'तन्द्रामा अमेरिका' उपर अन्तरक्रिया आयोजित
---------------------------------------------------------------------------------------
काठमाडौँ । २७ पुष २०६५ । साहित्यकार धीरकुमार श्रेष्ठद्वारा लिखित एवं भवानी श्रेष्ठद्वारा प्रकाशित 'तन्द्रामा अमेरिका' हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहका बारेमा अन्तरक्रिया कार्यक्रम ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डेको सभापतित्व तथा उपस्थित सम्पर्ूण्ा स्रष्टालाई प्रमुख अतिथि एवं प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा.डा. गोविन्दराज भट्टर्राई, प्रा. रामप्रसाद ज्ञवाली, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे र नरनाथ लुइँटेलको आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा नरनाथ लुइँटेलले विसङ्गत पर्यावरणको मिहिन चिन्तनयुक्त विषयकेन्द्री छोटाछरिता अनुकरणीय निबन्धहरू सङ्ग्रहमा छन् भने । लक्ष्मण गाम्नागेले कथा, उपन्यासपछि निबन्धमा देखा परेका निबन्धकारका निबन्धहरूमा प्रशस्त उखान र अनुप्रासको प्रयोग भई समाजका विविध पक्षको प्रशस्त विसङ्गति उधिनिएको छ भने । उनैले निबन्धहरू अश्लीलताविहीन र शिष्ट छन् भनी आफ्नो समालोचकीय मन्तव्य प्रकट गरे । श्रुतिकटुताविहीन शैलीमा वास्तविक यथार्थको चित्राङ्कन सङ्गृहीत निबन्ध छन्, जसले समाजबोध, राजनीतिबोध, जीवनबोध आदिलाई प्रस्तुत गरी निबन्धकारले आफ्नो आदर्श दृष्टिकोणसमेत प्रकट गरेका छन् भनी समालोचक प्रा. रामप्रसाद ज्ञवालीले आफ्नो मन्तव्य प्रकट गरे । यसै गरी समालोचक प्रा.डा. माधवप्रसाद पोखरेलले पर्ूववर्ती व्यङ्ग्यकारका प्रभावमा समसामयिक विषयवस्तुउपर व्यङ्ग्य प्रहार गरिएको छ भने । कृतिमा हास्यव्यङ्ग्य मात्र नभई उत्तरआधुनिकतासमेत भेट्न सकिने तीव्र, रुचिकर र प्रवाभकारी निबन्धहरू छन् भनी समालोचक प्रा.डा. गोविन्दराज भट्टर्राईले आफ्नो मन्तव्य व्यक्त गरे । कृतिमा हास्य कम व्यङ्ग्य बढी, संरचनागत हिसाबले छोटा, पुनरुक्ति दोषका साथै भाषागत सम्पादनको न्यून उपस्थिति, केही निबन्ध र तिनका शर्ीष्ाक लक्षणामूलकभन्दा पनि अभिधात्मक, शैलीमा विविधताको अभाव जस्ता दोषपक्षका बारेमा पनि चर्चा भयो । निबन्धकार स्वयम्बाट त्रुटिपक्षको पर्ूण्ा जिम्मेवारी आफैँले लिँदै सकारात्मक पक्षलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त भयो । यसै गरी कुनामा बसेर एक्लै लेख्दा आफ्ना कमजोरीहरूका बारेमा थाहा नहुने हुनाले नै कार्यक्रम आयोजित गरी र्सार्वजनिक हुन चाहेको विचार कृतिकारबाट प्रकट गरियो । युवासाहित्यकार देवी नेपालबाट सञ्चालित कार्यक्रमको समापन गर्दै सभापतिले गल्तीहरूबाटै लेख्ने प्रेरणा प्राप्त हुने मन्तव्य व्यक्त भयो ।

------------------------------------------------------------------------------
No comments:
Post a Comment
प्रतिक्रिया समाबेशका निम्ती तल Comment As Roll नेर Name/URL Select गरेमा तपाइलाई सजिलो हुनेछ।