Friday, January 23, 2009

दृष्टिकोण
विचारान्तर परिप्रेक्षमा-उत्तरवर्ती
- थाम्सुहाङ् पुष्प सुब्बा
-----------------------------------------------------------------------------------
विचारान्तरले यौटा विचार जन्म्यो - उत्तरवर्ती । यसलाई लीलाले भ्रम ठान्छ, सिर्जनशील अराजकताले सशक्त विचार रंगले दुबै ठान्छ । तेस्तै उत्तराधुनिक खेमाका केही समालोचक र टिप्पणीकारहरु पनि आ-आप\mनै सुविधाको विचार राख्दछन् । काठमाण्डौको मोफसलभन्दा टाढा सुदूर पूर्बमा यौटा विचार हुर्केको पक्ष स्वीकारेरै पनि प्रकारान्तरमा गाभ्छन् उत्तरवर्तीलाई इश्वर वल्लभ । बहुल्ता चाहानु र वैश्विककरण अमान्य हुनुले आफैमा अन्तर्विरोध देख्छन् डा गोविन्दराज भट्टर्राई - उत्तरवर्ती विचारमा । म देख्छु - वैचारिक अन्तरले स्वयं बोधता र जातीय स्व-पहिचानको अस्तित्वबोध -उत्तरवर्तीभित्र । देख्नु र वैचारिक चिन्तनको पृथकिकृत तकाजाभित्र त्तेसैले उत्तरवर्ती विचारलाई घोषणा र लेखनगत पनि पर्गेल्नु पर्ने हुन्छ । तर लेखनगतताभित्र जातीय मिथकहरुको र राष्ट्रिय भाषाको यथेष्ट प्रयोगका कारण पर्गेल्नु त्तेति सजिलो भने लागेको छैन । र नै, भन्दै आएको छु - 'त्तेति विध्न अनेक प्रकारान्तर र विचारान्तरका बहु-केन्द्रीयताहरुको निर्माण नेपाली साहित्यभित्र भैसकेर पनि सम्मानजनक नेपाली राष्ट्रिय साहित्यको मर्दकेन्द्र निर्माण हुन सकेको छैन ।'
बा"की, वैचारिक अन्तरताको पर्रि्रेक्ष्यमा उत्तरवर्ती समिप पुग्न र्सवप्रथम त उत्तरवर्ती विन्दू समूहको घोषणा पत्रतिरै उन्मुख हुनपर्छ - जस्लाई राष्ट्रियताको तोलमोल गर्ने एकाधिकारवादीहरुको मर्द केन्द्रभित्रै दमित अवस्थामा राखिंदा वैचारिक उत्खनन्बाट अझै नया" र सशक्तरुपमा उजागर गरिएको विचार ठान्दछन्- पान्थरेली उत्तरवर्तीहरु ।
घोषणापत्र -
१ तथाकथित भूमण्डलीयकरणको अस्वीकार ।
२. समग्रतावादी र्सार्वभौमिक सत्यको अस्वीकार ।
३. स्व-स्वायत्तता र आत्म-निर्णयको अधिकारको दावी ।
४. बहुलवादी नेपाली साहित्यमा नया" अस्तित्वको दावी ।
५. नेपाली साहित्यमा समग्र राष्ट्रिय साहित्यको समान मान्यताको दावी ।
६. उत्तर आधुनिक साहित्य निर्माणमा पूर्वीय चिन्तनको सैद्धान्तिक खोज ।
७. सत्ताशक्ति निर्मित इतिहासको अस्वीकार ।

उपर्युक्त घोषणहरुको आधारमा आफ्नो वैचारिक अभिव्यक्ति राख्नुपर्दा स्थानिक र राष्ट्रियभन्दा बाहिर विश्वकै तोलमोल गर्नुपर्ने अवस्था उपस्थित छ । तर तेश्रो आयाम यताका साहित्य सर्न्दर्भका वैचारिक प्रकारान्तरमा उत्तरवर्ती विचार भने विविध सम्मिश्रति विचारान्तर सहित स्वयं वोधताको विन्दूमा उजागरित देखिन्छ । तेसैले अन्तर आ"कडालाई छाडेर वैश्विककरण र बहुलताबारे केही भन्नुपर्दा आजको सताब्दीले पनि एक विश्व, एक राष्ट्र, एक भाषा र संस्कृतिलाई मान्यता नदिएर बहु-राष्ट्र, भाषा र संस्कृतिलाई नै मुखरित गरिरहेको अवस्था छ । तेसैले एकल सत्ताबादी वैश्विककरणबाट विश्वमा अटाउन खोजिएको सम्पूण मानव अवस्थितिलाई आ-आफ्नै राष्ट्रियता, र्सार्वभौम सत्ताको लक्ष्मण रेखाले छुट्याएको छ । र नै, बहुल्ता छ । त्तेसै कारण एक्कल विश्व र बहु-राष्ट्रको परिभाषामा पनि अन्तर भएकोले मौलिक स्व-अस्तित्वको उत्तरवर्ती रोजाइ वर्तमान युगको प्रतिनिधि हो ।
नेपालको ऐतिहासिक काल-खण्डहरुमा समग्रताबादी खेलहरु आउ"दा अनेकन युद्ध, सन्धि र सम्झौताहरु नभएका, नतोडिएका र आन्तरिक उपनिवेशले समग्रताको घा"टी ननिमोठेको पनि होइन । अतः इतिहासगत तायदातीले निरिह बन्न पुगेका समग्रताका पक्षधरहरुमा युगले चेतनाभर्दा समग्रताबादी र्सार्वभौमिक सत्यबाट आफूलाई अलग पाउनु व्यवहारिक र चेतनाबोध दुवै हो । र , यै प्रत्यक्ष व्यवहारगत चेतनाले स्वयं बोधताको पक्ष उजागर गरिसके पछि आफैलाई स्वतन्त्र ठ्मयाउ"दा वेदखल रहित स्वेच्छाले आत्म-निर्णयको स्वायत्त अधिकार दावी गर्नुले उत्तरवर्ती विचार स्थानिक एवं सामाजिक धरातलमा निर्भयता पूर्बक उभेको ठहर लाग्छ । अझै नेपालको साहित्यिक रंगभूमिमा युगौं अगावै हुर्केका र वर्तमानको मध्यवर्ती वा सीमान्तवर्ती सम्मै फस्टिएका राष्ट्रिय साहित्यहरु एक्कल नेपाली नामधारी साहित्यको सत्ताभित्रै लोप गराइनाले समानान्तर विकसित साहित्यको अभावमा नेपाली साहित्य अपाङ्ग ठहरिने विचारलाई पनि समग्रता एवं बहुल्तामूखि ठान्नै पर्छ । तेसैले उत्तरवर्ती विचार बहु-केन्द्रीयताको निर्माण र नेपाली साहित्यको आधुनिकोत्तर मार्ग-चित्रको हैसियतमा उजागर भएको ठान्नु लज्जाजनक ठहरिदैन । कारण, यसभित्र स्व-अस्तित्वबोधता छ र परिवेशजन्य स्थानिक, सामाजिक, सांस्कृतिक, राजनैतिक एवं राष्ट्रिय साहित्य प्रतिको उत्तर चिन्तन भेटिन्छ ।
उत्तर आधुनिक नेपाली साहित्यको सर्न्दर्भमा त्यसो त र्सवप्रथम 'लीला' को दावी छ -पर्ूर्वीय सैद्धान्तिक परम्पराका बारे । तर त्तेस्लाई आत्मसात गर्दा नेपाली साहित्यको प्रारम्भ वा संस्कृत साहित्यको योगी, ऋषि र भक्तिवादतिरै उन्मूख हुनु पर्ला । कारण 'लीला'मा आएकोलेखन धर्म-प्रायः पुरातनकै विनिर्माणीकरण र आधुनिक नेपाली साहित्य लेखनको पनि विनिर्माणीय-अवस्थामा बा"चेको देखिन्छ । यो स्पष्ट उल्लेख गरिसकिएकोछ - स्वयं अबोधताका कारण पूर्वीय सैद्धान्तिक मूल्य र मान्यताको ठोस् निष्कर्शको अभावमा अर्काकै नक्कल र देखासिकिमा रमाउन हामी व्यस्त छौं । जहा" यथार्थ, मुर्त र संज्ञानका पक्षहरु जीवन बा"च्नको लागि अबलम्बन गरिन्छ, त, ती सबै अतियथार्थमा भ्रम मात्तै मान्ने हो भने मानवीय अस्तित्वको मूल्य र मान्यताको आवश्यकता किन - यही प्रश्न वित्थोल्दा क्षणभंगुर जीवनको र्सार्थकताका निमित्त पनि पूर्वीय चिन्तनको सैद्धान्तिक परम्परामा मौलिक लखेनगत सिद्धान्त प्रतिपादन हुनु पर्‍यो । अतः यी अवधारणाहरुको आशावादी चिन्तनभित्र पराभौतिक, अमुर्त र उत्तर संज्ञानका पक्षहरु मात्तै ल्याइनु भएन-कारण यस्बाट उपदेश रहितको युगबोधीय र समाज सापेक्ष लेखन धर्म फस्टाउन सक्दैन । त्तेसैले उत्तरवर्ती विचारमा जीवनको मूल्य र मान्यताका लागि आन्दोलित चिन्तनको प्रारम्भ भएको हुन सक्छ । तर यसबारे अरु वढि विचारविमर्श बढाउन अहिलेका हकमा हतार गरेको ठहरिन्छ । यस्का अतिरिक्त मानवीय सत्ता, सभ्यता, संस्कृतिको इतिहास प्रतेक क्षणहरुसंगै आफै निर्माण भएर आउने क्रममा भत्किनु र लोप हुनुको कारक तत्वहरु पनि संगसंगै आएका हुन्छन् । जहा" यौटा सभ्यता र संस्कृतिको अनिच्छापूर्बक विनास गरिन्छ, त्यहा" मौलिक टुसो उत्जीवितै रहेको हुन्छ । त्यो पुन : र पुनः टुसिन्छ, पल्हाउ"छ र झा"गिन्छ- तर स्वेच्छाले वर्जित बस्तु सदाका लागि लोप भएर जान्छ । त्तेसैले स्वतःस्फूर्त निर्मित ऐतिहासिक पृष्ठभूमिको मौलिक टुसोको पुनरावृतिका लागि तेस्को सम्यक् संरक्षण एवं परिपालनद्वारा स्व-अस्तित्वको मौलिक चिनारी उत्जीवित राख्न सत्ता शक्तिको कारक तत्वद्वारा निर्मित इतिहासलाई अस्वीकार गरिनु पनि स्वीकार्य पक्ष नै देखिन्छ । अत ः उपर्युक्त विचारविर्मशको मन्थनद्वारा उत्तरवर्ती विचारलाई केलाउ"दा हालसम्मका लागि दृष्टिकोणीय निष्कर्षे देखापर्छ भने -
क. उत्तरवर्ती विचार र्सव सत्तावादको विरुद्ध बहुल्ताको उद्घोषक ।
ख. कुण्ठाग्रस्त समग्रताको विरुद्ध स्व-स्वायत्तता र आत्मनिर्णयको अधिकारको सम्वाहक ।
ग. नेपाली राष्ट्रिय साहित्यको निर्माणका पक्षधर र उत्तर आधुनिक नेपाली साहित्य लेखनमा पूर्वीय सैद्धान्तिक चिन्तनको अनुसन्धाता ।
घ. उत्तर आधुनिक साहित्य लेखनमा नया" अस्तित्वको सम्वाहक र स्वनिर्मित इतिहासको पक्षधर ।
ङ. स्थानिक र सामाजिक पर्रि्रेक्षमा स्व-पहिचानको आधार स्तम्भ ।

सालाखालामा अहिलेसम्म उत्तरवर्ती वैचारिक आन्दोलनमा आफ्नो दृष्टिकोणले आ"केको पक्ष त्तेती नै हो । अतः उत्तरवर्तीबारे जहा"-जोबाट जे दृष्टिकोण अथवा वैचारिक अभिव्यक्तिहरु आए-आइरहेका छन्, त, ती सबै वैचारिक अन्तर दृष्टिका अभिव्यक्ति भएकाले अझै विचारविमर्श भइरहनु आवश्यक देखिन्छ । यस्का अतिरिक्त विविध सांकेतिक प्रयोगहरु सहित बहुल्ताभित्र स्व-अस्तित्वको दावी उत्तरवर्ती लेखनमा प्रचुरमात्रामा आएको माथिनै जिकिर उठाइएकोले यहा" केही उत्तरवर्ती साधकहरु वा चिन्तकहरुको लेखन प्रकरणमा पाइने विचारान्तरका अंशहरु प्रयुक्तहुन स्वभाविक लाग्छ ।
.युगौं दमित स्व-पहिचानको उद्घोष गर्दै भवानी तावा ले लेखेका छन् -
यतिका साल भैसक्यो
चोमेन्* नपाएका [*उपकार - पूजा श्र लिम्बू ]
यी सुकुम्बासी बन्न विवश पारिएका हातहरु
......................
योद्धा भएर पौंठेजोरी खेल्न तयार छन्
...............
मेरो आन्द्रामा ताम्भुङजाको* काइलागेको छ । [*कन्दमूल- बनभोज > लिम्बू ]
मेरो अनुहार कुल्चने हिम्मत नगर
मेरो रगत भक्भक् उम्लको छ
मेरो इतिहास फेरि यो भूमिमा हा"स्दै छ।

(चिनारीबाट)
. स्व-स्वायत्तताको मोहमा डुबेर सगुन सुसारा ले लेखेका छन् -
चेब्जुले चलाको -राज्य
बाजेले चलाको - देश
बाउले चलाको - मुलुक
जा"डले मातेर कहिल्यै
कोङकुयुक्माको* आख"ा देख्नु परेन [*काकाकुल - चील > राइ वान्ताव ]
त्यसैर
म स्व-स्वायत्तताको - प्रतीक †
म स्व-स्वायत्तताको - अंश †
म स्व-स्वायत्तताको - भाग †
म स्व-स्वायत्तताको - तथ्य †
(वर्जित गैंडाहरु र माउवा चेप्पाको निस्सीमताबाट )
ग.
समग्रताबादी र्सार्वभौमिक सत्यको दमितताबाट उन्मुक्तिको गर्वबोधका हकमा राज माङ्लाक ले लेखकाछन् -
कति न्यानो निलिबसेको समय यी दिनहरु
भत्भती हत्केलाहरुले छाती छेकेर मनमा
..................
युमा - को* स्वर - [*बजू - गृहदेवी > लिम्बू ]
"लाजे !¯ झयालखाना धुजाधुजा च्यात्नु ....।" [*सम्बोधनमा -नानी > लिम्बू ]
मैले सुनें
हजुरआमाको - चौतारमा / उभिएर
भन्छु ः त्यो क्षण मेरो मुक्ति,
यो क्षण मेरो व्रि्रोह,
तिहाँ क्षण मेरो गर्व,
(अस्तित्वको हिरासत तोडेर ः वर्तमानबाट )
बस † प्रस्तुत उद्धरणहरुबाट वैचारिक घोषणा र लेखन धर्मको तालमेल स्पष्ट हुने भएकोले बा"की उत्तरवर्ती विचारहरुलाई यहा" समावेश गरिएन । चुडान्तमा उत्तरवर्ती विचार र्सवसत्तावादको विरुद्ध स्व-अस्तित्वको उक्त चिन्तनका हकमा पान्थरेली युवाहरुबाट ल्याइएको मौलिक पक्षको आन्दोलन भएकोले यस्को निरन्तरता सम्मै विचारविमर्श भैरहनु पर्छ । अहिले नै किनारा लगाउन अर्समर्थ छु ।
०६४।११।१७
विर्तामोड, झापा
----------------------------------------------------------------------------------

Thursday, January 22, 2009


नेपाली साहित्यमा एक नवीनतम सिद्धान्त र प्रयोगका कुरा
(भयवाद र आदिवासीमाथि विमर्श)
-डा. गोविन्दराज भट्टर्राई

----------------------------------------------------------------------------
भयवादबारे केही विचार
विश्वसाहित्यलाई अनेका प्रकारका आन्दोलनले अघि बढाउ"दै ल्याएको छ । यहा"को कला, दर्शन, चिन्तन सबैमा यही लागू हुन्छ । मैले काव्यिक आन्दोलनको परिचय -२०६१) मा आधुनिक कालका प्रमुख पाश्चात्य वाद र आन्दोलनको चर्चा गरेको छु, तिनको पर्रि्रेक्ष्यमा नया" इतिहास बोकेको नेपाली साहित्यमा आएका वाद र आन्दोलनको पनि चर्चा गरेको छु । नेपाली साहित्यका मोती मण्डलीदेखि रङ्गवादसम्ममा वितेको डेढ सय वर्षो इतिहासमा तीन दर्जन जति प्रमुख आन्दोलन जन्मिए । कुनै काव्यकवितास"ग जोडिएका जस्तै तरलतावादी, कुनै निरङ्गकुशताको विरोधमा जस्तै अमलेख, बूट पालिस, कुनै कलाचिन्तनभित्र विशेष परिवर्तनको खोजीमा जस्तै तेस्रो आयाम, कुनै पोष्टमोर्डन सिद्धान्तस"ग जोडिएर, जस्तैः- रङ्गवाद । ती आन्दोलनहरू सानाठूला वृत्तका छन्, लामो छोटो प्रभावका छन्, काठमाडौं केन्द्रका, मोफसलबाट जन्मेका, देशको सिमाना बाहिरका, टाढाका छन् । अनेक प्रकारका आन्दोलनको चिनारी सुकुम शर्माको हालै प्रकाशित नेपाली भाषासाहित्यमा आन्दोलन (२०६४) मा पाइनेछ ।
प्रत्येक आन्दोलन उद्देश्यमा, उचाइमा, उपयोगितामा, व्यापकतामा र आयुमा फरक छ । कुनै तत्कालै सेलाए कुनै बढीमा १०-१५ वर्षम्म सक्रिय रहे । विश्वभरि यही चरित्र छ । नेपालमा पनि २०४६ सालको परिवर्तन पश्चात्को अवधिमा जन्मिएका आन्दोलनको संख्या आधा दर्जन पुगेको छ । तीमध्ये सबैभन्दा अन्तिम आन्दोलनबारे म आफ्नो धारणा राख्न चाहन्छु । त्यो हो भयवाद ।
भयवाद २०६२ सालको अन्त्यतिर प्रकाशनमा आएको एउटा बैचारिक प्रस्तावना हो; त्यसको तरङ्ग
हो । यो हाल हङकङस्थित देश सुब्बाले सोचेर विकसित गरेको अहिलेसम्मको अन्तिम आन्दोलन हो । अहिले यो घोषणापत्र जस्तै लामो प्रस्तावना लिएर आएको छ । यस प्रस्तावना पत्रमा उनले भय र भयवाद, भयको स्रोत, यसको क्षेत्र, यसका बाटा, यसका प्रकार, विश्वदर्शनमा भयवाद, हिन्दू साहित्यमा भयवाद जस्ता उपशर्ीष्ाकमा व्याख्या र विस्तार गरेका छन् ।
भयवादभित्र धेरै कुरा समेटिएका छन्, यो धेरै बिषयबाट अलिअलि पै"चो लिएर निर्माण गरिएको विचार हो । दर्शनबाट अलिकति, विज्ञानबाट अलिकति, साहित्य सिद्धान्तबाट अलिकति इतिहास-संस्कृतिबाट अलिकति विचारहरू लिएर निर्माण गरिएको अन्तरविषयक (इन्टरडिसिप्लिनरी) चर्चा हो । यसमा केवल साहित्य सिद्धान्तको कुरा नभएकोले साहित्यको पशङ्गमा मात्रै यसको चिन्तन सीमित गर्न सकि"दैन । धेरै कुरा जोडिएर आएकोले यसको पर्ूण्ा विकास र सम्पादन भई नसकेकोले यो अलि जटिल र कतै अस्पष्ट पनि लाग्दछ ।
यो नितान्त नौलो कुरा चाहि" होइन । यसले जीवनलाई नै व्याख्या गर्न खोजेको छ; त्यसो त सृष्टिको आरम्भदेखि अनुभूत, यो सिद्धान्तको अस्तित्व थाहा नपाइए पनि सबै दर्शनले, व्याख्याले, विचारले जीवनलाई आआफ्नै पाराले व्याख्या गरेका गर्‍यै छन् तीभित्र यो पनि अन्तर्भुक्त थियो । त्यसो भए भयवादको औचित्य के हो भन्ने प्रश्न आउ"न सक्छ । यसको औचित्य स्थापना हुने एउटै मात्र तर्क छ- डेरिडाको शव्दमा एब्सेन्सेज् र ग्याप्स्भित्र प्रवेश, अनुपस्थितिबाट नया" ज्ञानको खोजी । शव्दले छेलिएका शव्दहरू, विचारले छेलिएका विचारहरू, संस्कृतिले छेलिएका संस्कृतिहरू, भाषाहरू, व्यवहारले छेलिएको व्यवहारहरू । ज्ञान नहुन्जेल थाहै भएन, अन्धकार पल्टाएर हर्ेदा त्यो त्यहीं थियो, त्यहीं छ । भयवादले त्यही देखाउ"छ ।
प्रत्येक नया" विचार त्यस्तै हो, नया" आन्दोलन त्यस्तै हो, नयाँ आउनुलाई देशले 'प्रकट' भनेका छन्, अस्तित्वमा नआएको कुरा एकदिन प्रकट हुन्छ र अनि त्यसपछि त्योबेगर चल्नै नसक्ने हुन्छौ" । कला र साहित्यमा यथार्थवाद, विम्ववाद, घनत्ववाद, अतियथार्थवाद आएको एकसय वर्षभयो; अघि हामी तीबेगरै चलेका थियौँ अब हामी तीबेगर चल्नै नसक्ने भएका छौ" । मोबाइल नहु"दा हामी कसरी बा"च्यौ होला भन्ने कुरा सम्झेर हामीलाई उदेक लाग्छ । त्यस्तै छ- आज जीवनजगतलाई, हाम्रा कर्म र चिन्तनलाई उत्तरआधुनिक दृष्टिले नहर्ेदा धेरै कुरा नदेख्ने भएका छौ" । हिजो त त्यो दृष्टिकोण नहुँदा पनि काम चलेकै थियो । भयवाद त्यस्तै एउटा सामाग्री वा आविष्कार वा जीवनजगत र लेखन हर्ेर्ने नया" औजार जस्तै लाग्छ । अनेक बिकल्पको संसारमा यो विकल्प हो, न प्रथम, न अन्तिम ।
यस दृष्टिकोणले हर्ेदा भयवादलाई एउटा सुरक्षित स्थानमा राख्न सकिन्छ ।
र्सवप्रथम पुराना कुराहरू नया"ले प्रतिस्थापित भइरहनु पर्दछ ।
सभ्यताको इतिहास भन्नु नै बिकल्पको खोजी र पुनरावृत्तिको अभिलेखन हो ।
त्यसैले हृाम्रो उन्नति वहुल सोचमा छ, वहुल चिन्तनमा छ ।

एकलवादी चिन्तनलाई भत्काउ"दै नवीन विचारकेन्द्र, अभ्यासकेन्द्र, सम्भावनाकेन्द्र निरन्तर बनिरहनु पर्दछ । मानव सभ्यताले त्यही भन्छ, प्रकृतिले त्यही भन्छ ।
प्रत्येक नवीन विचारको आयु कति हुन्छ भन्ने कुरा अतीत हेरे हुन्छ, कुनै पनि अन्तिम रहेको छैन, मैले भनेको छु यथार्थता एउटै प्रकृतिको होला भनी तीन हजार वर्षेखि त्यही शव्द पढेर आयौ"; हिजो विहान उनीहरूले भने, यथार्थता अरु तीन प्रकारका देखिएका छन् ।
भयवाद जीवनजगत हेर्ने एउटा थप दृष्टिकोण, हाम्रा सिर्जनात्मक तथा अन्य सारा कर्म हर्ेर्ने अर्को दृष्टिकोण । यसको पनि उपयोगिता हुन सक्छ परन्तु सृष्टिलाई यसैले मात्र हर्ेदा हुन्छ भन्न चाहि सक्तिन । यो एक आंशिक झस्काइ हो । अघि भने एउटा नया" चौतारी, एक बैकल्पिक बिसौनी ।
उता प्रेमवाद छ, पे्रममा डुबेको जगत्, अज्ञानतामा डुबेको जगत्, आशक्तिमा डुबेको जगत्, हर्ष उन्माद, निराशा, बैराग्य र मृत्यु चिन्तनमा रहेको जगत् अस्तित्व चिन्तनमा डुबेको जगत्- प्रत्येक त्यस्तो सोचाइ एउटा चित्तवृत्ति हो; एब्सल्यूट ता केही छैन । जगत् फ्युजन हो, सम्मिश्रण हो, वहुरङ् । जोगीले र्सवत्र निस्पृह भाव राखेर प्रभूलाई मात्र देख्ने स्थिति एउटा आंशिकता- देश सुब्बाले सबै कुरालाई भयमा, भय अभय, निर्भयमा यस पदको विशेष व्याख्यामा टुङ्ग्याएका छन्् ।
बारम्बार भनिएको छ- जगत् दृष्टिकोणहरूको जङ्गल हो । अनेकौं प्रजातिका वनस्पति र वृक्षले मात्र जङ्गलको निर्माण हुन्छ । भयवाद एउटा स्पेसिज थपिएको मात्र हो नेपाली साहित्यमा, चिन्तनमा, यो जङ्गलको निर्माणमा, निरन्तरता । देश सुब्बा स्वयं अथवा उनको लेखन पनि थप एक स्पेसिज मात्र हो ।
भयवादको निर्माणमा म सुदृढ बैज्ञानिक, दार्शनिक, साहित्यशास्त्रीय वा मनोवैज्ञानिक सिद्धान्तहरूको भरोसा देख्तिन । ती छन् भने पनि लेखकले आंसिक मात्र प्रयोग गरेका छन् अरु आफ्नै अनुभूति र कालजन्य चेतनाले नै यो विषय जन्माएको हुनर्ुपर्छ । त्यसैले उनले गरेका व्याख्यालाई जीवविज्ञानले के भन्छ, भौतिकविज्ञानले के भन्छ, दर्शनशास्त्र र मनोविज्ञानले के भन्छ, नृतत्वशास्त्रले के भन्छ,- ती कसीमा नजाँची यसै भन्न सकिँदैन ।
सबैतिरबाट कसी लगाएर हेरेपछि भयवाद कति प्रमाणित हुन्छ त्यो पछिको कुरा हो, यो निर्माणको क्रममा छ, प्रस्तावनामा छ, यसलाई ताछेर खर्ुर्केर खिपेर हेरेपछि मात्र यसको अन्तिम स्वरुप देखिन आउनेछ । जे भएपनि यता देशलाई युद्ध र आतङ्कले निलेको बेला भयमा आधारित एउटा सिद्धान्त जन्मिनु ठूलो संयोगको कुरा हो । त्यसमाथि नया" समयले भनिरहेको छ- साहित्य निरुपण गर्न एउटा नया" सिद्धान्त जन्मेको छ, ट्रौमा थ्यौरी अर्थात अभिघात सिद्धान्त । भयवादले समालोचनाको त्यो क्षेत्रतिर पनि हाम्रो मन तान्छ । तर देश सुब्बाले भनेको भय सकारात्मक, निरन्तर र अपरिहार्य पनि देखिएकोले गर्दा हाम्रा सारा बाँच्ने प्रयत्नहरू भयवादितामा गएर टुङ्िगएका छन् । अभिघात सिद्धान्त त्यस्तो कुरा होइन । भयलाई उनले कति ठाउ"मा अत्यन्तै फराक र खुकुलो पाराले परिभाषित गरिदिएकोले जातीय जनजातीय मनमा उठेको परिचय चेतना र अस्तित्वको चिन्ता पनि त्यो स"गै जोडिएको देखिन्छ । यसबेला नेपाली साहित्य जगतमा भयवादको परिकल्पना हुनु एक संयोगको कुरा हो । यी दर्ुइवटा परिवेशले गर्दा भयवादलाई नजिकबाट बुझनै पर्ने भएको छ । तर अभिघात सिद्धान्तले युद्धजन्य भय, हत्या हिंसा मृत्यु र अन्य अभिघातक प्रहारलाई साहित्यमा हर्ेदछ भने देश सुब्बाको भयले सम्पर्ूण्ा जीवको, वनस्पतिको र प्रकृतिको चालमा पनि भयचेतना आरोपित गर्दछ । यो कुरालाई कसरी पुष्टि गर्न सकिन्छ, म ठोकेर भन्न सक्तिन" । यो विकासको क्रममा छ । यसमा संशोधन र परिमार्जन चलिरहने छ ।
भयवादको आधारमा 'अदिवासी' को निरूपण :
र्सवप्रथम त म आज पर्ूवाञ्चललाई बधाई दिन चाहन्छ; अझ पर्ूवाञ्चलका लिम्बू र्सजकलाई किनभने नेपाली साहित्यमा स्थापित अनेक आन्दोलनमध्ये चारवटा पर्ूवबाटै उदाएका छन् ती चारैवटामा लिम्बू र्सजक अग्रणी रहेका छन् । आज लिम्बू किरा"त सभ्यताको प्राचीनभूमी यो धरान नगरीमा भेला भएर यस्ता विषयमा विचार विमर्श गर्न पाउनु भनेको अत्यन्तै ठूलो महङ्खवको कुरा हो । धेरैअघि एउटा भिन्न चिन्तनमार्ग लिएर उठेका बैरागी काइ"ला, त्यसको झन्डै चारदशकपछि सिर्जनशील अराजकता लिएर आएका हाङयुग, अज्ञात र साथीहरू लगत्तै रङ्गवाद लिएर आएका धर्मेन्द्रविक्रम नेम्बाङ र साथीहरू र त्यसैपछि भयवाद लिएर आएका देशसुब्बा यी पर्ूर्बेली लिम्बू र्सजक र चिन्तकहरूलाई नेपाली साहित्यको तर्फाट आज केही फूलमाला गा"सेर चढाउन चाहन्छु । यी चारैजना स्रष्टा र चिन्तकलाई यो ऐतिहासिक घडीमा यही" उभ्याउन पाए कस्तो हुन्थ्यो होला । पर्ूवाञ्चलको यो गौरव देश विदेश पुगोस् । यस्तै गरी नयाँ कुरा सोच्ने र गर्ने अरु धेरै र्सजक, चिन्तक, व्याकरणकार, समाज सुधारक हुनुहुन्छ तर आज म यी लिम्बू र्सजकलाई मात्र सम्भिmरहेछु । तिनीहरूमा विशेष भयवादी देश सुब्बालाई, उनको आदिवासीलाई किनभने आज हामी यसैको विमर्शमा उभिएका छौ" ।
आदिवासी एउटा नौलो उपन्यास हो । लेखकले यसलाई भयवादस"ग जोडेका छन् । उनको भयवादी सिद्धान्तको प्रयोग आदिवासीमाथि गरेका छन् ।
आदिवासी एउटा उपन्यास जस्तो लाग्ने कृति हो । यो निसाम्को संस्मरण हो तर निसाम् इतिहासको सबैभन्दा टाढाको अतीतभित्र पसेर कल्पनाका विम्वहरूमा विचरण गर्दछ । यो एकप्रकारको आत्मज्ञान् (रिभिलेसन) को अनुभूति लाग्ने अतीत-कल्पनाको अभिलेखन हो । आदिवासीमा प्रवेश गर्न चारवटा दृष्टिकोणको आवश्यकता पर्दछ; ती हुन् आदिवासी निरुपणका आधार-
क) जातीय लेखन / जातीय समालोचना
ख) सिद्धान्तको प्रयोगभूमि
ग) अतीत स्मरण
घ) नया" सम्भावनाहरू

म यी विषयलाई संक्षेपमा बुझाउन चाहन्छु ।
(क) र्सवप्रथम जातीय (इथ्निक) लेखन र समालोचनाको कुरा गरौँ ।
हाम्रोमा जातीय अथवा जनजातीय शव्दलाई सङ्कुचित अर्थमा लिने चलन छ । तर अबको परिवेशमा नवीन समालोचकीय आलोकमा हर्ेदा यी शव्द अत्यन्तै सम्मानित, अग्रपङत्तिmमा राखिनु पर्ने भएका छन् । अवका पाठक समालोचकले एथ्निसिटि स्टडिज् एथ्निक स्टडिज् कल्चरल स्टडिज् जस्ता नया" समयको आहृवानमा पलाएका समालोचना र सिद्धान्तका हा"गातिर हर्ेर्नु पर्दछ नत्र भने अनेकन् जनजातीय संस्कृति र जीवन पद्दति भएका, अनेक भाषिक चेतना, भिन्न धार्मिक आस्था बोकेका र्सजकले नेपाली साहित्यमा गरेको सिर्जनाको अर्थ लाग्दैन । तिनीहरूले गरेको अमूल्य योगदानहरूको पनि अर्थ लाग्दैन । नेपाली साहित्य पनि एकरेखीय संकुचितताबाट पाखा आउन सक्तैन । यसले देखाउन सक्ने व्यापकता, विविधता र उदारताको आधारमा मात्र यसको स्वास्थ्य परीक्षण हुन्छ । साहित्यले एक संस्कृतिमात्र बोकेर हिडिरहृयो भने त्यो धेरै दिन निरोगी रहन सक्तैन । म आज ती लिम्बू र्सजकको सम्झना गर्दैछु, जसले उपन्यास रचेका छन्- नेपाल कुस्सा, देश सुब्बा, अप्सरा लावती... नाम धेरै छैनन् ।
अहिले यो राष्ट्र पुनर्जागरण कालमा पसेको छ, भर्खरै । यसले पुनर्निर्माण सोचिरहेकोछ । यतिखेर लामो अतीतले आफूलाई करेक्सन गर्नेबेला आएको छ । यतिखेर भिन्न संस्कृतिका र्सजकको मनमा एकप्रकारको सा"स्कृतिक राष्ट्रवाद उत्पन्न हुन थालेको छ । उनीहरू सा"स्कृतिक सौर्न्दर्यवादपट्ट िफर्केका हुन्छन् र आफ्नो जातीय भूगोलको, संस्कृतिको, भाषा साहित्यको खोजी गर्दछन् । आदिवासीमा बारम्बार देशले लेखेका छन्- आफ्नो, भाषा, संस्कृति, धर्म, इतिहास र परम्पराको संरक्षण गरौ" । यस कृतिमा देश व्यक्ति नभएर एउटा ठूलो सांस्कृतिक समुदायको रूपमा उभिएर यसको वाणी राखेका छन् ।
लेखकको मन लिम्बू संस्कृतिको आदिमतामा, त्यसको भूगोलको खोजीमा प्रकृतिको निर्मल स्वरुपमा प्रवेश गर्दछ त्यो कुरा अनेक सर्न्दर्भले प्रष्ट पार्दछ । यसरी हर्ेदा यो कृति प्रकृतिको निर्मलता बिरुद्ध सभ्यताको प्रदुषणको कथा हो । परम्परा विच्छिन्न हुनु नै आधुनिकता हो । यो कुरा विश्वका सबै जातीले भोगका छन्; अर्कातिर सबै कुरा मिश्रति हुनु उत्तरआधुनिकता हो । एउटा वहुलसांस्कृतिक यात्रा जसमा नेपालका अनेक जाति र भाषा परे, संस्कृति परे तर यसको पीडा अल्पसंख्यकले अधिक भोग्नु परेको छ, ती र्सवविलयनको संघारमा छन््, त्यस्तै एउटा लिम्बू संस्कृति छ, देश सुब्बाले यहा" त्यसैको पीडा प्रकट गरेका छन् ।
जातीय साहित्यमा एउटा जातले, उसको संस्कृतिले हेरेको जस्तो देश अथवा जगत् हुन्छ । उसको धर्मले, जीवन दर्शनले हेरेको आदर्श हुन्छ । यसको प्रमुख उद्देश्य ता जातीय परिचयको स्थापना गर्नु हो । देशले यहा" परोक्षरुपले लिम्बू जातीको अतीतस"ग आर्यहरूका केही दर्शन र संस्कृति भिडाएर आफ्नै जीवनदर्शनप्रति गहिरो प्रेम र आस्था प्रकट गरेका छन् ।
यस्तो साहित्यमा बैचारिक/ सांस्कृतिक भेदभाव लेखिन्छन् । तर देशको जातीयता र सांस्कृतिक चिन्तन समकालीन परिस्थितिको नभएर आदिमकालीन छ, यसको कथानकमा, पात्रमा, परिवेशमा सबैतिर आद्यता छ । कृषियुगको, त्यो भन्दा पुरानो वन्यतामा रमाउने र ओडारमा बस्ने प्रवृत्तिसँग लय मिलाएर बाँच्ने यस्तै जीवनको विम्बचित्र छ । यो आद्यता हो । आख्यानिकरण मात्र आधुनिक भाषामा छ ।
जातीय लेखनको यो एउटा महङ्खवपर्ूण्ा विशेषता हो । हरेक सिर्जना व्यक्तिगत प्रयत्न हो तापनि त्यहा" एउटा सिङ््गो जाती नै उभिएको हुन्छ । उसको चेतनाले अर्थोक देख्तैन, आफ्नै जातिका पात्र ल्याउ"छ, बस्त्र ल्याउ"छ, खाने बस्ने प्रयत्नहरू यावत संस्कृति गर्दागर्दै ऊ अन्त्यमा आफ्नै सांस्कृतिक भूगोलको निर्माण गर्छ, त्यहीं उभिन्छ ।
यहा" त्यही भएको छ । यहा" भेटिने फूलतरुल, सिमल तरुल, घर तरुल, सिस्नो, गिठ्ठा भ्यागुर जस्ता कन्दमूलले पहाडी बन्य भूगोल बताउ"छन् । गोदावारी, चमेली, सयपत्री, लालुपातेले पनि । विशेष गरी सेक्मुरी फूल र तिगेन्जोङ्ना देवता जस्ता प्रतीक लिम्बू संस्कृतिस"ग जोडिएका कुरा हुन् । पाहा, माछा, पानीहा"स, सावाला खोला, तुङ्सिङ वन्, साप्सिङ्, चिराइतो, ओखर, कटुस, रुद्राक्ष, जा"ड, रक्सी, धुम्रपान, आदिवासी तुत्तु र बाला, फुर्लुङ् पेरेङ्गो, ढाकर, तान बुन्ने युवतीहरू- यी सारा इमेजहरू प्राकृतिक अवस्थाका आद्यविम्व हुन् । चोत्लुङ्, मिक्जिरी र सेक्मुरी ओडारको बर्साई, प्राचीन रेखाचित्रहरू, धनुका"ण र सिकार, ओडार र वृक्षको वरिपरि लेखकको कल्पना छ- यहा" अदिवासीको उत्पत्तिको कथा, भाषा, लिपि, धर्म संस्कार आदि इत्यादि खुल्ने अक्षरहरू चिन्हहरू थिए ।
लेखकले चित्रित गरेको समाज आदिमतामा बिलीन भएको छ । वन्य र कृषियुगपछि अनेक युग आए गए । त्यो आदिमताको वर्ण्र्ााा उनले कति किम्बदन्ति, अनुश्रुति, भग्न इतिहास र कल्पना पनि जोेडेका छन् । तिनको सहाराले लुप्त सभ्यताको आंशिक पुनर्रर्निमाण गरेका छन् । लेखकलाई अन्तमा भएको आत्मज्ञान बडो सुन्दर छः जति नै सुन्दर फूल फुले पनि एकै जात र रङ्गको फूलले फूलबारी सुहाउँदैन । सबै जात र रङ्गको फूलले मात्र फूलबारी सुहाउँछ । लेखकका यी वाणीलाई यतिखेर यो राष्ट्रले ध्यान दिएर सुन्नु पर्छ । यस कृतिमार्फत् लेखकले दर्ुइ कुरा सँगसँगै लाँदैछन्- जातीय अस्तित्वको पहिचान र राष्ट्रिय एकता, हार्मोनी, सहअस्तित्व र बहुलताको अपरिहार्तता ।
(ख) विचारको प्रयोगभूमि
भयवादको सिद्धान्तलाई मनोविज्ञानका नयाँ सिद्धान्तले के भन्छ, दर्शनले कसरी लिन्छ, समाजशास्त्र र इतिहासले के भन्छ, धर्मशास्त्रले के भन्छ त्यसको परीक्षण भएको छैन । लेखकको परिकल्पना, स्वगत चेतना, अनुभवले मात्र यो बनिएको छ- यसको बैज्ञानिकता अर्कै पक्ष हो ।
त्यसो भएता पनि लेखकले भयवादको प्रस्तावनामा जेजस्ता सिद्धान्तको प्रतिपादन र परिकल्पना गरेका छन्, के तिनीहरूलाई लेखनमा उतार्नु आवश्यक थियो - कि ती विचार चिन्तनर्-दर्शनमा विचार विमर्शका लागि मात्र पो थिए कि जस्तो पनि लाग्दछ ।
फेरि लाग्दछ, लेखकले कुनै सिद्धान्तको संरचना अनुसार सिर्जना गर्नै पर्छ - अथवा त्यसरी सिर्जना हिँड्न मान्छ - अथवा र्सजकले कुनै सिद्धान्त अनुसार सिर्जना गर्नु आवश्यक छ - त्यसो गर्नु हुन्छ कि हु"दैन - कति र्सजकहरू त भन्दछन्- सिर्जना भनेको सिद्धान्त निर्देशित अभ्यास मात्र हो । यस्तो गर्दा सिद्धान्तको भारीले धेरै ठाउँमा सिर्जना पुरिएको पनि छ, लेखकीय स्वतन्त्रता समाप्त भएको छ, उसले इतिहासलाई केही लेखिदिन्छ स्वतन्त्र चेतनालाई होइन । तर त्यस्तो खालेमा भएको सिद्धान्तनिष्ठता र यहाँ उठाएका नवीन सिद्धान्तकारको चेतना र अभ्यासमा ठूलो अन्तर छ । यी नयाँहरू महाख्यानका पर्वतलाई नाघेर नयाँ ठाउँमा उठेका नयाँ पाइला हुन् । देअर इज नो फाइन्यालिटि भन्ने सिद्धान्तलाई पक्रेर नयाँ काम र्गा उठेका भिन्नता हुन्, विचलन हुन,् फरकता र डेभिएसन् । यी नयाँहरू सिद्धान्त निर्माण गर्ने र पालना गर्ने क्षमता राख्तछन्, पुरानाहरू केवल पालना गर्ने । आज यो फरकता सम्भिmनु आवश्यक छ । त्यसो त नेपाली साहित्य भाषाका अनेक आन्दोलनले आफ्ना सिद्धान्तलाई प्रयोगमा ल्याउन खोजेका पनि छन्- झर्र्रोवाद एउटा प्रमाण छ, वर्ण्र्ाावन्यासमा भएका अनेक अभ्यास, हेमचन्द्र स्कूलदेखि मुकुन्दशरण उपाध्यायसम्मका स्कूलहरू यसका प्रमाण हुन् । इन्द्रबहादुर र्राईज्यूले पनि सिद्धान्त र प्रयोग स"गै कुधाएझैं यसका अनुयायी कृष्ण धरावासीले पनि दुवै तङ्खव लिएका थिए । अरु पनि छन्- म पनि भन्छु- सुकरातका पाइला उत्तरआधुनिक सिद्धान्तको प्रयोगभूमि हो; सिर्जनशीलहरूले केही त्यस्तै गरेका छन्, रङ्गवादीहरू पनि सिद्धान्तलाई प्रयोगमा देख्तछन् । देश सुब्बाले त्यही मार्ग अनुशरण गरेका छन् ।
यसो गर्दा कहिलेकही" अस्वाभाविकता आउन सक्छ, सिर्जनालाई सिद्धान्तको भारीले थिच्न सक्छ; यसमा अनेक खतरा छन् । तर हरेक नयाँ कर्मस"ग खतरा जोडिएको हुन्छ, देशले यहा" त्यही गरेका छन् । यहाँ प्रस्तावित सिद्धान्त र व्यवहारबीच कत्रो अन्तर छ - सबै कृति भयवादको प्रस्तावनास"ग जोडेर रच्न सकिन्छ - मलाई सन्देह लाग्छ । लेखन भनेकै निर्वन्धता हो भने त्यो सकि"दैन । देश सुब्बाले त्यो खतरामा टेकेका छन् । तर त्यसो गर्ने उनी एक्ला होइनन्, सबै नया" विचारकले, नया" आन्दोलनकारी त्यो खेल खेल्दै आएका छन्- कोही लड्छन, कोही उठेर कुधेका पनि छन् ।
(ग) अतीतको स्मरण
आदिबासी हजारौं वर्षो कालखण्डलाई मेटेर लेखिएको छ, जोडेर लेखिएको छ । लेखक जति टाढा पुगेपनि समकालीनताभन्दा धेरै टाढा पुग्न सक्तोरहेनछ । मोहन कोइरालाको प्रकाशोन्मुख सिमसारका राजदूत हर्ेर्नू, त्यहाँ राणाकालको अन्त्यतिर उदाएको पात्र आजको माओवादी आन्दोलनमा पनि जोडिएर आउँछ । त्यसैगरी आदिवासीमा भिन्न प्रकृतिले काल र भूगोल जोडिन्छन्- एकातिर वर्तमानकालका मुखपत्र, पुस्तिका, सीडी, अडियो क्यासेट छन् अर्कातिर कालातीत आदिमताका दृश्यहरू छन्- सुनका खर्ूर्मी भिरेर हि"ड्ने बालाहरू, ओडारबासी, यायाबरहरू, वन्यतामा रमाउनेहरू- कृषियुगपर्ूवका चिनुहरू ।
यहा"को मूल पात्र निसाम््लाई शहरमा एकप्रकारको दिवास्वप्नले छोप्छ; भूतले, छाया"ले । भनौ व्रि्रान्तिले लट्टएिपछि एक प्रकारको मनोरोगबाट मुक्ति पाउन ऊ वन जंगल पस्छ । उसको मनोरोग आध्यात्मिक, दार्शनिक, वैज्ञानिक अनेक कुतुहलताले बनेको थियो । त्यहाँ अस्पष्टता, अन्धकार र अन्धविश्वास थियो । उसले त्यहा" पुगेर भेटेको आदिम बृक्ष, यायावर, आदिवासी, गाउ"ले, निर्मल प्रकृति र अज्ञानतामा विताएको जीवनबाट ऊ प्रभावित हुन्छ । उसले देखेको आदिवासीको प्राचीन दरवार, स्वर्ण्र्ाान्दिर र भग्नावशेषले शायद लिम्बू जातीकै अतीतलाई संकेत गर्दछन् । एउटा निर्मल आदिमता सुरक्षित रहेको समाजको वर्ण्र्ााा लामो कालखण्ड वित्तछ ।
एउटा प्राचीन आद्य समाजको वर्ण्र्ाागर्दा पनि लेखक र्सवसमण्वयवादी देखिन्छन् यो -तरुल) पर्वको महङ्खव भनेको नै विविध संस्कृति र धर्मर् भएका मान्छेहरूको फूलवारी बनाउनु हुन्थ्यो ।
(घ) नया सम्भावनाहरू
यस उपन्यासको खोजी हो जातीय पहिचान; त्यसको लागि एक आदर्श स्थितिको परिकल्पना र त्यही पृष्ठभूमिमा कथा निर्माण । यसले जातीय चेतनाहरू यस्ता राष्ट्रिय सिर्जनामा आउनु पर्दछ भन्ने कुराको स्वागत गर्दछ । यसले अन्तरजातीय प्रेम र सहिष्णुता बढाउन सहयोत गर्दछ । यसले हाम्रो मेनस्टि्रम लेखनको एकलता र रेखीयताको अन्त्य गर्न सहयोग पुर्‍याउँछ । यसले अनेक संस्कृतिभित्रका आदिमतालाई उत्खनन गर्ने, पुनरउल्लेख गर्ने, जातीय गौरव बढाउने काम गर्दछ । आज विश्वसाहित्यमा अङ्ग्रेजी मूलभाषीले लेखेको भन्दा अन्य जाती र धर्मकाले लेखेको साहित्य झनझन सम्मानित हुँदैछ; सीएम कोत्सी, टोनी मोरिसन, भीएस नइपल, ओरहान पाखुक, सलमान रुस्दी, झुम्पा लहिरी आदि अङ्ग्रेजी मातृभाषी र अङ्ग्रेज होइनन् । तिनीहरूले बोेलेका शब्दमा किनारिकृतहरूको जीवन छ, तर त्यसले अङ्ग्रेजी साहित्यको फूलबारी झन् बहुरङ्गी र आकर्ष बनाउ"दै छ । हाम्रोमा पनि त्यही नियम लागू हुन्छ । नेपालमा पनि खसेत्तर संस्कृतिका र्सजकको स्वागत हुने बेला आएको छ । एकरङ्गी फूलबारीले उत्पन्न गरेको निरसतालाई मेट्तै लानु पर्ने बेला भएको छ; म भाषाको कुरा गर्न चाहन्न । प्रायः सबै नेपालीमा द्वैभाषिक क्षमता छ त्यसकारण उनीहरूले जुनसुकै भाषा लेखून्, त्यो गौण कुरा हो, त्यहाँ चम्किने टड्कारो उज्यालो त संस्कृति चिन्ह नै हो ।
मैले हालै हङकङका नरेश सुनुवारका कविता पढ्ने अवसर पाएँ, अनेक र्राई र्सजकलाई पढ्दै छु, नेवार र्सजकलाई, लिम्बू र्सजकलाई पढ्दै छु, गुरुङ मगर जस्ता संस्कृतिबाट पनि र्सजक आउँदैछन् । हालै महेन्द्र मलङ्गियाका नाटक पढेँ, अवधिमा अनूदित मुनामदन हेरेँ- सबैसबै मिलेर राष्ट्रिय संस्कृतिको निर्माण हुँदैछ । यस्ता आवाज सुन्ने कसले - यिनीहरूको मूल्याङ्कन गर्ने कसले - प्रशंसा गर्ने कसले - आज देशलाई यहाँ उभ्याएर धरानले जुन कार्य गर्‍यो, यो अभूतपर्ूव ऐतिहासिक पाइला हो, म यसको हार्दिक स्वागत गर्दछु ।

-------------------------------------------------------------------------------------
किर्तीपुर, काठमाडौँ

१८ साउन २०६५ (धरानको लागि)

प्राध्यापक (अङ्ग्रेजी)
त्रिभुवन विश्वविद्यालय

Email- tu.govinda@gmail.com
भयवादी आदिवासी : एक अनुचर्चा
-डा. टंक न्यौपाने
--------------------------------------------------------------------------------
१. बधाई र स्वागतका केही आधारहरू
विदेशीमा बसेर पनि नेपाल र नेपाली जातित्व तथा नेपाली वाङ्मयका विकासमा लागिपरेका देश सुब्बाले नेपाली भाषामा साहित्य र दर्शनमार्फ योगदान दिइरहेकामा र्सवप्रथम बधाइ दिनु मेरो पहिलो कर्तव्य हो । यस भाषालाई खस नेपाली भाषा भन्ने बैरागी काएँलाहरूप्रति देश सुब्बाले मीठो व्याङ्ग्य गरेका छन् किनभने जातीय दृष्टिले लिम्बूभाषी देश सुब्बामा गम्भीर दर्शन तथा ओजस्वी साहित्य प्रकट गर्ने सामर्थ्य तथा भाषा माथिको अधिकार नेपाली भाषामा पाइएको छ । उनीजस्ता सयौँ आदिवासी जनजातिहरूले यस भाषाका विकास र परिष्कारका लागि गरेका योगदानलाई खस भाषा भनेर म कसरी अवमूल्यन गरौँ - यसको अर्थ लिम्बू, बान्तबा, चाम्लिङ, मैथिलीजस्ता नेपालमा बोलिँदै आएका मातृभाषाहरू अनेपाली हुन् भन्ने होइन । यी सबै भाषाहरू नेपालीकै समकक्ष नेपालेली भाषा हुन् भन्ने हो । यी भाषाहरू नेपालमा मात्र नभएर विश्वकै साझा सम्पदा हुन्, अमुल्य निधि हुन् भन्ने कुरा नेपालीमा ठूलो गुण र परिमाणमा देखिएका डायस्फोरा साहित्यबाट प्रमाणित भएको छ ।
यसै नेपाली भाषामा देश सुब्बाद्वारा लिखित अपमान पछि दोश्रो उपन्यास आदिवासी २०६४ सृजनशील समाज, हङकङबाट प्रकाशित भएको छ । अपमानबाट आवेगले आदिवासीमा एउटा दर्शनको स्वरुप ग्रहण गर्न लागेको देखिन्छ तर स्वरुपले अझै पर्ूण्ाता लिइसकेका छैन । यस बीचमा नेपालभित्र र बाहिर केही तर निकै दूरगामी राजनैतिक-साहित्यिक आन्दोलनहरू पनि भएका छन् । राजनैतिक क्षेत्रमा राजतन्त्रको अन्त्य भएको छ, नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रभित्र छिरेको छ र यहाँको लोकतन्त्रलाई समावेशी बनाउने अभ्यास पनि शुरु भइसकेको छ । जातीय संघ बनाउन राजनैतिक र जातीय संगठनहरू क्रियाशील छन् । यसैले नस्लको, रङ्गको कुरा पुनःस्थापित हुन खोज्दैछ, एकल केन्द्र बहुल केन्द्रमा विस्तारित हुँदैछ । स्थापित आदर्शको अस्वीकृति र प्रागैतिहासिक आदर्शको परिष्कृत स्वरुपमा स्थापना नयाँ चेतना भएर आएका पाइन्छन् । देश सुब्बाको आत्म स्वीकृति पनि छ ः परबाट आफू नस्लवाद देखिएकामा । यसरी एकातिर बहुलवादी राजनीतिमा प्रजातीय राष्ट्रवादको पर्ुनव्याख्या र पुनःस्थापनाको प्रयास हुँदैछ भने अर्कोतिर लीलावाद, संरक्षण कविता आन्दोलन, चक्रव्यू संचेतना, मुक्त अभियान, विलयन लेखन, सृजनशील अराजकता, रङ्गवाद हुँदै देश सुब्बाको भयवाद देखा परेको छ । यी प्रवृत्तिहरूलाई सामाजिक उत्तरआधुनिक चिन्तन र लेखन शैली व्याख्या गर्न सकिन्छ जस्तो लाग्दछ । डा. गोविन्दराज भट्टर्राईले २०६४ पौष १४ गते वाणी प्रकाशन, विराटनगरमा रङ्गवादमाथि टिप्पणी गर्दै भनेका थिए ः "साहित्य अब विचारले चल्न चाहान्छ ।" प्रस्तुत आदिवासी उपन्यासलाई विचारबाट डोर्‍याइएको छ । विचारप्रबल भएकाले उपन्यासकारले यसको अर्को नाम नै भयवाद राखेका छन् अर्थात् आदिवासी वा भयवाद । यर्सथ विनिर्माण होइन, पुननिर्माणको विचार र लेख्न भएकोले पनि आदिवासीलाई स्वागत छ, स्वागतम् शुभस्वागतम्.................।
२. अपमानको अर्को मोड
देश सुब्बाका दुवै उपन्यास अपमान र आदिवासीमा आदिवासी जनजाति, त्यसमा पनि लिम्बू जनजातीय संस्कृति उपलब्ध भएका पाइए पनि दुवैमा ठूलो भिन्नता छ । सुब्बाले देशको छिन्नभिन्न रुप देखेर अपमान लेखेको बताएका छन् । उनको यो विचार पनि सही छ ः अपमान साहित्यभन्दा पनि साहित्यिक सुगन्धमा २०४६ का परिवर्तनले दिएका खतराका पर्ूव सङ्केतका दस्तावेज थियो त्यो जो अहिले देशभरि प्रकट भइरहेको छ । देश सुब्बाले अपमान उपन्यासमा नस्लको, रङ्गको कुरा नगरेर बहुनस्ल वा बहुरङ्गको कुरा गरिएको हुँदा त्यसलाई नस्लवादको बहुरङ्गीय घोषणपत्र भनेका छन् तर उनको इच्छा त्यस्तो उपन्यास लेख्ने भए पनि यथार्थः अपमान एकरङ्गीय घोषणा नै भयो । पहिलो कुरा, अपमान पढ्ने सामान्य बाहुनले आफू उल्टो अपमानित भएको तथा आफ्ना धर्म र संस्कृतिमाथि आक्रोश बर्सिएको थाहा पाउनासाथ ऊ पढ्न छाड्दछ । अपमानमा एउटाको पीडाको प्रकट अर्काको अपमानबाटै भएको छ । परिमाणमतः अपमान उपन्यासभन्दा पनि एकजातीय, एकनस्लीय दस्ताबेज मात्र हुन पुगेको छ । धरानको होटल एम्बेसेडरमा डा. खेम दाहालबाट त्यस बेला गरिएको तीतो टिप्पणी मेरा मानसमा अझै ताजा छ । अपमानमा बाहुन र बाहुनवादप्रति "रिस पोखिएको छ तर आदिवासीमा आइपुग्दा देश सुब्बाले के राम्ररी बुझेका छन् भने रिसले आगो बाल्छ र आगोले संसार डढाउँछ । रिस समस्याका समाधान नभएर समस्याको स्रोत हो ।" यर्सथ देश सुब्बा मञ्चमा चढेर रिस पोख्ने मान्छेहरूलाई नेता मान्न तयार छैनन् । यस कारण यो आख्यानले आदिवासी भय र विद्या दुवै दुृष्टिले निकै परिपक्क भएर नेपाललाई हेरिरहेको देखिन्छ । अपमानमा युवासुलभ आक्रोशको अजस्र वेगवान् प्रवाह पाइन्छ भने आदिवासीमा मानव सभ्यता र संस्कृतिको जाति शास्त्रीय व्याख्यासहित आदिवासी, गैरआदिवासी सबैका स्वपहिचान सहितका संस्कृति र धर्मको फूलवारी बनाउने चाहनाको प्रकटन छ । यसरी आदिवासी जाति संस्कृतिको मनोदार्शनिक धरातलमा उभिएको देखिन्छ । यो अपमानको अर्को मोड हो ।
३. आदिवासी जाति संस्कृति उपन्यास
चिन्तक उपन्यासकार देश सुब्बा हङकङमै बसेर पनि नेपालमा चलमलाएका नयाँ चेतनालाई छामिरहेका छन् । आज नेपालमा बहुनस्लीय र बहुरङ्गीय अस्तित्वको खोजी भइरहेको छ । लैङ्गकि भेदभाव, जातीय दमन, अन्याय, अत्याचार, शोषण र भ्रष्टाचारका विस्फोट पदार्थका प्रसारले गर्दा देश विध्वंसात्मक गतिविधितर्फहिँडेर आत्मघाती बमका अवस्थामा पुगेको देख्दा लेखकमा भय जागृत हुनु स्वाभाविकै हो । एकातिर आप्रवासीहरूको दमन, अर्कातिर आदिवासी-जनजातिभित्र दिनदिनै हर्ुर्किरहेको विकृति र विसङ्गति । विकृतिमा रिस मिसाउँदा फोहोरमैलाको दर्ुगन्ध । आदिवासीहरूका कर्ीर्तिमा रिसले कुरुप अनुहार बनाएकामा लेखकमा चिन्ता छ । उनलाई आदिवासी भनेर दाबी गर्ने जातिहरूमा दमन हुँदै गएको भाषा, लिपि, धर्म, संस्कार देख्दा दःख लाग्छ । आदिवासीका स्वर भने ठूला ठूला भइरहेका छन् देशै थर्काउने गरी । कुनै आदिवासीले भाषा, धर्म, लिपि, संस्कृति, इतिहास धमाधम नयाँ लेखिरहेका छन्, कुनै लेख्ने योजना बनाइरहेका छन् । भइरहेका ऐतिहासिक जातीय महत्वका कुरालाई शमन गरेर नयाँ बनाउने कुरा देश सुब्बाका मनले मानेन । उनी भइरहेका ऐर्श्वर्यलाई राम्रो बनाउन चाहान्छन् र अमेरिकाली अश्वेत उपन्यासकार एलेक्स हेल्वीले रुट्स् वा वृक्षमूल नामको पुस्तक -१९८६) मार्फ् आफ्नो पुख्र्यौली इतिहास खोजेझैँ देश सुब्बाको प्राचीनतम लिम्बू सभ्यताका खोजीमा लागेका देखिन्छन् । उनी अहिले जनजातिहरूमा बढ्दै गएका पश्चिमी एकल जाति, भाषा, सभ्यता र संस्कृतिको मोहलाई पनि, गैरआदिवासीहरूको प्राचीन सामूहिक जीवनको आमन्त्रण र गैरआदिवासी सभ्यताको पनि सुरक्षासहित मिश्रति संस्कृतिको निर्माण गर्दै मौलिक संस्कृतिका पक्षमा देखिएका छन् । यो अत्यन्तै सकरात्मक सोच हो । यसैका लागि नायकलाई आदिम रूख, ओडार र सहरिया सम्पन्नताभन्दा धेरै टाढा गाउँमा विचरण गराइएको छ । यसरी आदिवासी जाति सांस्कृतिक उपन्यास हुन पुगेको देखिन्छ ।
४. उपन्यासको संरचना
आदिवासी तीन खण्ड वा परिच्छेदहरूमा संगठित उपन्यास हो । यी तीनवटै खण्डहरूका केन्द्रमा भय छ । पहिलो परिच्छेदको शर्ीष्ाक वा विषय भयको प्रकट/क्षेत्र/समस्या हो । यसमा उपन्यासको नायक निसाम् -जो लेखक स्वयं हुन्) नस्लीय द्वन्दमा विस्फोटक पदार्थ बोकेर देश गुम्सिरहेको देखेपछि भयभीत भएको छ, मनोरोगी भएको छ । यसै कारण छायाँजस्तो बनेर हंस निस्किँदै गएजस्तो लागेर ऊ डराएको छ अर्थात निसाम्मा भयको प्रकट भएको छ । भय घरभित्रबाहिर, प्रकृति-समाज, भौतिकता-आध्यात्मिकता सबै क्षेत्र ओगटेर बसेको मानिएको छ । यर्सथ भयका प्रकटनलाई मानवीय वा मनोवैज्ञानिक समस्या ठानिएको छ । दोश्रो परिच्छेदको शर्ीष्ाक हो ः भयको खोज/बाटा/छट्पट्ाहट । यहाँ नायक निसाम् भयबाट मुक्तिका बाटामा खोजी छटपटिंदै घर छोडेर आदिवासी गाउँ सुम्दो पुग्दछ । ऊ त्यहाँका प्राचीन संस्कृतिमा, आदिम सभ्यतामा रम्दछ । यसै क्रममा टाढाटाढाका मान्छेहरूका आप्रवासनले मान्छेहरू आदिवासी-गैरआदिवासी भएर छुट्टएिको, गैरआदिवासीका वर्ण्र्ाावस्थाबाट अनेक विभेदहरू जन्मिएको, आदिवासी संस्कृतिका विस्थापनबाट उनीहरूमा भय पैदा भएको, छटपटाहट भएकोजस्तो कुराको खोजी गरिएको छ । अन्तिम परिच्छेदको शर्ीष्ाक हो ः भयको प्राप्ति/ज्ञानप्राप्ति/सहजता । यहाँ नायक निसाम् मकर सङ्क्रान्तिको मेला देख्दा दङ्ग पर्दछ किनभने त्यहाँ सांस्कृतिक र सामूहिक जीवन चल्दोरहेछ । त्यहाँ आदिम रूखबाट उसले भय सम्बन्धी ज्ञान प्राप्त गर्दछ । पहिले उसको शरीरबाट निस्केको हंस वा छायाँ नभएर भय सङ्गृहीत एउटा ग्रह हो भन्ने उसले बुझ्दछ । निसाम्ले के पनि थाहा पाउँछ भने शरीरबाट भय निस्किएपछि जीवन सहज हुन्छ । यो बुझेर नायक निसाम् घर र्फकन्छ र आफूले पाएको ज्ञान गाउँले आदिवासीहरूलाई बताउन थाल्दछ ।
यसरी तीन पच्छिेदमा यसको बनोट छ र तिनीहरूलाई भय सूत्रले बुनेर एउटा आख्यानको संरचना बनेको छ तथापि आख्यानीकरणभन्दा परिवेशलाई विशेष महत्व दिइएको छ । घटना खासै उल्लेखनीय छैनन्, तुत्तु, बालाजस्ता किरात नामक पात्रहरूको पनि आख्यान रचनामा खासै महत्व देखिंदैन । परिणामतः आदिवासी आख्यानिका भएको छ । यसको रीतिक्षेत्र पनि आख्यानको बखान नभएर आख्यानका सूक्ष्म तन्तुमा विचारको प्रस्तुति देखिन्छ । यसैले यसलाई विचारप्रबल कृति भन्न सकिन्छ । उपयुक्त निर्माणबाट समेत यसमा आदिम किरात लिम्बू संस्कृति अभिव्यञ्जित भएको पाइन्छ ।
५. उपन्यासको सैद्धान्तिक धरातल
यस आदिवासी उपन्यासलाई अर्को भयवाद नामबाट खोजिएको छ । यसको कारण उपन्यासलाई भयवादी बनाउन खोज्नु हो । यसैका लागि यहाँ भयवादको आख्यानीकरण गरिएको छ किनभने पहिले २०६० मै भयवाद आयो । त्यसपछि २०६४ मा मात्र उपन्यास । २०६० का उत्तर्रार्द्धमा हङकङबाट प्रकाशित टापू पत्रिकामार्फ भएका भय विमर्शले २०६३ मा नेपालमा भयवादको घोषण भएको देखिन्छ । यसलाई आन्दोलन त भनिएको छैन तर पनि यो एक प्रकारको आन्दोलन नै हो । यस अर्थमा मोतीराम भट्टदेखि सुरु भएको काव्यिक/साहित्यिक आन्दोलनको नवीन छाताभित्र विभिन्न करङहरू थपिंदैछन्, नयाँ करङ हो भयवाद । जब छाताभित्र स्पेस सकिएला तब यो इतिहास बन्ला । अहिले त छाताको रुपरेखा बनेको मात्र छ, यसलाई बलियो बनाउन करङहरू थपिंदैछन् । रङ्गवाद र भयवाद यस्तै करङहरू हुन् अथवा भनौँ, सतगामिनी साहित्य सरिताका आधुनिक गतिमा आएका बाढीको एउटा भँगालो हो यो, यो भँगालो स्वयं छुट्टै खोला वा नदी बन्न सक्ला कि नसक्ला, त्यो भविष्यलाई नै छाडौँ । जे होस्, मूल कुरा आदिवासी उपन्यासभन्दा पहिले विचार आयो, अनि साहित्य । भनौँ विचारबाट बोल्ने भन्ने प्रश्न पुरानो भएर पनि यसको सान्दर्भिकता सकिंदो रहेनछ । आधुनिक युगमा रहेको यो प्रश्न उत्तरआधुनिक लेखनका शर्ीष्ास्थ व्याख्याता डा. गोविन्दराज भट्टर्राईले पनि रङ्गवादीप्रति टिप्पणी गर्दै साहित्य अब विचारले चल्न चाहान्छ भनेको यहाँ पनि प्रासङ्िगक हुन्छ । के विचारलाई साहित्यका रङ्गमा अनुकूलित गर्न सकिन्छ - देश सुब्बा भन्छन् ः "यसै क्रममा आएको एउटा विचार हो भयवाद ।" यसरी प्रस्तुत आदिवासी उपन्यासको सैद्धान्तिक धरातल भयवाद र यसको परिवेश आदिम किरात लिम्बू संस्कृति हो ।
भयवादका सम्बन्धमा देश सुब्बाको लामो व्याख्यान छुट्टै छ, उपन्यासको पृष्ठहरूमा तिनै व्याख्यान पोखिएको पनि छन् । हाङयुग अज्ञातले साहित्यमा भयविमर्श शर्ीष्ाकमा लामो भूमिका पनि लेखेका छन् । त्यसैले भयवादका विस्तृत परिचर्चा सान्दभिक नहोला पनि तर आदिवासी उपन्यासभित्रैबाट भयवाद बुझनु चाहिँ प्रासङ्गिक नै हुन्छ । लेखकलाई आदिवासीमाथि भएको अतिक्रमण र आदिवासी स्वयंमा बढ्दै गएका विकृतिले गर्दा भय पलाएको छ । उपन्यासको नायक निसाम्का शरीरबाट निस्केको हंस वा छायाँ भय हो र भयकै कारण उसले घर छाडेको तथा भयबाट मुक्त भएपछि सहज बनेर घर फर्किएको देखाइएको छ । उपन्यासको निष्कर्षहो ः भय मानिसमा हुने एक किसिमको मानसिक कमजोरी हो । मान्छेमा मानसिक कमजोरी देखा परेपछि त्यसमा विकृति देख्दा पर्दोरहेछ, भयको प्रकटीकरणमा अनेक बाटाहरू छन् । तीमध्ये भयलाई चिनेपछि र भयबाट बाहिर निस्केपछि जीवन सहज हुन्छ ।
६. सिद्धान्त स्थापनाका प्रयासको आधार
भयवादको वृत्त भय नै हो । भयलाई प्राणी जगत्को प्रक्रिया मान्दै संस्कृतिमा भनिएको छ ः आहारन्रि्राभयमैथुनञ्च, सामान्यमेतत् पशुभिर्नराणम् अर्थात् आहार न्रि्रा, भय र मैथुन मानव-मानवेतर सबैमा पाइने सामान्य कुरा हुन् । यीमध्ये आहारलाई मार्क्सले वर्ग संर्घष्ामा प्रस्तुत गरे भने न्रि्राको प्रसङ्ग फ्रायडको सपनाका सर्न्दर्भमा गरेका छन् । यस्तै मनोचिकित्सक तथा मनोविश्लेषक फ्रायडले पच्चिसौ व्याख्यानको विषय चिन्ता वा त्रासको समस्या त्यो केन्द्रविन्दु हो जसले सबै किसिममा सबैभन्दा महत्वपर्ूण्ा प्रश्नहरूलाई एक सिलसिलामा बाँधिदिन्छ । यो एक यस्तो समस्या हो जसलाई हल गर्दा हाम्रा सारा मानसिक जीवनमा अवश्य नै धेरै प्रकाश पर्दछ । फ्रायडले चिन्ता वा त्रासलाई वस्तुनिष्ठ हुने बताएका छन् । यस आदिवासी उपन्यासमा आप्रवासीहरू आदिवासीका भयको आलम्बन मानिएका छन् जसबाट आदिवासीहरूमा खतरा परेको छ । फ्रायडले के पनि भनेका छन् भने खतराको प्रतिक्रिया दर्ुइ चीजका मेलबाट हुन्छः भय मनोविकार र प्रतिरक्षात्मक कारबाही । भयभीत प्राणी भयबाट मुक्तिका लागि कि त पलायनतिर लाग्छ कि त व्रि्रोहतर्फ दुवै प्रतिरक्षात्मक कारबाही हुन सक्छन् । अहिले मुलुकमा व्रि्रोहको कारबाही अघि बढिरहेको छ ।
सामान्य अर्थमा त्रास, भय र डर पर्याय मानिन्छन् तर फ्रायडले यी तीन तत्वमा भिन्नता देखेका छन् । चिन्ता वा त्रास (Dread) स्थिति वा अवस्थासित, भय (fear) वस्तु वा आलम्बनसित र डर (fright) अप्रत्याशित रुपमा परेका खतरासित सम्बन्धित छन् । देश सुब्बाले फ्रायडका यसै भय (fear) लाई छुट्टै मनोदर्शनको रुपमा व्याख्या गरेको देखिन्छ । एडलरमा पनि भयको मनोविकार पाइन्छ । मानिस हीनत्वबाट भयभीत हुन्छ र त्यसबाट मुक्तिको खोजी गर्दछ । यसरी जीवन सञ्चालनको एउटा प्रमुख तत्व मानिएका यसै भयका पृष्ठभूमिमा विषय व्याख्यासहित भयवाद नेपाली चिन्तनका रुपका देखा परेको छ । माथिका चर्चाबाट भयवाद नवीन दर्शन त देखिदैन तर स्थापित मनोविज्ञानको नवीनतम मनोदर्शन भएको चाहिँ पक्कै हो । यस अर्थमा यो महत्तर प्राप्ति हो, विश्वलाई नेपालीको एउटा उपहार हो यो । यसका लागि देश सुब्बा बधाईका पात्र हुन् ।
७. अन्त्यमा : टिप्पणीप्रति एकदुइ टिप्पणी
कृतिमा संरचना पक्ष मूलतः नेपाली जनजातिहरूका भाषा, धर्म र संस्कृतिमाथि नवागन्तुहरूबाट अतिक्रमण भएपछि तिनीहरूका भाषा, धर्म र संस्कृति बिलाउन थालेका र आदिवासीहरूले आफ्नो आदिम सम्पदाको खोजी सट्टा नयाँ सभ्यतामा प्रवेश गर्न लागेका सर्न्दर्भमा केन्द्रित देखिन्छ । यसलाई हाङयुग अज्ञातले जिनोसाइड भनेका छन् जसको अर्थ जातिहत्या हो । हिटलरको ग्याँस च्याम्बर, पोलपोटको मृत्युभूमि, रुवान्डाको आद्यजातिहरूको हत्या, इन्डोनेसियन सरकारको पर्ूर्वी टिमोरमाथिका दमनलाई हाङयुगले यसका उदाहरणका रुपमा पेस गरेका छन् । नेपालमा यस्तो स्थिति भएजस्तो लाग्दैन । अप्रिmकाको मिसिसिपी डेल्टा र अन्य क्षेत्रहरूमा क्रूर कुइरेहरूले कालाहरूलाई आमहत्या गरेझैँ अमेजन बेसीका पुरुषहरूलाई मारेर उनीहरूका स्त्रीहरूलाई लुटेझैँ स्थिति नेपालको होइन । यहाँ नवगान्तुकहरूले आदिवासीलाई लामो समयसम्म शासक मानेर बसेको इतिहास छ । पृथ्वीनारायण शाहका नेतृत्वमा भएका गोरखाली आक्रमणलाई जाति हत्या भन्न किन मिल्दैन भने त्यो सामन्तहरूको द्वन्द्व र सहमति थियो । गोरखा राज्यका विस्तारले आदिवासीहरूको मात्र राज्य कब्जा गरिएको थिएन, सेन र शाह राजाहरूका राज्यलाई पनि गोरखामा विलय गराइएको थियो । यसलाई आदिवासीहरूले स्वीकार गर्दै उनकै आधिपत्यमा बसेका मात्र थिएनन्, आफूलाई गोरखाली भनेर विश्वमै गर्वपर्ूण्ा चिनाएको प्रसङ्ग गोर्खा भर्ती केन्द्रबाट पनि बुझिन्छ । हिन्दूकरण किरात आदिवासीमा मात्र भएको थिएन । ससाना धर्मावलम्बी खसहरूमा समेत भएको थियो । यो लिच्छवी युगदेखि कै परम्परा हो । एक जाति, एक भाषा र एक राष्ट्र निरङ्कुशतन्त्रको स्वाभाविक प्रक्रिया थियो जसका र्समर्थनमा आदिवासी-गैरआदिवासी समेत थिए भने यसका विरुद्ध पनि आदिवासी-गैरआदिवासी सबैले आत्मोर्त्र्सग समेत गरेको गौरवपर्ूण्ा नयाँ इतिहास बनेको छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रतर्फअभिमुख भइसकेको छ । जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा संघ बन्ने सम्भावना भएका वर्तमान परिस्थतिका लागि आन्दोलन तथा जनमत तयार गर्ने गैरआदिवासी समेत हुन् । यसैले इतिहासको अपव्याख्या गर्दै जिनोसाइड भन्नु अतिवाद हो । आज बढ्दै गएका क्रिस्चियनिटीका कारण धर्म परिवर्तनका परिणामलाई चाहिँ के भन्ने - यस कारण जातीय/नस्लीय आधारमा इथ्निक क्रिटिसिज्म गर्दा पनि यस्ता अतिवादबाट जोगिनु मर्यादित साहित्यकारिता हो । दोश्रो टिप्पणी, आदिवासी भन्ने नाम र उपन्यासको आवरण चित्रसँग सम्बद्ध छ । आदिवासी भनेर यहाँ किरातहरू, त्यसमा पनि लिम्बूलाई लिइएको छ । लेखक लिम्बू भएर पनि यसो भएको देखिन्छ । यस नामले कुनै विषयलाई स्पष्ट गर्दैन । उपन्यास पढ्दा लिम्बूलाई मात्र आदिवासीका रुपमा लिइएको देखिन्छ । हिन्दू धर्मशास्त्रले भन्ने गरेको कलिको मर्ूर्ति संभवतः आदिवासीको मर्ूर्ति हुनर्ुपर्दछ, जसले लिच्छवी कालीन स्वर्ण्र्ााुगको प्रतिनिधित्व पनि गर्दछ । यसले गर्दा पनि पुस्तक आकर्ष भएको छ ।
(२०६५।४।१८मा धरानमा गरिएका बहस कार्यक्रममा प्रस्तुत पत्र )
----------------------------------------------------------------------------------
भयमा आदिवासी
-ज्योति जङगल
------------------------------------------------------------------------------------
देश सुब्बाको आदिवासीमा डुब्दै जाँदा युगले बिर्सेर पुरानो बाटोमा आफू हिँडेको अनुभूति भयो । अतितको गहिराइलाई आजमा ल्याएर अनि आजदेखि नै शुरु भएको उनको उपन्यासलाई भयसँग नछुटि्ने गरी मिसाइएको छ । म भयलाई सचेततासँग जोड्न गर्छु अलिपछि वेहोसीबाट व्यूँझनु र म किन वेहोश थिएँ त्यो खोज्दै जानु र त्यसका कारणहरू छरपष्ट पारिदिनु यस उपन्यासको गहनता हो ।
विषय वस्तु सरल छ, शैली रोचक छ, तर गहिरो गरी अल्भिmएको उनको खोज आदिवासीय संस्कृतिको लुप्तताको अहँम् प्रश्न बोकेर भयको बाटो हिँड्छ । सामाजिक संरचनाको शक्ति र त्यसको प्रभावको सेपमा पहेँलिएर कति आदिवासीहरू, रुपान्तरित भए, कति आफूलाई ओसमा जोगाइरहे र कति पलायन भए । उपन्यासकारले कुनै जाती विशेषलाई नलिए पनि पहाडी खोला, ओडार, रूख जस्ता परिवेशीय वर्ण् नेपालका पहाडी क्षेत्रका आदिवासीको मात्र झल्को यहाँ पाइन्छ । वास्तवमा आदिवासी मौलिकता संसारका हरेक क्षेत्रहरूमा जन्मिएका छन् न कि भौगोलिक विविधता त्यहाँ हावी हुन्छ ।
समाजको बर्णत्श्या, समाजको शक्ति सन्तुलन र भूगोलले कोरेको राष्ट्रिय एकताभित्र कैयौँ आदिवासीका शब्दहरू, त्यसै त्यसै हराउनुको पीडा उनको भयमा मिलनसार भएर उभिएको छ । ती शब्दहरू नेपालको परिवेशमा हाल पहिचान खोज्दैछन् । तिनको संरक्षण र विकासको बलियो आधारतय गरेर व्यापक परिस्कार र पुनस्थापनाको वास्तविक आवश्यक छ । तर आदिवासी चेतना विरोध र सतही अधिकार प्राप्तिको भूमरीमा अल्मलिएको देखेर नायक भयभीत भएको छ । कसरी पहिचान लोप भए ती कार्यहरू समेत उपन्यासकारले इमान्दारपूवक राखिदिएका छन् कि एउटा योद्धाले आफ्ना कमजोरीहरू, स्वीकार्न सक्नुपर्छ । तर योद्धाहरू नै विकृत छन् त्यो नायकले राम्ररी देख्छ र त्यसको प्रत्रि्रश्नबाटै उपन्यास शुरु हुन्छ ।
विलक्षण नायकको खोजी चेतना, मस्तिष्क, मनोविज्ञान, अवचेतना, युद्ध, भय, पीडा सबै तत्वहरू खोतल्छ । लोभलाग्दो गरी मृत्युबोधको भय, दिग्दारी, अवचेतनको भ्रम, मनोवैज्ञानिक रोगको द्विविधा र सामाजिक मनोविज्ञानको चर्चा राखिएको छ । भयको उपचारमा प्रयोग गरिएका धामी, झाँक्री र वनमान्छेको प्रतिकसम्म लेखिएको छ ।
मान्छेको मनको आकार खोतलिएको छ । मनको दुलो, मनको वेग, मनको युद्ध र मनको जीत, भोगाइका सम्पर्ूण्ा आयामहरूमा कसरी चल्छ - ती सब अध्ययन गरिसक्दा पनि भयको तानावुनालाई पराजित गर्न नसक्ने अँध्यारो छायाँले नायकलाई सधैँ पछ्याउँछ । विद्यार्थी नायकको तर्कशीलताले अध्ययन सम्पूणा अपूणाता प्राप्त किन गर्छ - उत्तर छैन भन्छ ऊ र निस्किन्छ जंगलतिर ।
अँध्यारोमा नजानू, राती नहिँड्नू, जंगल, ओडार, ताल चौताराहरू नदीहरू, शून्यताहरू, विरुद्धको नियामक वाक्यहरू त भयसँग पो प्रतिस्पर्धा गर्दछन् । हरेक समस्या, दुःख, चिन्ताहरू भयका स्रोतहरू हुन् । आधुनिक जगतको भौतिकता, रफ्तार र प्रतिस्पर्धामा हराएका आत्माका आवाजहरूलाई उधिनेर आदिम मान्छे, संस्कृति, सभ्यता र प्रकृतिमा लगेर जोडिएको छ । भयमिश्रति आत्माको छायाँसँग नायक डराउँदै हिँड्छ । ऊ यायावरसँग घुम्छ, ओडारको मान्छेसँग मिसिन्छ तर छायाँसँग छुटकारा पाउँदैन ।
अन्त्यमा ऊ आफ्नो उपचारमा आदिम रूखहरूलाई साक्षी राख्छ, त्यो रूखलाई देवता बनाउँछ, पूजा गर्छ, चाल भर्छ, प्राण भर्छ र त्यही रूखलाई रोग जिम्मा लगाएर निको हुन्छ । अनि थाहा पाउँछ उसको रोग त केवल भय पो हुन्छ ।
प्रकृतिको अपार शान्तिलाई मान्छेले साधनहरूको अत्याधिक दोहन गरेर कुरुप बनाइसकेको छ । तर आदिवासीहरू, प्रकृति हुन्, प्रकृतिझैँ स्वच्छ, शान्त र निस्कलङ्क छन् । ती अझै कुरुप भएसकेका छैनन् । त्यसैले तिनको संस्कृति तिनकै पारामा जोगाउनुपर्छ भन्ने खोजको यस उपन्यासले भयवादलाई माध्यम मात्रै बनाएको हो कि - जस्तो लाग्छ ।
यथार्थसँग जोडेर सिध्याएको नायकको यायावर जिन्दगीसँगै कल्पनाको राम्रो प्रस्तुति हो । भयको रोगबाट ग्रस्त भएको छ । मुक्तिको खोजीमा हिँडेको नायक खुद यायावर बनेको छ र अन्त्यमा पुनः आफ्नो पारिवारिक यथार्थमा फर्किन्छ । यसको अर्को अर्थ अब आदिवासीय शैलीमा मान्छे जिउन सक्दैन, तर त्यसको संस्कृति पहिचान गरी संरक्षण गर्नु सामाजिक जरुरत हो भन्ने मात्र मैले अर्थ लगाएकीले नयाँ संरचनाको स्वादिलो कृति पढ्न पाएको छु ।
जे होस् उपन्यासले नयाँपन दिएको छ । व्रि्रोह, लैंगिक कोकोहोलो, सामाजिक दर्ुघटनाको दर्दनाक स्क्यान्, शोक र द्वन्दले थाकेको नेपाली उपन्यासको पाठकले नयाँ संरचनाको स्वादिलो कृति पढ्न पाएको छ ।
कसैले नकार्न सक्दैन कि जीवन भयमय छैन । तर यसले भय, चेतना र सहनशीलतामा निर्भर रहन्छ भनेर निचोड दिएको छ । उपन्यासको शक्तिशाली भन्न मैले यसैलाई लेखेको छु । यो पंक्तिले सबैलाई भयमुक्त हुन सिकाएको छ, सहनशील हुन सुझाएको छ र चेतनाशील हुन झक्झकाएको छ ।
उपन्यासमा नयाँ मिठास दिएर भयको प्रयोग गर्दै भय मुक्तिको उपाय समेत बोकेको र चर्चित विषयवस्तु, त्यसले भोगेको इतिहास, त्यसले समेटेको संसार र वर्तमान पीडाका आयामहरू पनि खोताल्न सक्ने यस उपन्यासको लेखकलाई आदिम आदिवासीय शुभकामना ।
(२०६५।४।१८मा धरानमा गरिएका बहस कार्यक्रममा प्रस्तुत पत्र )
----------------------------------------------------------------------------------
भयलोचना : भयवाद र आदिवासी
-शिव रेग्मी "प्रणत"
-------------------------------------------------------------------------------
१. प्रवेश : भित्र जाने बाटो
नूतन केन्द्रको स्थापना गर्न खोजिएको वर्तमान नेपाली साहित्यमा देश सुब्बा भयवादको नयाँ केन्द्रमा उभिएर नयाँ नक्षत्रका रुपमा/नयाँ ग्रहका रुपमा उत्खनित भइरहेका छन् । "लेखक" भएर "कृतिका" माध्यमबाट उदाएका देश सुब्बा "आदिवासी" नामक उपन्यासरुपी सिद्धान्तका माध्यमबाट भय र भयरुपी अस्तित्वका साथ हाम्रा सामू टक्क अडिएका छन् । हामी उनको त्यो नवीन र अन्वेषित अनुहार हेरेर अन्यमनष्क भएका छौँ । वास्तवमा देश सुब्बा अहिले के भएर उभिएका छन् त भयवाद वा आदिवासी । कति बुझिएको । जानिएको । चिनिएको छ त यो भयवाद - यस भयवादी केन्द्रको केन्द्रीय चरित्रबारे जान्नुपर्ने यथार्थ हामीसँग उपस्थित भएको छ ।
भयवादले सायद -सायद किनकि ः यस सम्बन्धी पर्ूव ज्ञान नभएकाले) मनोविश्लेषण/मनोवैज्ञानिक अध्ययन/धारण हो । यसले मानसिक तहबाट उत्पन्न हुने समस्यामा केन्द्रित भएर काम गर्छ । भयवादको जडवस्तु चेतना हो । चेतना भयपछिमात्र हामीमा भय पैदा हुन्छ । भयकै कारण मान्छेको यावत वृति निरुपित हुन्छन् । हरेक दर्शन, सिद्धान्त, धर्म, समाज, नियमित हुँदैनन् व्यवहार, राजनीति सबै भयवादबाट सञ्चालित छन् । भयकै कारण विकास र विनाश भएका छन् भन्ने भयवादी सोच/धारणा देश सुब्बाका कृति/चिन्तनमा देखिएको छ । यही मनोभाव/मनोरचनाको संसारबाट आदिम कालदेखिनै भय रहेको यथार्थलाई आफ्नो धारणाबाट सुब्बाले गरेका छन् । यही भयवादी धारणलाई कृतिमा प्रस्तुत/प्रयोग गरेर उनले आदिवासी उपन्यास/भयवाद प्रस्तुत गरेका छन् । यसैलाई पर्गेल्ने केही पहल गर्नु आवश्यक छ ।
२. रहेछ त भय : भयवाद वा भयका व्याप्ति
बुझाउनु आवश्यक भयको तहलाई सामान्य भाषामा भय अर्थात त्रास, डर । मानसिक तहबाट उत्पन्न हुने सन्त्रासको क्रिया प्रतिक्रिया नै भय हो । भय हाम्रो सामान्य मनोवृत्तिमा साधारण अवस्थामा मात्र प्रकटिकृत हुन्छ । तर, विशिष्ट अवस्थामा भय त्यस भन्दा पर छ । कुनै कुराबाट आफूलाई हामी चेतनासँगै विकसित भएको हुन्छ । यही भयवृत्तिबाट मान्छे सांसारिक जीवन यापन गर्छ । यही भयलाई जन्म र मृत्युका बीच पैदा भएर बीचमा अन्त्य हुने मानसिक भावनाको रुपमा देश सुब्बाले भयको उत्खनन गरेका छन् ।
सिद्धान्तकार/दार्शनिक/कथाकथक/उपन्यासकार देश सुब्बा मानसिक भावको यस खोजीलाई ज्ञानविज्ञानका विविध क्षेत्र खोजेर ओर्लिएका छन् भयवादको सिढीबाट विज्ञानका क्रियाप्रतिक्रिया र दर्शनका ढेलीहरू ठोसेर मात्र होइन, समाज, राजनीति, धर्म, संस्कृति, संस्कार, नश्लीयता, भूल, समस्या, रोग, व्याधि, आशानिराशा, आदिजस्ता हरेक अवतारहरूबाट भयको व्याप्ति खोजिरहेका छन् । वास्तवमै भय कहाँ मात्र छैन भन्ने कुराको खोजगर्दा भयको व्याप्ति प्रकट हुन्छ । देश सुब्बा यही धर्म खोजिरहेछ ।
अनेकौँ रुपमा अवतरित भय मान्छेका हरेक समस्याबाट प्रकटीकृट भएको हुन्छ । मान्छे भयबाट मुक्ति पाउन प्रयास गर्छ र एउटा भयबाट मुक्त हुनेवित्तिकै अर्को भयबाट आक्रान्त भइसकेको हुन्छ । भय भएन भने पनि किन भएन भनेर भयभीत भइरहेको हुन्छ । यो भयको चरित्र हो । हरेक मान्छेको उद्देश्य भयबाट अघि बढेको छ । तर, भय अनेकौँ स्रोतहरूबाट नयाँनयाँ अनुहारबाट मुखरित भई नै रहन्छ । यति भएर पनि भय सबै चेतनामा समान तहमा उत्पन्न/प्रकट हुँदैन । भयको चरित्र मान्छेको मनोविज्ञान अनुसार बनेको हुन्छ । उसको मानसिकताले जत्रो आकारमा भयको आकार कोर्छ भय त्यो नै हुन्छ । एउटा आत्मघाती बम बिस्फोट गराउनेका लागि विस्फोट सामान्य भयका रुपमा प्रकट भएको हुन्छ भने अर्को विस्फोटको खबर मात्र सुन्ने मान्छे त्यसभन्दा बढी भयभीत भएको हुन सक्छ । यसो हुनुको कारण उसको मानसिकता/भय मानसिकताले तयार गरेको आकारकै हो ।
मनोवैज्ञानिक विश्लेषण गर्दा भयको अवस्थिति मान्छेका अवचेतनामा भण्डार भएको होला । अवसर आएपछि त्यो प्रकटीकृत हुने होला तर सामान्य अवस्थामा त्यो चेतना प्राप्ति भएपछि अर्थात चेतन मनबाट मात्र प्रकट हुन्छ । हुन त सामान्य चेतना गुमाएको पागलहरूको मनोवृत्तिमा भन्ने अर्थमा बुझ्नु आवश्यक देखिन्छ । जन्मेर हर्ुकदै गरेको बालमानसिकतामा आउने चेत नै भयको प्रारम्भ विन्दु हुन सक्छ । लेखक सुब्बाले त भयवादको धारणा पत्रमा भयको आयु जन्म र मृत्यु बीचको दुरी हो भनेर जन्मसँगै लगेर जोडेका छन् । तर भय चेत प्राप्त नभई उत्पन्न हुँदैन । जैविक चेत प्राप्त भएको होला तर मानवीय चेत प्राप्त भएको हुँदैन । सोही ठाउँमा लेखकले कुनै घटना, समस्या, भूल, शंका, भ्रम सबै तत्वलाई चेतनानै ठहर्‍याएका छन् । त्यसैगरी "मान्छेलाई जबदेखि जीवन, मृत्यु, आफन्त, सम्पत्ति जस्ता कुराको ज्ञान हुन थाल्छ तब देखि भय पैदा हुन थाल्दछ भनेर चेतनालाई प्राथमिकता दिएका छन् ।"
नयाँनयाँ आविष्कार, प्राप्त उपलब्धिसँग भयका आकार र आयामहरू पनि परिवर्तन र परिवर्तित भएर देखा पर्छन् । नयाँ कुरा पत्ता लागेपछि त्यसै सँगसँगै नयाँ भयको पनि आविष्कार भएर देखा पर्छ । एउटा मान्छे जन्मने वित्तिकै भयबोधी उसको चेत पनि पैदा भएजस्तै/लेखक लेख्छन्- "हिजो एड्स, र्सार्स, वर्डफ्लु, आणविक हतियारको भय थिएन । आज मान्छेले ती वस्तुको आविष्कार गरे र थाहा पाए तब उनीहरूलाई त्यसको झन् भयानक भय हुन थाल्यो ।"
भयबोध एउटा भयानक भय हो । भय छ भन्ने हामीलाई बोध भएपछि यसरी विकसित भएर आउँछ कि त्यसबाट पार पाउन मृत्यु वा चेत विलयन भएपछि मात्र संभव छ । भय एउटा भयानक ब्ल्याक होल हो । त्यसमा पसेपछि कुनै पनि चेत प्राणी फिर्ता हुन नै सक्दैन । अर्थात ब्राहृमण्डको अन्त्यमा विन्दु कहाँ छ भनेर खोजेजस्तो भयको अन्तिम विन्दु कहाँ गएर टुगिन्छ भन्न सकिँदैन । र्सव व्याप्ती र पार पाउन नसकिने विषयका रुपमा भयको उपस्थिति भएकाले त्यसलाई पार गर्न सकिँदैन । मान्छेलाई "समस्या, दुःख, कष्ट, शंका, रोग, मृत्यु" जस्ता स्रोतबाट भय वितरित भएको हुन्छ भन्ने धारणा भयवादको छ । भय एकपछि अर्का गर्दै आइरहन्छन् । एउटा भयको समाप्ति पर्ूव नै अर्को भय पैदा भएको हुन्छ । एकै पटक धेरैथोरै भएको हुन्छ । कहिले काहीँ भयको अधिक चापका कारण मान्छे विक्षिप्त वा पागलपन पनि पुग्न सक्छ । एउटै भय पनि अलगिएर जान सक्छ । जस्तै:-
१. भय............समाधान.....भय....समाधान........भय
२ भय.................................................समाधान
३ भय...... .समाधान........भय........आंशिक समाधान
४ भय

के हुन सक्छ भने भयको रुप आकार, अवस्थितिर र समाधान एउटै किसिमको हुँदैन । भयमोक्ताको मानसिक स्वरुप अनुहार त्यसको वितरण र विस्थापन हुन्छन् । एउटै भय पनि भयमोक्ता अनुसार फरकफरक अवस्थामा निरुपित बन्छ । एउटा त्यही भयका कारण विक्षिप्त बन्न पुग्न सक्छ भने एउटा त्यस भयलाई लिएर हिँड्न सक्छ । एउटालाई सामान्य भय मात्र पनि पैदा गर्न सक्छ । फेरि भयको समाधान र भयको पुनः प्राप्ति पनि सबै एकै किसिमले आउँदैन । कतिपय भयको समाधान गरेको भ्रममा हामी बाँचेका हुन्छौ । तर भय भ्रमको पर्दा पछाडि पनि छ । लेखक सुब्बा लेख्छन्- "बृथाहरूमात्र मान्छे हाँसिरहन्छ । दुबैको ताप, हावा साँच्चै पक्रन सक्दैन । साँच्चै पक्रेको भ्रमहरू पकडेर सन्तुष्ट हुन्छ ।"
जीवनसँगै सान्निर्ध्ता साध्ने हरेक कुराहरू भयवाद निमित छन् । भयकै उपजयका रुपमा छन् । मान्छेले भयको समाधान खोज्ने नाउँमा जीवनका विविध उपलब्धि हासिल गरेको हो । लेखक भन्छन् "जीवनलाई डोर्‍याउँदै हिँड्ने दर्शन सिद्धान्त, विज्ञान, अध्यात्मक सबैको आमा भय हो । भय लिएर नै म बाँचेको हुन्छु । म सँगै मेरो बाँचेको हुन्छ । भयको खेलमा फुलेका फूलहरू नै दर्शन, विज्ञान, अध्यात्म हुन् । त्यसैले जीवनका निमित भय निरपेक्ष छ र जगत्का निमित जीवन ।"
जीवनका निमित भय निरपेक्ष छ । जसरी जगतका लागि जीवन निरपेक्ष छ । त्यसलाई त हामी आफै उपस्थित गराउँदै हाम्रो चेतनाबाट यो पृथ्वीमा हामी नभएर प्रकृतिका नियमित क्रिया चल्दैनन् र - अझ हाम्रो कारणले पृथ्वीका प्राकृतिक वस्तुहरू समाप्त भएर गएका छन् । पृथ्वीसित चेतना भए हाम्रो जीवनको उपस्थिति अमान्य बनाइन्थ्यो होला । त्यसरी नै भयलाई पनि हाम्रै कारणले बढाइएको छ । विभिन्न स्रोतहरू खोजेर भयबाट मुक्ति पाउने प्रयास जतिजति गर्र्छौ भयको मात्र झन्झन् बढ्छ । जगतका निमित जीवन भौतिक छ तर जीवनको निमित भय मानसिक मात्र । कारणहरू भौतिक होलान् तर भय रहने केन्द्र त मानसिक नै हो ।
जीवनको बाचय सापेक्ष छ । त्यही सापेक्ष बाचयमा मान्छेले बाँच्ने विभिन्न सहाराको खोजी गर्छ । त्यही खोजी सँगसँगै भय पनि उपस्थित हुन्छ । भय त छायाँ जस्तो छ । जो र जेमा पनि हुन्छ । तर छायाँ देखिन प्रकाशको आवश्यकता भएजस्तै भय देखिन चेतनाको आवश्यकता पर्दछ । जीवन बाँच्ने निहुँमा मान्छेले थुप्रै दर्शन, कला, साहित्य, वाद, सिद्धान्तहरू निर्माण गर्‍यो । ती जीवनका बाँच्ने आधारहरू हुन् । तिनै आधारमा आधारित भएर सारा मान्छेहरू बाँचेका छन् । ती प्रत्येक आधार भनेका भयका प्रकटीकृत अध्याय वा ठेलीहरू हुन् । तिनै आफूले उत्खनित गरिएका विचार दर्शनहरूबाट मान्छे अनेकौँ सिढीहरू पार गर्दै जान्छ । कोही भ्रममा सबैकुरा गरेका ठान्छ, कोही भ्रममा बाँचेका छौँ भन्ने बुझेर जगतको सापेक्षतामा उभिएको जीवनलाई पर्गेल्न थाल्छ र भयलाई प्राप्त गर्छ ।
भयवादको आग्रह जीवनबाट भयलाई कम गर्दै लानुका साथै भयको अस्तित्व उजागर गर्नु पनि रहेको पाइन्छ । भय छ त्यसलाई बुझौँ र भय कम गर्ने उपायहरू खोजौँ भन्ने धारणा दिएर भयवाद अगाडि छ । जसरी अन्धकार पार गरेर मान्छेको उज्यालो सम्म पुग्छ त्यसरी नै भय पार गरेर निर्भयतातिर मान्छे पुग्न चाहान्छ तर अँध्यारो पारगरे पछि अँध्यारो सकिँदैन । एकपलका लागि कुनै अँध्यारो पार गरेर उज्यालोमा पुग्दैमा अँध्यारो सकिँदैन । त्यो त फरकफरक रुपमा भय अवतारित भएको हुन्छ । घरमा, चोटामा, कोठामा, गोठमा, जंगलमा लुकेर बसेको अँध्यारोलाई हामीले खोजेपछि देखिहाल्छौँ । भय त्यस्तै हो । एउटा अँध्यारो छ भन्ने बोध भएपछि अर्कोपनि अँध्यारो छ भन्ने जान्नु जसले एउटा अँध्यारो पार गरेपछि अर्को अँध्यारो छैन भन्ने भ्रममा प्रवेश गर्छ त्यसले भयलाई पनि चिनेको हुँदैन । घाम छ र त अँध्यारो छ । अर्थात प्रकाश छ र त अँध्यारो देखिन्छ । त्यसरी नै चेतना छ र भय छ । प्रकाशको लक्ष्य अन्धकार चिर्नु वा रर्डर्नु र उज्यालो र्छर्नु हो जसरी प्रकाश जति बले पनि अन्धकारका अनन्त रुपहरू सिद्धिदैनन् त्यसरी नै चेतना जति बढे पनि भयका रुपहरू अन्त्य भएर जाँदैनन् ।
अघि नै भनियो भय अन्त्य हुँदैन जसरी कुनै वस्तुमा प्रकाश परेन भन्दैमा त्यसको छायाँ हैन भन्न सकिन्दैन । त्यसरी नै कुनै कुरामा भय देखेनौ भन्दैमा भयको अन्त्य भयो भन्न सकिँदैन । भय त छ । भयको अन्त्य चाहिँ हुँदैन तर भयकम गर्न चाहिँ सकिन्छ । त्यही भय कम गर्नका लागि मान्छेले भयलाई चिन्नु जरुरी छ । कुनै कुरालाई चिनेपछि मात्र त्यसबाट बच्ने उपायहरू मान्छेले अपनाउन सक्छ । आगोलाई हामीले आगो भनेेर चिन्यौँ । आगोको चरित्रलाई ठम्याएर व्यवहार गर्न सक्यौँ भने त्यसबाट हामीले जे पनि सक्छौँ भन्ने उदाहरण त हामीसँग आदिम काल देखिनै छ । आगोलाई चिनेका कारणले आगोलाई हामी नियन्त्रण गछौँ उपयोगमा लगाउँछौँ । खाना पकाउँछौँ । फोहोर डढाउँछौ, उद्योगधन्दा, कलकारखानामा प्रयोग गछौँ र आवश्यक पर्ने विभिन्न वस्तुहरूको उत्पादन गछौँ । त्यही आगो नियन्त्रण गर्न नजान्ने हो भने त्यसैले सबै भस्म गर्न सक्छ । लेखक भन्छ र पछि तापशक्तिसम्म पुग्न सकिन्छ । लेखक भन्छ र भयकै कारणबाट युद्ध, हत्या हिंसा, अराजकताका साथै हातहतियारको आविष्कार भएको छ । भयलाई कम गर्न भयलाई चिन्ने हो भने उक्त सबै कुरामा कमी आउन जान्छ ।
भयलाई चिन्नु चिनाउनु भनेको भयलाई कम गर्ने उपायहरू खोजी गर्नु पनि हो । भय कम गराउनु वा गर्नु भनेको सकारात्मक पदचाप हो । मान्छे प्रायः सधैँ सकारात्मक चापतिर बढ्छ । भयवादको लक्ष्य पनि यतैतिर अभिमुख छ । मान्छेलाई उसैको चेतना प्रयोग गरेर उसैलाई सकारात्मक बनाउन नै भय चिनाउनु आवश्यक छ ।
के हो त भयवाद ? एउटा विवाद नै होला । भयवाद मानसिक या भौतिक ?
भय बुझिसकेपछि भयवादका बारेमा भन्न त्यति अप्ठ्यारो पर्दैन । भय चेतनाको प्रतिछायाँका रुपमा उपस्थित हुन्छ भन्ने बोध भएपछि भय सम्बन्धी चिन्तन मनन, अध्ययन, अनुसन्धान, पृष्ठपोषण वा खण्डनमण्डनका लम्वे तानहरूको लेखाजोखा भयवाद बन्न पुग्ला । जीवन वा ब्रहमाण्डका हरेक अवस्थाबाट भयका कारण र प्रकारको खोजी गरी भयलाई निर्गमन र नियन्त्रण गर्ने मार्गको अवलम्बन नै भयवाद होला । भयवाद कतिवाद, कतिबोध र कति योगिक विचार हो - भय कसरी वाद बन्न सक्छ - आदिम कालदेखि मानव जीवनमा -खासगरी) रही आएको यो आदिम सत्य आजसम्म किन प्रकट भएन - आज कसरी यो वादमा रुपान्तरण हुन बल गरिरहेको छ - के यसको खोजी पर्ूर्वीय र पाश्चात्य जगतले गरेको छ - यी र यस्ता सवालका लागि हामी धेरै हदसम्म निरन्तर छौँ ।
लेखक पर्ूर्वीय वेदान्त दर्शनमा दिइने ब्रंहृम सत्यका लागि डोरीमा र्सपको भ्रमलाई उदाहरणका रुपमा/मिथकका रुपमा प्रयोग गरेर भयको बुझाइलाई भ्रम सापेक्ष बनाएर दिइरहेका छन् । मान्छेले अँध्यारो डोरीलाई र्सप देखेर र्सप बुझे जस्तो भयलाई बुझौ भनी भ्रम मात्र बुझिरहेको छ । त्यही भ्रम बुझाइलाई अन्तिम बुझाइ मान्नेहरूले वास्तविक बुझाइ गर्न सकेका हुँदैनन् । उनीहरूको बुझाइ प्रतिछायाँका रुपमा मात्र रहेको हुन्छ । र्सपजस्तै बन्नु चाहिँ र्सपको प्रतिछायाँ हो । र्सप र डोरी त मात्र एउटा उदाहरण हो । हामीले भोगेको हरेक भोगाइहरूमा, हामीले बुझेका हरेक बुझाइहरूमा, हामीले अनुभव गरेका हरेक अनुभूतिहरूमा, दर्शन, साहित्य, सिद्धान्त, आदिइत्यादि धेरै कुरामा यही रज्जुर्-र्सपको भ्रम रही आएको छ । आदिम कालदेखिनै हामीलाई यसरी नै डोरी देखाएर र्सपको त्रास बाँडिएको छ । त्यही डोरीलाई र्सप बुझाउने वा भ्रम निवारण गर्ने निवारात्मक उपचारको प्रक्रियानै भयवाद हो । भयवादले डोरीलाई डोरी र र्सपलाई भय बुझाउने पहल गरिरहेको छ ।
मानसिक तहमा चेतनाले काम गरेपछिमात्र भयको प्रकटीकरण हुन्छ । लेखक देशसुब्बा भन्छन्-
"सम्बन्धीत समस्याको चेतना/ज्ञान नभइन्जेल उसलाई भय हुँदैन ।" एउटा पथिक अँध्यारोमा डोरीलाई र्सपको भ्रममा नपरुन्जेल उसलाई भय हुँदैन । बाटामा अचानक प्रकटीकृत डोरीको र्सर्पीकृत आकार देखेपछि उसमा र्सपको भ्रम पैदा हुन्छ । उसमा एकैपटक भ्रम र भय पैदा हुन्छ । त्यसरी पर्ने भ्रम र भय सबै मानसिक तहमा समान किसिमले पर्दैन । कसैले त्यसलाई नियन्त्रण गर्न पहल गर्छन्, बुझछन्, राम्ररी ठम्याउँछन् र डोरी भएको कुरा पत्ता लगाउँछन् र भयमुक्त हुन्छन् । भ्रम निवारण गर्छन् । कसैले त्यसैलाई र्सपकै भ्रममा भय बुझछन् र र्सप नै अन्तिममा सत्य र बुझाई बनाउँछन् । यसमा भयको मात्रा बढी हुन्छ । भयको मात्रा जति बढी हुन्छ त्यो त्यतिनै दर्ुघटित -मानसिक वा भौतिक) हुन सक्ने संभावना हुन्छ । यही भयलाई कम गर्न भ्रमबाट छुटकारा दिन मान्छेले ज्ञान, विज्ञान, धर्म दर्शन आदिको विकास गरेको छ । केही हदसम्म भय थिएन भने मान्छे रहने थिएन पनि भन्न सकिन्छ । भयबाट निरुपण गर्न सकिने जीवनका हरेक पक्षहरू छन् । हुन त भयबाट मुक्ति प्राप्त गर्न मान्छेले जेजति प्रयास र काम गरेको छ त्यसले समाजलाई अगाडि बढ्नु हो ।
भय छ, यो यथार्थ प्रकट भइसक्यो । भयका स्रोत र आयामहरू केके हुन् - भय यसरी वितरित र परिवर्तित हुन्छ भन्ने धारणा केही मात्रामा आविर्भाव भएपछि यो कसरी छ जान्नु आवश्यक छ । लेखक सुब्बा भयलाई छ कोटमा सीमित गर्छन् । जन्मेदेखि मृत्युसम्म बीचमा आउने यावत क्रियाकलाप -बाँच्नका लागि गरिने) मा उत्पन्न भयलाई जीजिविषा भय, मरेपछि के होइन्छ - कहाँ गइन्छ - भन्ने भयलाई परलोक गमन भय, मृत्यु पश्चात र्स्वर्गगमन होस् भन्न नहोस् भन्ने धार्मिकहरूको भयलाई लोकीय भय, म र मेरोका कारणबाट उत्पन्न हुने भयलाई सम्बन्ध भय, भ्रम, शंकाका जस्ता कुराबाट उत्पन्न हुने भयलाई कृत्रिम भय र ज्ञात वा अज्ञात अवस्थामा हुने भयलाई बोधअबोध भय भनेर वर्गीकरण गरेका छन् । प्रस्तुत वर्गीकरण मध्ये परलोक गमन र लोकीय भयको चरित्र उस्तैउस्तै रहेको हुनाले त्यसलाई एउटा नाममा समाहित गर्नु उपयुक्त होला कि जस्तो लाग्छ । त्यसैगरी जीजिविषा भय र सम्बन्ध भयलाई पनि एकै ठाउँमा राखेर त्यसका उपभेद बनाएर जिजिविषाका अन्य रुपहरूलाई पनि समेट्दा उपयुक्त हुन्थ्यो कि जस्तो देखिन आउँछ । व्यापक रुपमा हर्ेदा यसको वर्गीकरणलाई १. जिजिविषाका भय २. परलोकीय भयमा वर्गीकरण गरी जिजीविषाका अन्य यावत विषयलाई पनि प्रकार बनाइएको भय बुझन चाहने पाठकलाई सजिलो हुन्थ्यो जस्तो लाग्छ ।
भयको व्यापकता र व्याप्तिलाई हर्ेदा यो साहित्यिक मात्र नभएर यो एक दर्शन चिन्तन, धारणका रुपमा प्रवर्तित एउटा दर्शन, साहित्य, कला, जीवन, राजनीति, मनोविज्ञान, अध्ययन, अनुसन्धान विचार विमर्श आदिजस्ता हरेक क्षेत्रमा भयको व्याप्ति रहेको छ । ती क्षेत्रहरूमध्ये साहित्यको क्षेत्र लेखनको -बढी) क्षेत्र भएकाले यसमा भय देखाउन सहज र आवश्यक पनि छ । त्यही व्यापकतालाई भयवादका रुपमा लेखकले भयवादीय सिद्धान्त र साहित्य लेखेका पनि छन् ।
भय व्याप्तिका केही क्षेत्रको भयहरूलाई हर्ेदा भयवादको प्रयोग राम्रो होला जस्तो लागेको छ । नेपाली सर्न्दर्भका केही भयवादीय स्वरुपलाई सम्बन्धीत क्षेत्रमै हेरौँ ः-
(क) समाजमा भय/भयवाद :-
हुन त समाज भनेपछि सारा कुरा त्यसैभित्र आउन सक्छन् । तर त्यस भित्रपनि केही सामाजिक व्यवहारका भयहरू मात्र हेरौँ । एउटा परिवारभित्र विभिन्न थरी भय व्याप्ति भएको हुन्छ । बाबु आमालाई छोराछोरी बिग्रिन्छन् कि भन्ने भयले सधैँ लखेटिरहेको हुन्छ । छोराछोरीहरू आफूले गरेका/विगारेका कामहरू बाबु आमाले थाहा पाउँछन् कि - गाली खाइन्छ कि - कुटाइ खाइन्छ कि - भनेर भयभीत भइरहन्छ् । एउटा लोग्ने स्वास्नीका आँखामा कमजोर ठहरिन्छु कि - स्वास्नी कसैसँग लहसिन्छ कि - वा कसैले आँखा लगाउँछन् कि भन्ने भयमा बसिरहेको हुन्छ ।
नवविवाहित दम्पत्ति छोराछोरी जन्मिदैनन् कि भन्ने भयमा हुन्छन् भने वृद्ध वृद्धाहरू मरिन्छ कि भन्ने भयमा हुन्छन् । त्यसै गरी किसान पानी पर्दैन कि - बाली लाग्दैन कि - भन्ने त्रासमा हुन्छ भने व्यापारी व्यापार हुँदैन कि - पैसा कमिदैन कि भन्ने त्रासमा हुन्छ । समाजका हरेक पात्रहरू, गोठाला, हली, खेताला, मजदुर, शिक्षक कर्मचारी, व्यापारी, कुचीकार, डक्टर, इन्जिनियर, पाकेटमार, भ्रष्टचारी, उद्यमी आदि चरित्रका पात्रहरू आफ्नो घर व्यवहार चल्दैन कि भन्ने भयबाट आक्रान्त भइरहन्छ ।
(ख) राजनीतिमा भय/भयवाद :-
राजनीति त भयको घर नै हो । राजनीतिमा कतिले सोझो घुमाउरो जस्तो पनि काम गरेको हुन्छ । जनताका नाममा राजनीति गरेको पनि देखिनुपर्ने र सत्तामा बसेर मोज पनि गर्नुपर्ने सोच भएकालाई त सधैँ कर्ुर्सर्ीीट लडिन्छ भन्ने भय रहिरहन्छ । त्यही भयवादी सोचकै कारणले सत्तामा टिकिरहन राम्रा काम गर्ने पहल पनि भएका हुन्छन् । राणाशासन, प्रजातन्त्रको विन्दुसम्म राजनीतिमा देखिएका भयको लामो श्रृङखला नै छ । यता २०६२/३ मा प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि सत्ताको लुछाचुँडीमा भएका तानातानले राजनीतिज्ञहरूमा त सत्ताप्राप्ति र अप्राप्तिको भय हुँदै छ तर र्सवसाधरण जनतामा पनि सहिदको सपना पूरा नहुने हो कि - आफ्नै मात्र भुँडी भर्ने परम्परा नै जीवित होला कि - भन्ने भय व्याप्त छ । २४० वर्षो शाही सत्ताको अन्त्य हुँदा शाही सत्ताले टाउको उठाउन सक्छ र जनताको रगतको खोलो बग्ने हो कि भन्ने शाही कालीन शाह र अन्य शासकहरूलाई थियो । केही हदसम्म त्यसको समाधान निस्किए पनि अन्य अनेकौँ थरी भय सधैँ व्याप्त छन् ।
(ग) साहित्यमा भय/भयवाद :-
साहित्यमा भय साहित्यको प्रारम्भ बिन्दूबाटै रहेको पाइन्छ । दर्शनमा भय भर्खर मात्र विकसित हुने प्रयासमा भएपनि पर्ूववता दर्शनमा यसको व्यापकता रहेछ । भय अहिले आएर खोजिएको विषय भएपनि साहित्यमा भय थियो भन्ने कुरा पर्ूवकर्ता साहित्यको अध्ययनबाट भेट्न सकिन्छ । लेखक सुब्बा पाश्चात्य साहित्यका मार्क्सवाद, अस्तित्ववाद, विसङ्गतीवाद, यौनवाद, विनिर्माणवाद र अन्य कतिपय विचारमा भयवादी चिन्तनले काम गरेको देख्छन् भने नेपालीमा धार्मिक, सामाजिक, यौनवादी, शून्यवादी, लीलावादी र अन्य कतिपय धारणामा भयको व्यापकतालाई खोज्छन् । यहाँसम्म कि पर्ूर्वीय साहित्यमा वेद पुराणसम्म पुर्‍याएर त्यहाँ रहेका भयवादी धारणाको उत्खनन गर्न सकेमा, उदाहरण समेत प्रस्तुत गर्न सके यसको प्राचीनतामा थप बल पुग्ने थियो ।
यता साहित्य सिर्जनामा पात्रचयन, घटना चयन र प्रस्तुति जस्ता कतिपय विषयमा भयवादले पारेका प्रभावलाई हर्ेर्नु आवश्यक नै छ । हामी साहित्यलाई समाजको दर्पण वा समाजको सामाजिक चित्रण गर्ने साधनका रुपमा चिन्छौँ । हामी आफूले दिएको रचनाले आफू र आफ्नो वारपारको यथार्थ जान्यौ भन्छौँ तर हाम्रो यथार्थमा थुप्रै भ्रमहरू छोडिएका हुन्छन् । विचारक इन्द्रबहादुर र्राई भन्छन्- "हामी यथार्थ लेख्छौँ भन्छौँ तर हामीले लेखेको यथार्थ आशिक मात्र हुन्छ ।"
मनन गरेर हर्ेदा त्यो यथार्थ त भयका कारणले वास्तवमा आँशिक नै हुँदो रहेछ । आफ्नै घरमा यस्तो घटना बनेको छ कि त्यसलाई लेख्दा राम्रो सिर्जना बन्न सक्छ । वा आफ्नै परिवेशमा भएको राम्रो घटनालाई सिर्जना बनाउन उद्यत भइसकेपछि हाम्रो मानसिकतामा घटना, पात्र र परिवेशहरू उपस्थित हुन्छन् । आफ्नै घर वा छिमेकमा भएको घटना मानसिकतामा उभिएर बस्छ । भय पैदा गर्छ "खबरदार यो घटनाको परिवेश यहाँको बन्नु हुँदैन, त्यो भयो भने भोलि तँ माथि जे पनि हुन सक्छ ।" लेखक परिवेश कारण त्रसित बन्छ र आफ्नै परिवेशका घटनालाई अमूक बनाएर अन्यत्र लिएर जान्छ । घटना लेख्न बसेको लेखकका मनमा पुःन अर्को भय प्रकट हुन्छ । पात्र उपस्थित भएर खबरदारी गर्छ- "खबरदार, मेरो नामले लेखिस भने यहाँ जे पनि हुन सक्छ मैले दिएको घटनालाई कथानक दिम् दिन सक्छस् भने त्यस्तो घटना म अरु पनि अमूक बनाएर प्रस्तुत गर्छु । यो साहित्यमा पारेको भयालोक हो ।"
यथार्थ लेख्छु भन्ने एकजना लेखक कृष्ण धरावासीको परिवेश पात्रको यथार्थ चयनमा घटेको घटना जसरी पनि भयमा परिणत भएको रोचकता छ । उनको "शरणार्थी उपन्यासमा शनिश्चरेमा रहेको एकजना जीवित पात्र -धेरै जीवित पात्रमध्येको) को यथार्थ घटना र पात्र प्रस्तुत गर्दा पात्रलाई "रोयल्टी" तिर्नुपरेको छ । हरि खनाल नाम गरेको उक्त पात्रले लेखक घरायसीसँग मेरो कथा लेखेर, मेरो बेइज्जत गरेर तँ पैसा कमाउने, म तँलाई मारिदिन्छु" भन्दै लखेटेको घटनाले लेख्ता भय भोग्नु नपरेपनि र्सार्वजानिक भएपछि जीवनकै भय खेप्नु परेको थियो । पछि स्थानीय मान्छेहरूको भेला बसेर समस्याको समाधान गरेपछि साहित्यमा भयलाई स्वीकार्ने उनी एक पात्र पनि हुन् । -पात्र हरि खनाल अहिले मरिसकेका)
लेखक सुब्बाले इन्द्रबहादुर र्राई कृत लीला लेखनलाई भयवादको प्रकट गर्ने लेखनका रुपमा स्वीकार्दै उनको कठ पुतलीको मनले बनाएको धारणाको समेत संपुष्टि खोजेका छन् । मैनालीले बनाएको "लोग्ने स्वास्नीको झगडा परालको आगो" भन्ने मिथकलाई चार विनिर्माण कथाबाट नयाँ धारणाको विकास गरेका छन् । त्यही फरक फरक विचार बोक्ने घटना/धारणाबाट नयाँ भयको खोज भएको छ । लेखक सुब्बा लेख्छन्- "जहाँ लीला हुन्छ त्यहाँ भय हुन्छ । लीला भयवादको एउटा उम्दा प्रकट हो, किनभने यसले भयलाई कम बनाउन ठूलो सहयोग गर्छ, "जीवनलाई वेवास्ता गरेर लीलाको भरमा मात्र छोड्न सकिँदैन" भन्ने धारणाबाट लीलालाई खेलका रुपमा मात्र पनि बुझेको पाइन्छ । तर लीला खेल मात्र नभएर "जीवनलाई वेवास्ता गर्दैन भन्ने पनि बुझनु आवश्यक छ । बरु लीला लेखन त जीवन सापेक्ष लेखन हो । जीवनमा भएका भ्रमहरू कस्ता छन् भन्ने खोज चाहिँ बरु लीला लेखनको उत्खन क्षेत्र हो ।"
३. आदिवासी : भयको उपासना
आदिवासी देश सुब्बा कृत उपन्यास वा भयवादको कृति हो । सांस्कृतिक अध्ययनका देशीय परिधि भित्रबाट पराभौतिक सन्तुष्टिका साथ आएको यस कृतिका धेरै कुराहरू कल्पनाको मिहिन बुट्टे तन्द्राले भरिएका छन् । आदिवासी/जातीय नश्ल चेतकका साथ झिनो कथा वस्तुलाई उन्दै मानसिक सन्तुष्टि/खोजमा तल्लीन "आदिवासी" जातीय सांस्कृतिक अन्वेषणको बाटो भएर हिँडेको अनुभूति हुन्छ । जातीय किटानी नभए पनि उपन्यासमा वणिर्त विषय, पात्र र सांस्कृतिक स्वैर कल्पनाले पर्ूर्वी नेपालका किराँती/मंगोल समूदायलाई प्रतिनिधित्व गरेको आभास हुन्छ ।
आदि वासीः आदिवासीका रुपमा निर्माण भएको शब्दले व्यक्त गर्ने अर्थलाई कृतिले कति वहन गर्न सक्लान - त्यो पाठकका अदालतमा छँदैछ । आदिवासी शब्दलाई शब्दकोशले "कुनै भूभागमा प्राचीन अज्ञात कालदेखि बसोबास गर्दै आएको जाति" -प्रयोगात्मक नेपाली शब्दकोष ः हेमाङ्ग राज अधिकारी र बद्री विशाल भट्टर्राई २०६१) भनेर परिभाषित गरेको छ । आदिवासीले लक्ष्य गरेको क्षेत्र निश्चय पनि जातीय/सांस्कृतिक उत्खनन पनि हो । अन्य विभिन्न विषयमा विभिन्न चरित्रका कृतिहरू धेरै आए । सामाजिक पीडा, जीवन समस्या, राजनीतिक आस्था/परिवर्तन, क्षोभ, आक्रोश जस्ता कुराहरू साहित्यको लेखन धेरै अगाडि बढेको छ । तर आफ्नै वरपर अस्तित्वमा रहेका, बनिरहेका आफ्नै सांस्कृतिक रीतिरिवाज संस्कृति, जातीय उत्थान/अस्तित्व देख्ने लेखन उत्पन्न न्यून मात्र छन् । त्यसको विकास श्रृङखला छँदैछैन समान छ । त्यही रिक्तताको पूर्ण्ााङ्क रुपमा आदिवासी उपन्यास अस्तित्वमा आएको प्रतीत हुन्छ ।
सभ्यताको विकास गरेर अगाडि बढेका भाषा भाषिक समूदाय, खासगरी पश्चिममा साहित्य, संस्कृतिको विकास गरेका पश्चिमी अवधारणालाई आफ्नो आधारपत्र बनाउने र आफ्नै बत्ति मुनिको अँध्यारो नदेख्ने हाम्रो परम्पराले नेपालका कति जातीय संस्कृति र सभ्यता लोप हुने अवस्थामा छन् । पश्चिमी शैलीको अनुकरण गर्ने, त्यही चेतनालई मात्र विकास गर्ने सोँचका कारण कतिपय साहित्य, कृति नेपाली भावको मात्र प्रयोग भएका नेपाली माटोभन्दा धेरै परको अनुभव भएकै छन् । हाम्रा नजरमा पश्चिममाले आफ्नो संस्कृति अन्वेषण गरेको देखेका छैा र सोही अनुकरण गर्र्छौ त्यसबाट हाम्रै भूमिमा रहेका सांस्कृतिक अन्वेषण गर्नुपर्छ भन्ने कुरा सिक्दैनौँ । त्यसको अवसानका लागि देश सुब्बाले आदिवासीमा जुटेर र आफ्नै सँस्कृतिको अन्वेषण गरे । त्यो पनि एउटा नयाँ सिद्धान्त भयवादका साथ ।
आदिवासी एउटा पातलो कथावस्तु बोकेर हिँडेको वैचारिक/चिन्तन पत्र हो । यसमा कथानकलाई भन्दा बढी भयवादी धारणालाई सांस्कृतिक संवरणका साथ प्रस्तुत गरिएको छ । उपन्यासमा लेखक आफैँ पात्रको मनोविष्लेषण गर्छन् । घटनाको विश्लेषण गर्छन् । आदिवासी उत्खननमा भाषा, धर्म, लिपि, संस्कृति, इतिहास, पुरातत्व आदिका नाममा भएका विकृतिका विरुद्धमा आवाज उठाउँछन् । त्यसलाई बाहिरीभन्दापनि आन्तरिक/मानसिक स्वर बनाउन सन्देश गर्छन् । कृतिले प्रारम्भमै बौद्धिक चेतनालाई अगाडि ल्याएर उभ्याएको छ । जातीय सँस्कृतिको अस्तित्व आफ्ना प्राचीन परम्परामा रहेको हुन्छ भन्ने धारणाबाट कृति उठेकाले यसको खास उत्खनित क्षेत्रनै जातीय/सँस्कृतिक अस्मिता बन्न पुगेको देखिन्छ ।
उपन्यासको कथावस्तुमा कतिपय पर्ूवकर्ता कृतिका मात्राको अनुसरणको आभास पनि हुन्छ । तेराखको "र्सवजा" ले खोजेको स्वैरका उत्खनन, वा सञ्जीव उप्रेतीको "घनचक्कर" को मूल पात्रले भोगेको मानसिक समस्या र रुपान्तरणका विषयहरूका नजिक वा बहुलताको संयोजक "आदिवासी"ले ओगटेको छ ।
"आदिवासी" वर्तमान भूमिमा टेकेर भूतकालको भूतकालिक अस्तित्वमा अवस्थित धरोहरको खोजीमा जुटेको छ । जसले गर्दा कथा सुकेनास लागेर पहेँलो भएको छ । सांस्कृतिक जातीय मिथकहरू प्रतीकहरू मोटाएका छन् र उनीहरूको भीड लागेको छ । हामी उपन्यास पढ्न पस्छौँ । उपन्यास कता छुट्छछुट्छ । छेउ किनाराबाट लुक्तै लुक्तै अपराधी जस्तो उपन्यासको कथा आइरहन्छ तर विचार, चिन्ता र धारणा छाती खोलेर हिँडिरहन्छन् । यो अवस्थाको मूल्याङ्कन गरेर नै लेखकले उपन्यासका विकलामा "भयवाद" भन्ने शब्द पनि राखेका छन् ।
उपन्यासको प्रारम्भमै उपन्यास नायकका मानसिकतामा बौद्धिक, जटिल भयहरू उत्पन्न भएका छन् । आफ्ना पिता वा अग्रजहरूले चलाएको आदिवासीहरूको आन्दोलन प्रति असहमति प्रकट गरेको छ । त्यही असहमति र द्वन्द्वबाट नै उसका मनमा एक तमासको भय पैदा हुन्छ । नायक सोचिरहेको छ । आफ्नो धर्म, संस्कृति, रीतिरिवाजलाई छोडेर गरिएको आदिवासीको आन्दोलनले आदिवासीको हित कसरी गर्न सक्छ त्यही मानसिक अवस्थाका बीचमा आफ्ना बाबुसँग तर्क गर्छ-
"सबै नयाँ बनाएर ठूलठूला स्वरले कराउँदैमा जातीय रुपमा बलियो भइँदैन, झन् कमजोर भइन्छ । कमजोरीको तर्क गरेर तपाईहरूले के गर्न खोज्नु भएको - आदिवासी हुनलाई बलियो आधार भनेको भाषा, लिपि, धर्म, संस्कृति, इतिहास, चार्डपर्व नै हो । परम्पराको संरक्षण गर्नुपर्छ । आफ्नो सम्पत्तिको संरक्षण गर्न नसक्ने जातिले अरुको नै गर्न सक्छ -
प्रारम्भमै असहमतिको बिन्दुबाट उठान भएको नायकको मनोवृत्तिमा मानसिक ताप, -केही हदसम्म मानसिक रोग) वा भय उत्पन्न हुन्छ । तर्सिने, डराउने, काम्ने, बेहोस हुने जस्ता अवस्थाबाट ऊ गुज्रिन्छ । कुनै छायाँले खेदे जस्तो उसलाई लाग्छ । नेपाली समाज -खासगरी ग्रामीण समाज) मा विद्यमान धामी झाँक्री, झारफुक गर्छ, औषधिमूलो गर्छ । यति गर्दा पनि निको नभएपछि ऊ एकदिन घर छाडेर बाहिरिन्छ ।
लेखक सुब्बाले भयवादलाई संस्थापन गर्न आफ्नो मूल पात्रलाई डराउने, तर्सर्ााे, अत्याउने कमाउने र बेहोस हुने जस्तो मनोवृत्तिबाट उभ्याएका छन् । साथै आफ्नो अन्वेषण सांस्कृतिक छ भन्नलाई आदिवासीको आन्दोलनको असहमति र धामीझाँक्रीको झारफुकको उपचार प्रस्तुत गरेका छन् ।
उपन्यासको नायक निसाम् घर छोडेर जंगल, अनकन्टार खोज, गुफाहरूतिर भौतारिन थालेपछि उसको मानसिकतामा सञ्चो भएको, मुक्तता प्राप्त गरे जस्तो अनुभव गर्छ । एउटा समस्याबाट ग्रस्त भएर भौतारिरहँदा समाधान भएजस्ता मानसिक सन्तुष्टि प्राप्त गर्छ तर लगत्तै अर्को समस्याबाट ग्रस्त भइहाल्छ । मानसिकताले त्यसको पल्लो बिन्दु खोज्न थाल्छ । उसको खोज लगातार अगाडि बढ्छ । उसले धेरै ज्ञान पनि प्राप्त गर्छ । बौद्धिकता/चेतना चक्रका बारेमा ज्ञान प्राप्त गर्छ तर उसलाई अवचेतनामा रहेको कालो छायाँले पछ्याइरहन्छ, लखेटिरहन्छ ।
यसबाट लेखक निसाम्को नायकत्वमा भयको खोजमा प्रतीक उभ्याउँछन् । एउटा समाधान पछि अर्को समस्या उत्पन्न हुने कुरालाई निसाम्ले एकपछि अर्को व्यहोर्दै गएको, एउटा कुराबाट मानसिक सन्तुष्टि भइसक्दा नसक्दै अर्को समस्याले ग्रस्त बनाएको कुराबाट प्रष्ट हुन्छ । नायकले जति ज्ञान प्राप्त गर्दै गएपनि उसको अचेतनामा रहने, लखेटिरहने कालो छायाँले खेदिरहेको कुराले भयको समाधान जतिभएपनि अन्तिम अवस्थासम्म पुग्न सकिँदैन भन्ने कुराको प्रतीकात्मक संकेत दिन्छ ।
यस बिन्दुमा लेखकले आफ्नो नायकलाई एकपछि एक समस्या र ती समस्याका समाधान गर्दै आदिवासीको बीचमा भयको अन्त्य गर्न गरेका पहल हर्ेदा कृतिका सर्न्दर्भमा आएका केही कुरा भन्नु आवश्यक छ । तेराखको र्सवजा उपन्यासमा शर्ीष्ाकको खोजी गर्दै हिंँड्दा मानवीय भावना विविध रुपमा साथै मानवेत्तर वनस्पती, प्राणी, कीटपतंग, प्राकृतिक अन्य वस्तुमा समेत रुपान्तरण भएर मानसिकतामा आउने रुपान्तरणका भावलाई बढो राम्ररी स्वरै काल्पनिक ढ्रगले प्रस्तुत गरिएको छ । त्यसैगरी सञ्जीव उप्रेतीको घनचक्करमा एउटा कुरा/समस्यामा हिंँडेको नायक फरक नायक वा साधारण चरित्रमा आफैँ रुपान्तरित हुँदै जान्छ । एउटा समस्यामा हिंडेको मान्छे त्यो समाधान नभइ अर्को समस्या थपेर आउँछ । यो क्रमकै कारणले ऊ मानसिक रुपमा सायद विचलित बन्न पुगेको छ । यता आदिवासीको नायक निसाम् पनि करिब करिब त्यस्तै नै एउटा समस्या र खोजबाट हिँड्छ तर हिँंडेपछिकै ठाउँमा रुपमा रुपान्तरित भएर देखापर्छ । एक थोक खोज्नु हिँडेको अर्को थोक प्राप्त गर्छ । मूल थोक तन्किरहन्छ तन्किरहन्छ । छायाँ बुझन हिँडेको निसाम् त विचार पढाउन थाल्छ । जिज्ञासु अन्वेषक नायक विचार वेत्तामा रुपान्तरित हुँदै जान्छ ।
नायक निसाम्ले जंगलमा धेरै ज्ञान प्राप्त गरेको छ । घुम्ने क्रममा ऊ आदिवासी गाउँमा पुगेको छ र त्यहाँको ज्ञान, संयम, उदात्तता, शालीन चरित्र, प्रेम, सद्भाव र सरलता जस्ता कुरा देखेपछि उसले खोजेको विषय केही हद प्राप्त भएको महसुस गर्छ । आदिवासीका परम्परागत मूल्य, मान्यता, उनीहरूले गर्ने पूजाआजा, आदिम रूख सावाला खोला जस्ता आस्थाका प्रतीक देखेर नायकमा नयाँ जीवन प्राप्त हुन्छ । लिम्बू वा किराँती संस्कृतिमा प्रकृतिलाई पूजा गर्ने -वनस्पति, खोला, जलवाय,ु तापशक्ति जस्ता कुरालाई) परम्परालाई देखाएर प्राचीन संस्कृतिको र्सार्थक पक्ष उत्घाटित गरिएको छ । यस कुराले आदिवासीको उत्थानका लागि सहरमा अनर्गल, प्रचारवाजीलाई प्रहार गर्दै सांस्कृतिक उत्थान गर्नुपर्ने कुरालाई अगाडि ल्याउनु पनि आदिवासी उपन्यासको एउटा पक्ष हो ।
नायक आदिम रूख र आदिवासीहरूबाट धेरै ज्ञान प्राप्त गरेपछि मानसिक सन्तुष्टि प्राप्त गरेर घर फर्किन्छ । उसले प्राप्त गरेको ज्ञानलाई गाउँका मान्छेलाई भेला पारेर भन्छ । मान्छेलाई भयका बारेमा चेतना दिन्छ । हिजो उसलाई लखेटिरहने कालो छायाँ पनि छायाँ नभएर भय मात्र रहेछ । भयको प्रकट भएपछि कालो छायाँ हराएको कुरा सुनाएर धेरैलाई आफ्ना ज्ञान सुनाउँछ । तर त्यही ज्ञान दिएको एउटा कुनामा बसेर दर्ुइ युवकहरू उसको ज्ञान प्राप्तिको बाटो र ज्ञानलाई भनिरहन्छन् - "उसलाई वन झाँक्रीले लगेको हो थाहा छ तिमीलाई π अब ऊ धामी निस्किन्छ ।"
त्यत्रो ज्ञान प्राप्त गरेपछि उसको मानसिकताबाट विस्थापित भएको भय आफ्ना व्यक्तिमा रुपान्तरण हुन्छ । उक्त कुरा देखाएर लेखक सुब्बा भयबाट मुक्ति प्राप्त गर्ने थुप्रै उपायहरू अपनाएर भय कम गराए पनि भयबाट हामीपर्ूण्ा मुक्त हुनसक्दैनौँ भन्ने कुरालाई उठाइरहेका छन् ।
आदिवासीले अपनाएको प्राकृतिक स्वरुपलाई नै आदिम सत्य मानेर परम्परा, संस्कृति र समानतालाई संरक्षण गर्ने लेखकको लेखनी लेख्छ - "आकाशको आफ्नो आकार हुँदैन निसाम् गिलासको पानी जस्तै हुन्छ यसको आकार । यहाँको गिलास भनेको नै यहाँकी धर्ती, हावापानी, रूख, विरुवा, मान्छे, चराचुरुङ्गी, प्रकृति हुन् । तिनीहरू जस्तो छन् आकाश त्यस्तै देखिन्छ । आदिवासी भनेको रूख, विरुवा, हिमाल, फूल, आकाशजस्तै धर्तीका सौर्न्दर्य हुन् । के फुल नभएको धर्ती सुन्दर देखिन्छ -"
त्यसैगरी भयका कारण धेरै भौतारिएको तर त्यही भय/मानसिक तनावका कारण धेरै ज्ञान प्राप्त गरेको नायकका माध्यमबाट भयवादलाई लेखक उभ्याउँछन्- "भय एउटा फूलबारी हो, यही फूलबारीमा धेरै फूल फुलिरहेका हुन्छन् । त्यसैले संसार सुन्दर देखिन्छ । यही फूलबारीमा काँडा पनि फुलिरहेको हुन्छ । मैले यायावर जीवनमा काँडो पनि देखेँ । यो फूल मैले आदिम रूखमा देखेको थिएँ । फूलको मात्र फूलबारी बनाउने विचार हो भयवाद । आँधीहुरी र असिना परेन भने फूल सधैँ मोहक देखिन्छ । यही फूलबारीलाई नयाँबगैँचा बनाउने उपाय लिएर संसारमा आएको छु ।
लेखक आफ्नो नायक मुख्य पात्रका मुखबाट उक्त कुरा व्यक्त गर्छन् । भयलाई चिनाएर भयबाट मुक्ति दिलाउनुलाई "फूलबारी बनाऊ" प्रतीकका माध्यमबाट पस्केका छन् ।
४. केही सम्यक सम्-आलोचना अर्थात- बहिर्गमन
लेखक, विचारक उपन्यासकार, चिन्तक व्यक्तित्व देश सुब्बा कृति आदिवासी र आंशिक अवधारणा पत्र -आंंशिक, अर्थात मेरो अध्ययनमा आदिवासी पहिलो प्राथमिकता गरी अध्ययन गरिएकोले) को अध्ययनबाट नेपाली साहित्यमा एउटा नयाँ विचारको प्रादर्ुभाव भएको कुरा र्सार्वजनिक भएको छ । आदिम कालदेखि नै हामी भित्र रहेको भयले हाम्रो जीवनका हरेक पक्षलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव परेको कुरा "भयवाद" ले र्सार्वजानिक गरेको छ । भय त हामी सँगै थिएछ । त्यसको प्रकट मात्र नभएको रहेछ । आफैलाई आफ्ना विचार, चिन्तन, व्यवहारहरूबाट हर्ेर्ने हो भने भय सहज प्रकट हुँदोरहेछ । भय बुझेपछि भयबाट मुक्त हुन सकिनेरहेछ तर पर्ूण्ात भय मुक्त हुने कुरा सम्भव रहेनछ भन्ने कुरा लेखकको धारणा रहेको छ । भय हुन्छ तर त्यसलाई हर्ेन जान्नु र ध्यान दिनु जरुरी छ । सहस्र बुद्धमा रहेको एक बुद्धको थ्रि डायमन्सन चित्रलाई जस्तो एकचित्त भएर ध्यान पर्ूवक हर्ेदा हामी भयलाई बुझन सक्छौँ भन्ने लेखकीय भयवादी धारणा छ ।
लेखकको भयको उपन्यास भएको भयवादी उपन्यास आदिवासीले उक्त धारणालाई सांस्कृतिक पुनरुत्थानका साथ प्रस्तुत गर्ने जमर्को गरेको छ । हाम्रा आदिम सभ्यतामा रहेका सांस्कृतिक शक्ति, जातीय अस्मिता, प्राचीनतामा रहेको शालीनता, आत्मीयता, उदारतालाई उल्खनन गर्दै मान्छेको मानसिकताबाट मुक्त हुन नसक्ने भयलाई प्रस्तुत गरेका छन् । तर त्यही भयको निर्भयता वा भयबाट मुक्ति प्राप्त गर्ने पहलमा मान्छेले ज्ञान प्राप्त गरेको, मान्छेले विकास गरेको कुरालाई समेत कृतिले प्रतीकात्मक संकेत गरेको छ । कृति हाङयुग अज्ञातका धारणामा किराँती उत्थान, धर्मेन्द्र विक्रम नेम्वाङका धारणामा लिम्बूकी सौर्न्दर्य शास्त्रमा रङ्गवादी विचित्रता र कृष्ण धरावासीको विचारमा सांस्कृतिक पुनरुत्थान र भयको उत्खनन बन्न पुगेको छ ।
लेखकले प्रकटीकरण गरेको भयवादी सोच आदिवासीमा प्रयोग गरेका छन् । यसमा केही टिप्पणी गर्न मिल्ने ठाउँहरू छन् । भयवादको अवधारणा पत्र अध्ययन नगरी उपन्यासबाट भयवादबारे स्पष्ट हुन सकिदैन । अर्थात् भयको दृष्टिकोण कृतिले स्पष्ट पार्न सकेको अनुभूति हुँदैन । भयवादको प्रयोग गर्ने मनसायले मुख्य पात्रलाई बढी प्रायोजित बनाइएको आभास हुन्छ । उसमा अनावश्क बढी भय सन्त्रास उत्पन्न गराइएको र बेहोसीको अवस्थासम्म पुर्‍याइएको छ । बेहोसीको अवस्थामा पुग्ने गरी मानसिक समस्या भोग्नु भनेको विरामी बन्नु पनि हो । भयवादलाई प्रस्तुत गर्ने पात्रलाई सचेत र स्वास्थ्य बनाएर नै आफन्तसँग तार्किक असहमति गराएर पठाएको भएपनि हुन्थ्यो । मानसिक पीडाका कारण घरबाट हिँडाइएको भएपनि हुन्थ्यो जस्तो लाग्छ । उपन्यासको मूललक्ष्य भयवादको प्रकटीकरण हो कि आदिवासीको पुनसंवरण वा दुवै भन्ने कुरामा उपन्यास अलमल भएझैँ प्रतीत हुन्छ । साथै लेखकको सिद्धान्त अनुसार आदिवासी उपन्यास भय बाँकी हेरेेेको छैन तर पात्रको रुपान्तरण चाहि भय छ । आदिवासी शर्ीष्ाक राखेर गरिएको आदिवासीको सांस्कृतिक, जातीय उत्खनन/पुनसंवरण केही सीमित भएझैँ लाग्छ । मिथक, प्रतीक, सांस्कृतिक पर्यावरण जस्ता कुराहरूको र्सार्वभौम आदिवासी भन्दा पनि किराँती आदिवासी भन्ने कुरालाई संकेत गर्छ नै । हुन त र्सार्वभौम चरित्रलाई नै उत्थान गर्न पाएको भए अझै राम्रो हुन्थ्यो जस्तो लाग्छ । नेपालमा पनि पुगनपुग सय जति जातजातिको बसोबास छ । ती सबै जातजातिको आ-आफ्नै चरित्र हुन्छ । आदिवासी शब्दको अर्थले त समूह भन्ने अर्थ आउँछ । यसले उत्खनन गरेको आदिवासी किराँती नश्लीय भएकाले सोही शब्दसँग जोडेर आदिवासी भएको भएपनि हुन्थ्यो कि -
आदिवासी भने पछि दक्षिण अफि्रका/अफि्रकातिरका आदिवासीहरूका बारेमा तयार गरिएको वृत्तचित्रको याद आउँछ । त्यतातिरका आदिवासीको धर्मसंस्कृति, रीतिरिवाज आदि कुरालाई छायाँकन गरिएका दृश्यहरू हामीले हेरेका छौँ । जंगलका पशुपंक्षीको सिकार गरेर जीविका निर्वाह गरेको, पूजा उत्सव मनाएको जस्ता दृश्य देखिन्छन् । उनीहरूको आदिम संस्कृति देखाइएको पाइन्छ । पुरुषहरू धनुकाँड बोकेर करिबकरिब नाङ्गै, डोरीले लिङ्गमा बाँधेर कम्मरमा कसेको महिलाहरूले पनि कपडा, रूखका पातबोक्राले गुप्ताङ्ग मात्र छोपेर नानीलाई दूध चुसाइरहेका दृश्यहरूलाई यस कृतिले सम्झना गराएको छ । त्यस्तो नभएपनि त्यस्तै छनक दिने आदिमताको बिम्ब आदिवासीले पस्केको छ ।
विषयगत अध्ययन गरेका विशिष्ट अध्योता, चिन्तक, विचारक, विद्धान्, लेखक देश सुब्बाले दिएको विचार र कृतिलाई यस सानो अध्ययनले निश्चयनै काम गर्न सक्दैन तर सम्बन्धीत क्षेत्रको ढोका भने निश्चय पनि ढकढक्याउँछ भन्ने अनुमान गर्न सकिन्छ । एउटा नयाँ दर्शन/ज्ञानको क्षेत्रको ढोका खोलेर हामी पनि खोज र अध्ययन गर्न प्रतिपादन र प्रकट गर्न सक्छौँ भन्ने चेतना दिएकामा देश सुब्बा प्रति कृतकृत्य हुनै पर्छ । आफ्नै संस्कृति, सभ्यता जाति र भूमिभित्र नै हाम्रा अस्तित्व छन् भनेर बाटो खोज्न पाठक, अध्येता, लेखकलाई मार्ग प्रशस्त गरेकामा लेखक सुब्बालाई धन्यवाद टक्रयाउँनै पर्छ । पाठकहरू बौद्धिक र सचेत हुँदाहुँदै पनि सबै कुरा बुझनलाई आज "फाष्ट फुड" संस्कृतिमा समयको अभाब रहने हुनाले मिथकहरूलाई फुटनोटमा शब्दार्थ र भावार्थ समेत दिएको भए हुन्थ्यो भन्दै विषयगत अध्ययनको उपासना आदिवासीका लागि लेखक देश सुब्बालाई साप्रवाद दिन्छु ।
-----------------------------------------------------------------------------
अस्थिर कुटी, दमक दमक क्याम्पस, दमक २०६५/४/१७
९८४२६३०४१४
(२०६५।४।१८मा धरानमा गरिएका बहस कार्यक्रममा प्रस्तुत पत्र )
लिम्बुवानको भय
-अर्जुनबाबु मावुहाङ
----------------------------------------------------------------------------------
उपभोक्तावादी पाठकहरूको पुस्तक बजारमा देश सुब्बा रचित उपन्यास 'आदिवासी' मुस्किलले ठम्याउन सकिन्छ । उपन्यासको आञ्चलिकता पूर्वी नेपालका भूमिपुत्र वा आदिवासी लिम्बूहरूको स"स्कृतिले रंगिएको छ । र्सार्वभौम पात्र 'म' को र्सवज्ञता नै उपन्यासको दृष्टि बिन्दु हो । 'म' पात्र नै उपन्यासकार र नायक (निसाम्) पनि हुन । पात्रहरू बाबु र छोरा (मुख्यनायक) बीच आदिवासीहरूले अधिकार र अवसरको प्राप्तिका लागि आन्दोलन चर्काउनु भन्दा पहिले आफ्नो मौलिक संस्कृतिको संस्थापन गर्नुपर्ने नायकको जिकिर स"गै ल्पट (कथानक) को आरम्भ हुन्छ । नायकको आङमा पुर्खौली देवत्व चढेपछि उनी आदिवासीहरूको गाउ"मा पुग्छन र उनीहरूको जीवनचर्या र आस्था स"ग सामेल हुन्छन । नायक जङ्गलबाट फर्किएपछि उनी धामी निस्किने गाउ"घरमा चर्चा हुन्छ । यसरी उपन्यासको उपसंहार हुन्छ । नायक आफ्नो भाषा, संस्कृति, इतिहास सङ्कटमा देख्छन । उनलाई आफ्नो पहिचान गुम्ने भय छ । उपन्यासको सारवस्तु नै यत्ति नै हो । भयबाट मुक्त हुन भयलाई नै चिन्नु पर्ने उपन्यासकारको आग्रह छ ।
भयको बोध :
उपन्यासकारले आफ्नो नैर्सर्गिक भय र मौलिकतालाई सादृष्य रुपमा मुखरित गरेका छन । नायकको का"प्ने र मनोरोग निको पार्न घर देवताको पनि स्तुति गर्नु पर्ने चिकित्सक बाट सुझाब आउ"छ । मानवशास्त्री लाईनल काप्लानले भनेजस्तै लिम्बूहरू पुर्खौली माटोका मालिक हुन्छन भने लिम्बूनीहरू देवताका । लिम्बू समुदायमा पूर्वज हरूलाई देवतुल्य मानिन्छन । यस्ता देवहरूको (पुर्खा) को देहमा प्रवेश भएपछि थक्लेसाम्माङ (देहदेव) का रुपमा चिनिन्छन । जस्तै चेम्जोङ थरका लिम्बूनीको देहमा युमादेवी विराजमान हुन्छिन । यिनको मानमनितो पुर्‍याउ"दा यिनले शक्ति प्रदान गर्छिन । त्यस्तै हेम्ब्या थरका लिम्बूनीको देहमा बा"दर देउको बास हुन्छ । यिनीहरूको रिसाएको वा विनाशकारी स्वरुपलाई पोतोच्याङ भनिछ । यिनीहरूबाट जोगिन पनि स्तुति गाउनै पर्छ । वर्तमान सन्ततीहरूमा तिनै आत्माको अवतरण हु"दै आएको छ । र्सवात्मावादि नायक आफ्ना पुर्खौली विमार र अफापसिद्धता माथि आस्थागत उपचार रोज्न वाध्य हुन्छन । यस्तो नैर्सर्गिक मूल्य मान्यताहरू भित्र उनी भयको महसुस गर्छन ।
भयको बचावट :
उनी बीच जङ्गलमा आदिवासी समूहहरू स"ग परिचित भइरह"दा आर्श्चर्यजनक ढङ्गले …çÚ (
ओम शान्ति को चिन्ह) उच्चारण गरेर आगोको धुनी लगाइरहेका मान्छे भेटछन । तिनीहरू यायावर वा आदिवासी हुंदैनन । कथानकको मुख्य द्वन्द्व नै यहा" पाइन्छ । भय माथिको अत्रि्रमण र प्रतिकार । हिन्दूधर्मालम्वीहरू आजपनि यस्ता कयां यायावर आदिवासीहरूको सामरिकत्व लुट्न सांस्कृतिक अत्रि्रमणमा लिप्त छन । सत्यहाङमा पन्थमा लागेका लिम्बूहरू हिन्दूहरूले जस्तै आगोको धुनी लगाउ"दै महायज्ञ गर्छन । उनीहरू हिन्दूधर्मका मूल्य र मान्यताहरूलाई जबरजस्त आफ्नो समुदायमा पनि लागू गरिरहेका छन । लिम्बूहरू बीच वि.सं. १८७५ देखि नै नीति (परम्परागत मुन्धुम मान्नेहरू) र स्मृति (हिन्दू धर्मशास्त्र ग्रहण गर्नेहरू) मान्नेबीच फाटो रह"दै आएको छ । लिम्बू संस्कारलाई कम खर्चिलो बनाउन र लिम्बू भाषा, साहित्यको निरन्तरता राखिराख्न महागूरु फाल्गुनन्दले सत्यहाङमा पन्थको निर्माण गरेका थिए तर उनका अनुयायीहरूले उनका बाटालाई कायम राखिराख्न सकेनन् । वर्तमानमा सत्यहाङमा पन्थ आत्मानन्द, ओमनन्द र देउनन्द समूहमा विभाजित भएका छन । आत्मानन्द समूहले हिन्दू मूल्य र मान्यतालाई मुन्धुमका नाममा मात्र अनुशरण गरिरहेका छन् भने ओमनन्द समूहले इर्साई मूल्य र मान्यताको प्रचारप्रसार गरिरहेका छन् । कारण आज लिम्बूहरू सत्यहाङमा वा हत्तेहाङमा -सनातनी मान्यतालाई मान्ने र स्तुतिमा भोगबली चढाउने) मतको पक्ष र विपक्षमा बा"डिएका छन । नायक सनातनी मूल्य र मान्यताको पक्षमा वकालत गर्दै निर्णायक मोडमा उभिएर भय माथिको अत्रि्रमणको प्रतिकार गरिरहेकाछन ।
भयको उत्खनन :
कथानकको मुख्य स्रोत मिथक हो । मिथक भनेको आदिमताको पर्ुनव्याख्या हो । मिथक इतिहास र साहित्यकको स्रोत पनि हो । लिम्बूहरूको मुन्धुम भनेको अध्यात्मिक लाग्ने जनश्रुतिहरू भन्दा पनि नीतिकथाहरू नै हुन् । मुन्धुमलाई मिथक भन्न सकिन्छ । यस्ता पूराकथाहरू भित्र लिम्बूहरूको समाजिक, सांस्कृतिक र न्यायिक सभ्यताको चित्रण भेटिन्छ जुन वर्तमानमा संस्कारमा मात्र सीमित छ ।
उपन्यासमा 'तुत्तु' जस्ता मुन्धुमका पात्रहरूको मुख्य सहायक भूमिका भेटिन्छ । नायक बारम्बार 'तुत्तु' बाट निर्देशित हुन्छन । लिम्बू जातिमा 'तुत्तु' वा तुत्तुतुतुम्याङ (पञ्चभलाद्मी), फेदाङबा, साम्बा, र येबाहरू जस्ता पुरोहितहरूको मर्यादा उच्च छ । उनीहरूनै मुन्धुमका ज्ञाता हुन्छन । तत्तुतुम्याङहरू पृथ्वीका सृष्टिस"गै जन्मिएका मानिन्छन् । उनीहरूलाई गोभ्रे च्याउमा ओत लाग्नेहरू (होपत्ते-यो वाःकेइम्सिङबा), बाख्राको बडक्यांैलामा भारी बिसाउनेहरू (मेदा हिः सम्दो कक् केनाम्बा), खुर्सानी को बोटमा झटारो हान्नेहरू (मच्चि बुङमेओ थाङ केलेप्पा), उन्यूको बोट ढाल्नेहरू -कात्ताक्वा कुबुङ पेःना केदाङबा), जुम्राको मासु काट्नेहरू (सिःपुत्रुकमा साः केजेप्पा) भनेर सम्बोधन गरिन्छ । उनीहरूलाई लिम्बूहरूका सबैभन्दा आदिम र र्सवमान्य पुर्खा मान्ने गरिन्छ । उनीहरूले नै लिम्बू समुदायमा परम्परागत र सांस्कृतिक ढङ्गले शासनको स्वरुप कायम गरेका थिए । फेदाङबा, साम्बा र येबाहरूको सम्बन्धित कार्य अनुसार निर्देश गर्ने कार्य तुत्तुतुम्याङहरूकै हुन्थ्यो । त्यस्तै सुदुक्युखेदुक्यु फेदाङ्बा, फुङजिरीफुङ्काप्पो फेदाङ्बा, थिरि वसोफुङवा फेदाङबा, सिङसारा थेयाप्मि फेदाङबा, मुगप्लुङखागप्लुङ साम्बा, नेन्जिरिनेम्पत्थाङ साम्बा, साजुवेत्मुदाङवेत् साम्बा, सिङदुमइङ फेत्लाइङ साम्बा र नाङगेत्छो फु-लुम साम्बाहरूलाई पेगिफाङसाम (नौ पुरोहित) भनिथ्यो । यिनीहरू नै लिम्बू जातिका संस्कृतिका सृष्टिकर्ता थिए । मिक्नुसो लुम्बाहाङ, मुधिङ्गे साङ्लेक्हाङ, साउन्दु उन्दुहाङ, लालासो पाङ्बोहाङ, फुरुप्सो थेजङहाङ, सगिम्सो सङमिहाङ, खेत्चुयेत् उप्पानहाङ, सेच्छेरे सेनिहाङहरूलाई सावा येहाङ (आठराजा) भनिन्थ्यो । उनीहरूका चेली येबाहरूलाई कमाउने (कमाउने गुरु) सामेधुङ येप्मेधुङ थिइन । फेदाङबा र साम्बाहरूले मात्र लिम्बू जातिको संरक्षण हुन नसकि येबाहरूको उत्पत्ति भयो । याभोक्को यासिरिङ येबा र तेल्लेरे तेन्छामुक येबाहरू क्षेतक्षती मानिन्थे । कुनै बादशाहका वंशावली जस्तै लाग्ने यिनै तुम्याङ, फेदाङबा, साम्बा र येबाहरू लिम्बु समाजका परिचालक थिए ।
तिगेन्जोङना र चीलको कथाहरू मुन्धुम स"गै सम्बन्धित छन । तिगेन्जोङनाका दुइटा छोराहरू मध्य नाम्सामि (मानिसको छोरा) मानवीय कर्मका प्रतीक हुन्छन भने केसामि (बाघको छोरा) नरसंहारक । नाम्सामि बाट केसामिको हत्या हुन्छ । त्यस्तै नेग्रादेन (ताप्लेजुङ) मा चीलले सावा येहाङका जहान परिवार बालबच्चा ओसार्दै उत्तिसिङपारामसिङ (टुनीको) रुखमा लगेर खान्छ । पोमुकेत्छाङ येबाले यिनको हत्या गरेर मानव समुदायको कल्याण गर्छन । यस्ता मुन्धुममा थुप्रै पुराकथाहरू सुन्न पाइन्छन । पितृदेव पोरोक्मी याम्फामिले फाक्सारा तिगेन्जङबासीहरूलाई ज्याला दिएर छेलो मागि पानीको मुहान फुटाएको, सेच्छेरे सेनिहाङले आगो ल्याएर आफना दाजुभाइहरू स"ग तरुल, भ्याकुर पोली खाएको, गोठालाहरूले बाली नष्ट गराइदिएपछि रु"दै बसेकी सिकेरा एक्थुक्नामालाई तुत्तुतुम्याङहरूले न्याय दिलाएको, सुहाम्फेबा र लाहादोङनाका बीच हाडनातालाई तुम्याङहरूले दण्डित गरेको, मुन्धुमका गाथाहरूलाई नबिर्सने हो भने लिम्बूहरूले आदिम कालमा नै सभ्यता उमारेर न्याय, सुरक्षा, दण्ड, विनिमय र ज्याला जस्ता प्रशासनिक आधारहरू निर्माण गरिसकेको देखिन्छ । उपन्यास भित्र आदिवासीका च्याब्रुङनाच, धान नाच, र चर्खा बुन्ने तान बुन्ने जस्ता संस्कृतिको चित्रणले उनीहरूको राष्ट्रियता र जनजीविकाको निरन्तरता दिन्छ । जुन निरन्तरताले आदिवासीहरूको आदिमता र वर्तमानपनलाई जोडिदिएको छ । नायकले सुम्दो, तुम्बाहाङफे, तङवादेन गाउ"हरूको चर्चा गरेका छन । वास्तवमै वर्तमान मेची र कोशीका हिमाली, पहाडी सम्पुर्ण भुभाग र केही तर्राई (पहाडका फेदीहरू)का भागहरू मुन्धुममा वणिर्त भएका छन् । नायकले सुम्दो, तुम्बाहाङफे, तङवादेन गाउ"हरूको चर्चा गरेका छन । यस्तो चर्चाले लिम्बूहरूका थातथलोलाई पनि सिमाङ्कन गर्छ । उपन्यास भित्र भेटिएका यस्ता मिथकहरूले लिम्बूहरूको आदिम सत्ताको पुनव्याख्या गर्छ । उपन्यासकारले आदिम पात्रहरूको बर्चस्व देखाउन र आफ्ना परम्परागत मूल्य र मान्यतालाई सजिव चित्रण गराउन प्रतीक, विम्व र मिथकलाई कलात्मक ढङ्गले खेलाएका छन । उनको चमत्कारिक शिल्प शैलीलाई मान्न कर लाग्छ ।
भयबाट मुक्त :
नायक जङ्गलबाट फर्किर्ए पछि गाउ"घरमा उनको धामी वा फेदाङबा निस्कने चर्चा हुन्छ । यो घटनाले के सङ्केत गर्छ भने अब नायक आफ्नो मौलिकतालाई जगाउन सनातनी मान्यतालाई अङ्गाल्न धामि (फेदाङबा बन्न) पुग्छन । धामी, फेदाङबा र येवाहरू मौलिक संस्कारका प्रतिक मानिन्छन । लिम्बू भाषाबाट राखिएको नायकको नाम 'निसाम्' को अर्थ ज्ञानी, विवेकशील लागे जस्तै विवेकशील नायक आफ्नो आदिम सभ्यताको छा"या मुनी रुझेर आफ्नो सा"स्कृतिक धरोहरको पुनः स्थापना र निरन्तरताका लागि जुझारु बन्दै भय बाट मुक्त हुन खोजिरहेका छन ।
रहलपहल :
उपन्यासको शिर्ष 'आदिवासी' र आवरणमा विरुपाक्षको मूर्तिको भावार्थ विरोधाभास देखिन्छ । अलग पहिचान (आफ्नै भाषा, लोकधर्म, संस्कृति, परम्परागत माटो र प्रशासन), लिखित वा मौखिक इतिहास भएका र सामुदायिक भावनाले ओतप्रोत भएका जो सदीयौं देखि राज्यको मूल प्रवाहमा सम्मिलित हुनबाट बञ्चित गराइएकाहरूलाई 'आदिवासी जनजाति' भनिन्छ । विशेष गरी 'आदिवासी' शब्दले बसोबास (समय) वा वंशजको उद्भवलाई जनाउ"छ । 'जनजाति' शब्द सामाजिक संरचना (हिन्दू वर्णाश्रम व्यवस्थाभित्र नपर्ने ) स"ग सम्बन्धित छ । राज्यको यस्तो परिभाषाभित्र 'विरुपाक्ष' लाई आदिवासी मान्न सकिन्दैन । भाषा वंशावली अनुसार उनी अन्तर्वेदी नगरका क्षेत्रीय कुलका ब्राहृमण धर्मशर्माका पुत्र विपाक थिए । उनी पापमुक्त हुन नेपाल आएका थिए । उनलाई आर्यहरूका आस्थाका पुञ्ज शिवको प्रतिकको रुपमा पनि पुज्ने गरिन्छ ।
नायकले बारम्बार चर्चा गरेका 'आदिम रुख' को नामाकरण हुनु पथ्र्यो । किनभने टुनी, चिलाउने, सिमल जस्ता रुखहरू नराम्रा आत्माका प्रतिक हुन । चिहान माथि गाडिने लाम्चो ढुङ्गालाई सुत्लुङ भनिन्छ । चङसेक्पा सेक्मुरी फूल संरक्षणको प्रतीक हो कारण चीहानमा भेटिन्दैन । लिम्बू समुदायमा फेदाङबा, साम्बा र येबा उत्रने संस्कार बनझाँक्रीले लगेर धामी उतार्ने विधि भन्दा बेगल हुन्छ । कम्तिमा पनि आफ्ना गूरुको चेला -माङवानेबा/साङलाङगोबा/यागाप्सिबा) भएर दश वर्षम्म मुन्धुम गाउ"दै र नाच्दै हि"ड्नु पर्छ । मुन्धुममा पोख्त भैसकेपछि तिम्सिङमा -गुरु स"गै डोहारिने), नाक्सिङमा -गुरु विध्या माग्ने) र थेःसिङमा (तुत्तुतुम्याङहरू र गुरुस"ग वाचा गर्ने ) जस्ता परिक्षाहरू उर्तिण गर्नुपर्ने हुन्छ ।
बैठान :
उत्तरआधुनिकतावादका संस्थापक फे्रडरिक नित्सेले मिथकलाई नै सहि संसार भनेका छन । मिथकमा भाषाको बढि प्रयोग हुन्छ । उत्तरआधुनिकतावादी ज्याक डेरिडा ज्ञानलाई भाषाको उपज ठान्छन । सत्य, ज्ञान र अर्थ माथि गोराहरूको एकलौटी कब्जा गर्न निर्माण गरिएको सृजनाको भ्रम विरुद्ध थियो उत्तरआधिुनिकतावाद । देश सुब्बाको भयवाद चाहि" स्थानीय देशकाल, परिस्थिति विशेष अभिजात संस्कृतिको प्रतिकारमा उभिएको छ । उपन्यासकारले मिथकीय प्रयोग बाट 'आदिवासी' उपन्यासभित्र प्रतीकात्मक सौर्न्दर्य निर्माण गरेका छन । र्सवात्मावादी लिम्बूहरूको अस्तित्वलाई यो मुखरित गर्नु यो कृतिको मुख्य विशेषता हो । आज ऐतिहासिक लिम्बूवानको पुनव्याख्या (पुनःस्थापना) भइरह"दा लिम्बूहरू बीचमै स्थायी विचार र नेतृत्वको अभाव देखिएको छ । लिम्बूहरूको यस्तो मनोदशालाई उपन्यासकारले तिखो प्रहार गरेका छन । यसका निदानका लागि लिम्बूहरूमा आफ्नोपनको महसुस हुन आवश्यक छ । आफ्ना सनातनी मूल्य र मान्यता स"गै रहन सके मात्र अपनत्वको बोध गर्नर् सकिने उपन्यासकार देश सुब्वाको अनुरोध छ ।
arjunmabuhang@yahoo.com
( २०६५।४।१८मा धरानमा गरिएका बहस कार्यक्रममा प्रस्तुत पत्र )
--------------------------------------------------------------------------------
आदिवासी उपन्यास : संक्षिप्त विमर्श
-डा. खेम दाहाल
--------------------------------------------------------------------------------------
१. प्रारम्भ :
पूर्वी नेपाल
लिम्बूहरूको बसोबास रहेको क्षेत्र हो जहाँ हामीले जान्दादेखि लिम्बूहरू आफ्नो राज्य यही भएको र कसैले हडपेको गुनासो, प्रसङ्ग र विषय सुनाउँदै आएका छन् । यसमा पनि तेह्रथुम जिल्ला विशेष स्मरण गर्न योग्य छ । जहाँका लिम्बूहरू दर्ुइ विशेषताका थिए, कोही सिधासोझा जातका मानिसको संरक्षण गर्ने तथा आफ्ना रैतीजस्तो गरी सहानुभूति राख्न र कोही हेपी व्यवहारले क्षेत्रीहरूलाई सताउने आदि दुइ प्रमुख विशेषता पाल्थे । यसमा अन्य जिल्लाहरू पाँचथर, धनकुटा, ताप्लेजुङ र इलामलाई स्वीकार गर्न सकिन्छ । यी जिल्लाहरूमा प्रसिद्ध लिम्बूहरू शमशेरबहादुर तुम्बाहाङ्फे तथा पदमसुन्दर लावती विशेष उल्लेखनीय छन् जसमा तुम्बाहाङ्फेले जिल्लामा भएको २००७ को लुटपाटलाई नियन्त्रण गर्ने जस्तो काममा दिलोज्यानले योगदान गरेका थिए र दोस्रो लावतीले सुनौलीरुपौली लिएर छोरीको सम्पत्ति खाएर जुवाइँलाई गरिब बनाएर माइती धनी हुनेजस्ता कार्यको उन्मूलन गर्न भरमग्दुर प्रयत्न गरेको इतिहास छ । बाहुनक्षेत्रीका भन्दा राम्रा संस्कारहरू लिम्बूहरूका छन् । जुवाइँले ससुरालाई गोडामा ढोग्छन् तर उच्च कुलीन हौँ भन्ने बाहुनक्षेत्रीको संस्कारमा ससुराले जुवाइँलाई गोडामा ढोग्छन् । यी नराम्रा संस्कारको खोजी गर्दै र राम्रा संस्कारको जगेर्ना गर्दै जाने युगमा हामी आएका छौँ । देश सुब्बा -लिम्बू) ले "आदिवासी" उपन्यासमा संस्कृति र भयका विषय खोजीमा ल्याउने प्रस्ताव गरेका छन् ।
२. विषय प्रवेश :
उपन्यास "आदिवासी" को प्रमुख पात्र निसाम् हो जसले प्रथम पुरुष दृष्टि बिन्दुमा आत्म वृतान्त प्रकाश गरेको छ । निसाम् प्रतिभाशाली विद्यार्थी, शोधखोज कर्ता, अनुसन्धानकर्ता तथा प्राचीनताप्रेमी रहनुका साथै भयवाट त्रसित पनि छ । वर्तमानको गतिविधि वा आदिवासी उत्थानका बारेमा सहरका राजनीति देखे सुनेको विद्यार्थी उमेरको पात्र निसाम्लाई बाबुले गरेको आदिवासी बारेको टिप्पणी, प्रवचन तथा सरोकारले एक चाबुक दिएको हुँदा साँच्चै आदिवासीका प्रकृतिको खोजी गर्नु निसाम्को लक्ष्य रहेको पाइन्छ । आदिवासीको नारा र राजनीति गर्नेहरूले आफ्नो भाषा, संस्कृति, धर्म र रीतिरिवाज आदिवासीका तहबाट बचाएको विषयमा शङ्का गर्दै जाति, भाषा, लिपि र संस्कृतिको परीक्षणतर्फउत्सुकता जागेको सर्न्दर्भबाट उपन्यास हर्ुर्किएको छ । प्रमुख पात्र निसाम् मनोरोगी पनि छ । घरबाट भागेर जाने तथा जिज्ञासा भेटाउने लक्ष्यमा छ । उसको अवस्था युवती पात्र मु लुकीसितको संवादबाट खुल्न गएको छ जसलाई डरले लखेटेको, धामी बन्न नसकेको अचेतमा परेका बेला सेँ लाग्यो भनिएको, फेदाङ्वाको बल मागिएको स्थितिमा निसाम् मनोरोगी हो भन्ने ठहर गरिन्छ । यस कृतिले आदिवासी ग्रामवासी मनुष्यका बारेमा संक्षिप्त अध्ययन गर्ने प्रयास अगाडि बढाएको छ । यस अध्ययनले आदिवासीका धार्मिक-सांस्कृतिक लक्षणहरू प्रकाशमा आएका देखाएको छ । यसमा साँझमा आएको अतिथिलाई यथाशक्य भोजन गराउने संस्कृति प्रकाश गरिएको छ -पृ-५०) । यसमा आदिवासीले बसोबास गर्ने बनका समीपको ग्रामवास सुन्दर र स्वास्थ्यका दृष्टिले अनुकूल हुने किसिमबाट प्रशंसा गरिएको स्थान हो, यस्तो नपाइने र वर्तमान समयबाट हेर्दा काल्पनिक ठहर्ने सम्भावना छँदै छ । यस्ता रमणीय गाउँको यात्रामा जीवनलाई जोत्ने विश्वास बढेपछि भय पनि कम हुँदै जाने कुराको वकालत गरिन्छ । यसमा सुम्दो नामको काल्पनिक गाउँ प्रशंसामा लिइएको छ, त्यस गाउँबाट आदिवासीको जीवनशैली संरक्षण भएको यथार्थको भ्रम सिर्जना गर्ने प्रयत्न भएको पाइएको छ -पृ-५२) । यसमा धेरै कुरा आजको युगबाट नपाइने स्तरबाट प्रकाशमा ल्याइएका छन्, त्यसको प्रस्तुतीकरणको ढङ्ग उपन्यासको जस्तै छ, किनभने घटनालाई प्रस्तुतिमा ल्याउँदा बिस्तारै क्रमशः जीवनका गतिको ढङ्गले भूमिका निर्वाह गरिएको छ । आजको मानिसको जीवनशैलीभन्दा सयवर्षअगाडि नेपाली ग्रामीण संसारको जीवनशैली अनुकरण-अनुसरण गरिएको छ । यसमा प्रकाश गरिएको नगद जिन्सी नबोकी गाउँमा ढ्याङ्ग्रो, झ्याम्टा, मादलजस्ता सांस्कृतिक बाजाहरू आज पनि छन् । यहाँ रूखको पूजा गरिएको दृश्य प्रकाशमा आएको छ जसले प्रकृतिको पूजा गर्ने संस्कार देखाउँछ, आज पनि रूखको पूजा गरी सुखशान्तिको कामना गरिन्छ । आदिवासी यायावरको कल्पना गरिएको छ जसमा भाषा प्रयोगका विशेषताले अरुभन्दा उनीहरू भिन्न रहेको देखाइएको छ । गाउने, बजाउने, नाच्ने, रमाउने प्रक्रियाहरू अघि पनि थिए, आज पनि छन् ।
यस आदिवासी उपन्यासमा आदिवासीको विषयसितै प्राचीन संस्कारको महत्वमा प्रकाश पार्ने उद्देश्य राखिएको छ । यसमा लिने संस्कार भन्दा दिने संस्कारको परम्परा जीवित छ, त्यसैले गाउँलेहरू यायावरलाई खानपिउन दिने गर्छन, इतिहास र संस्कृतिका विज्ञ तुत्तुलाई आदर गर्ने जीवनशैली सभ्यताको प्रतीक पनि मान्छन् । तुत्तुले रूखको पूजा गर्ने चलन हामी सबैका जस्तै लिम्बूको संस्कृतिमा पाइन्छ । उनीहरूले शान्ति मानेर पुजा गरेका देवीदेवताका प्रतीकहरू वन, जङ्गल, जल, अग्नि, रूख, बाँदर, र्सप, सिकारी आदि प्रसिद्ध छन्, तिनीहरूमा प्राकृतिक शान्ति पुञ्ज रहेको विश्वास हुन्छ । सुम्दो गाउँका आदिवासी नयाँ वर्षमनाउँथे जसको जीवनशैलीमा आधुनिकताका नाममा विकृति छैन । सुम्दो गाउँमा अतिथि समेतको यायावरीय जमघटलाई पुरानो र नयाँ पुस्ताको मिलनका रुपमा लिन सकिन्छ, वक्ता आफैँले सुम्दो गाउँ हुँदै तरुलभ्याकुरको भोजन गर्नु, च्याउ र फलफूल बाँडेर खानु एक प्रकारले समाजशास्त्रीय शैलीको सहभागीमूलक कदम र शोध तथा अनुसन्धानको विधि हो । यसमा यायावरले पाएको मानसम्मान, नर्तकी बालाको नाच तथा भोजनका कन्दमूल ढुङ्गेयुगका लक्ष्यणहरू हुन्, यी वस्तुका प्राचीनतामा लेखकको मोह रहेको छ । यसमा खोलो, बगैँचा, पशु, जलकुण्ड, हिमाल आदि हेरिरहन योग्य छन् । प्रकृतिसित नजिक रहेका ती आदिवासीका आफ्ना गरगहना, भेषभूषा, खानपिन र सुनको खर्ुपाजस्ता हातहतियारको सर्न्दर्भलाई अगाडि सारेर सहरवासी आदिवासी र यायावर आदिवासीका बीचको भिन्नता कोरिएको छ । हामीले जानेको ज्ञान भनेको अपुर्ण छ, किनभने वस्तुका बारेमा सबै कुरा हामी जान्दैनौँ । कुनै पनि खोज कर्ताले पाउने कुरा धेरै थोरै अवश्य हुन्छन्, क्षमताको परिणाम हो । यहाँ खोजी गर्न हिँडेका पात्रको प्रसङ्ग छ, जेजति जानेको छ, जान्न अझ बाँकी छ भन्ने विषय प्रकाश गरिएको देखिन्छ । यसको उदाहरणमा खोजकर्ताले प्राचीन लिपि, भाषा र संस्कारका बारेमा अत्यन्त थोरै जानेको अनुभूति प्रकाश गर्दछन् । उनलाई प्राचीन वृक्ष, प्राचीन मर्ूर्ति, जनावरका हाडबाट बनाइएका गरगहना, भत्किएको दरबार, रङ्गशालाजस्तो ठाउँ, सुन्दर ओडार, ओडारमा बस्ने मनुष्य, हातहतियारवालाको हमला, अपबोध्य भाषा, मादक पदार्थबाट आदिवासी पतन भएको सम्भावना, ओडारवासीले अध्ययन गरेको भाषा, भय घटाउने माध्यम, ज्ञान आदि विषयको छिपछिपे अनुभूति भएको छ । उनले प्राप्त गरेका ज्ञानको स्वरुप छिपछिपे लाग्यो, तथापि उनले गाउँ र पहाडका गोठालाहरू भेटेका छन्, ओडारवासीको ग्रहदशा हेर्ने जान्ने ज्योतिषिधामी झारफुके झाँक्रीको परिचय पाएका छन् । सहरका आदिवासीले आफूलाई अरुले आदिवासी भनेको सुनेर लजाउने भन्दा फरक ढङ्गका सहज रुपका आदिवासी सुम्दो गाउँमा आफूबाट भेटिएका छन् । ती खास आदिवासीहरू स्वावलम्बी, परिश्रमी, लगनशील स्वभाव भएका हुनाले राजनीतिबाट फरक लागेको अनुभूति प्रकाशमा आएको छ । सहरवासी आदिवासी भनिएका नागरिकहरू आधुनिकताका नाममा छदम्झैँ लागेका छन् । उनले आदिवासी एउटा अध्ययनको क्षेत्र भएकाले सो क्षेत्रको अध्ययनका निमित अनेक मार्गहरू मध्ये निरीक्षण भ्रमण एउटा खुला मार्ग भएको शोध विधि प्रयोग देखाएका छन् । उनले गरेको निरीक्षणका आधारमा आदिवासी भनेका रूख, विरुवा, हिमाल, फूल, आकाशजस्तै धर्तीका सौर्न्दर्य हुन् -पृ-८४) । उनले जीवनलाई सहज बनाएका छन् जसबाट भय निस्किएर गएको अनुभूति गरेका छन् । यात्रीले भिन्नभिन्न ठाउँमा भिन्नभिन्न प्रकारका आदिवासी भेटेका छन् जसमा आदिवासीका भेषभूषा र भाषा-भाषिका, संस्कृति आदि मासिएका छैनन्, राज्य भने गुमेको स्थिति देखिएको छ -पृ-९४) । यस प्रकारले खोज्दै जाँदा अनेक नवीन कुरा पत्ता लाग्ने अवस्था छ, भयवादको परिभाषा, प्रयोग, शक्ति र सीमाको प्रशस्त प्रकाश भएको छैन । यस कृतिको निरीक्षण गर्दा मार्क्सवादी चिन्तक पिएरे मासेरीले ठानेझैँ हाम्रा पाठहरू सधैँ अपूरा हुन्छन् र ज्याक डेरिडाले निर्देशन गरेझैँ यसमा खोज्ने ठाउँका ग्यापहरू छाडिएका छन् ।
३) निष्कर्षः
देश सुब्बाको आदिवासी उपन्यासको विषय खोजमूलक रहेको छ । यस खोजीमा "भय" तथा "आदिवासी" मूल प्रवाहमा समानिष्ट छन् र सांस्कृतिक अध्ययन अतिरिक्त विषयमा परेका छन् । यी विषयको प्रस्तुतीकरणमा गतिमयता, अप्रत्यक्षता वा लक्षणमूलकता एवम् पात्रमार्फ विषयको उत्खनन गराउने आधुनिक उपन्यासको ढाँचाको प्रयोग गर्न अभ्यास गरिएको पाइन्छ । यसको भाषाको संवेदना छ, त्यसैले उनको "अपमान" उपन्यास भन्दा यसको अभिव्यञ्जनात्मक धर्म कलात्मक रहेको छ । यसको प्रस्तुतीकरणमा स्थिरता, संय्म र आधुनिक युगका उपन्यासले पालन गर्दै आएका कथानक प्रकाशनका गतिविधि परिचित भएको स्थिति देख्न सकिन्छ । यसमा प्रकाशनको शिल्प अभ्यास तथा साधनाबाट खारिँदै गएको स्थिति देखाए पनि लिङ्ग, वचन र क्रियापदका नियमहरू ठाउँठाउँमा चिप्लिएका छन्, महिलाको प्रसङ्ग आउँदा- "उनी आफ्नो विचारलाई विराम लगाउन खोज्थी" -पृ-४३), "उनले भनी" -पृ-४५) जस्ता वाक्यहरू नराम्रो गरी फसेको विचलनभित्र पर्छन् । हामी सिक्दै छौँ र सिक्न बाँकी छ भन्ने आत्मविश्वास तथा आभ्यासिक चरणमा आफू रहेको स्वीकार गर्नुपर्ने स्थितिमा देश सुब्बा छन् भन्न सकिन्छ । सफलताको लागि शुभकामना छ ।
(२०६५।४।१८मा धरानमा गरिएका बहस कार्यक्रममा प्रस्तुत पत्र )
---------------------------------------------------------------------------------