Sunday, February 22, 2009


गीत (सुख दु:ख सगै रमाउ)
-बिमल गिरी
---------------------------------------------------------
गीत
कैयौ बिते हिउदहरु तिमी आउने आसमा
कैले खोज्छु मिरमिरेमा कैले बतासमा

बाझिगए भस्मेहरु बाली नलाई पाखामा
तडपी रहन्छु साझ बिहान निन्द्राछैन आँखामा
सुख दु:ख सगै रमाउ आफ्नै स्वदेशमा
कैले खोज्छु मिरमिरेमा कैले बतासमा

सुकिगए मुहानहरु डल्ला फोर्दै बिते जीबन
उराठछन लेक बेसी पतकर झै उठछ यो मन
सुम्प्यौ बैश परदेशलाई कुबेर बन्ने आसमा
कैले खोज्छु मिरमिरेमा कैले बतासमा

चारपाने झापा
हाल बेल्जियम

---------------------------------------------------------

गजल
-राकेश कार्की
लस् एन्जेलस्
---------------------------------------------------------
गजल
रिक्तता र तिक्तताको गजल पस्किरहेछु म
चुँडिन लाग्या झोलुँगे पुल झैँ खस्किरहेछु म

आँखाहरु एकटक छन् लाग्दै लाग्दैन निन्द्रा
नदेखेको सपनासँग पनि झस्किरहेछु म

हिडदा हिडदै जिवनको चौबाटोमा अल्मलिएर
धोका पाएको मुटु जस्तै चस्किरहेछु म

होमिईसकेका बाध्यताका सम्झौताहरुमा
सहमति नै बिना दस्तखत बनि धस्किरहेछु म

सबैथोक गुमाएर गुमाउनु मै रमाएर
होश नभएको बहुला झैँ मस्किरहेछु म

-------------------------------------------------------------

कविता
भूइँचालो
-कृष्ण प्रर्साई
------------------------------------------------------------
हल्लिनु भूइँचालोको धर्म हो-
ऊ सधैं जड भएर पनि हल्लिन्छ ।
हल्लिन कुनै चेतन हुन जरुरी छैन भूइँचालोलाई,
ऊ जीवित नभएरै पनि हल्लिन्छ ।
हल्लिन बाँच्नै पर्ने बाध्यता छैन भूइँचालोलाई,
ऊ सासै नभएर पनि हल्लिन्छ ।
भूइँचालो त यमदूतजस्तै छ-
उ कुनै साइत जुराएर आउँदैन ।
दिन, बार, समय र ठाउँको
उ कुनै निम्तो दिएर आउँदैन ।
थाहै नदिई सुटुक्क,
जब आउँछ भूइँचालो,
ढाल्नुपर्नेलाई भन्दा नढाल्नेलाई बढी ढाल्छ ।
फाल्नु पर्नेलाई भन्दा जोगाउनेलाई बढी फाल्छ ।
आततायी भएकोले होला भूइँचालोले,
सधैं-सधैं मान्छेका सपनाहरू खान्छ ।
सधैं-सधैं मान्छेका सम्भावनाहरू खान्छ ।
Õ Õ Õ Õ
भूइँचालो त कुटिल पनि छ ।
भूइँचालो झन् कपटी पनि छ ।
र भूइँचालो अझ कर्कस पनि छ ।
ऊ आफ्ना सकुनी पासाहरू-
मान्छे निदाएको बेला पनि हान्छ-
र द्रौपदीलाई नङ्ग्याउन खोजेकै भारी समूहमा-
मान्छेहरूलाई नङ्ग्याउन खोज्छ,
सत्य लुकाउनुपर्ने केही छैन-
सभ्यतालाई कुरुप बनाएर
श्रृङ्गारहरू खाएको छ भूइँचालोले ।
फूलहरू लथालिङ्ग पारेर-
कोपिलाहरू किचेको छ भूइँचालोले ।
र निर्माणहरू बिथोलेर
भग्नावशेषहरू जितेको छ भूइँचालोले
अन्यथा सोच्नुपर्ने पनि केही छैन-
सिर्जनाहरू कसैले नास्न पाउनु हुन्न भने,
सृष्टिको नाममा सन्ताप हुनर्ुपर्छ भूँइचालो ।
सम्पदाहरू कसैले मास्न पाउनु हुन्न भने,
श्रृङ्गारको नाममा समाप्ति हुनर्ुपर्छ भूइँचालो ।
Õ Õ Õ Õ
खबरदार !
भूइँचालो अब मान्छेसँग खेल्न अभ्यस्त भैसकेको छ ।
ऊ मृत्यु झैं कुनै पर्ूव सूचनाविना नै आउँछ-
आउँदा हल्लिएर आउँछ ।
र जाँदा,
भूइँचालोले सधैं-सधैं मान्छे लान्छ ।
भूइँचालोले सधैं-सधैं मान्छे खान्छ ।

--------------------------------------------------------------

गजल
बसन्त मोहन अधिकारी
- - - - - - -- - - - - - - - - - - - - - - - - - - - - - - - - --
गजल
निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।

बिछोडको पिडा सहेर बस सिउँदो सजाउँन
साडीको साथमा चुरा र पोते सिन्दुर ल्याउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।

रहर होईन छाडेर जान बाँध्यता मलाई छ
यो धन कमाई फर्केर आई म प्रिती लाउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।

विश्वासमा बाँची सपना साँची मलाई नै पर्खनु
थापेर जगिया सिन्दुर हाली डोलीमा बसाउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।

बर्षौको सम्बन्ध परेली भरी भिजाउँदै साँच है
आएर म भोली गाँसेर प्रिती साथ सजाउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।
निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु ।

Sunday, February 8, 2009

Friday, February 6, 2009

राज मांलाक
आंना-२,पाँचथर
----------------------------------------------------------------------------------
सात तांका
-
१.
यो साल पनि
फेरि क्यालेण्डरमा
यै नयाँ बर्ष
हराभरा छ तर
देश कति फुस्रो छ।
-
२. प्रातमा पनि
मध्य दिनमा पनि
साँझमा पनि
लठेब्रो जिन्दगानी
यौटा उदेक बाँच्छ।
-
३. म कस्तो मान्छे
ठ्याक्कै पागल जस्तै
शत्रु भनेर
मैले छायाँलाई पो
बेस्मारी रिसाएछु।
-
४. मेरो यो चोला
सुन्दर फुलेको छ
लुंगा आउ है
ढोकामा दु र् इ गाग्रो
तुना प्रतिक्षामा छ।
-
५. मेरो दिलमा
माया फल्छ त बुझ्यौ
त्यसैले नै म
आउँदो मंसिरमा
बाँझो जोत्ने भा छु।
-
६. हे नाथ आज
प्रतिषामा छु आऊ
तिम्रो निम्तोले
रातभरि आएँ लौ
आल्टे कोल्टे फेरेर।
-
७. यसपाली त
चल्दा चल्दैको मुटु
पर्ठाई दिएँ
क्षितिजपारि टाँस्छौ
या यादुगार राख्छौ लौ।

--------------------------------------------------------------------------
मेदिनी पाईअस
यासोक-२, पाँचथर
------------------------------------------------------------------------------------
सात तांका
-
१. खाने मुख भो
जीवन बृतिहरु
डर ञास र
मिलन बिछोडमा
क्यालेण्डर चुडाल्दै।
-
२. सपना भरि
तिम्रो लागी भनेर
बुनेको मुहार
कति मायालु छ है
मुटुमा राखुँ जस्तो।
-
३. लटरम्म छ
काँडा बीच ऐंसेलु
र् याल काडेर
सपना देख्दा देख्दै
टिप्नेखेर ब्युँझिन्छ।
-
४. आह्रिस लाग्ला
म त चांगोते मान्छे
एता नल्याउ
फूल जस्तो जोवन
जून जस्तो जोवन।
-
५. बिजुली जस्तो
चुम्बा दिईरहन्छु
पोक्चे गालामा
सटरटामा तिमी चाहीं
जिउ ज्यानै अर्पिन्छौ।
-
६. ओ सोल्टिनी ज्यू
तिम्रो शुभनाममा
पप्पी नै पप्पी
छातीभरि सजाउँछु
आउने साल बुझ्यौ।
-
७. रित्तो घैंटोमा
आकाश भर्ने जोश
छानो नभिन्दै
सम्झौताको पाखामा
चर्को घाम नपारे।
--------------------------------------------------------------------------------