सामान्य बहुरङ्गवाद मातहतको लेखनहरू
- धर्मेन्द्रविक्रमनेम्बाङ
----------------------------------------------------------------------
वि.सं. २०६० सालमा, मुलुक सप्पै प्रकारले आन्दोलनमा भएको सर्न्दर्भमा, माओवादी सशस्त्र जनयुद्ध, संसदीय दलहरूको अहिंसात्मक शान्तिपुर्ण आन्दोलन, आदिवासी जनजाति, महिला, मधेशी, कर्णालीको सामाजिक न्यायको आन्दोलनको वखतमा । पुनरसंरचनाको लागि यो चरणलाई साथ, सहयोग, समावेश हुनेगरी कला, साहित्य, सिद्धान्तमा पुनरसंरचना गर्नेगरी अगाडि बढेको छ ।
बि.सं. २०६० सालमा विशेष रङ्गवाद नै २०६२/६३ को सफल जनआन्दोलनपछि सामान्य रङ्गवाद र संविधानसभाको प्रथम बैठक जेष्ठ १५, २०६५ ले राजतन्त्रको अन्तको घोषणा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेपछि सामान्य बहुरङ्गवाद बनायौं । बहुरङ्गवादलाई पाँचवटा बिसौनीमा राखेर हेर्नुपर्ने हुन्छ ।
१. सिद्धान्त, २. समालोचना, ३. सिर्जना, ४. आचरण, ५. उद्देश्य ।
विशेषगरी सृजनामा, समालोचनामा सामान्यतया अन्य बिसौनीमा पनि अर्थ राख्ने सूचीको विषयमा आज यहाँ छलफल गर्दै छु । सङ्घीय सौर्न्दर्यको लेखन, आदिवासी जनजाति सौर्न्दर्यको लेखन, मधेशी सौर्न्दर्यको लेखन, कर्णाली सौर्न्दर्यको लेखन, महिला सौर्न्दर्यको लेखन, अल्पसङ्ख्यक, सवार्ल्र्टन सौर्न्दर्यको लेखन, हातहतियार विपक्षी सौर्न्दर्यको लेखनको अभ्यास, प्रयोग, विस्तार र व्यवस्थापनको कुरो ।
सङ्घीय सौर्न्दर्यको लेखन
मुलुक संघमा प्रवेश गर्दैगर्दाको अवस्था छ । हामी एकात्मक राज्य तोडेर संघात्मक राज्यको उपभोग, उपयोग गर्नेवाला छौं । यो बेलामा हाम्रो लेखनले स्वभाविक रुपमा एकात्मक मोह त्यागेको हुनुपर्छ । केन्द्रीयमुखी विचार, सोच मस्तिष्कको आशा आदि त्यागेर प्रान्तीय, क्षेत्रीय मौलिकता, विशेषता, निजित्व, हार्दिकताको सौर्न्दर्यमा ध्यान पुर्याउनु पर्ने हुन्छ । लेखनको स्रोतमा यी कुराहरू खेल्नुपर्छ । शब्द, अक्षर, वाहृयले बहुविचार बोकेको हुनु पर्छ ।
प्रान्तीय, क्षेत्रिय समाज यसको पक्षमा रहनेछ । यसो गर्दा बहुल नायक, आवधिक, अन्तरिम पाठमा पाइनु पर्छ । अब हिजोको जस्तो मुख्य नायक, एकल नायक, लेखनमा शोभनीय रहने छैन । हिजोजस्तो मेचीबाट पनि, महाकालीबाट कुदेर काठमाडौं पुग्नु आजको यात्रा होइन । काठमाडौं अधिनस्थ कुनैपनि ठाउँ अब रहेन । सप्पै फुकुवा भएर समानान्तर बसेको छ । केही जोडिएको, केही छुटि्टएको छ । शासन प्रशासनमा पुग्नु र भेट्नु काठमाडौं धाइरहनु पर्दैन । आफ्नै गाउँ ठाउँमा स्वायत्त प्रान्तिय सरकारको उपस्थिति रहने छ । आफ्नै साधन र स्रोतको विकास गर्दै प्रतिस्पर्धा रहनुपर्नेछ ।
यसो गर्दैमा लेखक एउटा प्रान्त क्षेत्रका मात्तै भन्ने कुरो रहेन, ऊ प्रान्त क्षेत्रको हुँदै विश्व बजारको नै हो, सजिलो छ । अब त्यो अवस्थाको लागि काठमाडौंले, केन्द्रले, केन्द्रीयताले चाहेर पनि छेक्नु सक्तैन, हात बाँधेर हेरिबस्नुमात्तै सक्नेछ । विचार, विषय, क्षेत्र, पक्ष, परिवर्तन गर्दै नेपाली नक्शा अनुसार तेर्सा कुद्नेछ । केही मात्तै भर्टिकल, अरू पुरै होराइजन्टल ।
त्यसकारण सङ्घीय सौर्न्दर्यको लेखन होराइजन्टल हुनेछ । हिजोको एकात्मक लेखनभन्दा फरक हुनेछ । पाठकहरूसँग प्रशस्तै संवाद गरेर ठाउँ दिँदै आफ्नै स्रोतमा टेकेर उभिने पाठक, पाठ निर्माण गर्नुपर्नेछ । पाठ र पाठक नजिक टाढा बसेर यसरी अंशबण्डा गर्नेछ । शक्तिको स्रोतमा म, आफू, स्व, स्वनिर्णय रहनु पर्छ ।
उसो त खेलक आफैँ स्वराष्ट्र, स्वराज्यवादी हो । उसको राज्यलाई, सिमानालाई कुनै सीमाले रोक्तैन, बाँध्दैन । उसको राष्ट, र राज्यको वर्गीकरणमा मात्र यो लागू हुनेछ । प्रयोग, अभ्यास, विषयवस्तुको चयन उसको आफ्नै संसार हुनेछ । त्यसमा अरूको हस्तक्षेप अस्वीकृत हुनेछ । सौहार्द्र र हार्दिकतामा ध्यान सप्पैले पुर्याउने नै छ । संघ भन्नु सिमित विचार नभई धेरै विषय हो ।
आदिवासी जनजाति, सौर्न्दर्यको लेखन
आदिवासी जनजातिले २०६२/०६३ को जनआन्दोलन लगायत माओवादी जनयुद्धमा उल्लेख्य लडाइँ लडेका छन् । साथमा आफ्नै पहिचान उपस्थिति, स्वभिमान र समावेशिताको सामाजिक न्यायको मुद्दामा लगातार आन्दोलन गरिरहेको अवस्था छ । आजसम्मको आन्दोलनहरूमा सहिदहरूको ताँती हेर्ने हो भने पनि उनीहरू नै अगाडि पाइन्छ । यसका अलावा सत्ताले इतिहासदेखि नै आजसम्म विभेद गरे, पाखा लगाए । उनीहरूलाई सप्पै ढङ्गले कमजोर गर्ने प्रयत्न भयो, जसको शिकार आदिवासी जनजाति भएको वर्तमान वातावरण हो ।
यो अवस्थामा राज्य पुनरसंरचनालाई ध्यान दिँदै र कला साहीत्यमार्फत आफ्नो अस्तित्वको आत्मसुरक्षा गर्दै रहनेछ । लेखनमा आफ्नो संस्कार, मूल्य, मान्यता, साँस्कृतिक, भाषिक, धार्मिक, पक्षहरूको उत्थान सौहार्द्र ढङ्गले गर्दैरहनेछ । यसलाई साहीत्य र कलाको मूल्यले अगाडि बढाउनेछ । आदिवासी जनजातिले इतिहासमा आफूलाई खोज्नेछ, वर्तमानमा आफूलाई उभ्याउनेछ । त्यसको लागि विघटनवाद, अदलवदलवादको विधि उपयोग गर्नेछ । यसलाई भत्काउँदै बनाउँदै गर्नेछ । आफ्नो धर्म, संस्कृति, भाषाको पक्षमा उभिँदै समावेशी सहयोगी समाजको निर्माणमा पाइला राख्नेछ । त्यसको लागि बहुरङ्गको गुण, विशेषता, चरित्रले सहयोग उपलब्ध गर्नेछ ।
यो एउटा असल सौर्न्दर्यको पाटो हो । जसमा पनि थुप्रै आदिवासी जनजातिहरू छन् जस्तो ५९ जाति सूचिकृत । तिनीहरू सप्पैको पाटो र पत्र आ-आफ्नै हुनेछ । अनुहार देखिनासाथ पाठको मुल्य पनि सोही हुनु पनि त्यति सुखद कुरो रहन जाँदैन । एउटा आदिवासी जनजाति लेखकले अरू कुरो खोज्ने विकल्प खुल्ला राख्नैपर्छ । त्यसकारण आदिवासी जनजातिले आफ्नै कुरामात्र गर्नु, अरूले अरूकै कुरो मात्र गर्नु त्यो सपअस्तित्ववादी तर्क होइन । मधेशीलाई घाऊ पर्दा अरूलाई दुख्नुपर्छ, अरूलाई दुख्ता आदिवासी जनजाति संवेदनशील हुनुपर्छ । कर्णालीलाई चोट पर्दा देश कहालिनुपर्छ । यो सामान्य भान सपअस्तित्ववादी भान सप्पैमा रहनैपर्छ । यो अन्तराष्ट्रियमा पनि उत्तिकै लागू हुनुपर्छ ।
त्यसरी आदिवासी जनजाति सौर्न्दर्यको लेखन भनेको पाठ हो, जाति होइन बुझनु जरुरी छ । यो गैर आदिवासी जनजाति सप्पैले खेल्नुसक्ने, पाउने भूमि हो । यसमा कसैलाई प्रवेश निषेध छैन, लेखकीय मूल्य पनि उही हो । कुनै देशी विदेशी सप्पैले यसमा खेल्नुसक्छ । यो कुनै प्रान्त र क्षेत्र, जातिको पेवापात पनि हुनु सक्तैन ।
महिला सौर्न्दर्यको लेखन
साहीत्य भनेको जिवन र समाज हो, अगाडि बढाउँदा जिवन र समाजलाई आइपर्ने प्रतिक्रियाहरू यसको सामग्री हुन्छ । त्यसलाई अरूमाझ राखिदिनु यसको क्रिया हो । नेपाली समाजमा महिलाहरूले सामना गर्नुपरेको चुनौतिहरू, पितृसत्तात्मक समाजले लगाएको बन्धनहरू, राज्यव्यवस्थाले लादेको असमावेशीहरू, घरगृहस्थीको असमझदारीहरू, प्रणयप्रेमको अप्ठ्यारोहरू, साहस र दम्भको विषयहरू वास्तवमा महिला सौर्न्दर्यको लेखकको पत्रहरू हुन् ।
महिला भन्नुमा पनि थुप्रै बहुलताहरू छन्, समग्रमा महिला भन्नु उपयुक्त छैन । जाति, भाषा, धर्मले फरकफरक महिलाहरू छन् । सुविधाको दृष्टिकोणले पनि फरकफरक महिलाहरू छन् । एक महिला र अर्को महिलाको सोचाई दृष्टिकोण स्वभाविक रुपमा उल्टो हुनुजान्छ । उनीहरूका विभिन्न पृष्ठभूमि, समय अलगअलग छ । यस्तो विभिन्नताको समाज छ । उदाहरणको लागि एउटा हिन्दू महिलाले एउटा किरात महिलालाई सो समाजका प्रति सोच्ने लेख्ने दृष्टि फरक छ । हिन्दू महिलाले परिवारमा, समाजमा बाँधिएको महसुस गर्छ, राज्यलाई नजिकको महसुस गर्छ । एउटा किराती महिलाले परिवारमा, समाजमा स्वतन्त्र महसुस गर्छ, राज्यमा अलग्गिएको महसुस गर्छ । सहरको, गाउँको, पश्चिमको, पूर्वको, कर्णालीको, तराइको यस्तै विभिन्न विभेदहरू छँदैछ ।
यो नै महिला सौर्न्दर्यको लेखनको पाटो हुनुजान्छ । हुनु त महिला एउटा छुट्टै संसार हो, पुरुष अर्को विपरित छुट्टै संसार, खेलक अर्को संसार । उसो त महिला सौर्न्दर्यको लेखन पनि हामी बहुरङ्गवादीहरूको लागि टेक्स्ट मात्तै हो । यो महिलाहरूको मात्तै पेवापात होइन, यसमा थुप्रै पुरुषहरूले पनि कलम चलाउनु पाउछ । यसलाई महिला र पुरुषले लेखेको पाठलाई छुट्टाछट्टै हेर्नुपर्ने हुन्छ ।
मधेशी सौर्न्दर्यको लेखन
२०६२/०६३ को जनआन्दोलन पछि पनि छुट्टै आन्दोलन गरेर थुप्रै सहीदहरू जन्माइसकेको मधेशी पार्टीले संविधानसभाको चुनावमा पनि राम्रो मत हासिल गरी राज्य सञ्चालनमा राम्रो सहभागिता जनाइसकेको मधेशीहरूले नेपाली साहीत्यमा आफ्नै सौर्न्दर्य निर्माण गर्नुपर्दछ । चर्को घाम, भारतसँगको खुला सिमाना, अर्थ, वाणिज्य, सामाजिक, राजनीतिक आदिमा व्याख्या विश्लेषण गर्नुपर्छ । उनीहरूको समय, समाजलाई, संघर्षलाई कला र साहीत्य मार्फत पाठमा पुर्याउनुपर्छ । पहाड, हिमालसँग समन्वय गर्नुपर्छ । त्यहाँको बहुधर्म, बहुजाति, बहुसंस्कृति, बहुभाषा, बहुराजनीतिलाई कथा, उपन्यास, निबन्ध, कविता, गजलमा पुर्याउनुपर्छ ।
परिवर्तन र नयाँ निर्माणको लागि काम गर्ने व्यानरको लागि मधेशी सौर्न्दर्यको लेखन जरुरी छ । यसमा मधेशीहरू लगायत अन्यले पनि बोल्नुपर्छ, त्यो पनि वैज्ञानिक हुन्छ । अरू यसलाई घना पार्ने बेला सैद्धान्तिक पार्ने बेला आएको छ । यो पनि पाठ हो ।
कर्णाली सौर्न्दर्यको लेखन
कर्णाली हाम्रो देशको अति दुर्गम, अति विकट, अति अविकसित रहेको ठाउँको रुपमा परिचय छ । खस नेपाली भषाको उद्गमस्थल रहेपनि अहिलेको शासक वर्गहरूले ध्यान दिनै नसकेको, नचाहेको, नमानेको अवस्था छ । फलतः कर्णाली अहिले चिलगाडीबाट ओसारेको चामलको भरमा त्यो पनि अपुगले कति भोकभोकै मरिरहेको अवस्था छ । यातायात, सञ्चार, रोजगारी, भूगोल आदि सप्पै कुरोले पिछडीएको अवस्था छ । विकास निर्माणको कुनै गुन्जायसै छैन ।
यस्तो अवस्थाको कर्णाली तिर फर्केर आज सप्पैले सक्दो काम गर्नुपर्ने, खेलकले कलम चलाउनुपर्ने अवस्था छ । कर्णाली वासीहरूले, अरुहरूले पनि यस्तै सौर्न्दर्यमा कलम चलाउनु जरुरी देखिन्छ । कला र साहीत्यमा त्यै कुरोहरूको उत्थान गर्नुपर्छ । जसले अरूको ध्यान आकर्षा गर्नु सकियोस् । यो कर्णाली सौर्न्दर्यको लेखन ज्यादै जरुरी छ, जसमार्फत कर्णाली वर्तमान विघटन, फेरबदल गर्नुसकिन्छ । राज्यलाई दवाव सिर्जना गर्नु सकिन्छ । यो सौर्न्दर्यको टेक्स्टले अरूलाई कर्णालीको सहानुभूति दिन्छ । यसको लागि कर्णाली गैर कर्णाली उत्तिक्कै जिम्मेवार हुनुपर्छ ।
दलित सौर्न्दर्यको लेखन
समाजले, राज्यले दलितमाथि गर्दैआएको छुवाछुतका चरम समस्या लगायत विविध समस्याहरू छन् । तिनीहरूको निर्मूल गर्नुको र उनीहरूको अवस्था र समस्यालई अगाडि राख्न सक्षम हुनुपर्छ दलित सौर्न्दर्यको साहीत्य । यर्सअर्थमा दलित सौर्न्दर्यको साहीत्य अलि क्रान्तिकारी र छलाङ मार्ने हुनु पनि जरुरी देखिन्छ । यसको लागि दलित, गैर दलित सप्पैको उत्तिकै भूमिका जरुरी देखिन्छ ।
अल्पसङ्ख्यक, सवार्ल्र्टन सौर्न्दर्यको लेखन
अल्पसङ्ख्यकलाई जहिले राज्यले बेवास्ता गरिरहेको अवस्थामा हुन्छ । अझ नेपालमा लोपोन्मुख जातिहरू पनि छन् । सङ्ख्यामा अत्यन्तै न्यून, पढ्नु, लेख्नु नसक्ने जातिहरू हामी कहाँ छ । तिनीहरूको पक्षमा हामीले कलम चलाउँदै सक्षम नागरिक, लेखक बनाउनु यसको कृया हुनुजान्छ । अल्पसङ्ख्यक, सवार्ल्र्टनलाई समाजको, राज्यको प्रुफरिडरहरूले उनीहरूको मौलिकतालाई प्रुफ मिस्टेक भनी अवैध अमानक, अस्वीकृत पारिरहेको अवस्थामा हन्छ । अल्पसङ्ख्यक, सवार्ल्र्टनको हक हितको पक्षमा लेखन निर्माण गर्नु नै अल्पसङ्ख्यक, सवार्ल्र्टन सौर्न्दर्यको लेखन हो ।
हातहतियार विपक्षी सौर्न्दर्यको लेखन
अहिले सम्म आईपुग्दा पनि मानव जिवनलाई हात हतियारले प्रभावित गरी राखेको अवस्था छ । शासन गरी राखेको अवस्था छ । यो दुखत पक्ष हो । युद्धले अझै पनि उतिकै स्थान लिइनै राखेको छ । हातहतियारको बलले एकले अर्कोलाई, एक देशले अर्काे देशलाई, एउटा भागले अर्को भागलाई, एउटा शक्तिले अर्को शक्तिलाई, एउटा धर्म जातिले अर्को जाति धर्मलाई वसमा पारेर शासन गरिराखेको अवस्था छ । विपक्षी, प्रतिपक्षि, फरक मतलाई दवाइ रहेको (ज्यान समेत लिइरहेको ) यस्तो वर्तमानबाट समुक्तिको लागि व्यक्तिगत स्वायत्त समाजको स्थापना गर्नु खेलकहरुको दायित्व हुनु जान्छ । हतियार जसले प्रत्यक्ष हिंसा, हत्या गराउँछलाई उन्मुलन गर्दैको हतियार विहिन राज्य, समाज, पाठ निर्माण गर्नु खेलकहरूको दायित्व हुनु जान्छ । समाज, राज्य, पाठ पुनर्संरचना सहित नयाँ व्यवस्था पार्नु जरुरी छ । जसको लागि र्'वर्तमानको विसङघटन गर्नु' जरुरी छ ।
यसको विश्वव्यापि अभियान हाम्रो भारा भो । यसले संस्कृतिलाई अहिसात्मक, राज्यलाई अहिंसात्मक, साहीत्यलाई अहिंसात्मक, चिन्तनलाई अहिसात्मक पार्दछ । यस्तो अहिंसात्मक, सपअस्तित्ववादि मानव जिवनको पक्ष नै आजको मानव अधिकारको व्यक्ति अधिकारको चाहना हो यसमा लेखकहरु खट्नु पर्ने देखिन्छ ।
समावेशी सौर्न्दर्यको लेखन
बहुलता, विविधता हाम्रो देशको सौर्न्दर्य हो । यो परिस्थिति हाम्रो अवस्थल हो । असंख्या कुराको यो फरक सत्यमा यहाँको जिवन छ । तिनै असमान, विपरित सत्यहरूलाई खेलकले समन्वय गर्दै सपअस्तित्ववादी पारामा पाठ लेखन गर्नु त्यो वुझाई खेल्नु नै समावेशी सौर्न्दर्यको लेखन हुनु जान्छ । बहुविचारहरूको समन्वय, बहुपक्ष, बहुक्षेत्र, बहुआस्था, बहुसंस्कृति, बहुहरूको यस्तो समन्वय ल्याई पुर्याउनु पर्छ ।
समावशी सौर्न्दर्यमा सप्पैहरूको, अरुहरूको स्थान सुरक्षित हुन्छ । टूलो स्यानु, अरुको आफ्नु, असल खराव, सत्य असत्य, राम्रो नराम्रो जस्तो शव्द र परिभाषाहरूको द्विविभाजकिय कानुन भत्काइएको हुनेछ । त्यो खाडल परिएको हुनेछ । जसमा सान्निध्यता शुरुमा हामीले सानिक्षता भनेकोलाई उपयोग गरिने छ । जुन सान्निध्यता सापेक्ष, निरपेक्षको सन्निकट भएर कुद्नेछ ।
लेखन यो एक प्रकारले मिश्रति रङ्ग जस्तोको सम्वन्धनमा रहने छ । फ्युजन(fussion) नभई फिसन(fission)को रुपमा कृया गर्ने छ । मेल्टिङ् पटको सिद्धान्त नभई सलाड् वोवलको सिद्धान्तको रुपमा कृया गर्ने छ । हाम्रो देशको यो आवश्यकता नै हो । जसले एक रेखियपनालाई, अतिवादलाई विर्सजन गर्नेछ भन्ने हाम्रो विश्वास छ ।
यसरी सङ्घीय सौर्न्दर्यको लेखन, आदिवासी जनजाति सौर्न्दर्यको लेखन, महिला सौर्न्दर्यको लेखन, मधेशी सौर्न्दर्यको लेखन, कर्णाली सौर्न्दर्यको लेखन, दलित सौर्न्दर्यको लेखन, अल्पसङ्ख्यक सवार्ल्र्टनको लेखन लगायत अरू पनि अहिले हाम्रो देशमा विकसित गर्दै अगाडि बढाउनु ज्यादै जरुरी छ । त्यसले नेपाली मौलिकता, विशेषता, सापेक्षता, निजित्व, हार्दिकताको अभिवृद्धि गर्छ । यसले बहुरङ्गवादको अभीष्ट पूरा गर्छ । एकापसमा अन्तर बहुसांस्कृतिक मिश्रणको सम्वाद गर्दै अगाडि बढ्ने अभ्यासमा हामी सिर्जनामा, समालोचनामा माथिको लेखनहरू अगाडि बढाउँदैछौं । यही नै सामान्य बहुरङ्वगवादीय सृजनात्मक, समालोचनात्मक लेखनहरू हुन् भन्ने बुझनुपर्दछ ।
एतिबेला:- Email- we.rangabadi@gmail.com
------------------------------------------------------------------------------------
No comments:
Post a Comment
प्रतिक्रिया समाबेशका निम्ती तल Comment As Roll नेर Name/URL Select गरेमा तपाइलाई सजिलो हुनेछ।