Sunday, November 23, 2008


(श्रद्धान्जली स्रष्टा राम थापालाइ)
-हस्त गौतम "मृदुल"
----------------------------------------------------------------------------

एउटा तारा झर्यो, शोकाकुल पारी।
पाइदैन दर्शन कठै, गयो मायाँमारी।

स्तब्ध पारीकन भौतिक चोला छोडयौ।
कैले भेट नहुने गरी पाइलाहरु मोड्यौं।
अनयासै दुखद खबर धर्ती भरी छायो।
श्रद्धान्जली अर्पन गर्ने कस्तो बेला आयो।

एउटा फुल झर्यो, बोटै सून्यपारी।
पाइदैन दर्शन कठै, गयो मायामारी।

दिवंगत आत्मामा मिलोस चीर शान्ती।
बाचिरहोस ह्रदयमा, स्मृतिको कान्ती।
हजारौका ति ह्रदयमा जिवन्त भै रहे।
श्रद्धिय र्सजक तिमी अजर अमर भए।

एउटा दियो निभ्यो, अन्धकार छरी।
पाइदैन दर्शन कठै, गयो मायामारी।

0 पाठक प्रतिक्रिया:-:

Post a Comment

तपाइ को सानो प्रतिक्रियाले लेखकलाई ठूलो उत्साह थप्न सक्छ..... (प्रतिक्रिया समाबेशका निम्ती तल Comment As Roll नेर Name/URL Select गरेमा तपाइलाई सजिलो हुनेछ।)