
गजल
---------------------------------------------
कामको खोजीमा तिमी उडेर गयौ
पापी पेटको लागी माया चुँडेर गयौ
गाउँ परिवार साथी सँगी सबै भुली
कहाँ हो कहाँ धेरै टाढा गुडेर गयौ
फर्कि आउँछु भन्नेले खबर किन गरेन
जिन्दगीको मेरो विश्वास लुँडेर गयौ
रिस उठ्छ कहिले कहिले माया लाग्छ
दाह्रा किट्न सकिन दाँत कुँडेर गयौ
लस् एन्जेलस्
No comments:
Post a Comment
प्रतिक्रिया समाबेशका निम्ती तल Comment As Roll नेर Name/URL Select गरेमा तपाइलाई सजिलो हुनेछ।