Sunday, March 15, 2009

कुङ्वालाई पत्र
-मेदिनी पाइअस्
------------------------------------------------------------------------------------
कुङ्वा
हजुर र म बीच
धेरै पटकको चोरी दाउ
हानथाप र छिर्के लगाई
मुछिवुङेको ख्यावा र म्यङ्वा जस्तै भो ।

मैले बिझाएका कांडाहरु
हजुरले प्रहार गरेका बाँणहरु
चटक्कै भुलेर
जन्मभूमीको माटो समाई
हाम्रो नातामा
सौहार्दता कायम रहनुपर्छ आवो
त्यो कुरो घरगाउ“मा
उल्का बन्दैन हौ कुङ्वा !

मलाई था लागिसक्यो
हजुरको त्यो-
उंधो फाल तोडिरको हेवांलाई
उंभो उकालेर
फालेलुङ् चढाउने ओव्वर गफ
मेरो ढिप्पीजस्तै
विज्ञानसम्मत्
हुंदै होईन ।

कुङ्वा हौ
लहरो तान्दा
पहरोले किचे झैं
व्यर्थैमा,
हेंवालाई फालेलुङ चढाउन
ज्यानहरु खर्चिनु बोरु भन्दा त
वास्तविक धरातल टेकेर
हेंवाको किनारामा खेती गर्दै
आकाश चढ्न पो वेश हुन्छ ।
यै खांट्टी कुरो
हजुरले नी
भेउ लाउनु प-योनी त आवो
र, लाउनैपर्छ आवो ।

भूतहरुलाई थन्क्याएर राखौं
सूम्हालुङ झैं तेसले
इतिहास बनेर
उज्यालो नहुंदै
मान्छेका बाटाहरुमा
कुखुरी का“ बासोस्
मनहरुलाई कटक्क भा“च्चिनबाट
प्रतिवन्धित गर्दै
सिलौतीमा फुलेका अस्थाई फूलजस्तो नभई
फक्ताङ्लुङ्का सदावहार फूल झैं
यो माटोमा,
सौहार्दता अवतरण हुनुपर्छ
एसैमा,
हजूरको, मेरो, उस्को, सबैको
मन र जीवन फुल्नेछ
होइना भने........,
रातभर सांडेको रुङालु स्याल झैं
३३ गते या त प्लूटोबार कुर्नुपर्छ
त्यो कहिले फेला पर्ला र कुङ्वा ज्यू ?

Email: mrmedini@yahoo.com
(माओवादी जनयुद्धको समयमा लेखिएको कविता)


-----------------------------------------------------------------------------------

1 पाठक प्रतिक्रिया:-:

kedar said...

कुङ्वा हौ
लहरो तान्दा
पहरोले किचे झैं
व्यर्थैमा,
हेंवालाई फालेलुङ चढाउन
ज्यानहरु खर्चिनु बोरु भन्दा त
वास्तविक धरातल टेकेर
हेंवाको किनारामा खेती गर्दै
आकाश चढ्न पो वेश हुन्छ ।tapai ko karita ko kabita ko bastabikta nai yoo talaka haraf le janauchha. naya prahar chha sahityema tapaiko
मान्छेका बाटाहरुमा
कुखुरी का“ बासोस्
मनहरुलाई कटक्क भा“च्चिनबाट
प्रतिवन्धित गर्दै
सिलौतीमा फुलेका अस्थाई फूलजस्तो नभई
फक्ताङ्लुङ्का सदावहार फूल झैं
यो माटोमा,
सौहार्दता अवतरण हुनुपर्छ
tapai ko kabita le yeuta naya bihanilai chiyayeko chha. abba afai vannnus ra feri naya kabita lekhdai janus.

kedart sangkeet
uk

Post a Comment

तपाइ को सानो प्रतिक्रियाले लेखकलाई ठूलो उत्साह थप्न सक्छ..... (प्रतिक्रिया समाबेशका निम्ती तल Comment As Roll नेर Name/URL Select गरेमा तपाइलाई सजिलो हुनेछ।)