-बिमला तुम्खेवा
हजारौं सपना र मनमाया
--------------------------------------------------------------
यो बाटोको अन्तिम बिन्दु
यो आकाशको क्षितिज
र,
उसले कुल्चिएर गएको पाईतलाको खत
कसरी हरायो
कतै समुद्रको तुफान भएर
पीरले पोतिएको उसको कालो अनुहार
पृथ्बीको कुन सिमामा पर्छ?
सपनाको निख्खर सेतो घोडा चढेर हुत्तिएकी थिई
त्ुफानजस्तो जंगलका यी चोर बाटाहरुमा
हिजो जस्तो कोहि छैन
लोग्नको मृत्यु सँगै
आफ्नो भन्नु ट्यारलिङ्को रातो साडी छ
जसलाई
जतनका साथ राखेकी छे काठको पुरानो बाकसमा
धर्ममा बाँधिएर कसरी मानिस दास बन्न सक्छ
र,
पुरै-पुरै जीवनको स्मृतिजस्तो
लोग्नेको धुमिल तस्विर हेर्दै बितेर जान्छ
उसको अस्तित्व भनौं
उसले हेर्ने आकाश
आर्मी नं. २११५०३१७ गोर्खा इन्जिनियरको बिधवा पत्नी
मनमाया लिम्बू
मुलढाकाको शिरमा सजिएको केहि पुरानो तक्मा
अब उसको आँखाको तक्मा भएको छ
रातो सिन्दुरसँगै
उसको आफ्नो छुट्टै पहिचान छैन
सायद,
सपना देख्ने हक पनि छैन
तर,
कालो सागर जस्तो
कालो जीवन भोगेर
कसरी उभिरही ऊ एक्लै यो ठाँउमा
छात्तिमा दमे-ो बिश्वयुद्धको पुरानो चोट लिएर
क्सरी बाँची यस समयसम्म?
उसको पीरले पोतिएको यो वनजंगल
पृथ्वीको कुन सिमामा पर्छ?
भन्छे-
यो मन पत्थर भैसकेको छ
तर, यस धर्तीमा पहिलोपल्ट आँखा खोल्दा
यस धर्तीमा पहिलोपल्ट पाउ राख्दा
कसैको सपनाको सुन्दर छोरी थिई
र,
जीवनको साठी बर्षआर्मी नं. २११५०३१७ गोर्खा इन्जिनियरको बिधवा पत्नी भएर बिताई
जवाफ देऊ
जवाफ देऊ, उसको पीरको
जवाफ देऊ, उसले भोग्न नपायँदै गुज्रिएर गएको जवानीको
उसको रहरलाग्दो सपना
पग्लिएर कसरी अरुण बग्यो यो पहाडको खोंचमा?
धेरै प्रश्नहरु उसलाई पछ्याउँदै टक्क अडिएको छ
र,
म्नमाया उभिएकी छे
यो राज्यब्याबस्थाको अधि
यो आकाशको मुनि
कहिल्यै नसकिने प्रश्नै प्रश्न भएर ???
Subscribe to:
Post Comments (Atom)
srijanako kalamharu aghi badirahun, subhakamana...........dherai dherai.......... ramro lagyo kabita......
ReplyDeletebimash_2010@yahoo.com
pokhara, nepal