-रामचन्द्र जोशी 'चिन्तन'
गजल - सम्झना गिरीजाबाबुको
--------------------------------------------------------------------
दीगो शान्ति संविधानको स्वप्ना छोड्दै गए उनी
तानाशाही प्रवृत्तिको डोरी तोड्दै गए उनी
लोकतन्त्र जन्माउन प्रचण्डलाई छोपी छोपी
नेपालको बगैंचामा बीज रोप्दै गए उनी
जीवनको लगानी नै राजनीति बनाएर
देशलाई गणतन्त्रमा आफैं मोड्दै गए उनी
अस्त्र शस्त्र गोला बारुद रगतका फोहरामा
बिचल्लीमा परेकाको नाता जोड्दै गए उनी
राजतन्त्र फाल्न भनी आन्दोलनको र्सजक बनी
बुढो जोश तन्नेरीमा आज पोख्दै गए उनी
शिर्ष -८ सलौन डडेल्धुरा
Sunday, March 28, 2010
Friday, March 19, 2010
मृदुलका गजलको विमोचन
------------------------------------------------------------------------------
अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज नेपाल च्याप्टर र शिवपुरी साहित्य समाजको संयुक्त आयोजनामा काठमाडौं नेपालमा एक समारोहकाबीच अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज वाशिङ्गटन डि. सी.बाट हालसालै प्रकाशित भएका तीनवटा पुस्तकहरुको विमोचन गरियो । उक्त कार्यक्रममा होमनाथ सुवेदीद्वारा संपादित, हस्त गौतम मृदुलद्वारा लिखित गजल संग्रह 'मृदुलका गजल', होमनाथ सुवेदीद्वारा लेखिएको पत्र साहित्य 'आप्रवासीका पत्र' एवं गंगा लीगलद्वारा लेखिएको खण्डकाव्य 'ममताको खास्टो' को विमोचन गरिएको थियो । प्रमुख अतिथि आख्यानकार ध्रुवचन्द्र गौतमज्यूबाट यी तीनैवटा पुस्तकको विमोचन गरिएको थियो । गजल संग्रह 'मृदुलका गजल' को वारेमा गजलसम्राट् ज्ञानुवाकर पौडेलले समीक्षा गर्नुभएको थियो । होमनाथ सुवेदीद्वारा लेखिएको पत्र साहित्य 'आप्रवासीका पत्र' नामक पुस्तकको बारेमा डा. कुमार कोइरालाले बोल्नुभएको थियो भने गंगा लीगलद्वारा लेखिएको खण्डकाव्य 'ममताको खास्टो' को बारेमा श्रीमती गीता केशरीले समीक्षा गर्नुभएको थियोे । मनोजजीले उद्घोष गर्नुभएको कार्यक्रमका सभापति वियोगी बुढाथोकी हुनुहुन्थ्यो ।
सोही समारोहमा अनेसासका आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।
अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज नेपाल च्याप्टर र शिवपुरी साहित्य समाजले संयुक्त रुपमा, डायास्पोरामा नेपाली भाषा र साहित्यको अनवरत सेवा गरेवापत अनेसासका संस्थापक अध्यक्ष एवं बोर्ड अफ ट्रस्ट्रीजका अध्यक्ष श्री होमनाथ सुवेदीज्यूलाईसम्मान पत्र पनि प्रदान गरिएको थियो ।
महाराजगंजस्थित रिचमण्ड बेकरी क्याफेमा आयोजित उक्त समारोहमा जलपान एवं रात्रीभोजको व्यवस्था पनि गरिएको थियो । कार्यक्रमको समापन अनौपचारिक गजल गायन एवं नृत्यको साथमा गरिएको थियो ।

गुहनाथ पौडेल काठमाण्डौ
बिधागत बिभाजन:-
समाचार / बिचार
Wednesday, March 17, 2010
बृतचित्र
यासोक क्षेत्र सरोकार समाज द्धारा निर्मित 'यासोक कुम्मायक कुस्सायक र त्रिशाली पुजा एबं मेला' बृतचित्र
Trishali Mela Part-1
Trishali Mela Part-2
Trishali Mela Part-3
Trishali Mela Part-1
Trishali Mela Part-2
Trishali Mela Part-3
Sunday, March 14, 2010
-देवु सुदामा 
थु..इक्क

थु..इक्क
-------------------------------------------------------------
सपनाको एक क्षण
..........र हामीहरु
उकाली चढ्दै गयौं
हाम्रा पाइलाहरु
हल्का र आतुर थिए
हाम्रो म्यराथुनमा
शुभेचछुकहरु
विजय स्वागतको तुल टाँग्दै
पुष्पवृष्टिको
गरम तयारी गरिरहेका थिए ।
हामी आधार शिविर नाघेर
लगातार बढ्दै गयौं
हाम्रो जोश
तारिफ योग्य थियो
झाडीहरु फाँड्दै
मसिना गोरेटाहरुलाई
चौडायुक्त बनाउँदै लग्यौं
डांडाको जुन प्रकाशमय थियो
प्रकृति अनुकुल थियो ।
एक क्षण अनायस
एउटा
निक्कै पुरानो संचार सेटबाट
अस्पष्ट धोत्रेस्वर सुनियो
ओभर् रोमियो चार्ली
ओभर्.. रोमियो..ओभर
र..लगतै
गन्तव्यको जूनमा
अचानक ग्रहण लाग्यो
हामी करायौं
छोड..,छोड...,.....,
जूनमा कालो धव्बा पोतिन्दै गयो
जूनलाई बाँधेर
होस्टे हैंसे..
होस्ट..हैंसे
वेस्सरी तान्यौं हामीले
डोरी झ्वाट्ट चुंडियो
म झल्याँस्स व्यूझिएँ
थु..इक्क
विपनाको त्यो क्षण
केहि समयअघि
भयावह भीरबाट
संगै लडिमरेका
गोठालो र गाईको
गन्धे सिनो पो
तान्दै रहेछौं।
debusudama@yahoo.com
..........र हामीहरु
उकाली चढ्दै गयौं
हाम्रा पाइलाहरु
हल्का र आतुर थिए
हाम्रो म्यराथुनमा
शुभेचछुकहरु
विजय स्वागतको तुल टाँग्दै
पुष्पवृष्टिको
गरम तयारी गरिरहेका थिए ।
हामी आधार शिविर नाघेर
लगातार बढ्दै गयौं
हाम्रो जोश
तारिफ योग्य थियो
झाडीहरु फाँड्दै
मसिना गोरेटाहरुलाई
चौडायुक्त बनाउँदै लग्यौं
डांडाको जुन प्रकाशमय थियो
प्रकृति अनुकुल थियो ।
एक क्षण अनायस
एउटा
निक्कै पुरानो संचार सेटबाट
अस्पष्ट धोत्रेस्वर सुनियो
ओभर् रोमियो चार्ली
ओभर्.. रोमियो..ओभर
र..लगतै
गन्तव्यको जूनमा
अचानक ग्रहण लाग्यो
हामी करायौं
छोड..,छोड...,.....,
जूनमा कालो धव्बा पोतिन्दै गयो
जूनलाई बाँधेर
होस्टे हैंसे..
होस्ट..हैंसे
वेस्सरी तान्यौं हामीले
डोरी झ्वाट्ट चुंडियो
म झल्याँस्स व्यूझिएँ
थु..इक्क
विपनाको त्यो क्षण
केहि समयअघि
भयावह भीरबाट
संगै लडिमरेका
गोठालो र गाईको
गन्धे सिनो पो
तान्दै रहेछौं।
debusudama@yahoo.com
बिधागत बिभाजन:-
कविता
Saturday, March 13, 2010
-बिमला तुम्खेवा
हजारौं सपना र मनमाया
--------------------------------------------------------------
यो बाटोको अन्तिम बिन्दु
यो आकाशको क्षितिज
र,
उसले कुल्चिएर गएको पाईतलाको खत
कसरी हरायो
कतै समुद्रको तुफान भएर
पीरले पोतिएको उसको कालो अनुहार
पृथ्बीको कुन सिमामा पर्छ?
सपनाको निख्खर सेतो घोडा चढेर हुत्तिएकी थिई
त्ुफानजस्तो जंगलका यी चोर बाटाहरुमा
हिजो जस्तो कोहि छैन
लोग्नको मृत्यु सँगै
आफ्नो भन्नु ट्यारलिङ्को रातो साडी छ
जसलाई
जतनका साथ राखेकी छे काठको पुरानो बाकसमा
धर्ममा बाँधिएर कसरी मानिस दास बन्न सक्छ
र,
पुरै-पुरै जीवनको स्मृतिजस्तो
लोग्नेको धुमिल तस्विर हेर्दै बितेर जान्छ
उसको अस्तित्व भनौं
उसले हेर्ने आकाश
आर्मी नं. २११५०३१७ गोर्खा इन्जिनियरको बिधवा पत्नी
मनमाया लिम्बू
मुलढाकाको शिरमा सजिएको केहि पुरानो तक्मा
अब उसको आँखाको तक्मा भएको छ
रातो सिन्दुरसँगै
उसको आफ्नो छुट्टै पहिचान छैन
सायद,
सपना देख्ने हक पनि छैन
तर,
कालो सागर जस्तो
कालो जीवन भोगेर
कसरी उभिरही ऊ एक्लै यो ठाँउमा
छात्तिमा दमे-ो बिश्वयुद्धको पुरानो चोट लिएर
क्सरी बाँची यस समयसम्म?
उसको पीरले पोतिएको यो वनजंगल
पृथ्वीको कुन सिमामा पर्छ?
भन्छे-
यो मन पत्थर भैसकेको छ
तर, यस धर्तीमा पहिलोपल्ट आँखा खोल्दा
यस धर्तीमा पहिलोपल्ट पाउ राख्दा
कसैको सपनाको सुन्दर छोरी थिई
र,
जीवनको साठी बर्षआर्मी नं. २११५०३१७ गोर्खा इन्जिनियरको बिधवा पत्नी भएर बिताई
जवाफ देऊ
जवाफ देऊ, उसको पीरको
जवाफ देऊ, उसले भोग्न नपायँदै गुज्रिएर गएको जवानीको
उसको रहरलाग्दो सपना
पग्लिएर कसरी अरुण बग्यो यो पहाडको खोंचमा?
धेरै प्रश्नहरु उसलाई पछ्याउँदै टक्क अडिएको छ
र,
म्नमाया उभिएकी छे
यो राज्यब्याबस्थाको अधि
यो आकाशको मुनि
कहिल्यै नसकिने प्रश्नै प्रश्न भएर ???

Tuesday, March 2, 2010
'देश', 'आमा', र 'चेली' तीन कविता
-गणेश पुर्बछाने मगर
----------------------------------------------------------------
देश
आज भोली लौ हेर हाम्रो देश नेपाल को गति /
छैन नया केही पनि यहाँ कस्को लाग्यो नजर मति?
आखिर कहा गए यहाँ सबै नेता हरुको बुद्धि ?
देशै उल्टो जवना नि उल्टो भए नेपाल को कहिले होला प्रगति?
सबै भन्छन नया नेपाल-नया नेपाल तर नया चीज यहाँ केही देखिन्न /
जाने हुन्छ नेपाल को अघि यहाँ मात्र ""नया""सब्द थपिएको छ अरु केही होइन/
बुझे हुन्छ नेताहरु भने सबै कुर्सी तानी जम्बो मन्त्रि मण्डल खाने दाऊ अझै छाड़दैनन /
यता गए पनि त्यस्तै हो उता गए पनि उस्तै हो ओफिसियल काममा झनै घुस नलि मान्दैनन् /
आखिर यही देश का ठुलाबड़ा नेता हरु भने भुडी भरी झोल भर्छन /
जनता लाई चै यहाँ उनी हरु भोक-भोकै पारी बिचल्ली मा पारी दिन्छन /
मुख बाट बान्ता गरी उनी हरु जनता सामू चाही बहाना नि पार्छन/
ताल मेल मिलाई उही सोझा साझा जनता लाइ दुर्गति दिशा तीर धकेली दिन्छन
सम्झे हुन्छ सबैले,चाहिदैन हाम्रो नेता हरुलाई सफा चीज फोहोर मै ठीक छ /
जाने हुन्छ सबैले रात भरी आहारा खोज्न लाइ उनिहरु दिन भरी कुना पसि लुक्छ /
फेरी उनी हरु नै छाती फुल्लाई जनता सामू इज्जत दारी नेता बन्ने गर्छ /
अनि केही परी तल माथी परे यहाँ निर्दोष ले बीर सहीद को उपनाम पाउछ/
------------------------------------------------------------
आमा
म एक नेपाल आमा तर मलाई नै थाहा छैन !
किन अझै यहाँ मेरा नेपाली संतान अनबुझ छन ?
आखिर अझै के कारण ले उनिहरु एक आपस मा लड़ी रहेछन ?
मेरै छाती माथी टेकी मलाई मेरै रगतले किन रंगाई रहेछन ?
सीकाउन त सबै सिकएकी थे मेरा सबै नेपाली संतान लाइ !
तर खोई जानेको?आखिर दाऊ मात्रै हेरीरहन्छन आफ्नै देश बिगार्न लाइ!
कोही भने हातमा पिस्तोल बोकी हिड़छन मेरै निर्दोस संतान मार्नलाई !
आखिर किन जानी-जानी बाध्य पार्छन यहाँ निर्दोस चेलिको सिंदूर पुच्छनालाई?
बनेका छन मेरै आखा अगाडी मेरै संतान बाल बच्चा टुहुरा !
दुखी छू म आज यहाँ भित्रि मनै देखि छैन कोही तिनका सहारा !
बल्ल थाहा पाए आज यस्तै रैछ मेरो नेपाल छैन यहाँ शान्तिको गीत गाउने त्यों भमरा !
आज आई यही देस्को ४ जात ३६ बर्ण को साझा फूलबारिमा बस्ने गर्छन घमंडी त्यों चमेरा !
आखिर हेपिएकी रहेछु म एक नेपाल आमा मलाई नै थाहा भएन!
त्यसैले त म भन्छु तिमिहरुलाई उठ-जाग ए मेरा प्यारा नव युवा जवान !
५ औला को त्यों तिम्रो मुठी त्येसैमा छ तिम्रो दरिलो शक्ति हार तिमी नमान !
तिमी आफै अघि बढ़ आफ्नो देश नेपाल पहिलेको झै बनाउन
-----------------------------------------------------------
चेली
लौ सुनिदेऊ आमा बाबा यो चेलिको पुकारलाइ
डोको र नाम्लो को साथ मा हँसिया चै नदेउ मलाई
मेरो पनी त मनै हो भाई लाइ झै गरी माया देऊ मलाई
कलम र पुस्तक को साथ मा झोलाको भारी थम्याई देऊ यो चेलिलाई
आखिर के गरेछु गल्ती त्यस्तो र यो चेलिलाई बिरानो अनी पराई पो शम्झेछौ?
आखिर सधै भाइलाई चै मायाले काख मा राखी यो चेली लाइ पाखा मा पारेछौ?
उदेस्य के हो?भाई लाइ चै मायाले स्कूल मा पढ्न पठाऊछौ?
रहस्य के हो ?यो चेलिलाई चै सधै हेलामा बाधी घास दाउरा मा पठाउछौ ?

राखौला यो स्वार्थी समाज को सामू हजूर हरुको इज्जत
दू:ख गरेर पढुला भाई ले झै गरी लगाएर म मेरो आफ्नो मेहनत
कस्ट गरेर जुटाउला म मेरो आफ्नो सरीर को हिम्मत
बिन्ति छ भाई लाई झै गरी पठाई देऊ स्कूल चमकाई देऊ यो चेलिको भबिस्य र किस्मत
आखिर आजको यो युग मा पनी किन छौ अनबुझ आमा बाबा हजूर
यदि एसरी नै हजूर हरु अनबुझ बन्दिए यो चेलिको पुकार कस्ले पो सुन्छ र ?
त्यसैले बिन्ति छ आमा बाबा सुनी बुझिदेऊ यो चेलिको चीत्कार
दियर चोखो माया भाई लाइ झै गरी पठाऊ स्कूल यो चेलिलाई चढाई ६ पान्ग्रे मोटर .........................
गणेश पुर्बछाने मगर
धरान-७ शान्तिपथ
हाल -hongkong wanchai
web-www.mulbato.com
email- ganeshmagar8@gmail.com
magar_ganesh@hotmail.com

Subscribe to:
Posts (Atom)