Tuesday, August 11, 2009


----------------------------------------------------------------------------- ----------------------------
‘साहित्य दिनभरिको थकान मेट्ने नन्अल्कोहोलिक भट्टी हो’
-परिहास
जन्म मिति :- मार्च ८, १९८५ (इ. स.), यासोक - ४, पाँचथर
लेखन समय :- बिभिन्न समय अबस्थितिले मुडमा ल्याएको उत्तार चढाबमा भर पर्दछ
कृति :- पैसट्ठी वटा गजलहरुको संग्रह 'सुत्र-मंगल-धून'
------------------------------------------------------------------------------ ------------------
साहित्यमा तपाँइ किन लागीरहनु भएको छ ?
-जीवन र साहित्यको साँठगाँठ बुझिनसक्नुको छ । वास्तबमा म साहित्यमा लागेको होइन, उल्टै साहित्य म मा लागीरहेको छ । साहित्यको नशाले म लटिर्ठइरहेको छु, नशामा लट्ठीनु आफैंमा स्वर्गीय आनन्द हुन्छ । साहित्य हरेक मान्छेको जिवन भित्र अञ्जान रुपमा क्रियाशिल रहन्छ र त्यहि साहित्यको मातले अथाह रुपमा रन्थनिएको मात्र हुँ । यो अचेतताको बिरासत बाट कुनै पनि क्षेत्र माथी योगदानको सपना एबं प्रयास गर्नुको कुनै औचित्य देख्दिन म ।

साहित्यमा त्यस्तो के छ ?
-सहित्यमा एउटा त्यस्तो उर्जा छ जसले मानिसको मृत्यु पर्खिने समयलाई थप सुन्दर बनाउँछ । साहित्यमा त्यस्तो शक्ति छ, जसले बिषय बस्तुलाई थप ब्यापक रुपले बुझ्न मद्धत गर्दछ । मलाई साहित्य जीवन यात्राको एउटा सवारी बाहन लागेको छ, थकानहरुमा अढेस लाग्ने भित्ता लागेको छ । दिनभरिको थकान मेट्ने नन् अल्कोहोलिक भट्टी हो मेरो निम्ती यो साहित्य ।

तपाँइ साहित्यको ब्लग चलाइरहनु भएको छ, यहाँ त्यस्तो रमाइलो पक्ष के छ ?
-बिगत केहि बर्षअघि मैले www.dobato.webs.com सञ्चालन शुरु गरेको हुँ । जतिखेर साहित्य सम्बन्धि अनलाईन पत्रिकाहरु औंलामै गन्न सकिने संख्यामा मात्र थिए । र इण्टरनेटको पहुँच भएको बिश्वको कुनै पनि कुना बाट पढ्न सकिने, हर्ेन सकिने भएकोले, र अर्को तिर टेक्नोलोजी को बिकास एबं बिस्तार अत्यन्तै द्रुत गतिमा भईरहेकोले नै खास गरेर यस प्रति आकषिर्त भएको हुँ । नेपाली साहित्यमा भईरहेका पछिल्ला आन्दोलन एबं गतिबिधीहरु लाई सके सम्म र पाए सम्म वेव पेज मार्फ बाहिर ल्याउने प्रयास गरेको छु यसमा मैले । धर्मेन्द्रब्रि्रम नेम्वाङ्ग एबं साथीहरुको 'रंगबाद' , राज माङ्लाक, सगुन सुसारा र भवानी तावाको 'उत्तरवर्ती सोच' र हङ्कङ्मा रहेका देश सुब्बाको 'भयबाद' सम्बन्धी बिभिन्न लेखक एबं समालोचकका लेखहरुलाइ यहाँ समेट्ने प्रयास गरेको छु । कुनै पनि अनलाइन पत्रिकाहरुको रमाइलो पक्ष भनेको सृजना एबं बिषय बस्तुहरुलाइ तुरुन्तै वेव पेजमा प्रकाशित गर्न सक्नु, र प्रकाशित गरे लगतै बिश्वको कुनै पनि कुना बाट तुरुन्तै हर्ेन, पढ्न सकिनु हो । साथै अडियो भिडियो समेत प्रस्तुत गर्न सकिने हुनाले थप सुन्दरता बढाएको छ । बेलायत बाट सञ्चालित www.sahityaghar.com ले सञ्चालन गरेको बिश्व अनलाईन वेवक्याम कविता प्रतियोगीता, र हङ्कङ् बाट सञ्चालीत www.shrijana.com को अनलाईन कविता प्रतियोगीता हरुले साहित्य प्रति रुचि राख्नेहरुलाई छुट्टै स्वाद प्रदान गरेका छन् ।

गजल बिधामा तपाँइको बिषेश रुचि देखिन्छ, गजलमा आएको बाढी प्रति तपार्ँइको प्रतिक्रिया के छ ?
-अहिले गजल प्रतिको मेरो रुचिर् इतिहास भएर गईसकेको छ । 'सुत्र-मंगल-धून' मेरो गजल रुचि प्रतिको अबशेष हो । पछिल्लो समयमा गजल प्रति थालिएका सैद्धान्तिक बहस बिचार बिमर्शहरु किन किन मलाइ अनाबस्यक लाग्न थाल्यो, जुन कुरा बिधागत ठेकेदारहरुको आफु हिरो हुन खोज्ने स्वार्थ भन्दा अरु केहि होईन, जिबन र जगत बुझ्नेहरुले बिस्तारै यो कुरा पनि बुझ्दै जाने छन ।

खाडी राष्ट्रमा नेपाली साहित्यको गतिबिधी बढी नै भई रहेको छ, त्यहाँ बाट स्तरीय कृति आउने सम्भावना त प्रसस्तै छ नि होईन ?
-निम्न एबं गरिब बर्गका प्रमुख रोजगार गन्तब्य खाडी क्षेत्र नै हुन् । संख्यात्मक रुपमा जसरी नेपालीहरुको संख्या खाडी क्षेत्रमा बढ्दै गईरहेको छ त्यसरी नै साहित्य बाहेकका पनि बिभिन्न शिर्षका गतिबिधीहरु स्वभाबीक रुपमा बढेका छन् । नेपाली साहित्यको हकमा उपेक्षित कर्ण्ााली नै हो खाडी-नेपाली साहित्य । बर्षोनी संख्यात्मक रुपमा पुस्तकहरु प्रकाशित हुन्छन खाडी क्षेत्रका स्रष्टाहरु द्धारा, तर नेपाली साहित्यका समालोचकहरुको आँखामा अटाउन सक्दैनन् । स्विकार्य छ अधिक रुपमा स्तरहिन छन्, तर उहि स्तरका पुस्तक हङ्कङ्, अमेरिका, बेलायत मा बस्ने स्रष्टा द्धारा लेखियोस, राम्रै संग नेपाली साहित्यको समालोचना भित्र अटाउन सक्छन । अकोर्ै तिर समालोचकका मन र आँखा तान्न खाडी राष्ट्रका स्रष्टाहरु आर्थीक रुपमा पनि कमजोर छन् र उहि सस्तो माया प्रेमका सहित्यमा अल्भिmएका छन । खाडी क्षेत्रको जीवन शैली, दिनचर्या को बारेमा सशक्त रुपमा सहित्य लेख्न नसक्नुले पनि समालोचको आँखा बाट पाखा लोगेको छ खाडी नेपाली साहित्य । खाडी क्षेत्रमा स्तरिय नेपाली साहित्य लेख्ने स्रष्टाहरु पनि पक्कै छन्, तर हौसला दिने निकायहरुको अभावका कारण उनीहरु नभए सरह छन् । समग्रमा नेपाली साहित्यले खाडीमा लेखिएको साहित्यलाई न्याय गर्ने हो भने, अब खाडी नेपाली साहित्यको छुट्टै समालोचना एबं ब्याख्या बिश्लेशण गरिनु तिर समालोचकहरुको ध्यान जान आबस्यक छ ।

खाडी क्षेत्रमा नेपाली कामदारहरुको स्थीति कस्तो पाउनु भएको छ -?
-अधिकांश कम शिक्षित हरु नै छन खाडी मुलुकमा कार्यरत नेपालीहरु । Low paid, well worker को रुपमा चिनिन्छन नेपालीहरु । Salary देखि लिएर खाने बस्ने सुबिधाहरुलाई हर्ेदा, लगभग ७५प्रतिशत को अबस्था नाजुक नै छ । एकातिर काम अत्यन्तै जोखिमपर्ुण छ भने अर्को तिर काम अनुसारको दाम छैन उनीहरुलाई ।

सुचना साहित्य प्रबिधिले भौगोलिक दुरी धेरै घटि सक्यो, खाडी राष्ट्रमा नेपाली डायस्पोरा तयार भईसकेको हो ?
-बर्षौं पहिले देखि नै नेपालीहरु खाडी मुलुकहरुमा कामदारको रुपमा काम गर्दै आईरहेका छन् । र अहिले सब भन्दा धेरै नेपालीहरु कामदारको रुपमा खाडी मुलुकमै कार्यरत छन । पहिलेकाहरु फर्के पनि अरु नयाँ नेपाली कामदारहरु थपिने क्रम जारी छ । तत्काल खाडी मुलुक बाट नेपालीहरु हराएर जाने अबस्था छैन । र स्थापित संघ संस्थाहरुको पनि निरन्तरता टुट्ने अबस्था छैन । एक भिन्न प्रकारले यहाँको नेपाली समुदायहरुको बिकाश भईरहेको बिभिन्न अबसरहरुमा भएका गतिबिधीहरुले देखाउँछ । बिभिन्न साहित्यीक, सांस्किृतिक, राजनितिक, दलगत, क्षेत्रगत एबं सामुदायी संग संगठनहरु उत्तिकै रुपमा क्यिाशिल छन् । त्यसैले यो अर्थमा चाहि खाडी राष्ट्रमा नेपाली डायस्पोरा तयार भई सकेको छ ।

तपाँइको भावी योजना के छ ?
-अर्थको सधै मार बीच बाँचेकाहरुले मर्ुत योजनाहरु बनाउन बेकार छ । कहिले काहिं उठाएको गाँस मुखमा नपुग्दै खस्दछ , त्यो गाँस पर्ुर्ति गर्न उत्ता भाँडा रित्तो भइसकेको हुन्छ । झुपडी भत्कियो भने पाल टाँगेर बस्नुको बिकल्प छैन । मानबिय हितका कार्य प्रति बिशेष मेरो चासो छ । साहित्यकै सर्न्दर्भमा चाहिं केहि बर्षपछि एउटा कविता को पुस्तक फ्याँक्ने सोचमा छु ।
----------------------------------------------------------------------------- -------------------

1 comment:

  1. Dr Lal-Shyãkarelu RapachaAugust 12, 2009 at 11:40 PM

    aafnai deshma pasina bagaayeko bhaye Nepal pani vishwoko vikasit muluk jastai hune thiyo. kalam chali nai rahos.

    ReplyDelete

प्रतिक्रिया समाबेशका निम्ती तल Comment As Roll नेर Name/URL Select गरेमा तपाइलाई सजिलो हुनेछ।