
गजल
-बसन्त मोहन अधिकारी
-------------------------------------------------------------------------------------
म पनि त मान्छे नै हुँ थोरै कतै बाँस देउ न ।
डीनरको भाग काँटी मलाई पनि गाँस देउ न ।
प्रकृतिको सुन्दर फूल सधैं किन च्याति दिन्छौ -
यो फूललाई सुहाउने एउटा कुनै कपास देउन ।
तिमी जस्तै मेरो पनि छातीभित्र मुटु चल्छ
त्यै मुटुलाई सम्झाउँने थोरै थोरै आस देउन ।
अकालको मृत्युसँगै धर्ती भरि देह रह्यो
यसैलाई उडाउन हावा हुरी वतास देउन ।
बषर्ादको झरी पस्यो, हिउँदले मलाई कस्यो
लान्छ सधैं अकालले लौ न मलाई सास देउन ।
0 पाठक प्रतिक्रिया:-:
Post a Comment
तपाइ को सानो प्रतिक्रियाले लेखकलाई ठूलो उत्साह थप्न सक्छ..... (प्रतिक्रिया समाबेशका निम्ती तल Comment As Roll नेर Name/URL Select गरेमा तपाइलाई सजिलो हुनेछ।)