटक पदार्थ बोकेर देश गुम्सिइरहेको छ । लेखकलाई लेख्नका लागि विषयवस्तु खोज्न टाढा जानर्ुपर्दर्ैन । यसै जीवनभोगाइबाट यसै जीव्न र जगत्बाट छरिएका कणहरु टिपेर विशेष महत्वका ग्रन्थहरु निर्माण गर्न सक्छन् लेखकहरु । देश सुब्बाले त्यसै गरेका छन् । समष्टिमा देशलाई बोकेर अनि व्यष्टिमा किराँत लिम्बू संस्कृतिभित्र छिरेका छन् उनी- आफ्नो धरोहरको खोजीमा । प्राचीन लिम्बू किराँत संस्कृति, सभ्यता र त्यसको मूल्य-मान्यता एवर्ंर् इयताको खोजीमा ।
यस कृतिलाई आख्यानग्रन्थ त भनिहाल्न मिल्दैन तर न्यून आख्यानीकरणको कृति अवश्य हो यो । यसको महत्ता र विशेषता परिवेश चित्रणमा छ । कालिक परिवेशका रुपमा आदिम युग, पर्ुखाले भोगेका युग र लिम्बू किराँत संस्कृति मौलाएको युगको चित्रण गरिएको छ भने स्थानिक परिवेशका रुपमा आदिमताका गुफा, ओडार, पहरा, लेक, बेसी र खोलाहरु, उकाली-ओरालीहरु समेटिएका छन् । स्थानिक परिवेशमै धामी, झाँक्री र विजुवाहरुको प्रतीकात्मकताको वेष्टन गरेका छन् । र, त वाङ्मय ग्रन्थ भएको छ यो - चिन्तन पक्षको ।
देशको निसाम साइबर कल्चरको छैन । ऊ च्याटिङ जान्दैन । नेट उसको विषय होइन । आइटीभन्दा धेरै टाढा छ ऊ । तर आफ्नो पर्ुखा, पुर्ख्याैली रीति, संस्कार र संस्कृतितर्फफर्किन्छ, घोरिन्छ र घोत्लिन्छ । अनि मुसुक्क हाँस्छ एकपल्ट विजयको शिखरमा पुगेको आफ्नो भाषा, संस्कृति र जातीय वैविध्यलाई सम्भिmएर । अनि फेरि झसङ्ग हुन्छ - भयाक्रान्त हुन्छ ऊ । यत्रो जातीय वैभव कही समाप्त हुने त होइन - यसैले आदिवासीमा देश लेख्छन् - 'आफ्नो भाषा, संस्कृति, धर्म, इतिहास र परम्पराको संरक्षण गरौं ।' भनेर ।
देशले यस कृतिमा लिम्बू किराँत संस्कृतिका केन्द्रीयतामा पात्रहरु दौडाएका छन् तर भाषा लिम्बूको छैन नेपाली छ, लिपि सिरिजङ्गा छैन, देवनागरी छ । विमात्री नेपाली भाषी भएर पनि अधिकार जमाएका छन् देशले नेपाली भाषामा । यसरी देश सुब्बा नेपालका सम्पर्ूण्ा जात-जाति, धर्म-संस्कृति, कला-साहित्य अनि भाषा र लिपिको समानान्तर परिचय र प्रयोगका पक्षमा देखिन्छन् ।
देश सुब्बाको मुखपात्र हो निसाम । निसामका माध्यमबाट देशले महत्वपर्ूण्ा कुरा बकाएका छन् । प्राचीन ऐतिहासिक, संग्रहणीय, कलात्मक वस्तुहरुको र त्यस समयको जीवनशैलीको स्मरण गराएका छन्- हारी, सुनका खर्ुर्मी, यायावरहरु र कृषि युगका विविध सामग्रीहरु यसका उदाहरण हुन् । भाषा नेपाली र लिपि देवनागरी अनि विषय लिम्बू किराँत संस्कृतिको जगर्ेना रहेको यस कृतिमा संस्मरणात्मक शैलीको प्रयोग गरिएको छ । यसमा पर्ूवदीप्ति प्रणालीको प्रयोग छ भन्न मिल्दैन किनभने यो त निसामको हंसले अनुभव गरेको विषय हो । ज्ञान, विज्ञान, मनोविज्ञान, दर्शन, संस्कृति र इतिहास अनि चिन्तनको मिश्रण गरिएको घोलक भएको छ यो कृति रंगरहित तर भयले रंगिएका सातैवटा रंग मिसाइएको नवीन रंगको र नवीन स्वादको अझ भनौं इथरमा कोरिएजस्तो । यस कृतिभित्र छिर्न पाठकले देशको कृति 'अपमान' लाई बिर्सिनु पर्छ अनि सबै जात जातिलाई हृदयतः सम्मान गर्न सक्नर्ुपर्छ, सिक्नर्ुपर्छ । प्रत्येक नवीन प्रयोग आन्दोलन हुँदै एक दिन वादमा परिणत हुन्छन् भन्ने मान्यतालाई बिर्सनु हुँदैन । 'व्याक टु नेचर' को सिद्धान्त अवलम्बन गर्नुपर्छ । हाम्रो अतीत हाम्रो वर्तमानको आधारभूमि हो । तर्सथ अतीतको स्मरण र त्यसका साँस्कृतिक धरोहरहरुको सम्मान गर्दै त्यसलाई कुल्चिएर होइन त्यसमाथि टेकेर नयाँ सम्भावनाको खोजी गर्नुपर्छ भन्ने कुरालाई हृदयङ्गम गर्नर्ैपर्छ । अन्यथा, पाठक विचलित भएर अर्काे भयको सिकार हुनपुग्छ ।
जन्म एउटा भय हो । मृत्यु एउटा भय हो । जन्म र मृत्युका बीचको घटनाक्रम अर्काे भय हो । दिन भय हो । रात भय हो । दिन र रातका चर्याहरु अरु भयहरु हुन् । खोजीमा भय छ । प्राप्तिमा भय छ । शून्यमा पनि भय छ । भय प्रत्येक ग्यापमा र च्यापच्यापमा रहन्छ । त्यसैले 'भयवादको आवश्यकता, निकास र गन्तव्य हिजो, आज र भोलि' शर्ीष्ाकको घोषणापत्र वा अवधारणा पत्रमा देश सुब्बा लेख्तछन्- 'भयको निरुपण निर्भयको अभ्यास हो । भय विहीनता आफैमा एउटा भय हो । भय नहुनु सिर्जनशीलताको समाप्ति हो । हो, भय मानसिक द्वन्द्व हो । यसभित्र मार्क्सको द्वन्द्वात्मकताको सिद्धान्त छ । भय मनोरोग हो । यसभित्र पmायडको स्वप्न सिद्धान्त छ । चेतन, अवचेतन र अचेतनका घटनाहरु घटित हुन्छन् यसमा । पितृरतीग्रन्थी र मातृरतीग्रन्थीहरुभयका मूलहरु हुन् । स्रोत हुन् । आइन्स्टाइन्को भ् . mअद्द समीकरण सूत्र भय नै हो । यसैका परिणामस्वरुप फ्याट म्यान र लिटल ब्वायहरु भय नै थिए । भय नै उत्पादन गरे भयङ्कर । त्यसपछि आइन्स्टाइन स्वयं भयभीत भए । धुरुधुरु रोए- भयले गरेको भयङ्कर विनास देखेर ।
तर पनि समाप्त भएको छैन भय । यो अनादि हो, अन्त्य छैन यसको र अविदित पनि छ यो । भयको व्याख्या पर्ूर्वीय दर्शनमा पाइन्छ । पाश्चात्य चिन्तनमा पाइन्छ । नन वेर्स्र्टन लेखनमा पाइन्छ । परापर्ूवमा ब्रहृमादेखि कृष्णसम्म नै भयको साम्राज्य दियो । कलिकालमा सुकरात र प्लेटो हुँदै नित्से, डेरिडा, रुस्दी, तसलिमा र देश सुब्बासम्म आइपुगेको छ यो । भय सूक्ष्म छ तर विभू छ । भयवादको अवधारणा सन् २००० मा प्रारम्भ भयो । विभिन्न गति र मोड लिदै आएको यसलाई सन् २००८ अगष्ट २ मा धरानमा ल्याइपुर्‍याए भयवादी चिन्तक देश सुब्बाले । र, आज १३ अगष्टमा हामी प्रत्येक 'भय' चिन्न 'भय' चिनाउन यसैबारे वाद, विवाद र संवाद गर्न भेला भएका छौं फेरि धरानैमा भयभीत हुँदै । 'आदिवासी'मा बिम्बहरुको बहुल प्रयोग पाइन्छ । यो देश सुब्बाको कलापक्ष हो । बिम्ब भनेको कुनै वस्तु, व्यक्ति वा घटनादिको मानसचिव हो । देशले आफ्नो मुखपात्र निसामलाई सावाला खोलामा पुर्‍याएका छन्, सम्दो गाउँहरु घुमाएका छन् । किराँती आदिवासीहरुको दरबारका भग्नावशेषहरुको खोज गराएका छन् । गुफा, गहृवरा र कुनाकन्दराहरुमा छिराएर प्राचीन चित्र र लिपिहरुको पहिचान गराएका छन् । भस्मे फाँड्नु हाम्रो बाध्यता हो । निसामलाई पनि त्यो बाध्यतामा पारेका छन् देशले । र, यसरी आदिवासी वा मानव-इतिहासकै स्थायित्व र प्राचीनताको आधिकारिकता र प्रमाणिकताको अवबोध गराएका छन् । यसो गर्नमा देशले बिम्बहरुकै सहारा लिएका छन् ।
अन्त्यमा, विमात्री नेपाली भाषी स्रष्टा देश सुब्बा द्विभाषी मात्र होइन- प्रकृतिको समेत भाषा बुझ्ने बहुभाषी भएका छन् । केन्द्रभञ्जन गरेर सीमान्त रेखाहरुलाई केन्द्रीकरण गर्दै ग्यापमा फेसो खाँदेर भयको निरुपण गरेका छन् उनले । भय हिजो थियो, आज छ अनि भोलि पनि रहने छ । सबैसँग छ तर भएको चेत कसैलाई छैनः त्यस्तो 'भय' लाई टिपेर देशले औपन्यासिकता प्रदान गरेका छन्- प्रतीकहरुका गहना भिराएर, बिम्बहरुले सिँगारेर अनि मिथकहरुको माला पहिर्‍याएर । र्सजकले उपन्यास भनेको यस अउपन्यासमा विचारको, वादको र कलावैविध्यको संगम रहेको पाइन्छ । देश सुब्बा साँच्चै देश भएर आफ्नो आफूभित्र, आफ्नो चिन्तनभित्र यस देशभित्रका सम्पर्ूण्ा जाति, धर्म, संस्कृति, भाषा, कला, साहित्य, लिपि र संस्कारहरुलाई समाहित गर्न चाहन्छन् । सबैको समानुपातिक विकास भएको सुन्न, देख्न र अनुभव गर्न चाहन्छन् । उनले अघि सारेको यो 'भयवाद' साँच्चै नै भयलाग्दो छ । तर त्यसभित्र आत्मीयता, प्रेम, माया, श्रद्धा र सद्भावना घोलिएको महसुस हुन्छ । उनको 'भय' नै एउटा बिम्ब भएको छ, जो कायासँगै साया भएर अर्थात् देहसँग छाया भएर रहन्छ । 'भयवाद'को अवधारणाका लागि र भय केन्द्रिय कृति 'आदिवासी'का लागि फेरि पनि एकपल्ट शुभकामना, शुभाशंसा र बधाई उर्वर मस्तिष्कमा विचारको खेती गर्ने देश सुब्बालाई । अस्तु ।
सर्न्दर्भ-सामग्री
१. थाम्सुहाङ्, प्रकाश -सम्पा.) २०६६, भयवादः वैचारिक चिन्तन, नेपाली साहित्य प्रतिष्ठान, हङकङ ।
२. पोखरेल, बालकृष्ण -निर्देशक) र अरु, २०५५, नेपाली वृहत् शब्दकोश, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
३. भट्टर्राई, गोविन्दराज, ..............., अर्द्धबेलायती सहरमा भयवाद, कान्तिपुर ।
४. सुब्बा, देश, २०६४, आदिवासी, सृजनशील साहित्य प्रकाशन, हङकङ ।
५. सुब्बा, देश, .........., भयवादको आवश्यकता, विकास र गन्तव्य, हिजो आज र भोलि -अप्रकाशित अवधारणा पत्र)
६. सुब्बा, देश, ................., भयवाद -अप्रकाशित घोषणा पत्र)

२०६६/०४/२९/०५
उपप्राध्यापक : स्नातकोत्तर शिक्षण कार्यक्रम
त्रि.वि., महेन्द्र बहुमुखी क्याम्पस
धरान, सुनसरी
९८४२०२३७८६

Thursday, September 3, 2009


आजकाल
-नगेन्द्र ईङनाम 'आठराइली'

---------------------------------------------------------------------------------------
विशाल आकाश वजन विहीन
पानीका कणहरु मिस्सिएका छन
आकाश मुनिको बादल गह्रुंगो,
क्षितिजसम्म फैलिएको धर्ती वजन विहीन
आजकाल धर्तीमाथिका मान्छेलाई मान्छे गह्रुंगो

सयौं पानाले भरिएका किताब वजन विहीन
किताबभित्रका प्रत्येक पाना पानाहरु,
पानाभित्रका सबै अक्षर अक्षरहरू
अनि ती अक्षरका शब्दहरु गह्रुंगो
आजकाल पानाभित्रका तस्वीरहरु झनै गह्रुंगो

साथीहरुबाटै ईमान्दारहरु साथी विहीन
लुरे लेङ्ग्रेहरु बन्न खोज्छन आफैं गह्रुंगो
बेइमानहरु जता मल्खु उतैतिर ढल्कु
चाँजो मिलाएर तीनै हुन्छन ढोकाभित्र
आजकाल स्वाभिमानहरु बाहिरै लाग्छन टुंगो

शीर नझुकाउने योग्यहरु चाहिं सम्मान विहीन
चाटुकारीका ठेकेदारलाई मिल्छन सम्मान गह्रुंगो
शुद्धिकरण गह्रुंगो मुल्याँकन हुन जान्छ गह्रुंगो
लेख्न जान्ने तर लेख्न नसक्नेहरुलाई त
आजकाल अरु अरुको लेखाई पनि गह्रुंगो

सिङ्गो वृक्ष यहाँ वजन विहीन
हाँगालाई फलफूल र पातहरु गह्रुंगो
चित्त नबुझ्दो बढ्दो विडम्बना यहाँ
जन्मजात शिकारी बाघहरु घाईते
आजकाल फ्याउराहरुलाई शिकार गह्रुंगो

संख्यात्मकमा परिणित सबै गुणात्मक विहीन
एउटा व्यक्तित्वको आसन अर्कोलाई साह्रै गह्रुंगो
उपस्थिति गह्रुंगो, बोलि बचन पनि हुन्छ गह्रुंगो
साँचो बोल्ने मान्छेको भाषा र भाषण पनि गह्रुंगो
आजकाल बढ्दैछ विचलन विधिको शासन गह्रुंगो

----------------------------------------------------------------------------------

लुङ्वोङ्वाहरुको उत्सव
-भवानी तावा
--------------------------------------------------------------------------------

०१० सालको चस्मा लगाएर्
इतिहास
तेन्जिङ शेर्पा हर्दैछु सगरमाथाको उचाइमा
तेन्जिङ हर्दैछन
ग्रेटवाल
लाखौं मजदुरहरुको उच्छ्बास परिश्रम
सगरमाथा चढ्नुमा पेट र कृतिमानको सवाल थियो तर
ग्रेटवाल शासकहरुको शाखको पराकाष्ठा
मलाई शत्तिले निर्माण गरेको इतिहास भन्दा
परिश्रमको फल मिठो लाग्छ

यहाँको चलन श्रोत र साधनले सम्पन्नहरु
रातारात लोकप्रिय भएका छन्
श्रम र साधनले एैतिहासिक क्रियाकलाप गर्ने हस्तीहरुलाइ
बारम्बार किनारा लगाइन्छ
किनारा लगाउनु साहसिक काम होईन र
किनारा लाग्दा पनि पक्कै कायर भइन्दैन
किनकी यहाँ अब शत्तिले होइन सत्यले
इतिहास निर्माण भएको देख्न चाहने
सामाजिक चेतना बिकसित भएको छ

यद्यपी यो भुमि
मेरो पुर्खाहरुको पञ्चतत्व हो
र म भोषण गर्छु
खाम्बाङ्वा
नाम्योङ्वा
काताक्वा
लोलिवावाहरु हो
हाम्रो पुर्खाले सिर्जेको तिजो
खाम्बोङ्वाहरुको प्रतेक लगनमा
लुङ्बोङ्वाहरुको प्रतेक उत्सवमा
अब म आफैं ओड्छु ।।

--------------------------------------------------------------------

Wednesday, September 2, 2009


गजल
-सुमित “प्यासी”

आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै ।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।

मैले तिमीलाई जिस्क्याउदा, लजाउदै बोल्छौ तिमी
ओठ टोकी तिमीले कुरा, गर्दा खेरी मजै बेग्लै।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।

हिंड्ने गर्छौ हामी दुई, सिम-सिम पानी परेपनी
हात समाइ भिज्दै नदी, तर्दा खेरी मजै बेग्लै।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।

जतासुकै गएपनी, हामी साथै हुने गर्छौ
जिस्की-जिस्की संगै पानी, भर्दा खेरी मजै बेग्लै।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।

घन्टौ सम्म डुब्छौ हामी, मायाको यो सागरमा
थाहै नपाई आफ्नो काम, टर्दा खेरी मजै बेग्लै।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।

आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै ।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।


वालिङ- ४, स्याङ्जा हाल: काठमाडौं
subedi_sumit@yahoo.com