Sunday, April 19, 2009


गजल
-राकेश कार्की, लस् एन्जेलस्
-----------------------------------------------------------
गजल
नसामा माया पो थाल्यो बग्न क्यार
छोप्दा छोप्दै भयो सब नग्न क्यार

मुटु मुटु जुध्दा पिरति भो झिलिक्क
गति भुली संसार थाल्यो डग्न क्यार

चाहिएन विवाह कुनै दर्ता दस्तखत
जुराउनै परेन शुभ लग्न क्यार

अजम्मरी सधैँलाई रोकिदैन कसै
सक्दैन मृत्युले पनि ठग्न क्यार

बरालिँदै लठारिँदै बैँशमा हराउँदै
दुई प्राण प्रेममा भयो मग्न क्यार





बिछोड (गीत)
-हस्त गौतम मृदुल
-------------------------------------------------------------------
गीत
चटक्कै माया मारेर मलाइ, बिदेश गैदियौ।
बिर्सेर हाम्रो आत्मिय बन्धन, निष्ठुरी भैदियौ।

कहिलै पनि लेखेनौ चिठी, सम्dmेर मलाइ।
न मारी देउ वैशको फुल, त्रृष्णामा जलाइ।।
बगाउ कति प्रीतिमा जली आँशुको गण्डकी।
मधुर मिलन नभइ कतै बित्छकी जिन्दगी।।

प्रितीकोे मिठो सम्झना बनि, दिलैमा रैदियौ।।
चटक्कै माया मारेर मलाइ, बिदेश गैदियौ।

खरानी भय सपना जति, बिछोड हुनाले।
डुब्यो नी कठै जिवनको डुंगा, सम्झेर रुनाले।।
आयनौ भने सम्माल्न मलाइ, पिडाले गल्ने छु।
छातीमा राखी तस्बीर तिम्रो, चित्तामा जल्ने छु।।

अन्तिम इक्षा बनेर मेरो, मनैमा रहिदियौ।।
चटक्कै माया मारेर मलाइ, बिदेश गैदियौ।



गजल
-इन्द्रकुमार श्रेष्र्ठ ' सरित् '
---------------------------------------------------------------------
गजल
नसमाउ हात मेरा तिमीलाई बात लाग्ला
पिउंदै नपिई जवानीको चर्को मात लाग्ला ।

नपठाउ भो दिन दिनै मायाका चिट्ठीहरु
मेरो सानो मनमा चिट्ठीको ठुलो खात लाग्ला ।

मलाई पाउंछु भनेर नधाउ मेरो घर
मेरो मन अन्तै छ तिमीलाई शुन्य हात लाग्ला ।

मलाई नपाउदैमा जोगी नै बन्नु पर्दैन
कर्मयोगी बन नत्र दशा साढे सात लाग्ला ।

नसमाउ हात मेरा तिमीलाई बात लाग्ला
पिउंदै नपिई जवानीको चर्को मात लाग्ला ।



गजल
- प्रकाश सापकोटा, बनेपा काभ्रे (हालः दोहा)
---------------------------------------------------------------------
गजल
तिमी पनि त्यै पुरानो सुकुटीमा रमायौ कि
झण्डै-झण्डै रित्तिएको ढुकुटीमा रमायौ कि

काँधै हाली उठाउने लाखौं जनता बिर्सिएर
डोली बोक्ने दुइ डोलेको झ्याइँकुटीमा रमायौ कि

बिर्सेका त छैनौ होला खोलो रगत-पसिनाको
रातो गद्दा, तातो कुर्सी लुट्पुटीमा रमायौ कि

ग्रिबी र महङ्गीले आच्छु-आच्छु पारेको छ
मुटु भित्रै निमुखाको कुट्कुटीमा रमायौ कि

कुन्नी के-के आशाहरु देखाउँथ्यौ हिजोसम्म
बाचाहरु घुट्क्याउँदै घुटघुटीमा रमायौ कि

झाँक्रीहरु सिमापारि तन्त्रमन्त्र लगाउँछन् रे
झुण्ड्याएर घाँटीहुँदी त्यै बुटीमा रमायौ कि

तिमी पनि त्यै पुरानो सुकुटीमा रमायौ कि
झण्डै-झण्डै रित्तिएको ढुकुटीमा रमायौ कि


बेलायती सन्तमाया, सीमा र श्याँदर
डा.लाल-श्याँकारेलु रापचा
पोष्ट-डक रिर्सच फेलो, लाइप्चिस विश्वविद्यालय, जर्मनी

kiranti.rapachalal@gmail.com

----------------------------------------------------------------------------
ग्योफा-९, प्लेत्तीपला, रामेछापमा नभएर मैले बेलायती सन्तमायालाई नेपाल उपत्यकामा प्रत्येक फोल श्याँदर र सालिवा श्याँदरमा भेट्ने गर्थें । त्यतिखेर उनी र मेरो वीचको दूरी ओल्लो किराँतको लिखु खोला पश्चिम रामेछाप र पर्ूव ओखलढुङगा थियो । सन्तमायाले बेलायततिर पखेटा पि+mजाएपछि र मैले डोएचलान्डतिर पखेटा पि+mजाएपछि हामी वीचको दूरी अहिले लिखु खोला नभएर इङलिश च्यानल छ । उनी उत्तर म दख्खिन । उनको र मेरो उत्तर-दख्खिन न्यु इअर २००९, फार्नबरामा भेटघाट नभइन्जेल मलाई उनको नाम 'सन्तमाया क्याबाचा हो' -तस्वीरमा बाँया) भन्ने धरी थाहा थिएन । कतिसम्म थाहा थियो भने उनी केएसडब्ल्युएस, युकेको होमपेजमा सजिएकी छन् । त्यति नै । तर बेलायती नै भई सकिन् भन्ने थाहा थिएन ।
कतिचाहिँ हो भने श्याँदरमा उनी सोलीभरि श्याँदर सिली बोकेर माङहिम-हात्तीवन र नखीपोट धाउँथिन् प्रत्येक साल दर्ुइचोटी । उनमा ग्योफा-९, प्लेत्तीपलाको साँस्कृतिक पुनर्जागरण हुन्थ्यो सोलीभरि हात्तीवन र नखीपोट वीचको दूरीमा र्।र् इ.१९९० यतादेखिको नेपाल नागरिक लोकमा साँस्कृतिक जनचेतना व्युँतिएपछि नेपाल उपत्यकाको सवै गल्ली र चोकहरुमा उनी जर्ुर्मुराइ रहेकी हुन्थिन् । मुस्काइ रहेकी हुन्थिन् । हामी वीचको यसरी हरेक वर्षदर्ुइचोटी मुस्काउने तालिका बाहेक चिनापर्ची नै थिएन ।
न्यु इअर २००९, १ जनवरीको विहिवारे साँझले हामीलाई होम दसुचाको परिवारसँगै राम्रै चिनापर्ची गरी विगत सम्झने अवसर दियो । यो मौका मिल्नु पनि संयोग नै थियो । हामी किराँती-कोँइच कवि 'फुर्कुन' र उनको परिवारका साथ सीमाको घरतिर हुँइकीरहेका थियौं । उनको पूरा ४ परिवार संख्या बाहेकको म पाचौंचाहिँ आमन्त्रित सदस्यभित्र पर्दिन थिएँ । फोर्डको मुलायम गतिसँगै कविको मोबाइल बज्यो । त्यो मोबाइलको खबरले फोर्ड सीमाको नभएर होम दसुचा र पार्वता -तस्वीर दाँया) को घरदैलोमा रोकियो । यसको अर्थ थियो मैले सन्तमायासँग अब चिनाजानी नगरी हुँदैन ।
चिनाजानीको अर्थ थियो सन्तमाया किराँती बहुलसंस्कृतिको सम्वाहक थिइन । दूत थिइन । सोलीभरि श्याँदर सिली बोक्तै माङहिम-हात्तीवन र नखीपोट धाएर किराँती संस्कृतिको जगर्ेनामा लागीपरेकी माहिर भूमिपुत्री थिइन् । उही हाराहारीमा सीमा पनि थिइन् । उनी पनि बेलायती भई सकिन् भन्ने कुरामा म एकदमै बेखबर थिएँ । पछि जमर्नी फर्केर विमला चेलीसँग हटमेल च्याटमा सोध्दा सन्तमाया जस्तै सीमा पनि सोलीभरि श्याँदर सिली बोक्तै माङहिम-हात्तीवन र नखीपोट धाएर किराँती संस्कृतिको जगर्ेनामा लागेकी उही तवामा र खियामा चेली थिइन । म माइति हेछाकुप्पा भने यिनी चेलीको बारेमा बेखबर नै थिएँ । अझै बेखबर छु । किनभने हामीले त्यो साँझ फार्नबरामा भेट हुनु निसिपमा लेखिएको रहेनछ क्यारे । सन्तमायाको जस्तो सीमाले जन्मेर सुघेँको पहिलो माटोको ठेगाना समेत मलाई थाहा छैन । उनको थरीचिनारी पनि थाहा छैन । कतिचाहिँ थाहा छ भने सीमा पनि उही सन्तमाया जस्तै सोलीभरि श्याँदर सिली बोक्तै माङहिम-हात्तीवन र नखीपोट धाउँथिन् ।
म हेछाकुप्पा भने सोलीभरिको श्याँदर सिलीमा गुइँदुवा-ग्लुल्मा "ढोल-भ\mयाम्टा" ठोकेर चक्कर काट्न नसक्ने पाराको छु । दर्शनशास्त्री पmेडरिक नित्सेले भनेको अपोलोनियानिज्म र डायोनियानिज्मको अवधारणमा मचाहिँ डायोनियानिज्मतिर बढीढल्केको छु र गुइँदुवा-ग्लुल्माको तालमा नाचेको त्यति हेक्का छैन । मैले आप\mनो पहाडको गुन्दरी बजारमा पनि कहिल्यै त्यसो गरिन । बरु किताब र पत्रपत्रिकाको सूचनामा नै वढी रुची भएकोले सन्तमायासँग मुस्कान साट्ने कामसम्म हुन्थ्यो । तर अब त्यो मुस्कान पनि दर्ुलभ भएछ किनभने सन्तमाया बेलायती भई सकिछन् । एकोहोरो केही समय यता मलाईर् इमेलमा श्याँदर सिलीको निमन्त्रणा आईरहेछ । आखिर श्याँदर के हो त -
श्याँदर श्यील -सिली) भनेको किराँती अनादी-आदिवासी जातिले साँस्कृतिक परम्परा अनुसार गर्ने प्रकृति वा भूमिको पूजा-अचर्ना हो । यो वर्षो दर्ुइ मासमा विभाजन गरी मनाइन्छ । त्यसमा फोल श्याँदर पहिलो हो । यसको ठ्याक्कै नेपाली अनुवाद उभौली वा वैशाखे पूणिर्मा हुन्छ । यो बुद्ध जयन्तीको दिनमै पर्दछ । दोस्रो सालिवा श्याँदर हो । यसको पनि ठ्याक्कै नेपाली अनुवाद उधौली वा मंसिरे पूणिर्मा हुन्छ । कतिपयले भूलवस 'चन्डी' पनि भन्ने गरेका छन् । किराँती संस्कृतिमा हिन्दूवाद हावी हुँदै गएपछि 'चन्डी' भनिएको हो । जुन ओल्लोदेखि पल्लो किराँतसम्म बोलिने सत्ताइसै किराँती भाषाहरुमा पाइने मौलिक शब्द भने होइन । सालिवा श्याँदरमा मूलतः घरभित्र वाली हुल्ने काम हुन्छ भने फोल श्याँदरमा भूमिमा रोपिएको वालीनालीको "प्रचुरता होस्" र "सहकाल होस्" भन्ने कामना गरिन्छ ।
विशेष गरेर सो मानव कामना पूरा होस् भन्ने उद्देश्यले श्याँदर सिली नाचिने हो । यसरी प्रकृतिमै रहेका हरेक जीवजन्तु, चराचुरुङगी, पर्ुखाहरुको कार्यकलाप आदिको सिको गरेर गुइँदुवा-ग्लुल्माको तालमा नाच्दा धर्ती वा माटो खुशी भई प्रशस्तै अन्नवाली उब्जनी हुने किराँती अनादी-आदिवासी संस्कृतिभित्रको अनेकमध्ये एक लोकविश्वास हो । किराँती-कोँइच -सुनुवार/मुखिया) श्याँदर सिलीका प्रकारहरुमा काश्ये, चिँकुम, दोविनी, सरो दोविनी, मेश्येदोःतेक, सुरोदोःतेक, सुरोचोःतेक, जसीब्लुकुम, हाहाहाँसल, दुमोहेःतेक, पिदार, किल्लो, चुर्मु, दुमा, बुल्फे, सलाकु, लाँःकादुले आम्दुले ग्लुम्तेक आदि छन् । सबै किराँती भाषीहरुको ओल्लो, माझ र पल्लो किराँतसम्म २६१ भन्दा बढी नाचका प्रकारहरु पाइन्छन् । तीमध्ये पल्लो किराँत क्षेत्रमा किराँती-याक्थुङहरुमा नाचिने धान नाच पनि एक प्रख्यात नाच हो ।
यसमा ओल्लो, माझ र पल्लो किराँत गरी तीनै किराँत क्षेत्रहरुमा प्रकृतिको सिको गर्दै भूमिको आरधना गर्ने काम नै हुन्छ । कतै कतै देखिने गरेको शिलामा वापा आदिको बली प्रथा पनि हिन्दूवादसँगकै सर्म्पर्कको उपज हो । भूमि वा माटोलाई किराँती आदिवासी ज्ञानमा जीवन मानिन्छ । किनभने माटो जीवनको आधार हो । क्षेत्रगत रुपमा ढुङगालाई पनि जीवनको प्रतीकको रुपमा मानिएको छ । त्यसैले किराँती संस्कृतिमा हुइलुङ वा चुप्लुलाई प्राथमिकता दिइन्छ । तर माटो र ढुङगा एक अर्काका पूरक हुन् किराँती लोकविश्वासमा । त्यही विश्वासलाई निरन्तरता दिंदै श्याँदर सिली नाचिने हो ।
साँस्कृतिक महत्वको यो श्याँदरको विभिन्न क्षेत्रगत नामहरु छन् । उँधो खोला हतुवा र आम्चोकको सिक्तेल खोलाको दक्षिणतिर श्याँदरलाई साकेन्वा भनिन्छ । उँभोखोला दिल्पा र छिनामखुङको सिक्तेल खोलाको उत्तरतिर साकेवा भनिन्छ । माझ किराँत साप्सु खोला र सुनकोशीतिर साकेला भनिन्छ । सोही श्याँदरलाई ओल्लो किराँत सोलुखुम्बुतिर किराँती-थुलुङ र खालिङ भाषी वीच तोश नामले चिनिन्छ । किराँती-नेवाहाङहरु साक्खेवा र दुमीहरु साखेल नामले पनि पुकार्दछन् । तीनै किराँत क्षेत्रहरुमा क्षेत्रिय तथा भाषिक रंगहरु फरक फरक हुन सक्दछन् । जति रंग फरक भए पनि एउटै उद्देश्य भनेको भूमि तथा शीलाको आरधना नै हो । न्हाःशो, नोछुङ, नाक्शो, गुइँदुवा-ग्लुल्मा, लिब्ला आदिको साथमा नाचिने श्याँदर खासगरेर भूमि पूजा नै हो ।
नेपालको वर्तमान सिमानाभित्रको बहुलसंस्कृतिको एक पाटो श्याँदरलाई सन्तमाया र सीमाले आप\mनो माटो ग्योफामा थाँती राखेर बेलायतीमा रुपान्तरण भई सकेका छन् । र पनि श्याँदरको निम्तो इमेल आउने क्रम जारी नै छ । विश्वभूमन्डलको नागरिकको रुपमा ग्योफाको सुगन्ध सन्तमायाले आप\mनो सास रहेसम्म त फार्नबराभरि नै फैलाउलिन् भन्ने आशा छ । तर सर्ुता कहाँ लागीरहेछ भने सन्तमायापछिको पुस्ताले श्याँदर नाच्ने हो वा होइन - विश्वभूमन्डलीकरणको लप्कासँगै सन्तमाया, सीमा र श्याँदर त विम्ब मात्रै हुन् । विभिन्न बहानामा नेपालको मानवीय, भाषिक तथा साँस्कृतिक सम्पदाहरु नेपाल र संसारैबाट भयावह रुपले विलय हुँदै जाने क्रममा छन् ।
अहिलेलाई बेलायती सन्तमाया, सीमा र श्याँदरलाई मेरो ल्यापटप संसारको एक स्त्रिmनभरिको मुस्कान इङलिश च्यानलको बाटो लेखी पठाएको छु । फेरि पनि यो जुनीमा हामी लिखुको सुसेली वारीपारी मुस्काउन पाउने छौं भन्ने आशा झिनिदै गएको छ । किनकि वीचमा लिखु होइन इङलिश च्यानल छ । बेलायती सन्तमाया, सीमा र श्याँदर उत्तर हेछाकुप्पा दख्खिन ।

............. २०६५ साल चैत २० गते, विहिवार -२ अप्रिल २००९)
युके कोँइचबु तस्वीरः सन्तमाया (बायाँ) र किराँती-कोँइच श्याँदर जोडी (दायाँ)