Saturday, November 8, 2008
शालिक (कविता) - कृष्ण प्रर्साई
शालिक
- कृष्ण प्रर्साई
------------------------------------------------------
एकदिन म एकाएक उसको छेउ गएँ ।
र क्रमशः उस्लाई माथिदेखि छामंे र सुम्सुम्याएँ-
सबभन्दा माथि बादल झैं कालो कपाल,
गोलो अनुहारभित्र समुद्र झंै नीला आँखा-
चट्ट मिलेको घाँटीमा सुन्दर हार-
अलि
त
ल
झ
रे
अहा !, बडो नरम चिजले बनेको त्यो सौर्न्दर्य,
सबैतिरबाट मैले त्यसलाई पनि छोएँ ।
म झरिरहेको थिएँ, सौर्न्दर्य बढिरहेको थियो,
झुक्यानमा हेरंेछु त्यहाँ,
उफ् ! नभनौं-
म लाजले रातो भएँ,
सौर्न्दर्य पर्ूववत् मौन रह्यो
ओलर्ंदा ओर्लंदै धेरै घटंेछु-
म उसका नितम्बहरूमा झरेँ ।
यसरी झर्दा-झर्दै म पिडौंलाहरूमा पुगेँे ।
हेरिरहँु लाग्ने त्यो दृश्यपछि,
अन्तिम परेछ त्यो र्स्पर्श-
ती पाइतालाहरू थिए ।
समग्र शरीर ओढेर उभिएका
सम्पर्ूण्ा सौर्न्दर्यहरू तापेर बसेका,
हो, ती पाइतलाहरू नै थिए ।
जसको सुन्दर हातामा-
एउटा सृष्टि अन्मिएको थियो ।
कहिल्यै नसकिने र्स्पर्शहरू बोकेर ।
कहिल्यै नरित्तिने ममताहरू थामेर ।
Email:krishnaprasai@yahoo.com
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया समाबेशका निम्ती तल Comment As Roll नेर Name/URL Select गरेमा तपाइलाई सजिलो हुनेछ।